Author: सूचनापाना

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको याङ्ग्री लार्केमा आएको बाढीबाट प्रभावित ११ परिवारलाई जग्गा उपलब्ध गराइने भएको छ । उनीहरूको स्थायी आवासको व्यवस्था गर्न जग्गा खरिद सम्झौता गरिएको छ । पाँच पोखरी थाङ्पाल गाउँपालिकाको उत्तरी भेग याङ्ग्री लार्के खोलामा २०७८ असार १ गते गएको बाढीले अत्यधिक क्षति पुर्‍याएको थियो । बाढीबाट प्रभावित याङ्ग्रीका दलित बस्तीका ११ परिवारका लागि स्थायी आवास निर्माण गर्न जग्गा खरिदको सम्झौता गरिएको गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए । बाढीबाट एक सय ७९ परिवार प्रभावित भएका थिए । ‘यीमध्ये १३ परिवारको घर पुनः निर्माण तथा बाँकीलाई पुनः स्थापना गर्नुपर्ने अवस्था छ’, उनले भने। हालसम्म २२ परिवारका लागि जग्गा खरिद…

Read More

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले बुधबार त्रिपुरेश्वरस्थित लोकबाजा संग्रहालय एकदिन भित्र खाली गर्न निर्र्देशन दियो । महानगर प्रहरीले निर्देशन दिएपछि लोक संस्कृति अभियन्ता, बाजा संरक्षकहरुले विरोध गरेका छन् । महानगर प्रहरी प्रमुख राजु पाण्डेसहितको टोलीले अभद्र शैलीमा संग्रहालय हटाउन धम्क्याएको संग्रहालयका अध्यक्ष राम कँडेलले बताए । महानगर प्रहरीले फुटपाथ पसलेलाई जस्तो अहिले उठेर गइहाल भन्ने शैलीमा धम्की दिएको उनले गुनासो गरे । ‘उहाँहरु आउनुभयो, भोलिसम्म खाली नगरे बाजा निकालिदिने भन्दै थर्काउनुभयो, त्यसपछि हामीले सबैलाई खबर गरेका हौं, तर आज कोही आउनुभएको छैन’, कँडेलले भने । त्रिपुरेश्वरको जग्गा र सत्तल २०६४ सालमा गुठी संस्थानले संग्रहालयलाई लिजमा दिएको थियो । त्यति…

Read More

काठमाडौं । अभिनेता पल शाह औपचारिक रुपमा काममा फर्किएका छन् । हिमालपारिको जिल्ला मुस्ताङमा विहिबार एक म्युजिक भिडियोको छायांकन सुरु भएको छ जसमा पल फिचर्ड छन् । एकवर्षको कारागार बसाइपछि गत फागुन १५ गते पल रिहा भएका थिए । रिहा भएपछि यो उनको पहिलो सांगीतिक प्रोजेक्ट हो । फेसबुकमार्फत एक तस्वीर सेयर गर्दै पलले मुस्ताङमा गीतको छायांकन भैरहेको जनाएका छन् । ‘आँसु बनि नखस कैले नि’ बोलको उक्त गीतको छायांकन सेटमा पल एक मोडलसँग देखिएका छन् । ‘रिहा भएपछि पहिलो सुटिङ हो’ पल निकट संगीतकर्मी योगेशकाजीले भने ।

Read More

शिरानमा गाउँ । पुछारमा जङ्गल । बीचमा तीन सुविधासम्पन्न आधुनिक भवनसहितको किसानी कृषि प्राविधिक शिक्षालय । म्याग्दीको मालिका गाउँपालिका–७ बिमस्थित यो शिक्षालयले बाली विज्ञान विषय अध्ययन गर्ने विद्यार्थीलाई उत्पादन र आम्दानीसँग जोड्ने उद्देश्यले ‘खेतबारीमा विद्यार्थी’ अभियान सञ्चालन गरेको छ । व्यावसायिक कृषितर्फ उन्मुख क्षेत्रमा बाली विज्ञान, पशु चिकित्सा (भेटेरेनरी) विषयमा पढाइ हुने यस शिक्षालयमा विद्यार्थीको आकर्षण बढेको छ । बिममा २०६८ सालमा सिटीइभिटीबाट सम्बन्धन प्राप्त गरी २९ महिने जेटिए, २०७२ देखि तीनवर्षे डिप्लोमा इन एग्रिकल्चर (बाली विज्ञान) र तीनवर्षे पशु विज्ञान तहको पठनपाठन सुरु भएको थियो । अहिले यहाँ २१ जिल्लाका विद्यार्थी अध्ययनरत रहेका शिक्षालयका प्रमुख करन कँडेलले बताए। कृषि…

