Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
दाङ । नेकपा एकीकृत समाजवादीका जिल्ला तहका नेताले पार्टी परित्यागकाे घोषणा गरेका छन् । नेकपा एस दाङ–१ बाट निर्वाचित सांसद तथा पूर्वमन्त्री मेटमणी चौधरी र जिल्ला अध्यक्ष शुरामणि बेलवासेको गतिविधिप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय परिषद् सदस्य मिना गुरुङसहितले एस परित्याग गरेका हुन । यसरी पार्टी परित्याग गर्नेमा चाैधरीका प्रमुख स्वकीय सचिव भुमाण्डव केसीलगायत छन् । यसरी पार्टी परित्याग गर्नेहरुमा मिना गुरुङ, भुमाण्डव केसी, गौरसिंह महरा, केन्द्रीय परिषद् सदस्य मिना गुरुङ, प्रदेश सदस्य सीता चौधरी, जिल्ला सचिवालय सदस्य तथा लमही नगर अध्यक्ष हिमाल अधिकारी, जिल्ला सचिवालय सदस्य तथा लमही सचिव रमेशमान रोका क्षेत्री, जिल्ला सदस्य तथा लमही उपसचिव किशन भट्टराई र जिल्ला…
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका आज बिहान देखी केही स्थानमा लगाएको निषेधाज्ञा सुरु भएको छ । कोशी प्रदेश नामकरणपछि असन्तुष्ट जनाउँदै आएको जातीय र सांस्कृतिक पहिचान पक्षधरहरुले आइतबार वृहत प्रदर्शन गर्ने भए पछि जिल्ला प्रशासन कार्यालयले सम्भावित क्षति हुन सक्ने भन्दै आज निषेधाज्ञा जारी गरेको हो । चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्य गर्न नपाइने जिल्ला प्रसासन कार्यालयका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जारी गरेको सुचनामा उल्लेख गरेका छन् । निषेध गरिएको क्षेत्रमा प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम…
रामेछाप । जिल्लाको ऐतिहासिक धार्मिक र पयर्टकीय क्षेत्रको प्रबद्र्धन गर्ने उदेश्यसहित पहिलो पटक भएको सुनापति–शैलुङ अन्तर्राष्ट्र्रिय अल्ट्रा म्याराथन प्रतियोगिता सम्पन्न भएको छ । शनिबार भएको ५५ किलोमिटर लामो सुनापति–शैलुङ अन्तराष्ट्रिय अल्ट्रा म्याराथन प्रतियोगितामा सोलुका धावक सुमन कुलुङ प्रथम भएका छन् । उनले ५ घण्टा २६ मिनेट ५८ सेकेन्डमा पूरा गरेका थिए । प्रतियोगितामा वेदबहादुर सुनुवारले दोस्रो स्थान हासिल गरे । उनले उक्त दुरी ५ घण्टा २९ मिनेट ४० सेकेण्डमा पूरा गरेका थिए । त्यसैगरी धावक दुर्गाराज बुद्धले ५ घण्टा ४४ मिनेट २० सेकेण्डमा उक्त दुरी पूरा गरेर तृतीय स्थान हासिल गरेका थिए । सुनापतिबाट बिहान ७ बजे सुरु भएको प्रतियोगिताका…
बर्दिबास । बर्दिबास साहित्यिक सांस्कृतिक प्रतिष्ठानको ४५ औं शृङ्खला सम्पन्न भएको छ । बर्दिबास साहित्यिक९सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल ९विपुल विद्रोही०को अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा शुभकामना मन्तव्य सहित आफ्नो रचना वाचन गर्ने स्रष्टाहरुमा साहित्य अनुरागी तथा शिक्षासेवी सरीता ढुंगाना,प्रलेसका केन्द्रीय पार्षद एवम् बर्दिवास छन्द चौतारीका अध्यक्ष अग्नि कवच ,प्रलेस महोत्तरीका अध्यक्ष नारायण घिमिरे ,मिथिला साहित्य प्रतिष्ठानका संयोजक विपिराज दहाल,बुढ्यौली साहित्य समाज महोत्तरीका अध्यक्ष नानीराम दहाल ९बन्चरो०,विनेसास महोत्तरी उपाध्यक्ष शान्ता काफ्ले अधिकारी थिए भने अन्य अतिथिहरुमा नारायण खड्का,पौडेल साहित्य प्रतिष्ठानका उपाध्यक्ष दिनेश गरिब पौडेल,मगही भाषाका अभियान्ता फुलगेन महतो मगही ,प्रतिष्ठानका आख्यान विभाग प्रमुख लीलानाथ गौतम र प्रचार…
