Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो पटक विश्वासको मत प्राप्त गरेका छन्। शुक्रवारको प्रदेशसभा बैठकबाट उनले विश्वासको मत प्राप्त गरेका हुन् । शुक्रबार प्रदेशसभामा ९१ जना सांसदहरू उपस्थित रहँदा मुख्यमन्त्री जम्मकट्टेलको पक्षमा ६७ र विपक्षमा १७ मत परेको छ। मत दिन्न भन्ने पक्षमा ७ मत परेको छ ।
विराटनगर । प्रदेश १ को पुनः नामाकरणको माग राखेर भएको आन्दोलनका क्रममा प्रहरीको लाठी प्रहारबाट घाइते भएका मोरङको बेलबारी नगरपालिका–२ का पदम लिम्बूको मृत्यु भएको छ । प्रदेश १ लाई कोशी प्रदेश नामाकरण गरिएपछि ५ चैतमा भएको आन्दोलनमा क्रममा प्रहरीको लाठी प्रहारबाट घाइते भएका उनको शुक्रबार धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । कोशी प्रदेश नामाकरण खारेज गरेर पुनः पहिचानका आधारमा नामाकरण गर्नुपर्ने माग गर्दै प्रदर्शन भइरहेका छन् । सोही क्रममा गत आइतबार भएको आन्दोलनमा प्रहरीको लाठी प्रहारबाट उनी घाइते भएका थिए । तर, मंगलबार राति बेहोस भएपछि उनलाई उपचार गर्न प्रतिष्ठानमा लगिएको थियो ।…
काठमाडौं । कर्णाली प्रदेश सरकारले आइतबार जुम्लामा सार्वजनिक बिदा दिएको छ । राष्ट्रिय धान दिवस मनाइने भएकाले जुम्लामा आइतबार सार्वजनिक बिदा दिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले जानकारी दिए । उनकाअनुसार १२ चैत आइतबार जुम्लामा राष्ट्रिय धान दिवस मनाइने भएकाले जिल्लाका सबै सरकारी तथा सार्वजनिक संघ संस्थामा सार्वजनिक बिदा दिइएको हो ।
काठमाडौँ । सर्वसाधारणको लागि रानीपोखरी पुनर्निर्माणपछि पहिलो पटक खुला गरिएको छ । महानगर प्रहरीले सरसफाइ गरेर आज शुक्रबारदेखि सर्वसाधारणको लागि रानीपोखरी खुला गरेको हो । रानीपोखरीमा अब सर्वसाधारण बिना टिकट जान पाउनेछन् । २०७२ सालको भूकम्पले क्षति पुगेपछि पुनर्निर्माण गरी रानीपोखरीलाई पुरानै स्वरूप दिइएको छ । तत्कालीन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ८ पुस २०७८ मा महानगरलाई रानीपोखरी हस्तान्तरण गरे पनि सर्वसाधारणका लागि खुला गरिएको थिएन । लामो समय बन्द हुँदा र मर्मतसम्भार पनि नहुँदा झारपात उम्रिएर रानीपोखरी कुरूप बनेको थियो । अहिले भने सरसफाइ गरेर रानीपोखरी चिटिक्क पारिएको छ ।
काठमाडौं । सिन्धुपाल्चोक र नुवाकोटको सिमाना पर्ने चिसापानीमा दुई दिने पर्यटन पत्रकारीता सम्बन्धि तालिम सुरु भएको छ । पत्रकार महासंघ वागमती प्रदेशको आयोजनामा सुरु भएको उक्त तालिमको उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष बिपल पोख्रेलले गरेका हुन् । पत्रकार महासंघ वागमती प्रदेका अध्यक्ष शिव देवकोटाको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रका असरमा बोल्दै अध्यक्ष पोखरेलले पर्यटन र अर्थ एक अर्कुाका परीपुरक भएकोले आर्थिक लाई मजवुद बनाउन पर्यटनका समाचारहरुलाई बढि भन्दा बढि प्रकाशन र प्रसारण गर्नुपर्ने बताए। उनले अहिलेको सञ्चार माध्यममा कस्ले के वोल्यो भनेर बढि स्थान पाउने गरेको भएपनि यसले कुनै अर्थ नराख्ने बताए । सो अबसरमा बोल्दै पत्रकार महासंघका लेखा समितिका…
