Author: सूचनापाना

काठमाडौँ । भारतको अरूणाञ्चल प्रदेशमा भारतीय सेनाको हेलिकप्टर दुर्घटनामा परेको छ। अरूणाञ्चल प्रदेशको बमदिला नजिक चिता हेलिकप्टर बिहीबार दुर्घटनामा परेको इन्डियन एक्सप्रेसले जनाएको छ। हेलिकप्टर केही घण्टा अगाडि नै हराएको थियो। हेलिकप्टरले एटिसीसँग आज बिहान सवा ९ बजे नै सम्पर्क गुमाएको थियो। भारतीय सेनाका अनुसार हेलिकप्टर पश्चिमी बमदिला मण्डला क्षेत्रमा दुर्घटना भएको हो। उक्त हेलिकप्टरमा लेफ्टिनेन्ट कर्नेल र मेजर सवार थिए। उनीहरूको खोजी र उद्धारको काम थालिसकेको सेनाले जनाएको छ।

Read More

काठमाडौँ । नेपाल एक दिवसीय विश्वकप छनोटमा पुगेको छ । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेडथमा ९ रनले हराउँदै नेपाल विश्वकप छनोटमा पुगेको हो । तीन सय ११ रनको कीर्तिमानी लक्ष्य पछ्याएको नेपालले ६ विकेटको क्षतिमा २६९ बनाएको थियो । खराब मौसमका कारण अम्पायरहरूले खेल रोक्ने निर्णय लिएका थिए । नेपाल डीएल मेथडका आधारमा ९ रनले अगाडि भएको हो ।

Read More

काठमाडौँ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले यही चैत ८ मा विश्वासको मत लिने भएका छन् । उक्त प्रयोजनका लागि प्रदेशसभा सचिवालयले उक्त दिन दिउँसो ३ बजेका लागि बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । केही हप्ताअघि राप्रपाले सरकारमा सहभागी आफ्ना तीन जना मन्त्रीलाई फिर्ता बोलाउने र सरकारलाई दिएको समर्थन लिने निर्णय गरेको थियो । त्यसपछि वर्तमान सरकार अल्पमतमा परेको थियो । गत पुस २६ मा बागमती मन्त्रिपरिषद् गठन हुँदा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राप्रपाको संयुक्त गठबन्धन बनेको थियो । बागमती प्रदेश सरकारको वर्तमान मन्त्रिपरिषद्मा माओवादी केन्द्र र एमालेका मात्रै मन्त्री रहेका छन्…

Read More

सिन्धुपाल्चोक । कोदारी राजमार्गको चाकु झ्याले भिरबाट भोटेकोसीमा खसेर बेपत्ता भएका त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर–३ धुस्कुन चाम्बोटेका २१ वर्षीय अमृत थामीको खोजी जारी रहेको छ । थामी मंगलबार दिउँसोतिर साइकलमा चढेर चाकुतर्फ जाँदै गर्दा ब्रेक फेल भएर झ्याले भिरको छेउको भागमा ठोक्किएर ५० मिटर तल खसेको स्थानीयले देखेको जिल्ला प्रहरी कार्यालय चौताराले जनाएको छ । महभिरको झ्याले भिरखण्डको सडकमा बेपत्ता थामीको साइकल र चप्पल भेटिएको प्रहरीले जनाएको छ । घटना थाहा पाएयता इलाका प्रहरी बाह्रबिसेका प्रहरी निरीक्षक मुकेश न्यौपानेको अगुवाइमा सुरक्षाकर्मीसहित सशस्त्र प्रहरी बल,इलाका प्रहरी कोदारीका प्रहरी र बेपत्ताका आफन्त उद्धारमा खटिएका हुन् ।

Read More

काठमाडौं । सर्वसाधारणले स्वास्थ्य बीमाबापत तिरेको रकम आफ्नो खातामा राखेर स्वास्थ्य बीमा बोर्डका एक कर्मचारी फरार भएका छन् । बीमा बोर्डको खातामा जम्मा हुनुपर्ने करिब २२ लाख रुपैयाँ रकम आफ्नो खातामा राखेर बोर्डको उदयपुर सम्पर्क कार्यालयका सिनियर अहेब मोहम्मद फिरोज अली फरार भएका हुन् । पुुस ११ गतेदेखि फरार भएका अलिलाई स्वास्थ्य बीमा बोर्डले २४ घण्टाभित्र हाजिर भई स्पष्टीकरण पेश गर्न पत्राचार गरेपनि फिरोज अहिलेसम्म सम्पर्कमा नआएको जनाएको छ । अलीले गत असार मसान्तसम्म स्वास्थ्य बिमाका लागि दर्ता सहयोगी मार्फत उठेको रकम आफ्नो खातामा जम्मा गरेको पाइएको बीमा बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले जानकारी दिए ।

