Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउनुको कारण मागेको छ । सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले बुधबार महान्यायाधिवक्ता दिनमणि पोखरेल र महान्यायाधिवक्ताको कार्यालयलाई दोहोरो राहदानी लिएका लामिछानेविरुद्ध मुद्दा नचलाउनुको कारण मागेको हो । अमेरिकी नागरिकता र पासपोर्ट बोकेर नेपाल आएको बेला लामिछानेले पुरानो नागरिकता पेस गरेर नेपालको राहदानी लिएको भन्दै परेको उजुरीमा प्रहरी, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँ, उच्च सरकारी वकिलको कार्यालय र महान्यायाधिवक्ताको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेका थिए ।
एफएनसीसीआईको निर्वाचनका लागि महासंघ एशाेसिएट तर्फबाट केन्द्रीय सदस्यमा गोयल ग्रुपका कार्यकारी निर्देशक चिराग गोयलले उम्मेदवारी दिएका छन् ।गोयलले युवाहरुलाई व्यवसायमा आउनका लागि प्रेरणा दिनका लागि पनि आफूले उम्मेदवारी दिएको बताउँदै आएका छन् ।निजी क्षेत्र र सरकारबीच आवश्यक समन्वय गरेर समस्या समाधान गर्नका लागि आफूले महासंघको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको उनको दाबी छ ।एकदशकदेखि व्यवसायिक क्षेत्रमा लागिरहेका उनी निर्माण, खानी तथा सूचना प्रविधिमा आवद्ध रहेका छन् । गोयल भन्छन् – नाफाका लागि सबैले काम गर्छन तर राज्यको विकासका लागि हामीले सोच्नु पर्छ। गोयलले विनाशकारी भूकम्प र कोभिड महामारीका बेलामा समेत थुप्रै कामहरू गरे । जसले उनलाई समाज सेवीका रुपमा पनि स्थापित…
चौतारा । जब बिहानी हुन्छ, सेतै फुलेको दारी, सेतै फुलेको कपाल, चाउरिएको मुहार । शिरमा ढाकाटोपी, खुट्टामा चप्पल । बाँस र निगालोको चोयासँगै आफ्नो कर्मको सुरुवात गर्छन् सिन्धुपाल्चोकको जुगल गाउँपालिका–१ लामिडाँडाका ग्याल्बो शेर्पा । उमेरले ७० टेकेका शेर्पा सानैदेखि डोको र डाला बनाउन सक्रिय रहँदै आएका छन् । जब गाउँमा कसैको बिहे हुन्छ, कोसेली लैजानका लागि प्रयोग गरिने डोको, फुवा तथा डालो बनाउने जिम्मा स्थानीयले उनलाई दिने गर्छन् । वृद्धा अवस्था लाग्दा पनि शेर्पा आफ्नो पेसालाई नछोडी युवा जस्तै सक्रिय रही आफ्नो कर्म गर्दै आएका छन्। ‘डोको बनाउँदा दिन बितेको पत्तै पाउँदैन, एक दिनमा चार वटासम्म डोको बनाउन सक्छु’, उनले…
गलेश्वर । प्राकृतिक चिकित्साको रुपमा परिचित म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्डमा डुबेपछि बाहिर निस्केर तातोपानीको धारामा स्नान गर्नका लागि पालो पर्खेका बिरामी र बिरामीका आफन्तहरु । तस्बिर : ध्रुवसागर शर्मा
काठमाडौँ । शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘प्रसाद २’को प्रदर्शन रोकिने भएको छ । उच्च अदालत पाटनले प्रदर्शन रोक्न अल्पकालीन आदेश जारी गरेपछि फिल्म रोकिने भएको हो । फिल्म निर्माता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै पूर्व निर्माता केशव पाण्डेले फिल्म रोक्नका माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए । उक्त रिटको सुनुवाइ अगाडि फिल्म रोक्न उच्च अदालतले अल्पकालीन आदेश जारी गरेको हो । अदालतले २६ गते दुवै पक्षलाई बोलाएको उच्च अदालत पाटनकी प्रवक्ता मन्दिरा शाहीले बताइन् । पाण्डेले निर्माता थापाविरुद्ध आर्थिक लेनदेन र बैंकिङ कसूर मुद्दामा पक्राउ पूर्जी जारी गरेका थिए । थापा फरार छन् ।…