काठमाडौँ । प्रारम्भिक तथ्यांकमा भन्दा करिब २८ हजार जना जनसंख्या घटेको देखिएको छ । १४ महिनाअघि तथ्यांक विभागले सार्वजनिक गरेको जनगणनाको प्रारम्भिक तथ्यांकमा नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० जना थियो । तर, शुक्रबार सार्वजनिक गरिएको विस्तृत तथ्यांकमा नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ कायम भएको छ । जुन प्रारम्भिक जनसंख्या भन्दा २७ हजार ९०२ जनाले कमी हो । शुक्रवार काठमाडौंमा १२ औं राष्ट्रिय जनगणना २०७८ को विस्तृत नतिजा सार्वजनिक गरिएको हो । जसमा पुरुष १ करोड ४२ लाख ५३ हजार ५५१ रहेका छन् भने महिला १ करोड ४९ लाख ११ हजार २७…
नलगाड नगरपालिका–१० रग्दा र रुकुम पश्चिम आठबीसकोट नगरपालिका–५ स्यालाखदी जोड्ने भेरी नदीको पुल सात वर्षसम्म निर्माण कार्य पूरा भएन । मृत संजीवनी ग्याल्वा जेभी बसुन्धारा काठमाडौँले २०७३–३–३१ गते सम्झौता गरी २०७७–९–१३ गतेभित्र भेरीमा पुल निर्माण सम्झौता गरेको थियो । तस्बिर : हेमन्त केसी/रासस
‘गल्छी–रसुवागढी’ सडक योजनाको कार्यालय नुवाकोटमार्फत बिस्तार भइरहेको अन्तराष्ट्रिय राजमार्गअन्तर्गत पहिरो नियन्त्रण कार्यक्रम मध्ये नुवाकोटसँगको सीमा क्षेत्र धादिङको गल्छीमा भइरहेको ‘रड एकरिङ’ । सडक निर्माणको क्रममा ठूलो पहिरो गएपछि थप ठेक्का लगाई रु ३३ करोड ७३ लाखमा गल्छीसहित नुवाकोटको जिलिङ र तिरतिरे भीरमा पहिरो नियन्त्रणको काम भइरहेको छ । तस्बिर : रामहरि न्यौपाने/रासस
काठमाडौं । नेपाल ट्रस्टको स्वामित्वमा रहेको कमलादीस्थित काठमाडौं प्लाजा भवन काठमाडौं महानगरपालिकाले १० वर्षका लागि लिज (भाडा)मा लिएको छ । ट्रस्ट र महानगरपालिकाबीच यससम्बन्धी सम्झौतापत्रमा बुधबार हस्ताक्षर भएको हो । ट्रस्टका सहसचिव विष्णुराज ढकाल र महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका हुन् । मासिक ६० लाख ५० हजार भाडा दिने गरी सम्झौता भएको नेपाल ट्रस्टको कार्यालयका कार्यकारी सचिव सरजुकुमार वैद्यले बताए । सम्झौता ९ चैतदेखि लागू हुनेछ । पाँच वर्षपछि भाडा १० प्रतिशत वृद्धि हुने सम्झौतापत्रमा उल्लेख छ । आफ्ना कार्यालय विभिन्न ठाउँमा हुँदा सेवा प्रवाहमा समस्या भएको भन्दै महानगरले एकीकृत सेवाका लागि प्लाजा भाडामा लिएको हो । महानगरले उक्त भवन सबलिजमा भने…
रुपेन्देहीको तिलोत्तममा गुटखा विक्री गर्न प्रतिबन्ध, बिक्रि गरेकाे फेला परे ५० हजारसम्म जरिवाना
बुटवल । तिलोत्तमा नगरपालिकाले नगरक्षेत्रमा गुट्खाजन्य पदार्थको बिक्री वितरणमा रोक लगाएको छ। गुट्खाजन्य पदार्थले स्वास्थ्यमा गम्भीर असर पार्ने र त्यसबाट निस्कने फोहोरले नगरक्षेत्रको सौन्दर्यतामा समेत प्रतिकुल असर पारेको भन्दै बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो। प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालका अनुसार सार्वजनिक सूचना जारी गरेर नगरपालिकाले गुट्खा बिक्रीमा प्रतिबन्ध लगाउँदै गुटखा विक्री गर्नेलाई जरिवानासमेत तोकिएको छ । उनका अनुसार नगरपालिका भित्र गुटखा बिक्री गरेको पाइएमा पहिलो पटक डिलर व्यवसायीलाई दस हजार, दोस्रोपटक विक्री गरेको भेटिएमा २० हजार, तेस्रो पटक भेटिएमा ५० हजार जरिवाना तोकेको छ । यसैगरी, अन्य व्यवसायीलाई पहिलो पटक कारबाही स्वरुप १ हजार पाँच सय, , दोस्रो…