Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
रामेछाप । जिल्लाको रामेछाप नगरपालिकामा रहेको गौरिशंकर बहुमुखि क्याम्पसको सन्चालक समितिको अध्यक्षमा सन्देश घिमिरे निर्विरोध निर्वाचित भएका छन् । समितिको सदस्यमा लक्षमण कुमार घिमिरे ,सरोज कटुवाल र कुमारी हायु निर्वाचित भएकी छन् । आज भएको क्याम्पस सभाबाट अध्यक्ष घिमिरे सहित सदस्यहरु निर्बिरोध निर्वाचित भएका हुन।
बागमती । हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ प्रवेश गर्ने छोटो दूरीका दुई सडक स्तरोन्नतिका लागि गरिएका छन् । चित्लाङ–चन्द्रागिरि–थानकोट सडक र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक स्तरोन्नतिका क्रमका बन्द गरिएका हुन् । थाहा नगरपालिका प्रमुख विष्णु विष्टका अनुसार सडक स्तरोन्नति एवं मर्मत कार्य जारी रहेकाले अर्को सूचना नभएसम्मका लागि सडक बन्द गरिएको छ । वडा कार्यालयका अनुसार प्रत्येक दिन बेलुका ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मका लागि सडक बन्द रहने भएको छ । त्यस्तै कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडक खण्डअन्तर्गत इन्द्र सरोवर गाउँपालिका–३ को ज्यामिरेबाट रामचन्द्र भन्ज्याङ सडक स्तरोन्नतिसहित कालोपत्र गर्ने काम भइरहेकाले सो खण्डमा सडक बन्द गरिएको छ । इन्द्र सरोवर गाउँपालिका–३ को कार्यालयले सडक स्तरोन्नतिको…
रामेछाप । खाँडादेवी गाउँपालिका राकाथुमको पिपलबोटमा बोलेरो दुर्घटना भएको छ। बा१६च ३८२५ नम्बरको बोलेरो गाडी करिब ३ सय मिटर भिरबाट खसेर दुर्घटना भएको पूर्व वडाध्यक्ष बिष्णु श्रेष्ठले जानकारी दिए। दुर्घटनामा एक जनाको मृत्यु भएको छ। एक बालकसहित दुई जना घाइते भएका छन्। घाइतेलाई उपचारको लागि धुलिखेल अस्पतालतर्फ पठाइएको छ। अन्य तीन जनाको अवस्थामा सामान्य रहेको प्रहरीले जनाएको छ।
रामेछाप । जिल्ला समन्वय समिति रामेछापले जिल्लामा सञ्चालित ठुला योजनाहरुको अनुगमन गरेको छ । समन्वय समितिले जिल्लाको उमाकुण्ड गाउँपालिकामा सञ्चालित २० लाख भन्दा माथिका ठुला योजनाहरुको अनुगमन गरेको हो । उमाकुण्ड गाउँपालिका, गाउँपालिका, बागमती प्रदेश सरकार, र संघिय सरकारको लगानिमा निर्माणधिन योजनाहरुको समन्वयका इन्जिनियर सम्पत न्यौंपाने, समन्वय अधिकारी बिनिता भट्टराई समन्यव उपप्रमुख प्रेम सागर थापाको उपस्थितिमा अनुगमन गरिएको हो । ठुला योजनाहरुको अनुगमन गरि आवश्यक सल्लाह सहित सुझाव दिएको जिल्ला समन्वय समितिका प्रमुख चिना खड्का कार्कीले बताइन ।
काठमाडौँ । सरकार र आन्दोलनरत मिटरब्याज पीडितबीच ५ बुँदे सहमति भएको छ । सरकारी वार्ता टोली र र पीडितहरूको वार्ता टोलीबीच मिटरब्याज पीडितको समस्या समाधानका लागि आयोग गठन गर्नेसहितका ५ बुँदे सहमति भएको छ । सहमतिको पहिलो बुँदामा लेखिएको छ, ‘मिटरब्याजीहरूले निरक्षर, गरिब तथा आर्थिक रूपले अप्ठ्यारो परिस्थितिमा रहेका व्यक्तिहरूसँग उच्च ब्याजदरमा ऋण असुल्ने, वास्तविक लेनदेनभन्दा बढीको तमसुकरकागजात बनाउने, ऋणीको जायजेथा आफ्नो कब्जामा लिने तथा ऋणको दुष्चक्रमा फसाई विभिन्न ढङ्गले शोषणसमेत गर्ने गरेको गुनासो रहेकोले मिटरब्याज पीडितका समस्या सम्बोधनको लागि यो सहमति भएपछि बस्ने मन्त्रिपरिषद्को पहिलो बैठकबाट जाँचबुझ आयोग ऐन २०२६ बमोजिमको आयोग गठन गर्न नेपाल सरकार समक्ष सिफारिस गर्ने।’
