Author: सूचनापाना

भैरहवा । एक वर्षदेखि सिद्धार्थनगर गल्लामण्डी क्षेत्रमा चियानास्तको पसल गर्दै आएका मोहम्मद समिम अहिले पसल सार्दैमा व्यस्त छन् । ५० हजार अग्रिम बुझाएर एक वर्षअघि पसल सुचारु गरेका उनले १५ हजारका दरले भाडा दिने सहमतिअनुसार व्यवसाय गर्दै आएका थिए । पसलको आम्दानीबाट जसो तसो भाडा तिर्दै आएका उनलाई घरधनीले अहिले भाडा बढाउँदा बाध्यताले पसल अन्त सार्नुपरेको छ । मुख्य सडकमा रहेको पसल अहिले बढी भाडाकै कारण भित्री ठाँउमा सारिएको छ । ‘जसोतसो भाडा तिर्दै आएको थिएँ । घरधनीले भाडा कि २० हजार गर्नु पर्‍यो कि सटर खाली गर्न प¥यो भने,’ समिमले दुखेसो पोखे, ‘अन्ततः घरधनीले भनेको भाडा तिर्न सक्ने अवस्था नभएकोले…

Read More

मोरङ । आफ्नै श्रीमती ५३ वर्षीया देबि महतको हत्या गरी फरार रहेका प्रतिवादी बेलबारी नगरपालिका-१ नक्सालबारी बस्ने ५७ वर्षीय हेम कर्ण महतलाई प्रहरीले पक्राउ गरेको छ । घरायसी वादविवादको कारण हेम कर्णले आफ्नै श्रीमतीलाई गत २५ फागुनमा धारिलो हतियार प्रहार गरी हत्या गरी फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले पथरी शनिश्वरे नगरपालिका-१० स्थित पश्चिम बसपार्कबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

Read More

रामेछाप । जिल्ला अस्पताल रामेछापमा ‘डायलासिस’ सेवा औपचारिक रुपमा सुरु भएको छ । विगतमा मिर्गौला रोगबाट पीडितहरू ‘डायलासिस’ गर्नकै निम्ति जिल्ला बाहिर धाउनु पर्ने बाध्यता भने अब जिल्लाबासीमा हटेकाे छ । जिल्ला अस्पतालमै ‘डायलासिस’ गर्न पाउने भएपछि स्थानीय एवं सेवाग्राहीहरू खुसी भएका छन् । बिहीबार देखि बागमती प्रदेशका स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठ सहितको उपस्थितिमा सेवा सुरु भएको जिल्ला अस्पताल रामेछापले जानकारी दिएको छ । पुरानो सदरमुकाम समेत रहेको रामेछाप डाँडामा रहेको जिल्ला अस्पतालमा पहिलो दिनै एक जना बिरामीको सफलता पूर्वक ‘डायलायसिस’ गराइएको अस्पतालले जनाएको छ ।

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीहरूलाई जनही तीन लाख राशिको पुरस्कार घोषणा गरेका छन् । विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त पुरस्कारको घोषणा गरेका हुन् । ‘मलाई अत्यन्त खुसी लागेको छ । हिजो तपाईंहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ । देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ । आगामी दिनमा समेत तपाईंहरूको प्रर्दशन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु,’ खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्रीले भने, ‘विश्वकप छनोटका लागि तपाईहरूलाई थप सफलता मिलोस्। म तपाईहरूको सुखदुखमा साथमै हुनेछ । यसअघि…

Read More

काठमाडौं । उपराष्ट्रपति चयनका लागि मतदान भइरहेको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा बिहान १० बजेबाट मतदान कार्य सुरु भएको हो । निर्वाचन आयोगका अनुसार मतदान कार्य अपरान्ह ३ बजेसम्म चल्नेछ । उपराष्ट्रपति पदमा रामसहायप्रसाद यादव, अष्टलक्ष्मी शाक्य र ममता झाले उम्मेदवारी दिएका छन् । आफूले उम्मेदवारी दिए पनि शाक्य र झाले भने मतदान गर्न पाउने छैनन् । उनीहरु संघीय र प्रदेशसभा दुवैको सदस्य छैनन् । प्रतिनिधिसभा सदस्य रहेका यादवले भने मतदान गरिसकेका छन् ।

Read More

कमलामाई(सिन्धुली) । पूर्वमा सेल्फी डाँडा, एक पोज फोटो डाँडामाथिको बुट्टेदार पर्खालको कभर लाएर खिच्न मन लाग्ने । पश्चिममा मन थिचेर राख्ने घनाजङ्गल, सुन्दर पहाडी प्राकृतिक दृश्य, सधैँ हेरिरहन मन लाग्ने । उत्तरमा ऐतिहासिकस्थल सिन्धुलीगढी, दक्षिणको थुम्कामा धार्मिक महत्त्व बोकेको भद्रकाली मन्दिर । यात्राका लागि आकर्षक नागबेली घुम्तीले रमणीय विपी राजमार्ग र दायाँबायाँको बस्तीले मोहित बनाउने ढुङ्ग्रेभज्याङ । सिन्धुलीको कमलामाई नगरपालिका–२ मा ३० परिवारको बसोबास छ । मगर जातिको बाहुल्यता रहेको यस बस्तीमा १२ परिवारले सामूहिकरूपमा घरबास (होमस्टे) सञ्चालन गरेका छन् । जिल्लाकै पहिलो घरबासका रूपमा स्थापित भएको ‘भद्रकाली सामुदायिक होमस्टे’मा प्राकृतिक सौन्दर्यता, स्वच्छ हावापानी, स्थानीय अर्ग्यानिक परिकार, स्थानीयको सरलता, निश्चलता,…

