Author: सूचनापाना

काठमाडौं । सन् २०२६ को फिफा विश्वकप फुटबलमा ४८ राष्ट्रलेले सहभागिता जनाउने भएका छन्। फिफा काउन्सिलको गएराती बसेको बैठकको निर्णय अनुसार विश्वकप खेल्ने १६ राष्ट्रको संख्या बढाउँदै ४८ पुरयाउने निर्णय गरेको हो, जसअनुसार २०२६ को विश्वकपमा अब ४८ राष्ट्र सहभागी हुनेछन । यसअघि विश्वकपमा ३२ राष्ट्रले सहभागिता हुदैँ आएको थियो । रुवान्डामा आयोजना भएको फिफा काउन्सिलको बैठकले गएराति अनुमोदन गरेको नयाँ ढाँचा अनुसार ४८ टोलीलाई १२ समूहमा विभाजन गरिनेछ। जसअनुसार हरेक समूहमा ४ टोली हुने छन् भने समूहको शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन्। यस्तै तेस्रो हुने उत्कृष्ट ८ टोलीले पनि नकआउट चरणमा स्थान बनाउने छन्। जसअनुसार २०२६ को विश्वकपमा…

Read More

इस्लामबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरिक ए इन्साफ (पिटिआई) का अध्यक्ष इमरान खानलाई पक्राउ गर्ने प्रयास जारी छ । उनलाई गिरफ्तार गर्न इस्लामावाद प्रहरी लाहोरस्थित खाननिवास पुगेका छन् । तर, उनलाई पक्रन गएको प्रहरी र खानका समर्थकबीच झडप भएको छ। खाननिवास बाहिर जम्मा भएका हजारौँ समर्थकले खानलाई पक्राउ गरिए पाकिस्तानमा दंगा भड्किने चेतावनीसमेत दिएका छन्। भ्रष्टाचार र आतंकवादसम्बन्धी मुद्दामा, एक र्‍यालीलाई सम्बोधन गर्ने क्रममा महिला न्यायाधीशलाई धम्की दिएको आरोपमा, प्रधानमन्त्री रहेका वेला राज्यका नाममा प्राप्त भएका उपहार बेचेर आर्थिक अपचलन गरेको अभियोगमा उनलाई गिरफ्तार गर्न लागिएको इस्लामावाद प्रहरीका अधिकारीहरूले बताएका छन्। गत अप्रिलमा संसदमा विश्वासको मत नपाएका खानले सत्ताच्यूत…

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रदेश प्रमुखहरूले भेटवार्ता गरेका छन्। काठमाडौँ आएका उनीहरूले प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्रीलाई भेटेका हुन्। प्रदेश प्रमुखहरू र प्रधानमन्त्रीबीच बुधबार बालुवाटारमा भेटवार्ता भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ । उक्त भेटवार्तामा प्रदेशलाई बलियो बनाउन सङ्घले गर्नुपर्ने सहयोगलगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ।

Read More

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डङ्गोलको नेतृत्वमा ‘उपत्यका उपप्रमुख सञ्जाल’ गठन भएको छ । मङ्गलवार भएको उपत्यकाका नगरपालिकाका उपप्रमुखहरूको बैठकले सञ्जाल गठन गरेको हो । उपप्रमुखहरूको कामको विषयमा छलफल गर्न, काममा एकरूपता ल्याउन, साझा सवालमा सहकार्य र समन्वय गर्न सञ्जाल गठन गरेको डङ्गोलले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । ‘एउटै भूगोलमा प्रशासनिक विभाजनबाट गठन गरिएका पालिकाहरूको कार्य सम्पादनमा एकरूपता ल्याउन सञ्जालको महत्त्वपूर्ण भूमिका हुने भएर हामीले गठन गरेका हौँ,’ डङ्गोलको भनेकी छन् ।

Read More

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले केन्द्रीय तहका सबै कार्यालयका कर्मचारीहरूको विवरण माग गरेको छ । मन्त्रालयले मङ्गलवार सबै मन्त्रालय, संवैधानिक आयोग र संवैधानिक निकायहरू सबैलाई परिपत्र गर्दै तीन दिनभित्र कर्मचारीको विवरण मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा पठाउन भनेको हो । मन्त्रालयका उपसचिव कमान सिंह थापा मगरका अनुसार मन्त्रालयले पद, श्रेणी, सेवा समूह, स्वीकृत दरबन्दी, पदपूर्ति, रिक्त, फाजिल, सरुवा लगायतको विवरण माग गरेको हो ।

