Author: सूचनापाना

रामेछाप । रामेछाप नगरपालिका भित्र संचालनको तयारीमा रहेका योजनाहरु मध्य आधा योजना पनि संझौता हुन सकेका छैनन् । कार्यालयको ढिलासुस्ति संगै उपभोक्ताहरुले देखाएको कम चासोका कारण प्रस्तावित मध्य अधिकाँश योजना संझौता हुन नसकेका हुन । नगरपालिकाको बैठकले भने समयमानै योजना संझौता प्रस्तावित निति भित्र बसेर योजना फर फारक गर्न र सबै वडा कार्यालयले प्रस्तावित योजनाको संझौता गर्नका लागि समयमानै सर्वजनिक सूचना र औपचारिक रुपमा जानकारी गराई सकेको छ । तर हाल सम्म कुल संख्याको आधा भन्दा कम योजना मात्र सझौताका लागि सकेको नगरका योजना शाखाका प्रमुख नारायण कार्किले बताए । योजना संझौताका काम बाँकि रहेको भएपनि रामेछाप नगरपालिकाले संझौता भई…

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्ववियुको निर्वाचन सुरक्षाबारे जानकारी लिएका छन्। शनिबार गृह सचिव विनोदप्रकाश सिंह, नेपाल प्रहरीका प्रमुख धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बल नेपालका प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा लगायतलाई बालुवाटारमा बोलाएर स्ववियु निर्वाचनको सुरक्षाबारे जानकारी लिएका हुन् । प्रधानमन्त्री प्रचण्डले विद्यार्थी युनियनको निर्वाचन शान्ति पूर्ण वातावरणमा बनाउन सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन्।

Read More

काठमाडौँ । त्रिवि स्ववियु निर्वाचन आइतबार ९भोलि० बिहान ८ बजेदेखि ४ बजेसम्म हुने भएको छ। त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै भोलि बिहान ८ बजेदेखि ४ बजेसम्म निर्वाचन हुने जनाएको हो। लामो समयदेखि रोकिएको स्ववियुको निर्वाचन चैत ५ गतेका लागि तोकिएको थियो।

Read More

रामेछाप । मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसको निर्वाचनमा आफ्नो‌ जित निश्चित रहेको संयुक्त गठबन्धन तर्फका उम्मेद्वार अविनाश कार्कीले बताएका छन् । आइतबार हुने स्ववियु निर्वाचनमा आफू र आफ्नो टिमको जित निश्चित रहेको उनले दावी गरेका हुन् । आफ्नो टिमले ७५ प्रतिशत भन्दा बढी मतले चुनाव जित्ने उनको दावी छ । आफ्नो नेतृत्वमा रहेको टिमका उम्मेद्वारहरु क्याम्पसका नियमित विद्यार्थी रहेको, विद्यार्थीहरुको समस्यामा लड्दै आएको, शैक्षिक‌ आन्दोलनमा भाग लिइरहेको लगायतका कारणले पनि आफ्नो टिमको जित निश्चित रहेको उनले दावी गरे । जिल्लाको शैक्षिक धरोहरको रुपमा रहेको मन्थली क्याम्पसलाई देशकै नमूना क्याम्पस बनाउने योजना सहित निर्वाचनमा होमिएको बताउँदै आफ्नो टिमले जितेपछि आफूहरुले ल्याएको…

Read More

लमजुङ । स्मार्ट भिलेज घलेगाउँमा बैशाख १ गतेदेखि स्मार्ट भिलेज आमन्त्रित छैटौं गोल्ड कप फुटवल प्रतियोगिता हुने भएको छ । यसअघि खुला फुटवल प्रतियोगिता आयोजना गर्दै आएका घलेगाउँबासीले पहिलोपटक आमन्त्रित फुटवल प्रतियोगिता आयोजना गर्न लागेका हुन् । यसका लागि जिल्लाभित्रका ४ वटा टीम र जिल्ला बाहिरका ६ वटा चर्चित फुटवल क्वलहरुलाई आमन्त्रण गरिएको छ । यो प्रतियोगितामा ‘ए’ डिभिजन खेल्ने फुटवल खेलाडीसमेत सहभागि हुन्छन् । पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँले बेंसीशहरमा पत्रकार भेटघाटको आयोजना गरी पहिलोपटक आयोजना गरिएको आमन्त्रित स्मार्ट भिलेज गोल्ड कप फुटवल प्रतियोगितामा प्रथम हुनेलाई नगद ५ लाख ५ सय ५५ रुपैयाँ, गोल्ड कप र मेडल पुरस्कार राखिएको बताएको…

