Author: सूचनापाना

काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले दर्ज्यानी चिन्ह लगाएका छन्। कुँवरलाई गृहसचिव विनोदप्रकाश सिंहले आज आइजीपीको दर्ज्यानी चिह्न लगाइदिएका हुन् । गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले कुँवरलाई नेपाल प्रहरीको सर्वोच्च पद आईजीपीमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

Read More

तुलसीपुर । राप्ती लोक मार्ग ठाउँ–ठाउँमा जीर्ण छ । दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन् । जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन् । जसले गर्दा आवतजावतमा पनि समस्या छ भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ । ‘आवतजावत गर्दा धुलाम्मे हुन्छ, खाल्डाखुल्डीले पनि उत्तिकै समस्या पार्छ’, सल्यानबाट दाङ आउँदै गएका रुद्रबहादुर रेउलेले भने, ‘दुर्घटनाको जोखिम उत्तिकै छ ।’ सल्यान कपुरकोटबाट तुलसीपुर पुग्दा मानिस चिन्न नसकिने अवस्था रहने यात्रुहरूको गुनासो छ । त्यस्तै समय पनि धेरै लाग्ने गर्छ । ‘धुलोले शरीर थपक्कै ढाकेको हुन्छ’, मोटरसाइकल चालक लक्ष्मण केसीले भने, ‘खाल्डाखुल्डीले गर्दा पहिलेजस्तो छिटो पनि आउन सकिँदैन, आधा…

Read More

कास्की । अन्नपूर्ण हिमशृङ्खलाबाट उद्गम भई कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका र पोखरा महानगरपालिकाको मध्यभाग भएर बग्ने सेती नदीको संरक्षणका लागि संरक्षण अभियान सुरु भएको छ । नदीबाट अवैज्ञानिकरूपमा नदीजन्य सामग्रीको उत्खननले नदी तीव्ररूपमा कुरुप हुँदै गएपछि संरक्षणका लागि अभियान सुरु गरिएको हो । केही वर्षदेखि नदीबाट तीव्ररूपले ढुङ्गा, बालुवा र गिट्टीको उत्खननले वातावरणीय असर पर्न थालेपछि प्रभावित क्षेत्रका नागरिकले अभियान सुरु गरेका हुन् । सेती नदीबाट बढ्दो सहरीकरणले माग गरेको नदीजन्य सामग्रीको दोहन रोकी नदीको संरक्षण र वैज्ञानिक उपयोग गर्नका लागि अभिप्रेरित गर्न विभिन्न कार्यक्रम सञ्चालन गर्ने गरी अभियान सुरु गरिएको अभियन्ता हेमराज पौडेलले बताए । नदी संरक्षण अभियानलाई संरक्षण…

Read More

सिन्धुपाल्चोक । स्थानीय तहको भाषा नीति निर्माण तथा मातृभाषा शिक्षा कार्यक्रम सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा सुरु भएको छ । जुगल गाउँपालिकाको आयोजना र नेपाल तामाङ घेदुङको सहकार्यमा मातृभाषा शिक्षा कार्यक्रम शनिवार (आज) बाट सुरु गरिएको हो । अबको पाँच दिन सम्म चल्ने यस कार्यक्रम जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोको अध्यक्षता र नेपाल तामाङ घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोलेको प्रमुख आतिथ्यतामा कार्यक्रमको उद्घाटन गरिएको हो। मातृभाषा तथा स्थानीय विषयमा शिक्षा गुणस्तरिय तथा वैज्ञानिक शिक्षाको सुनिश्चितता भन्ने उद्देश्कासाथ यो कार्यक्रमको सुरुवात गरिएको जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङबोले बताए । जिल्लाका १२ स्थानीय तहहरु मध्ये मातृभाषा तथा स्थानीय विषयक कार्यक्रम गराउँनेमा पहिलो पालिका जुगल…

Read More

चौतारा । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ स्याउलेमा ‘एक घर एक धारा’ योजना सम्पन्न भएको छ । चौतारा साँगाचोकगढी नगरपालिकाको रू पाँच लाख आर्थिक सहयोग र स्याउले वडास्तरीय खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको प्राविधिक सहयोगमा एक सय ६८ घरधुरीसहित एक विद्यालयमा धारा जडान गरिएको छ । स्याउलेदेखि गुन्ससम्मका सबै घरधुरीमा स्वच्छ खानेपानीको पहुँच पुगेपछि नगरप्रमुख कृष्णप्रसाद सापकोटाले एक कार्यक्रमबीच ‘एक घर एक धारा’को उद्घाटन गर्दै समुदायलाई हस्तान्तरण गरेका हुन । प्रमुख सापकोटाले नगरवासीलाई स्वच्छ खानेपानीको पहुँचमा पु¥याउन आफूले गरेको सङ्कल्पको सुरुआत स्याउलेबाट भएको बताए । पूर्वसांसद एवम् जुगलथालखर्क होल्चे खानेपानी समितिका अध्यक्ष सुवास कर्माचार्यले एक घर एक धारा अभियानले सामुदायिक धारामा…

