Author: सूचनापाना

काठमाडौं । सरकारले इन्धनको मूल्यमा प्रतिलिटर १० रुपैयाँ कटौती गरेसँगै हवाई भाडा घटेको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीको उडानमा सबैभन्दा धेरै ४४० रुपैयाँ भाडा घटेको छ । यसअघि यो रुटमा यात्रुले हवाई इन्धनका लागि मात्र ७ हजार ५१० रुपैयाँ तिरिरहेकोमा अब ७ हजार ७० रुपैयाँ तिरे पुग्नेछ । काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ३४५ रुपैयाँले भाडा घटेको छ । अब माउन्टेन फ्लाइटको अधिकतम भाडा ५ हजार ४९० रुपैयाँ कायम भएको छ । काठमाडौंबाट भद्रपुरका लागि ३०० रुपैयाँ भाडा घटेको छ । विराटनगरलाई २४०, जनकपुरका लागि १३०, भरतपुरका लागि १०५ र पोखराका लागि १५५ रुपैयाँ हवाई भाडा घटेको छ…

Read More

रामेछाप । एक वृद्धको हत्या गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय, रामेछापका अनुसार गोकुलगंगा गाउँपालिका–४ बेतालीका ८४ वर्षीय सम्शेरबहादुर थापामगरको खुकुरी प्रहार गरी हत्या गरेको अभियोगमा ४ जनलाई पक्राउ गरिएको हो । थापामगरको हत्या गरेको आरोपमा प्रहरीले ६२ वर्षीय मानबहादुर मगर, ५२ वर्षीय नेत्रबहादुर थापामगर, ४५ वर्षीया रामपियारी खड्का र ४५ वर्षीया अनिता भनिने मनोमाया थापामगरलाई पक्राउ गरेको हो । गत १३ चैतमा खुकुरी प्रहारबाट टाउकोमा गहिरो चोट लागेको थापामगरलाई उपचारका लागि मन्थली ल्याउँदै गर्दा अत्याधिक रक्तस्रावका कारण बाटोमै मृत्यु भएको थियो । पक्राउ परेकालाई चारैजनलाई हिरासतमा राखी थप अनुसन्धान पक्रिया अघि बढाईएको प्रहरीले जनाएको छ…

Read More

काठमाडौँ । गृहमन्त्री र गृह सचिवले बुझ्ने गरेको सुराकी परिचालन खर्च प्रावधान खारेज गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा सोमबार (आज) बसेको बैठकले उक्त प्रावधान खारेज गरेको हो । गृहमन्त्री र गृह सचिवले विगत ३२ वर्षदेखि आफू खुसी गर्दै आएको उक्त खर्च आजको मन्त्रीपरिषद् बैठकले खारेज गर्ने निर्णय गरेको हो । पछिल्लो ३२ वर्षमा उक्त शीर्षकमा मन्त्री र सचिवले २४ करोड ५० लाखभन्दा धेरै रकम बुझेको देखिन्छ । नवनियुक्त गृह मन्त्री नारायणकाजी श्रेष्ठले उक्त परिचालनको खर्च खारेज गर्ने प्रस्तावमा हस्ताक्षर गरेका थिए । सोही प्रस्ताव सोमबारको मन्त्रिपरिषद्को बैठकबाट अनुमोदन गरेको हो । २०४७ जेठदेखि गृहमन्त्री र सचिवले खर्च फाँटवारी…

Read More

काठमाडौँ । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन अध्यक्षसहित पाँच जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले परिषद्का अध्यक्ष दिगम्बर राय, कार्यकारी निर्देशक सूर्यदेव साह, नासु उषा मिश्रा, लेखापाल उत्तमराज शर्मा ढकाल र कार्यकारी निर्देशक राजेशकुमार साहलाई दोषी ठहर गरेको हो । विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल एवं न्यायाधीशहरू शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले फैसला गरेको हो। विभिन्न परियोजनाको ठेक्का लगाउने क्रममा अनियमितता भएको भेटिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० जनालाई विपक्षी बनाउँदै १५ कार्तिक २०७५ मा मुद्दा दायर गरेको थियो । त्यसमध्ये ५ जनाले भने सफाइ पाएका छन् ।

Read More

रामेछाप । ६६ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा जिल्ला स्थित सहकारी संघहरूले आयोजना गरेको शेयर सदस्यहरुबिचको खुल्ला दौड प्रतियोगितामा नवजागरण वचत तथा ऋण सहकारी संस्थाले सबै स्थान ओगटेको छ । नवजागरण वचतका शेयर सदस्यहरु क्रमशः मनोज श्रेष्ठ, विपुल रोक्का र प्रकाश कार्की प्रथम द्धितिय र तृतिय भएका भए ।साथै भु पु सैनिक साकोसका भरत खत्री र कुमार थापाले सान्त्वना पुरस्कार प्राप्त गरे । प्रथम, द्वितिय र तृतिय हुनेहरुलाई क्रमश ५ हजार , ३ हजार र २ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएकोथियो भने सान्त्वना हुने दुई जनालाई नगद रु १/१ हजार र प्रमाणपत्र हस्तान्तरण गरिएको थियो । प्रतियोगितामा ४४ जनाको…

