Author: सूचनापाना

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने बिषयमा छलफल गर्नका लागि कांग्रेसले केन्द्रिय कार्य सम्पादन समितिको बैठक बोलाएको हो । ‘पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपीनगरमा २०७९ चैत्र १६ गते बिहीबार बिहान ११ः०० बजे बस्ने भएको छ,’ केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने । उनका अनुसार बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहनेछ । यसअघि गत मंगलवारका लागि बोलाईएको बैठक दुई दिन पछि बिहिवारका लागि सारिएको हो । बालुवाटारमा हिजाे बसेको बैठकमा सरकारमा सहभागी हुने ९ दलबीच २१ मन्त्रालयमा सहमति भएको नेताहरूले बताएका छन् । जसअनुसार नेकपा…

Read More

काठमाडौँ । उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ गृह मन्त्री हुने निश्चित भएको छ । भौतिक मन्त्रालय एकीकृत समाजवादीको भागमा परेपछि श्रेष्ठ उपप्रधानसहित गृह मन्त्री हुने टुङ्गो लागेको हो । गृह मन्त्रालय माओवादी केन्द्रको भागमा परेपछि श्रेष्ठ मन्त्री बन्ने निश्चित भएको श्रेष्ठ निकट एक नेताले बताए । पार्टीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ अब भौतिकबाट गृहको जिम्मेवारी सम्हाल्ने भएका हुन् । यसअघि समेत श्रेष्ठले गृह मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् । यस्तै सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको मन्त्रालय फेर्न तयारी भइरहेको बताइएको छ । अन्य माओवादीले पाएका मन्त्रालय र मन्त्रीहरू यथावत् हुने भएका छन् ।

Read More

काठमाडौँ । सिराहाको गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठमाथि मोबिल छ्यापेको भन्दै नेकपा एमालेका कार्यकर्ताले राजमार्ग अवरूद्ध गरेका छन्। मेयेरमाथी भएको अभद्र व्यावहार गरेको भन्दै आज (बुधबार) बिहान एमालेका कार्यकर्ताले राजमार्ग अवरूद्ध गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी निरीक्षक शंकरप्रसाद चौधरीले जानकारी दिए। मेयर श्रेष्ठमाथी मंगलबार प्रमुख प्रशासकिय अधिकृतको कार्यकक्षबाट निस्किएर गाडी चढ्ने बेला एकजना अपरिचित व्यक्तिले केही कागजहरू दिएजस्तो गरिरहेकै बेला सँगै आएका अर्को व्यक्तिले मेयर श्रेष्ठमाथि मोबिल छ्यापेका थिए । त्यसको विरोधमा आज एमाले कार्यकर्ताले विरोध गर्दै राजमार्ग अवरुद्ध गरेको प्रहरी महाािरिक्षक चौधरीले बताए । अहिले अवस्था नियन्त्रणमा रहेकोपनि उनले बताए । मेयर श्रेष्ठमाथि मोबिल छ्यापेको आरोपमा प्रहरीले एक…

Read More

काठमाडौँ । सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुङ्गिएको छ। बैठक दिउँसो ३ बजे पुन : बस्ने गरी स्थगित भएको हो। बैठकमा मन्त्रिपरिषद् विस्तारबारे छलफल भए पनि सहमति भई नसकेको जसपाका अध्यक्ष उपेन्द्र यादवले जानकारी दिए । प्रधानमन्त्री पुष्पकल दाहाल ‘प्रचण्ड’ले आजै मन्त्रिपरिषद्लाई टुङ्गो लगाउने तयारी गरेका छन् । गठबन्धनको बैठक हिजो साँझ पनि बसेको थियो । हिजोको बैठकमा कांग्रेसले ८ मन्त्रालय, जसपा र नेकपा एसले ३९३ मन्त्रालय पाउनै पर्ने अडान राखेपछि बैठक निष्कर्षविहीन बनेको थियो।

Read More

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले प्लास्टिकजन्य सामग्री पशुपति क्षेत्रमा नल्याउन आग्रह गरेको छ । पाशुपत क्षेत्र फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री लिएर नआउन कोषले आग्रह गरेको हो । कोषले बुधबार एक सूचना जारी गर्दै, ‘प्लास्टिकजन्य सामग्रीका कारण पवित्र पाशुपत क्षेत्र बढी फोहोरयुक्त देखिएकाले प्लास्टिकजन्य सामग्री यस क्षेत्रमा नल्याइदिन साथै स्वच्छ पशुपति सफा पशुपति अभियान सफल बनाउन हामी सबै जुटौँ भन्ने अनुरोधसहित यो सूचना प्रकाशित गरिएको छ ।’ संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हरेक शनिबार पशुपति क्षेत्रमा सरसफाइ अभियान चलाइरहेको छ । यो अभियान ३ महिनासम्म निरन्तर चल्नेछ ।