Read More

काठमाडौं । शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संवर्द्धन, संविधानको रक्षा, समस्यामा परेको अर्थतन्त्रलाई सुधार गर्नेलगायतका विभिन्न अवधारणा समेटिएको सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक भएको छ । साझा कार्यक्रम सरकारमा सहभागी भएका र गठबन्धनमा आबद्ध १० राजनीतिक दलको साझा अवधारणाका रूपमा आएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा आज आयोजित समारोहमा गठबन्धनमा आबद्ध दलका शीर्षनेताको उपस्थितिमा १३ पृष्ठ लामो साझा कार्यक्रम सार्वजनिक गरिएको हो । कार्यक्रममा विभिन्न नौ बुँदामा सरकारको प्राथमिकता तय गरिएको छ । यस्तै संयुक्त सरकारका नीति तथा कार्यक्रममा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण, आर्थिक नीति तथा कार्यक्रम, सामाजिक रूपान्तरण, गुणस्तरीय सेवा प्रवाह, सुशासन र…

Read More

रामेछाप । कौछिनीमा भएको बोलेरो दुर्घटनामा परि मृत्यु हुनेको संख्या पाँच पुगेको छ । यसअगाडि दुर्घटना स्थलमै ४ जनाको मृत्यु भएको थियो । मन्थली अस्पतालमा उपचारको क्रममा बा ११ च ५५३ नम्बरको बोलेरो चालकको मृत्यु भएको जिल्ला प्रहरीका सूचना अधिकारी राजु प्रसाद ढकालले जानकारी दिए । दुर्घटनामा सोही ठाउँका जेसुन थोकर, ज्यानरानी तामाङ, नन्द माया भण्डारी र ११ वर्षीय बालिका लाक्पा शेर्पाको घटना स्थलमै मृत्यु भएको हो । अन्यको मन्थली अस्पताल र रामेछाप समुदायिक अस्पतालमा उपचार जारी छ । रामेछाप प्रहरीका सूचना अधिकारी ढकालका अनुसार ३ जनालाई थप उपचारको लागि काठमाडौँ रेफर गरिएको छ । उनीहरूको परिचय खुल्न बाँकी छ…

Read More

रामेछाप । रामेछापमा बोलेरो दुर्घटना हुँदा चार जनाको घटना स्थलमै मृत्यु भएको छ । बिहीबार मन्थली नगरपालिका वडा नं ७ भटौली स्थित कौछिनीको मानेखोप भन्ने स्थानमा बा ११ च ५०५३ नम्बरको बोलेरो दुर्घटना हुँदा चार जनाको घटना स्थलमै मृत्यु भएको हो । ११ जना भन्दा बढी गम्भीर घाइते अवस्थामा छन् भने गाडीमा भएको यात्रु संख्या एकिन हुन सकेको छैन । दुर्घटनामा परि ज्यान गुमाउनेमा जेन्सन तामाङ, दानी तामाङ र बालिका लाक्पा शेर्पा र पहिचान नखुलेकी एक वृद्ध महिला छिन् । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।

Read More

पहिलो कुरा स्वास्थ्य क्षेत्रलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्दछ र त्यहीअनुसार बजेट योजना हुनु आवश्यक छ । गङ्गालाल अस्पताल पूर्वाधार, प्रविधि र जनशक्तिका हिसाबले राम्रो भएकाले तुरुन्तै यसलाई विश्वविद्यालयको रूपमा सञ्चालन गर्न सकिएमा त्यहाँबाट उत्पादित जनशक्तिलाई देशभर परिचालन गर्न सकिन्छ । पहिलो चरणमा कम्तीमा हरेक प्रदेशमा एउटा गङ्गालालजस्तै अस्पताल स्थापना गर्न जरुरी छ । त्यसपछि जिल्ला स्तरमा मुटु रोगको अस्पताल विस्तार गर्दै लैजान सकिन्छ । साथै सरकारको एकल प्रयासले मात्रै मुटुको रोग नियन्त्रण गर्न सम्भव छैन । आज जनता र निजी क्षेत्रको पनि उत्तिकै हातेमालोको आवश्यक पर्दछ ।

Read More

काठमाडौँ । नेकपा माओवादी केन्द्रनिकट विभिन्न जनवर्गीय सङ्गठनहरूले पहिचानको आधारमा प्रदेशको नामाकरणको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष ज्ञापनपत्र पेस गरेका छन् । किराती राष्ट्रिय मुक्ति मोर्चा, नेपाल, लिम्बुवान राष्ट्रिय मुक्ति मोर्चा, लगायतका जातीय मुक्ति मोर्चाका पदाधिकारी सहितको प्रतिनिधि मण्डलले भेटेर ज्ञापनपत्र बुझाएका छन् । प्रदेशको नामकरण कोशी भएपछि उत्पन्न परिस्थित र त्यसको तत्काल वार्ताबाट हल गर्न र आन्दोलनको क्रममा निधन भएकाको परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्न ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्रमा पार्टीले पहिचानको पक्षमा उठेको आन्दोलनको अपनत्व लिँदै नेतृत्वदायी भूमिका खेल्न प्रधानमन्त्री समक्ष हार्दिक अनुरोध गरिएको छ ।

Read More