Read More

रामेछाप । रामेछापको गाल्वा बजारमा अनुमति नलिई सञ्चालन गरेको तीन वटा पसल सिलबन्दी गरी गरिएको छ । गत फागुन २८ गतेदेखि ३० गते सम्म खाँडादेवी गाउँपालिका र सुनापती गाउँपालिकाको गाल्वा बजार र दिमिपोखरीका पसलहरुमा गरिएको अनुगमनको क्रममा म्याद गुज्रेका सामाग्री भेटिएको र अनुमति नै नलिई सामान खरिद बिक्री गरेको पाइएपछि जरिवाना सहित बन्द गरिएको घरेलु तथा साना उद्योग कार्यालय रामेछापले जनाएको छ । अनुमति नलिई सञ्चालन गरेको तीन वटा पसल सिलबन्दी गर्नुका साथै ८० हजार भन्दा माथिको म्याद गुज्रेका सामाग्रीहरू जफत गरिएको छ, भने, दुई वटा पसललाई कूल १५ हजार जरिवाना तिराइएको छ । अनुगमनका क्रममा सुनापती गाउँपालिका २ दिमिपोखरी…

Read More

नुवाकोटको लिखु गाँउपालिका–४ को तल्लोफाँटस्थित खेतीयोग्य उर्बर जमिनमा स्थापना गर्न लागिएको क्रसर उद्योग । उद्योग सञ्चालनका लागि तोकिएको मापदण्ड नपुग्ने भए पनि सरकारले आगामी असार मसान्तसम्म अवैध क्रसर चल्न दिने जनाएकाले खेतीयोग्य जमिनको मध्ये विन्दुमा क्रसर उद्योग स्थापना भइरहेको हो । तस्बिर : रामहरि न्यौपाने

Read More

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरले शुक्रबार दिएको एक अभिव्यक्तिप्रति नेपाल प्रेस युनियनले आपत्ति जनाएको छ। सभामुख घिमिरेले पत्रकारिता पेसा र पत्रकारको व्यावसायिक मर्यादामा आँच पुर्‍याउने गरी ‘पत्रकारहरु बिक्रीमा छन्’ भनेर दिएको अभिव्यक्तिप्रति युनियनले गम्भीर ध्यानाकर्षण भएको समेत बताएको छ। तटस्थ, निष्पक्ष, स्वतन्त्र भूमिका निर्वाह गर्नुपर्ने गरिमामय पदमा आसीन सभामुखबाट पत्रकारलाई नै साक्षी राखेर दिएको नेपालको स्वतन्त्र प्रेसविरुद्धको अभिव्यक्ति अपरिपक्क र अशोभनीय रहेको युनियनले बताएको छ। ‘पत्रकारले भ्रष्टाचार, अनियमितता, बेथितिका घटना बाहिर ल्याएर सुशासन र नागरिक अधिकारको पक्षमा निरन्तर काम गर्दै आएका छन्। सञ्चार क्षेत्रलाई व्यवस्थित, मर्यादित र व्यावसायिक बनाउन सञ्चारसँग सम्बन्धित कानुन बनाउन सहजीकरण गर्नुपर्ने सभामुखले समग्र पत्रकारिता…

Read More

काठमाडौँ । नेपालमा चिकित्सक र अस्पतालले लापरबाही गरेको भन्दै उजुरी थपिने क्रम बढेको छ । नेपाल मेडिकल काउन्सिलका अनुसार सन् २०२२ मा चिकित्सकविरुद्ध ६६ वटा उजुरी परेकोमा यो वर्ष चिकित्सकविरुद्धको उजुरी एक सय नाघ्ने अनुमान गरिएको छ । हालसम्म ६६ उजुरीमध्ये २० उजुरीको निर्णय भइसकेको छ भने बाँकी उजुरीमाथि काउन्सिलले छानबिन प्रक्रिया अघि बढाएको छ । काउन्सिलका प्रवक्ता तथा रजिस्ट्रार डा. कृष्णप्रसाद अधिकारीले निर्णय भएका २० उजुरीमध्ये पाँच उजुरी कारबाही गरिरहनु नपर्ने देखिएको जानकारी दिँदै केही उजुरीमा चिकित्सकमाथि कारबाही भएको जानकारी दिए । तीमध्ये तीनवटामा चिकित्सकलाई सचेत गराइएको छ । यस्तै चार उजुरीका आधारमा सम्बन्धित अस्पताललाई निर्देशन दिइएको छ ।…

Read More

सिन्धुपाल्चोक । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का केन्द्रीय सदस्य तथा सञ्चारकर्मी रमेश प्रसाईँ चौतारा आउँने भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य समेत रहेका प्रसाईँ पार्टीको चौतारा साँगाचोकगढी नगरपालिका भेलालाई सम्बोधन गर्न शनिबार चौतारा आउने भएका हुन् । उनीसँगै रास्वपा केन्द्रिय सदस्य ढाकाराम अर्याल, केन्द्रिय संगठक विभागका सचिव शंकर श्रेष्ठ, बागमती प्रदेश समितिका अध्यक्ष डा। अच्युतम लामिछाने लगायतका नेताहरुले भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Read More