Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौँ । नेपाली सेनाले विश्वको सर्वोच्च शिखर सगरमाथासहित चार वटा हिमालमा ‘सफा हिमाल अभियान २०२३’ सञ्चालन गर्ने भएको छ। उक्त अभियानअन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालबाट कुहिने र नकुहिने गरी ३५ हजार केजी फोहर सङ्कलनको लक्ष्य राखिएको छ। उक्त अभियानका क्रममा सगरमाथाबाट १० हजार, ल्होत्सेबाट पाँच हजार, बरुञ्चेबाट १० हजार र अन्नपूर्णबाट १० केजी फोहर संकलन गर्ने लक्ष्य रहेको सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। प्रकृति र पर्यावरण प्रभावकारी संरक्षणका निम्ति विश्वका अग्ला हिमालको स्वच्छता कायम राख्ने सरकारको राष्ट्रिय कार्यक्रम कार्यान्वयनलाई सेनाले प्राथमिकतामा राखेको छ। विश्व वातावरणमा परेको प्रतिकूल असरबारे सचेतना फैलाउन र हिमशृङ्खलाको मनोरम सौन्दर्यलाई अक्षुण राख्ने सेनाले…
काठमाडौँ । मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको छ। गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म भएका सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो। मन्त्रिपरिषदको निर्णयपछि गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो। ७७ जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको छ। जनयुद्धका सहिदहरूले राष्ट्रिय सहिदको मान्यता पाउनुपर्ने माग बारम्बार उठ्दै आएको भएपछि उनीहरूले राष्ट्रिय सहिदको मान्यता पाउन सकेका थिएनन्। यससँगै जनयुद्धकालमा राज्य…
रामेछाप । जिल्लाको रामेछाप नगरपालिका वडा ८ मा रहेको ऐतिहासिक राष्ट्रिय सूचिमा सूचिकृत केवलेश्वर महादेव मन्दिर भित्र रहेको पुरानो ऐतिहासिक महत्त्व बोकेको घण्टी चोरी भएको छ। पुरानो ऐतिहासिक घण्टी चोरी भएको ठाउँमा नयाँ घण्टी भेटिएको स्थानीयले बताएका छन् । मन्दिरबाट घण्टी कहिले चोरी भएको भन्ने खुलेको छैन ।
रामेछाप । रामेछापको मन्थली नगरपालिका–१ एयरपोर्ट नजिकै खेतमा काम गर्ने क्रममा राखेको पैसाको झोला चोरेर भाग्दाभाग्दै एक व्यक्ति पक्राउ परेका छन् । मन्थली नगरपालिका करमबोट घर भई एर्यरपोर्ट नजिकै खेतमा काम गर्ने क्रममा मन्दिरा खत्रीले आफूसँग भएको पैसा झोलामा राखेर खेतमा काम गर्दै गर्दा झोला टिपिरे फरार भएका व्यक्ति पक्राउ परेका हुन् । झोला लिएर फरार भएका मन्थली करमबोट बस्ने बर्ष २० का पुस्कर माझीको बारेमा खत्रीले प्रहरीलाई जानकारी गराएका थिइन । जानकारी प्राप्तसँगै खटिएको प्रहरीले झोलामा रहेको १२ हजार ५ सय रुपैयाँसहित जखनिटारबाट नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालय रामेछापले पक्राउ परेका माझीको बारेमा थप अनुसन्धान भइरहेको बताएको…
काठमाडौं । नेपाल टेलिकमले ‘सजिलो अनलिमिटेड भ्वाइस एण्ड डाटा पोस्टपेड–६३६’ प्याकेज उपलब्ध गराएको छ । पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि लक्षित गर्दै कम्पनीले मंगलबारदेखि यो प्याकेज उपलब्ध गराएको हो । रु. ६३६ मा उपलब्ध हुने सो अफर लिएपछि ३० दिनसम्म कम्पनीकै नेटवर्कभित्र अनलिमिटेड कल गर्न सकिने छ भने अन्य नेटवर्कमा १०० मिनेट कल गर्न सकिने छ । यस अफरमा अन नेट १५० वटा एसएमएस पठाउन सकिने सुविधा समेत उपलब्ध छ । त्यसैगरी प्रत्येक दिन ३०० एमबी डाटा प्रयोग गर्न सकिने छ र सो ३०० एमबी डाटा सकिएमा प्रत्येक दिन ६४ केबीपीएस गतिको इन्टरनेट प्रयोग गर्न सकिने सुविधा उपलब्ध हुनेछ । सजिलो…