Read More

रामेछाप । रामेछापकी प्रमुख जिल्ला अधिकारी (प्रजिअ) अनिता निरौलाले पत्रकारलाई स्रोत खुलाएर तथ्यपूर्ण समाचार लेख्न आग्रह गरेकी छन् । आइतबार जिल्लाका पत्रकारहरूसँग परिचयात्मक भेटघाटको क्रममा उनले तथ्यपूर्ण समचारले मिडिया प्रति विश्वसनीयता बढाउँने बताउदै स्रोत खुलाएर समचार लेख्न आग्रह गरेकी हुन् । उनी गत बिहीबार मात्रै जिल्लामा (सिडिओ) को रूपमा हाजिर भएकी हुन् । आइतबार बिहान १० बजे पछाडि गरिएको निर्देशनात्मक अनुरोधलाई आधार मानेर समय व्यवस्थापन गरी पत्रकारहरू जिल्ला प्रशासन कार्यालय पुगेका थिए । पत्रकारहरू समयमा नपुगेको भनेर प्रजिअ निरौला आक्रोशित भइन् । उनले पत्रकारहरू कार्यालयमा पुग्नु बित्तिकै भनिन्– “म समय मै चल्ने मान्छे हु । पत्रकार पनि समय मै चल्नुपर्छ…

Read More

काठमाडौँ । नेपालले काठमाडौँ–ल्हासा सिधा उडान खुला गर्न चिनियाँ पक्षसँग माग गरेको छ । १५ चैतमा तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा नेपालले चिनियाँ पक्षलाई यस्तो प्रस्ताव गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयकाअनुसार कोभिड–१ का कारण बन्द भएको हवाई सेवाले दुई देश बीचको पर्यटन र व्यापारलाई थप विसतार गर्ने भन्दै सेवा पुनः सञ्चालनका लागि आग्रह गरिएको थियो । नेपालसँग सबै व्यापारिक नाका खुला गर्दै जाने चिनियाँ नीतिअनुसार गरिएको आग्रहमा चिनियाँ पक्ष सकारात्मक देखिएको मन्त्रालयका सहसचिव एवम् प्रवक्ता डा. नारायणप्रसाद रेग्मीले बताए । ल्हासा–काठमाडौँ सिधा उडान नहुँदा हाल काठमाडौँ–छेन्दु–ल्हासा र ल्सासा–छेन्दु–काठमाडौँ गरी घुमाउरो रुटमा हवाई सेवा…

Read More

काठमाडौँ । सर्वोच्च अदालतले अदालतको फैसला अनुसार कैद, दण्ड–जरिवाना र सरकारी बिगो असुल गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सहयोग लिने भएको छ । सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको अध्यक्षतामा रहेको केन्द्रीय न्याय क्षेत्र समन्वय समितिले अदालतको फैसला अनुसार कैद, दण्ड–जरिवाना र बिगो असुल गर्न सीआईबीको सहयोग लिनेदेखि न्यायिक प्रहरी माग गर्नेसम्मका निर्णयहरू गरेको हो । कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमेत सहभागी बैठकले धेरै कैद, दण्ड, जरिवाना र सरकारी बिगो रकम असुल गर्न बाँकी १७ जिल्लाको फरार कसुरदारको सूचना सीआईबीलाई दिने निर्णय गरेको छ । ७७ जिल्लामध्ये काठमाडौँ, पर्सा, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, ललितपुर रुपन्देही, सुनसरी, झापा, कास्की, गोरखा, मकवानपुर, सर्लाही, उदयपुर,…

Read More

सिन्धुपाल्चोक । जिल्लाको सुनकोशी गाउँपालिकाले आगामी शैक्षिक सत्रदेखि पालिका भित्रका सम्पुर्ण विद्यालयहरुमा स्थानीय पाठ्यक्रम लागु गर्ने भएको छ । नेपालको संविधानले परिलक्षीत गरे बमोजीम स्थानीय पाठ्यक्रम तयार गरेर गाउँपालिकाले विद्यार्थीहरुलाइ पालिका भित्रको सम्पुर्ण जानकारी प्राप्त गर्न सक्षम बनाउने उदेश्यका साथ स्थानीय पाठ्यक्रम लागु गर्न लागेको हो । गाउँपालिका भित्र रहेको एक निजी सहित ३३ विद्यालयहरुमा कक्षा १ देखि ८ सम्म शैक्षिक सत्र २०८० देखि स्थानीय पाठ्यक्रम लागु हुने सुनकोशी गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिनाले बताए । स्थानीय पाठ्यक्रम निर्माण समितिले तयार पारेको पाठ्यक्रम गाउँपालिका अध्यक्ष एवम शिक्षा समितिका संयोजक टपिन्द्रप्रसाद तिमिल्सिनालाई हस्तान्तरण गरेको छ । स्थानीय पाठ्यक्रममा सुनकोशी गाउँपालिकाको परिचय, पालिका…

Read More

काठमाडौं । चीनले १८ वैशाखदेखि नेपालसँगका थप दुई व्यापारिक तातोपानी र हिल्सा नाका पनि खुला गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार १५ चैत (२९ मार्च) तिब्बतको ल्हासामा बसेको नेपाल–चीन सीमा व्यापार संयन्त्रको पहिलो बैठकमा यस्तो निर्णय भएको हो । शनिबारदेखि रसुवागढी नाका पूर्ण रुपमा सञ्चालनमा आइसकेको छ । मन्त्रालयका सहसचिव एवम् वार्ता टोली सदस्य डा. नारायणप्रसाद रेग्मीका अनुसार तिब्बतसँग जोडिएका नेपाली नाका क्रमैसँग खोल्दै जाने सहमति अनुसार दुवै नाका १८ वैशाखदेखि खुलाउने निर्णय भएको हो अब सबै नाका खुल्दै जाने उनको भनाई छ । नेपाल चीन दोस्रो ठूलो व्यापारिक नाका तातोपानी सोही दिनबाट व्यापारका लागि दुईतर्फी…

Read More