सिन्धुपाल्चोक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मन र विचार मिल्नेसँग गठबन्धन हुन सक्ने बताएका छन् । मेलम्चीमा आज आयोजित पार्टीको जिल्ला अधिवेशनको उद्घाटन गर्दै उनले देशको आर्थिक अवस्था सुधारका लागि विचार मिल्ने पार्टीबीच एकता हुने उल्लेख गर्दै आर्थिक अवस्था मजबुत बनाउनका लागि एकजुट हुनुपर्नेमा जोड दिए । अध्यक्ष नेपालले गल्ती स्वीकार नगर्ने पार्टीसँग एकता सम्भव नरहेको बताए । ‘आफ्नो गल्ती महसुस नगर्ने, गल्ती स्वीकार गर्न नसक्नेहरूसँग गठबन्धन हुन सक्दैन’, उनले भने । गणतन्त्र जोगाउँदै संविधानको रक्षा गर्न विचार मिल्ने पार्टीबीच अहिलेको गठबन्धन बनेको उल्लेख गर्दै अध्यक्ष नेपालले भने, ‘देशको वर्तमान अवस्थालाई ध्यानमा राखी अहिलेको गठबन्धन बनेको हो…
रामेछाप । रामेछाप नगरपालिका भित्र संचालनको तयारीमा रहेका योजनाहरु मध्य आधा योजना पनि संझौता हुन सकेका छैनन् । कार्यालयको ढिलासुस्ति संगै उपभोक्ताहरुले देखाएको कम चासोका कारण प्रस्तावित मध्य अधिकाँश योजना संझौता हुन नसकेका हुन । नगरपालिकाको बैठकले भने समयमानै योजना संझौता प्रस्तावित निति भित्र बसेर योजना फर फारक गर्न र सबै वडा कार्यालयले प्रस्तावित योजनाको संझौता गर्नका लागि समयमानै सर्वजनिक सूचना र औपचारिक रुपमा जानकारी गराई सकेको छ । तर हाल सम्म कुल संख्याको आधा भन्दा कम योजना मात्र सझौताका लागि सकेको नगरका योजना शाखाका प्रमुख नारायण कार्किले बताए । योजना संझौताका काम बाँकि रहेको भएपनि रामेछाप नगरपालिकाले संझौता भई…
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्ववियुको निर्वाचन सुरक्षाबारे जानकारी लिएका छन्। शनिबार गृह सचिव विनोदप्रकाश सिंह, नेपाल प्रहरीका प्रमुख धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा लगायतलाई बालुवाटारमा बोलाएर स्ववियु निर्वाचनको सुरक्षाबारे जानकारी लिएका हुन् । प्रधानमन्त्री प्रचण्डले विद्यार्थी युनियनको निर्वाचन शान्ति पूर्ण वातावरणमा बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।
काठमाडौँ । त्रिवि स्ववियु निर्वाचन आइतबार ९भोलि० बिहान ८ बजेदेखि ४ बजेसम्म हुने भएको छ। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भोलि बिहान ८ बजेदेखि ४ बजेसम्म निर्वाचन हुने जनाएको हो। लामो समयदेखि रोकिएको स्ववियुको निर्वाचन चैत ५ गतेका लागि तोकिएको थियो।
रामेछाप । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको निर्वाचनमा आफ्नो जित निश्चित रहेको संयुक्त गठबन्धन तर्फका उम्मेद्वार अविनाश कार्कीले बताएका छन् । आइतबार हुने स्ववियु निर्वाचनमा आफू र आफ्नो टिमको जित निश्चित रहेको उनले दावी गरेका हुन् । आफ्नो टिमले ७५ प्रतिशत भन्दा बढी मतले चुनाव जित्ने उनको दावी छ । आफ्नो नेतृत्वमा रहेको टिमका उम्मेद्वारहरु क्याम्पसका नियमित विद्यार्थी रहेको, विद्यार्थीहरुको समस्यामा लड्दै आएको, शैक्षिक आन्दोलनमा भाग लिइरहेको लगायतका कारणले पनि आफ्नो टिमको जित निश्चित रहेको उनले दावी गरे । जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको मन्थली क्याम्पसलाई देशकै नमूना क्याम्पस बनाउने योजना सहित निर्वाचनमा होमिएको बताउँदै आफ्नो टिमले जितेपछि आफूहरुले ल्याएको…
लमजुङ । स्मार्ट भिलेज घलेगाउँमा बैशाख १ गतेदेखि स्मार्ट भिलेज आमन्त्रित छैटौं गोल्ड कप फुटवल प्रतियोगिता हुने भएको छ । यसअघि खुला फुटवल प्रतियोगिता आयोजना गर्दै आएका घलेगाउँबासीले पहिलोपटक आमन्त्रित फुटवल प्रतियोगिता आयोजना गर्न लागेका हुन् । यसका लागि जिल्लाभित्रका ४ वटा टीम र जिल्ला बाहिरका ६ वटा चर्चित फुटवल क्वलहरुलाई आमन्त्रण गरिएको छ । यो प्रतियोगितामा ‘ए’ डिभिजन खेल्ने फुटवल खेलाडीसमेत सहभागि हुन्छन् । पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँले बेंसीशहरमा पत्रकार भेटघाटको आयोजना गरी पहिलोपटक आयोजना गरिएको आमन्त्रित स्मार्ट भिलेज गोल्ड कप फुटवल प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ लाख ५ सय ५५ रुपैयाँ, गोल्ड कप र मेडल पुरस्कार राखिएको बताएको…