Author: सूचनापाना

काठमाडौं । देशभित्रको विद्युत प्रसारण प्रणाली सुदृढीकरण र नेपाल–भारतबीचको विद्युत् व्यापारका लागि निर्माणाधीन हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी डबल सर्किट प्रसारण लाइन आयोजना निर्माणमा अवरोधै अवरोध छ ।  हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडाहरु १५, १६ तथा १७ स्थिति हटिया र सर्लाहीको लालबन्दी नगरपालिकाको जियाजोर क्षेत्रमा करिब ६ वर्षदेखि निर्माणमा अवरोध छ । हटिया क्षेत्रमा १४ वटा, हेटौडा उपमहानगरपालिका वडा नं ११ स्थित थाना थानाभ¥याङमा २ वटा र जियाजोर क्षेत्रमा ८ वटा टावर निर्माणमा अवरोध छ । थानाभ¥याङ स्थित सबस्टेसनमा लाइन छिराउन २ वटा टावर निर्माण गर्नु पर्ने छ । यसबाट ऐलानी जग्गामा बनेका ४६ वटा घर प्रभावित हुने…

Read More

काठमाडौँ । नव निर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले भोलि (सोमबार) पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपतिको कार्यालयले उनको शपथका लागि सोमबार दिउँसो १ बजे विशेष समारोहको आयोजना गर्ने तयारी गरेको राष्ट्रपति विद्यादेवी भण्डारीका प्रमुख स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए । नेपालको संविधानमा राष्ट्रपतिले आफ्नो कार्यभार सम्हाल्नु अघि सङ्घीय कानुनबमोजिम प्रधानन्यायाधीशसमक्ष पद तथा गोपनीयताको शपथ लिनुपर्ने व्यवस्था छ । नव निर्वाचित राष्ट्रपति पौडेललाई कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शपथ गराउने छन् । नेपाली काँग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका हुन् ।

Read More

काठमाडौँ । उपराष्ट्रपतिका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायम भएको छ । निर्वाचन अधिकृत महेश शर्मा पौडेलले उम्मेदवारी विरुद्ध जाँचबुझपछि उम्मेदवारी कायम भएको जानकारी दिए । राष्ट्रपति पुरुष भएकाले उपराष्ट्रपति पनि पुरुष हुन नपाउने भन्दै रामसहायको उम्मेदवारी विरुद्ध उमेदवारहरु अष्टलक्ष्मी शाक्य र ममता झाले उजुरी दिएका थिए । शाक्य एमाले र झा जनमतका उम्मेदवार हुन् । राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भइसकेका छन् । मधेसी समुदायबाट यादवले उम्मेदवारी दिएका थिए । उपराष्ट्रपतिमा जसपाकै प्रमीला यादवको पनि उमेदवारि परेको छ । उम्मेदवारी फिर्ताको समय दिएर आजै अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका छ ।

Read More

काठमाडौं । ओखलढुंगाबाट काठमाण्डौका लागि छुटेको यात्रुबाहक बस सिन्धुलीको फिक्कल गाउँपालिका ४ कुईभिरमा दुर्घटना भएको छ । उक्त दुर्घटनामा परि ५ जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य २४ जना घाईते भएका छन् । दुर्घटनामा परी घाईते भएका मध्ये धेरैको अवस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । आईतबार बिहान सिद्धिचरण नगरपालिका ४ रुम्जाटारबाट यात्रु लिएर हिँडेको बा २ ख ६५९६ नम्बरको बस अचानक ब्रेक फेल भएर सडककै भित्तामा ठोक्किदा दुर्घटना भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी मृत्यु हुनेहरुको पहिचान हुन बाँकी रहेको छ । दुर्घटनाका घाईते केहीलाई उपचारका लागि नजिकको स्वास्थ्य संस्थाहरुमा…

Read More

काठमाडौँ । ली छ्याङ चीनको नयाँ प्रधानमन्त्री नियुक्त भएका छन् । १४औँ राष्ट्रिय जनकाँग्रेसको पहिलो अधिवेशनले ली छ्याङलाई प्रधानमन्त्रीमा चयन गरेको थियो । त्यसपछि राष्ट्रपति सी जिन पिङले उनलाई प्रधानमन्त्रीमा मनोनयन गर्ने निर्णयमा शनिबार बिहान हस्ताक्षर गरेका थिए । राष्ट्रपति सी जिन पिङका विश्वासपात्र ली छ्याङ चीनको सांघाई पार्टीका सचिव हुन् । उनले पूर्व प्रधानमन्त्री ली खछ्याङलाई प्रतिस्थापन गरेका छन् । जुलाई १९५९ मा जन्मिएका ली अप्रिल १९८३ मा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)मा सङ्गठित भएका थिए । एमबिएसम्म अध्ययन गरेका छन् । उनी चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक ब्युरोको स्थायी समिति सदस्य र राज्य परिषद्को सचिवसमेत हुन् । यसअघि नै तेस्रो…