Read More

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वकीय सचिवमा डा. सुरेशचन्द्र चालिसे नियुक्त भएका छन् । पूर्वराजदूत चालिसेलाई राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार स्वकीय सचिव नियुक्त गरेका हुन् । यस्तै राष्ट्रपति पौडेलको निजी सचिवमा चिरञ्जिवी अधिकारी नियुक्त भएका छन् । अधिकारी यसअघि पनि पौडेलको निजी सचिव थिए ।

Read More

काठमाडौँ । उपराष्ट्रपतिबारे विवाद मिलाउन सत्ता गठबन्धनका शीर्ष चार दलको बैठक बस्दैछ । आज साझा प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादीको बैठक बस्न लागेको हो । राष्ट्रपति निर्वाचनमा एक ठाउँमा उभिएको १० दलीय गठबन्धन उप(राष्ट्रपति निर्वाचनमा तितरबितर भएपछि चार दलबीच छलफल हुन लागेको बताइएको छ ।

Read More

काठमाडौँ । उद्योगी व्यवसायीहरूले नेपाल राष्ट्र बैंक अगाडि धर्ना दिएका छन् । केही समयदेखि चरणबद्ध सडक आन्दोलन गर्दै आएका देशभरका उद्योगी व्यवसायीहरूले मङ्गलवार बालुवाटारस्थित नेपाल राष्ट्र बैक अगाडि विरोध गरेका हुन्। उद्योगी व्यवसायीहरूले अर्थतन्त्र सङ्कटपूर्ण अवस्थामा रहेको अवस्थामा बैङ्कहरूले व्यवसायीहरूमाथि चर्को ब्याज लिएको, कर्जामा ठूलो परिमाणमा प्रिमियम चार्ज लगाएको र कर्जा भुक्तानीको समयसमेत नदिएको भन्दै बैंकविरुद्ध सडक संर्घषमा उत्रिएका हुन् । देशभरका उद्योगी व्यवसायीहरूले राष्ट्र बैंक अगाडि पुगेर व्यवसायीहरूको पीडा महसुस गराउन ध्यानाकर्षण समेत गरेका छन् । विरोध कार्यक्रममा सहभागी उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष अञ्जन श्रेष्ठले व्यवसायीहरू आफ्ना पीडा पोख्नको लागि राष्ट्र बैंक आएको बताए । श्रेष्ठले अर्थतन्त्रमा आएका समस्याको…

Read More

काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपतिमा अष्टलक्ष्मी शाक्यले जित्ने सम्भावना रहेको दाबी गरेका छन् । पार्टीबाट निर्वाचित सांसदहरूलाई अभिमुखीकरण दिँदै अध्यक्ष ओलीले शाक्यले उपराष्ट्रपतिमा जित्ने सम्भावना रहेको बताएका हुन् । उनले भने, ‘जित्ने सम्भावना छ । कारणको अहिले चर्चा नगरौँ । अन्तिम बेलासम्म सम्भावनाको खोजी गर्ने हो । अनेक प्रकारका समस्याहरू उनीहरू (गठबन्धन) भित्र छन् । विपक्षी शक्तिसँग चुनाव लडिरहेका छौँ ।’ ओलीले एमालेलाई सबल राष्ट्रिय शक्ति बन्न नदिने षडयन्त्र भइरहेको आरोप लगाएका छन् । संविधानको भावना पुरुष राष्ट्रपति भए महिला उपराष्ट्रपति हुनुपर्ने भए पनि त्यसो हुन नसकेको उनले बताए । १० दलीय गठबन्धने…

Read More

एजेन्सी । एशिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई दृष्टिगत गरी अष्ट्रेलिया, अमेरिका र बेलायतले गरेको परमाणु ऊर्जाबाट सञ्चालन हुने पनडुब्बी सम्झौता गरेका छन् । साथै उनीहरूले पनडुब्बीको नयाँ ‘फ्लिट’ बनाउने योजनाको विवरण पनि सार्वजनिक गरेका छन् । चीनले उक्त सम्झौतालाई गम्भीर त्रुटीपूर्ण एवम् जोखिमको बाटोमा हिँड्ने प्रयास भन्दै त्यसको विरोध गरेको छ । आफ्नो भूराजनीतिक स्वार्थका लागि अन्तरराष्ट्रिय समुदायको चासोलाई पूर्णतया बेवास्ता गरी अष्ट्रेलिया, अमेरिका र बेलायत अधिक जोखिमको बाटोमा हिँडेका विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले टिप्पणी गरेका छन् । सम्झौताले हतियारको होडबाजी बढाएको तथा त्यो परमाणु अप्रसार सन्धि विपरीत भएको चीनको कथन छ । पनडुब्बी सम्झौताको विपक्षमा रहेको चीनले यसअघि…

Read More