Read More

भक्तपुर । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले सूर्य विनायक नगरपालिका क्षेत्रलाई पनि मेलम्चीको खानेपानी वितरण गर्ने भएको छ । सूर्य विनायक नगरपालिका क्षेत्रमा खानेपानीको चरम अभावलाई कम गर्न वडा नं १ देखि ६ सम्म पाण्डुबजारमा रहेको मेलम्ची खानेपानी रिजर्भ ट्याङ्कीबाट पानी वितरण गर्ने गरी केयुकेएल र नगरपालिकाबीच सहमति पत्रमा हस्ताक्षर भएको छ । नगरपालिकाको तर्फबाट नगर प्रमुख वासुदेव थापा र उपप्रमुख सरिता तिमिल्सिना भट्टराई तथा केयुकेएलका तर्फबाट उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्की र खानेपानी सञ्चालन महाशाखाका प्रमुख रमेश केसीबीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

Read More

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा गठबन्धन नगरी चुनाव लड्ने निर्णय गरेको छ । शुक्रबार बसेको सो पार्टीको केन्द्रीय समिति बैठकले चितवन क्षेत्र नं २, तनहुँ क्षेत्र नं १ र बारा क्षेत्र नं २ मा गठबन्धन नगरी एक्लै उम्मेदवारी दिने निर्णय भएको रास्वपा उपसभापति एवं संसदीय दलका नेता डोलप्रसाद अर्यालले जानकारी दिए । यसैगरी उक्त बैठकले उपनिर्वाचनका लागि प्रारम्भिक निर्वाचन प्रक्रिया सुरु गर्ने र तीन वटै क्षेत्रमा निर्वाचन परिचालन समिति गठन गर्ने निर्णयसमेत गरेको छ । निर्वाचन परिचालन समितिका लागि तनहुँमा पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटी, चितवनमा उपसभापति अर्याल र बारामा गणेश कार्कीलाई संयोजक तोकिएको…

Read More

काठमाडौँ । कोशी प्रदेश नामकरण विवादपछि चैत ५ गते भएको घटनाको छानबिन गर्न सरकारले समिति गठन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आव्हानमा प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलपछि सरकारले छानबिन समिति गठन गर्ने निर्णय गरेको हो । छलफलमा कोशी प्रदेश नामकरणमा देखिएको विवादपछिको घटनाक्रमप्रति सरकार गम्भीर रहेको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए । चैत ५ गते भएको घटनाका सम्बन्धमा गृह मन्त्रालयले समिति गठन गरी तत्काल छानबिन अघि बढाउने सञ्चार तथा सूचना मन्त्री एवं नेपाल सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । समग्र घटनाका सम्बन्धमा छलफल गर्न सरकारले सरोकारवाला पक्षलाई संवादका लागि पनि आव्हान गरेको छ । कोशी प्रदेशको नाम…

Read More

टोकियो । जापानमा हरेक वर्ष प्रदान गर्दै आइरहेको एनजीओ न्युकमर्स अवार्डको २०२२ को संस्करणबाट एक नेपाली युवा सम्मानित भएका छन्। जापानको गैरसरकारी क्षेत्रमा छोटो समयमा पुर्याएको योगदान र भविष्यमा गर्न सक्ने योगदानलाई ध्यानमा राखेर जापान भरिका गैरसरकारी संस्थामा निश्चित अबधि भित्रका कर्मचारीलाई प्रदान गर्दै आइरहेको यस अवार्डमा पहिलो बिदेशीका रुपमा साप्लानिर नामक संस्थामा कार्यरत सुदिप दाहालले नगद सहित एनजीओ न्युकमर्स अवार्ड प्राप्त गरेका हुन। सुदिप दाहाल उक्त संस्थामा २०२२ को फेब्रअरीदेखि कार्यरत छन्। करिब नौ वर्षअघि स्टुडेनको रूपमा अध्ययन गर्न जापान आएका सुदिपले जापानकै युनिभर्सिटीबाट नेपालको ग्रामिण विकासमा मास्टर्स गरेका छन्। २०१८ मा पढाई सकेर जापानिज कम्पनिमा काम गरेका दाहालले…

Read More

काठमाडौँ । प्रहरी महानिरीक्षकमा बसन्त कुँवर नियुक्त भएका छन् । सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बसन्तबहादुर कुँवरलाई आईजीपी नियुक्त गरेको एक मन्त्रीले बताए । सरकारको निर्णयसँगै कुँवर नेपाल प्रहरीको ३० औँ प्रहरी महानिरीक्षक बन्न सफल भएका छन् । प्रहरी महानिरीक्षकका पाँच जना प्रतिस्पर्धी मध्ये वरियतामा कुँवर एक नम्बरमा थिए । प्रहरी महानिरीक्षक बन्ने तिव्र प्रतिस्पर्धामा रहेका श्यामलाल ज्ञवालीलाई कुँवरले पछि पारेका हुन् । कुँवर २०५१ चैत ५ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । यस पटक आईजीपी नियुक्त गर्दा सरकारले वरीयता कायम राखेको छ । वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षकमा बढुवा हुँदा कुँवर एक नम्बर वरियतामा…

Read More