काठमाडौँ । रामसहाय प्रसाद यादव संघीय गणतन्त्र नेपालको तेस्रो उपराष्ट्रपति निर्वाचित भएका छन् । संघीय संसद् भवन बानेश्वरमा भर्खरै सम्पन्न मतगणनाअनुसार यादव चौथो कार्यकालका लागि उपराष्ट्रपतिमा निर्वाचित भएका हुन् । निर्वाचित यादवले ३० हजार ३२८ मतभार प्राप्त गर्दै विजयी भए । उनले सङ्घतर्फ १८४ र प्रदेशसभातर्फ ३२९ मत प्राप्त गरे ।
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालबीच समसामयिक विषयमा छलफल भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा उनीहरुबीच प्रधानमन्त्रीले लिने विश्वासको मत, मन्त्रिपरिषद् विस्तारलागयत समसामयिक विषयमा छलफल भएको छ । उपराष्ट्रपति निर्वाचनमा मतदान गरिसकेपछि उनीहरुबीच छलफल भएको हो । आउँदो सोमबार प्रतिनिधिसभाबाट विश्वासको मत लिने तयारी गरेका प्रधानमन्त्री प्रचण्डले सहयात्री दलका शीर्षनेतासँग छलफल गरेका हुन् ।
काठमाडौं । सशस्त्र प्रहरी बलले वैकल्पिक सूचीमा रहेका वैकल्पिक सूचीमा रहेका ४० जनालाई नियुक्तिका लागि सिफारिस गरेको छ । २०७८ भदौ ११ गते प्रकाशित विज्ञापनअनुसार विभिन्न मितिमा लिइएको परिक्षा र प्रकाशित नतिजामा वैकल्पिक सूचीमा रहेका सशस्त्र प्रहरी सहायक निरीक्षक (असई), सशस्त्र प्रहरी जवान, सशस्त्र प्रहरी परिचर (भान्छे) र सशस्त्र प्रहरी परिचर (कूचिकार) का लागि नियुक्तिका लागि आह्वान गरेको छ । जसअनुसार असई ४ जना, जवान २८ जना, भान्छे ७ जना र कूचीकार १ जनालाई नियुक्तिका लागि यही चैत १२ गते सशस्त्र प्रहरीको भर्ना तथा छनोट शाखा हल्चोकमा उपस्थित हुनका लागि सूचना प्रकाशित गरेको छ ।
काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ६ गते विश्वासको मत पाउने बताएका छन् । उपराष्ट्रपति निर्वाचनमा मतदानपश्चात् सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले विश्वासको मत लिएपश्चात् सरकार बिस्तार हुने बताए । उपराष्ट्रपति उम्मेदवार उठाउँदा गठबन्धनमा असमझदारी भयो, यसले सरकार बिस्तार र विश्वासको मत लिने कुरामा असर गर्ला नि रु भन्ने प्रश्नमा उनले सरकार बनाउने विषयमा भने गठबन्धन एक ढिक्का हुने जिकिर गरे । “राष्ट्रपति निर्वाचनपश्चात् गठबन्धन छ । अहिले उपराष्ट्रपतिको निर्वाचनमा केही फरक विचार आए । तर, विश्वासको मत दिने बेलामा गठबन्धन एक ठाउँमा आउँछ । सहजतापूर्वक उहाँले विश्वासको मत पाउनुहुन्छ,” उनले भने, “उपराष्ट्रपति निर्वाचनमा एक उम्मेदवार…
तलबमान कायम गरी दरबन्दीमा समायोजन गर्ने माग सहित विद्यालय कर्मचारीले बुझाए ध्यानाकर्षणपत्र
रामेछाप । नेपाल विद्यालय कर्मचारी परिषद् जिल्ला कार्य समिति रामेछापले विभिन्न माग सहित ध्यानाकर्षणपत्र बुझाएको छ । परिषदले आज शिक्षा तथा समन्वय ईकाई रामेछापमा ध्यानाकर्षणपत्र बुझाएको हो । राज्यले बिधालयमा भएका कर्मचारीलाई दिएको सेवासुविधा ज्यादै न्युन भएको भन्दै नेपाल कर्मचारी परिषदको केन्द्रीय परिपत्र अनुसार ध्यानाकर्षण पत्र बुझाईएको परिषद रामेछापका अध्यक्ष रमेश तामाङले बताए । विधालय कर्मचारीले बुझाएको ध्यानाकर्षणलाई सम्बन्धित निकायमा यथासक्य छिटो पुर्याउने ईकाईका प्रमुख भरत भट्टराईले बताए । ध्यानाकर्षण पत्र यस्तो छ : श्रीमान प्रमुखज्यू ,शिक्षा विकास तथा समन्वय इकाइमन्थली, रामेछाप विषय – तलबमान कायम गरी दरबन्दीमा समायोजन गर्नका लागि ध्यानाकर्षणका साथै सम्बन्धित निकायमा परिपत्र गरिदिनु हुन। शिक्षा ऐन…