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । आज तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ११ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । मंगलबार भने छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजाबी सुन प्रतितोला १ लाख १० हजार ४५० रुपैयाँ रहेको छ । मंगलबार तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तैगरी, आज चाँदी तोलामा ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ४४० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
दाङ । दाङमा बालविवाह गरेको आरोप प्रहरीले किशोरकिशोरीसहित तीन जनालाई पक्राउ गरेको छ । चैत १९ गते बिवाह गर्दै गरेको अवस्थामा प्रहरीले मंगलबार दुलाहादुलहीसहित विवाह गराउन सहयोग गरेको आशंकामा एक महिलालाई पनि नियन्त्रणमा लिएको हो । बंगलाचुली गाउँपालिका-४ गहतेराकी १५ वर्षीया किशोरी र वडानम्बर ८ हाँसिपुर स्यालाका १७ वर्षीय किशोर र एक जना महिलालाई नियन्त्रणमा लिएको हो । उनीहरुविरुद्ध बालविवाहको मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले बताए । केटाकेटीका परिवारले आपसी समझदारीमा विवाह गराएको उनले बताए । यसबारे थप अनुसन्धान अघि बढेको उनले जानकारी दिए ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पेशी तोकिएको छ । राहदानी विवादमा मुद्दा नचलाउने निर्णयविरुद्ध परेको रिटमा प्रारम्भिक सुनुवाइका लागि फुयाँलको इजलासमा पेशी तोकिएको हो। सुनुवाइ पेसी सूचीको ‘ज’ नम्बरमा छ। मंगलबार न्यायाधीश अनिलकुमार सिन्हाको इजलासमा परेको सुनुवाइ हेर्न नमिल्ने भन्दै स्थगित भएको थियो। सोमबार युवराज पौडेल (सफल)ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए। प्रहरी, सरकारी वकिल कार्यालयले उनीविरुद्ध राहदानी प्रकरणमा मुद्दा नचलाउने निर्णय गरेका थिए। यही चैत ६ गते महान्यायाधिवक्ता कार्यालयले लामिछानेविरुद्ध मुद्दा चलाउनु नपर्ने निर्णय सदर गरेको थियो। महान्यायाधीवक्ताले लामिछानेविरुद्ध मुद्दा…
काठमाडौं । सिक्किमा हिमपहिरो जाँदा तीन नेपालीसहित सात जनाको मृत्यु भएको छ । सिक्किम सरकारले जारी गरेको विज्ञप्तिअनुसार करिब एक दर्जन घाइते भएका छन् । मृत्यु हुने नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीकी मुना शाह श्रेष्ठ रहेको छन् । उनीहरू नेपालबाट सिक्किम घुम्न भनेर गएका थिए । अन्य मृतकहरु भारतको उत्तरप्रदेश, पश्चिम बंगाल र कोलकाताका छन् । मंगलबार दिउँसो सवा १२ बजेतिर गान्तोक–नाथुलापास जोड्ने जवाहरलाल नेहरु सडकमा हिमपहिरो खसेको थियो । हिमपहिरोमा ५–६ वटा सवारी साधनसहित २०–३० जना पर्यटक पुरिएको आशंका गरिएको छ । १४ जनालाई उद्धार गरेर नजिकैको आर्मी क्याम्पमा लगिएको थियो । जसमा ७ जनाको सामान्य…
चितवन । चितवनको सौराहास्थित हात्तीसारमा राखिएको एक हात्तीको सूँड अज्ञात समूहले काटिदिएको छ । गएराति साढे ११ बजेतिर हात्तीसारमा बाँधेर राखिएको हात्तीको सूँड धारिलो हतियार प्रहार गरी काटिएको अवस्थामा भेटिएको हो । सौराहाका पर्यटन व्यवसायी दिपेन्द्र खतिवडाका अनुसार ४५ वर्षीया चन्चलकली हात्तीको सूँड काटिएको हो । काटिएको सूँडको भाग जोड्न नमिल्ने अवस्थामा खतिवडाले बताए । हात्तीले मुख्य रुपमा खानाका लागि आहारा तान्ने, कुनै कुरा टिप्ने मुख्य भाग नै काटिएको छ । हात्ती पीडाले कराएपछि हेर्न जाँदा सूँड काटिएको अवस्थामा भेटिएको उनको भनाइ छ । उनले हात्तीलाई मार्ने उद्देश्य राखेर नै सूँड काटिएको हुनसक्ने बताए । हात्तीको सूँड काट्नेको खोजी र…