Read More

काठमाडौं । गुण एयरलाइन्सको वित्तीय ‘अडिट’ कमजोर देखिएको छ । पाँचवटा जेट स्ट्रिम विमान बेच्ने तयारी गरेपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्स कम्पनीको वित्तीय अडिट सुरु गरेको थियो । प्राधिकरणको वित्तीय अडिटअनुसार गुण एयरलाइन्सले प्राधिकरणलाई चार करोड ५० लाख रुपैयाँ तिर्न बाँकी रहेको छ । यस्तै, कर्मचारीलाई लामो समयदेखि तलबभत्ता नदिएको र बोर्डिङ पास छपाइको भुक्तानी बाँकी रहेको प्राधिकरणले गरेको अडिटमा देखिएको छ । यसअघि, प्राधिकरणले पाइलट र कर्मचारीलाई समयमा तलबभत्ता नदिएको भन्दै गुणको सबै उडान रद्द गरिदिएको थियो । त्यसलगत्तै प्राधिकरणले गुणको वित्तीय अडिट सुरु गरेको थियो । गुण एयरलाइन्सले पोखरा, जनकपुर, विराटनगर, भरतपुर, भैरहवा, नेपालगञ्ज, सुर्खेतलगायतका गन्तव्यमा उडान…

Read More

रामेछाप । चैत्र ५ गते हुन लागेको स्ववियु निर्वाचनमा तालमेल गरेर चुनावमा भाग लिएका मन्थली सहिद स्मृति बहुमुखी क्याम्पसका विद्यार्थी संगठनले घोषणा पत्र एवं प्रतिबद्धता सार्वजनिक गरेको छ । मन्थलीमा पत्रकार सम्मेलन गर्दै नेविसंघ, अखिल (क्रान्तिकारी) र अनेरास्ववियूले आज १३ बुँदे घोषणा पत्र सार्वजनिक गरेको हो । स्वतन्त्र बिद्यार्थी यूनियन मन्थलीको सहिद स्मृति वहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी सहितको गठबन्धन बाट अविनाश कार्कीको अध्यक्षतामा ८ सदस्यिय प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् । यसरी गठबन्धको तर्फबाट उमेद्वारी दिनेहरुमा सचिब कोषाध्यक्ष र सदस्यहरुमा क्रमश तेज बहादुर श्रेष्ठ,कविता खरेल,अनोज भुजेल, मनिषा काफ्ले, युवराज बुढाथोकी,बिनोदकुमार माझी, बिनिता माझी रहेका छन् । निर्वाचन…

Read More

रामेछाप । शैलुङ अल्ट्रा म्याराथनमा २२० जना प्रतियोगीहरु सहभागी हुने भएका छन् । चैत्र ४ गते हुने राष्ट्रिय खेलकुद परिषद (राखेप) को आजोयजना, रामेछाप जिल्ला खेलकुद विकास समितिको संयोजन तथा दोरम्बा शैलुङ, सुनापति र खाँदादेवी गाउँपालिकाको सहआयोजनामा हुने सुनापति शैलुङ अल्ट्रा म्याराथनमा २२० जनाले सहभागिता जनाउने भएको हो । प्रतियोगीतामा अनलाईन तथा खुला आवेदन मार्फत २२० जनाले दरखास्त गरिएको रामेछाप जिल्ला खेलकुद विकास समितिले जनाएको छ । यो संख्या हालसम्म प्राप्त भएपनि स्थानीय खेलाडीहरुले इच्छा जाहेर गरेको खण्डमा ५ किलोमिटर दौडने खेलमा ३ गते बेलुकासम्म पनि आवेदन संकलन गर्ने रामेछाप जिल्ला खेलकुद विकास समितिका अधिकृत अर्जुन कार्कीले बताए । चैत्र…

Read More

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको सचिवालयमा पाँच जनालाई नियुक्त गरिएको छ । पौडेलले राष्ट्रपतिको शपथग्रहण गरेकै दिन प्रमुख स्वकीय सचिवमा पूर्वराजदूत डा. सुरेशचन्द्र चालिसेलाई नियुक्त गरेका थिए । त्यस्तै सहयोगी चिरञ्जिवी अधिकारी निजी सचिव नियुक्त गरेका थिए । नेपाल प्रेस युनियनका पूर्वसचिव खिला कार्कीलाई मिडिया हेर्नेगरी सचिवालयमा नियुक्त गरिएको छ । नेविसंघका नेता सुशील तिमल्सिनालाई पनि सचिवालयमा नियुक्त गरिएको छ । राष्ट्रपतिको निजी फोटोग्राफरमा फोटो पत्रकार अनिश रेग्मी नियुक्त भएका छन् ।

Read More