Read More

काठमाडौं । स्ववियु निर्वाचनका लागि प्रचारप्रसारको समयावधी आज मध्यरातिदेखि सकिदैछ । त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीका अनुसार उम्मेदवारहरुले आज राति १२ बजेसम्म मात्र प्रचार प्रसार गर्न पाउने छन् । त्यसपछि मौन अवधि सुरु हुने भएकाले कुनै पनि माध्यमबाट भोट माग्न वा प्रचार गर्न पाइने छैन । अन्तिम दिन आज विद्यार्थी सङ्गठनले प्रचारप्रसारलाई तीव्र पारेका छन् । यसपटकको निर्वाचनमा स्ववियु आचारसंहितामा कडाइ गरेकाले उम्मेदवारले पर्चा, पम्पलेट एवं माइकिङ गर्न भने पाएका छैनन् । त्रिविले पनि प्रचारप्रसार गर्नका लागि रङ्गरोगन र कुनै पनि प्रकारको पोष्टर टाँस्न नपाइने गरी आचारसंहिता बनाएपछि निर्वाचनमा यसपटक तडकभडक देखिएको छैन । आचारसंहिताले…

Read More

काठमाडौं । सत्ता गठबन्धनको बैठक बिहीबार बस्नेगरि सकिएको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक उपराष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्दै सकिएको हो । बैठकमा उपराष्ट्रपति निर्वाचनको बारेमा छलफल भएको अर्को बैठक बिहीबार बस्ने गरी बुधबारको बैठक सकिएको एक नेताले बताए । उपराष्ट्रपति निर्वाचनको लागि १० दलको बीचमा समझदारी कायम गर्ने बारेमा छलफल भएको बताइएको छ ।

Read More

काठमाडौँ । निर्वाचन अधिकृतको कार्यालयले नेपाली काँग्रेससँग लिखित जवाफ मागेको छ । उपराष्ट्रपति निर्वाचनको प्रचारप्रसार गर्न नपाइने अवधिमा काँग्रेसले बैठकमा उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवलाई भोट हाल्न सांसदलाई निर्देशन गर्ने निर्णय सार्वजनिक गरेपछि कार्यालयले जवाफ मागेको हो । कार्यालयमा सो सम्बन्धी उजुरी परेका कारण लिखित जवाफ मागिएको आयोगले जनाएको छ ।

Read More

काठमाडौं । नेपाल बालकुमारी क्योकुशिन कराते संघद्वारा ललितपुर मंगलबजारमा तेस्रो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता २०७९ सम्पन्न भएको छ। यही फागुन २६ र २७ गते भएको तेस्रो ललितपुर महानगरपालिका मेयर कप राष्ट्रिय फुल कन्ट्याक्ट कराते प्रतियोगिता २०७९ मा सबै तौल समूहका प्रथम, दोस्रो र तेस्रो विजयी खेलाडीहरुलाई उचित नगद पुरस्कार वितरण गर्दै सम्पन्न भएको हो । उक्त कार्यक्रममा दोस्रो रामजी गुरु स्मृति नगद पुरस्कारको लागि छ विधा तौल समूहका प्रथम भएका खेलाडीहरु मध्येबाट गोलाप्रथा मार्फत नगद राशी रू ५०,०००र (४५/५०) के. जी. तौल महिला समुहको प्रथम विजयी रिना माझीले हात पारेकी थिईन् । त्यस्तै (३५/४०) के.जी.…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही चैत ६ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्रीले पार्टीका सांसद र मन्त्रीलाई त्यस दिन कतै कार्यक्रम नपार्नसमेत निर्देशन दिइसकेको जनाइएको छ । कांग्रेस नेतृत्वमा नयाँ गठबन्धन बनेसँगै प्रचण्ड सरकारबाट एमाले, रास्वपा र राप्रपा बाहिरिएका छन् । एमाले र राप्रपाले भने प्रधानमन्त्रीमाथिको समर्थन फिर्ता लिएपनि रास्वपाले कायमै राखेको छ । विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार गरिने बताइएको छ ।

Read More