Read More

रामेछाप । रामेछापको गोकुलगङ्गा गाउँपालिका–४ बेतालीमा ८२ वर्षीय वृद्धको खुकुरी प्रहार गरी हत्या भएको छ । बेतालीको लिसेखानी टोलमा बस्दै आएका शमशेरबहादुर थापामगरको गए राति हत्या भएको हो । खुकुरी प्रहारबाट घाइते भएका थापामगरलाई उपचारका लागि जिल्ला सदरमुकाम मन्थली ल्याउँदै गर्दा अत्याधिक रक्तस्रावका कारण बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुई नातिनीसहित घरमा बसिरहेको अवस्थामा अज्ञात व्यक्तिले थापामगरमाथि खुकुरी प्रहार गरी भागेको गोकुलगङ्गा–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतले जानकारी दिए । खुकुरी प्रहारबाट उनको टाउकोमा गहिरो चोट लागेको थियो । श्रीमती केही दिनअघि बिरामी भएर उपचारका लागि काठमाडौँ गएकाले वृद्ध दुई नातिनीका साथ बस्दै आएका थिए । नातिनीहरू…

Read More

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालविरूद्ध नारा लगाएको आरोपमा पक्राउ परी थुनामा रहेका युवालाई तत्काल रिहा गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जालमा उनले लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न नमिल्ने बताएका हुन्। ‘प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दु:खद र आपत्तिजनक थियो। सम्माननिय प्रधानमन्त्रीज्यू! आफू विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न / गराउन अविलम्ब पहलको माग गर्दछु’, शर्माले लेखेका छन्। गत मंगलबार बानेश्वरमा प्रधानमन्त्री सहभागी एक कार्यक्रममा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्माले प्रधानमन्त्रीविरूद्ध नाराबाजी गरेका थिए। उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो। आइतबार जिल्ला प्रशासन कार्यालयले…

Read More

रामेछाप । नेपाली कांग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्कीले कार्यबाहक सभापतिको जिम्मेवारी पाएका छन् । नेपाली कांग्रेसको विधान बमोजिम सोमबार पार्टी सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले एक पत्र मार्फत आफू विदेश भ्रमणबाट नफर्कुन्जेल उपसभापति कार्कीलाइ कार्यवाहक सभापतिको जिम्मेवारी प्रदान गरेका हुन् ।

Read More

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज अपरान्ह ४ बजे बस्नेछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग छलफल पछि आज अपरान्ह ४ बजेका लागि बैठक बोलाएका हुन । आज बस्ने बैठकले मुख्यतः मन्त्रीपरिषद विस्तारका वारेमा छलफल हुनेछ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस ८ वटा मन्त्रालयसहित सरकारमा जाने तयारी अवस्थामा छ भने अन्य साना दललाई कसरी ब्यवस्थापन गर्ने ? भन्ने बारेमा गठबन्धनको बैठकमा छलफल हुनेछ ।

Read More

सिन्धुपाल्चोक । चौथो बलेफी कप फुटबलको उपाधि आयोजक बलेफी गाउँपालिकाले हात पारेको छ । चैत ४ गते देखि सुनकोसी गाउँपालिकास्थित बसन्तपुर खेल मैदानमा भएको फाइनल खेलमा पाँचपोखरी थाङ्पाल गाउँपालिकालाइ ६ -५ गोल अन्तरले पछि पार्दै आयोजक बलेफी गाउँपालिका नै उपाधि जित्न सफल भएको हो । प्रतियोगिताको विजेता टोलिले नगर १ लाख र उपविजेताले ५० हजार प्राप्त गरेका छन् । खेलपछि आयोजित समापन समारोहमा प्रमुख अतिथि बलेफी गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङ ‘प्रवेश’ले विजेता तथा उपविजेता खेलाडीहरुलाई बधाई एवं सम्मान प्रदान गरे । त्यसैगरी बलेफी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीलाल सापकोटाले विजेताहरुलाई मेडल प्रदान गरेका थिए । खेलमा जिल्लाका सबै १२…

Read More