सर्लाही । सर्लाहीमा लागूऔषधसहित शिक्षक पक्राउ परेका छन् । ईश्वरपुर नगरपालिका-१५ मा रहेको राजदेवी बोडिङ स्कुलका शिक्षक राजा हुसेन विद्यालय परिसर भित्रबाटै लागूऔषधसहित पक्राउ परेका हुन् । सोही विद्यालयमा कार्यरत अर्का शिक्षकसंग झै-झगडा तथा विवाद गर्न थालेपछि तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो । शरीरमा तलासी लिँदा उनीबाट नाइट्राभेट-१२ ट्याब्लेट, लागूऔषध गाँजा बरामद गरेको हो ।
काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर पठाएको छ । भारतबाट आएको नयाँ मूल्य सूचीअनुसार नेपाली बजारमा डिजेलमा निगमलाई प्रतिलिटर २२.८३ रुपैयाँ र पेट्रोलमा ९.८८ रुपैयाँ फाइदा रहेको नेपाल आयल निगमले जनाएको छ । यसका साथै, खाना पकाउने एलपी ग्याँसको मूल्य समेट घटेर आएको छ । १५/१५ दिनमा आउने मूल्य सूचीअनुसार भारतले पेट्रोलियम पदार्थको मूल्य घटेर पठाएको हो । नयाँ मूल्य सूचीमा डिजेलको मूल्य प्रतिलिटर ६.८२ रुपैयाँ घटेर आएको छ । यस्तै, पेट्रोलको मूल्य प्रतिलिटर १.७४ रुपैयाँ घटेर आएको छ । यससँगै, डिजेलको खरिद लागत प्रतिलिटर १५२.१७ रुपैयाँ र पेट्रोलको खरिद लागत प्रतिलिटर १६८.१२ रुपैयाँ…
पूर्वी नवलपरासी । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको सत्ता ‘अरु कसैले’ सञ्चालन गरिरहेको दाबी गरेका छन् । महराले शनिबार प्रेस सेन्टर पूर्वी नवलपरासीको तेस्रो साधारण सभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । महराले भने, ‘देश अरु कसैले चलाइरहेको छ । प्रचण्ड, ओली र देउवा त पात्र हुन् ।’ तर महराले सत्ता चलाउने त्यो अदृश्य शक्तिबारे खुलेर चर्चा गरेका थिएनन् । उनले भने, ‘हुन त हाम्रै अध्यक्षको नेतृत्वमा सरकार छ, तर पनि हाम्रो विडम्बना यही हो, जो प्रधानमन्त्री भए पनि हुने यही हो ।’ यस क्रममा महराले वर्तमान सरकारले शान्ति प्रक्रियाका महत्त्वपूर्ण मुद्दा टुङ्गोमा पुर्याउनुपर्नेमा जोड दिएका थिए ।…
काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा सहभागी विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना व्यक्त गरेका छन् । आज एक सन्देश जारी गर्दै उनले विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्दै परीक्षा व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आ-आफ्नो ठाउँमा महत्वपूर्ण भूमिका खेल्न सबैमा आग्रह गरेका छन् ।
काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० को उपचुनावको लागि तीन वटा निर्वाचन क्षेत्रमा दाबी पेश गरेका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । रास्वपाले पार्टीको विधानअनुसार प्रारम्भिक निर्वाचनमा भाग लिने उम्मेदवारहरूको विवरण सार्वजनिक गरेको जनाएको छ। उम्मेदवारीका लागि दाबी पेश गरिएकाहरूमा तनहुँ १ बाट डा. स्वर्णिम वाग्लेसहित तीनजना छन्। त्यहाँ ईश्वर लामिछाने र डा. रुपक विक घिमिरेले दाबी पेस गरेका छन् । त्यस्तै बारा २ मा रमेश खरेल र युवराज न्यौपानेको दाबी परेको छ। चितवन २ मा भने अध्यक्ष रवि लामिछानेको एकल दाबी छ । राप्रपाको विधानअनुसार कुनै पनि क्षेत्रबाट चुनाव लड्नका निम्ति पार्टीको निर्वाचन आयोगमा निवेदन दिनुपर्ने हुन्छ ।…