Read More

काठमाडौँ । आज कोशी प्रदेशमा हडताल भएको छ । प्रदेश नामाकरणको विषयलाई लिएर संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसहित विभिन्न पहिचानवादी दल र सङ्घसंस्थाहरूले प्रदेशमा हडताल गरेका हुन् । बन्दकर्ताले पूर्वपश्चिम राजमार्गमा सवारीसाधन सञ्चालनमा रोक लगाएका छन् । चोकमा जम्मा भएर बन्द गराएपछि राजमार्गमा छिटफुटमात्रै सवारीसाधन देखिएका छन् । सार्वजनिक सवारीसाधन सञ्चालन हुन सकेका छैनन् । प्रदेश सभाले यही फागुन १७ गते बहुमतले प्रदेशको नाम कोशी पारित गरेको थियो ।

Read More

तुलसीपुर । खोलामा अवैध उत्खनन हुँदा दाङको शान्तिनगर गाउँपालिका–२ र ५ का किसान चिन्तित बनेका छन् । स्थानीय बहुला खोलामा अवैध उत्खनन गरी गहिरा खाडल पारिएको छ । यसले गर्दा कुलोमा पानी जाने अवस्था नरहेको किसान दलबहादुर विष्टले गुनासो गरे । ‘खोलाको दुईपट्टि खेत छ, ठुला–ठुला खाडल पारिएको छ’, उनले भने, ‘तर यो विषयमा खेतालालाई कहिल्यै सोधिँदैन, पानीमाथि उत्रिनै कुरै भएन ।’ गत वर्ष पनि पानी खेतसम्म नपुग्दा रोपाइँ नै गर्न पाएनन् । यस वर्ष पनि रोपाइँ गर्न सक्ने छाँटकाँट नरहेको उनको भनाइ छ । खोलामा अहिले पनि ठुला–ठुला खाडल पारेर उत्खनन गरिएको छ । त्यस्तै शान्तिनगर–२ का कुल्लुबहादुर चौधरीले…

Read More

बर्दिवास । महोत्तरीको गौशाला बजारमा एक मोबाइल पसलमा आगलगी हुँदा लाखौंको क्षति भएको छ । शनिवार राति गौशाला बजारमा सञ्चालित आरोही मोबाइल पसलमा आगलगी हुँदा करिब १५ लाख बराबरको सरसमानहरु जलेर नष्ट भएका हुन्। ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवका अनुसार पसलभित्र जडान गरिएको विद्युतको तार सर्ट भएर आगलागी भएको खबर पाउने बितिक्कै पाएलगतै घटनास्थलमा प्रहरी पुगेर आगोलाई नियन्त्रणमा लिएको थियो । क्षतिको थप विवरण संकलन भईरहेको छ।

Read More

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा गठबन्धनको प्यानलै विजयी भएको छ।  ।नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र निकट व्यवसायीहरूको नवीन थापा मगरको टिम नै विजयी निर्वाचित भएको हो । अध्यक्षमा निर्वाचित मगरले १ सय ३२ मतान्तरले एमाले निकट व्यवसायी नवराज ढुङ्गेललाई पराजित गरेका छन । मगर ६७१ मत पाएर निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी ढुङ्गेलले ५३९ मत पाएका छन् । वरिष्ठ उपाध्यक्षमा ६४१ मत सहित प्रकाश कुमार श्रेष्ठ निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी सुमिका श्रेष्ठले ५६२ मत पाएकी छन् । वाणिज्य उपाध्यक्षमा राम सुदिश साह सोनार (सुदिश) ६५५ मत ल्याएर निर्वाचित हुँदा उनका प्रतिस्पर्धी रामहरि उप्रेतीले ५३७ मत पाएका छन् ।…

Read More

सिन्धुपाल्चोक । प्रगति साहित्य सम्मान-२०७९ बाट किशोर बुढाथोकी सम्मानित भएका छन् । सिन्धुपाल्चोक जिल्ला मेलम्ची न. पा ११ स्थित संस्थागत विद्यालय प्रगति अंग्रेजी मा। वि ले बुढाथोकीलाई यस वर्षको साहित्य सम्मान प्रदान गरेको हो । उनीसँगै प्रगति पत्रकारिता सम्मानबाट दिनेश थापा र प्रगति कला सम्मानबाट पदम दुलाल सम्मानित भए । बिद्यालयले हरेक वर्ष विभिन्न विधाबाट समाज विकासमा लागि योगदान दिएका व्यक्तिहरूलाई सम्मान गर्ने गरेको छ । साहित्य विधाबाट सम्मानित भएका बुढाथोकीले खाडी मुलुक कतारदेखि नेपालमासमेत साहित्यमार्फत नेपाली भाषा संस्कृतिको उत्थान, विकास र संरक्षणमा महत्वपूर्ण भूमिका निर्वाह गरेकाले कदरस्वरूप सम्मान गरेको बिद्यालयले जनाएको छ । बुढाथोकीले कतारमा रहँदा नवोदित साहित्यिक वाचनालयमा…

Read More