Author: सूचनापाना

काठमाडौँ । तनहुँमा गाडी दुर्घटना भएको छ । दुर्घटना हुँदा १२ जना घाइते भएका छन्। शनिबार दिउँसो सवा ३ बजे बन्दीपुर गाउँपालिका–१ नाहालामा दमौलीबाट डुम्रे जाँदै गरेको गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बागमती प्रदेश ०६-००१ ज ००१७ नं।को फोर्स गाडी अचानक अनियन्त्रित भएर भित्तामा ठोक्किएर दुर्घटना भएको हो। घाइतेमध्ये ४ जनालाई पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा पठाइएको छ भने ७ जनालाई काठमाडौँस्थित ट्रमा अस्पतालमा पठाइएको छ । चालकको तनहुँमै उपचार भइरहेको छ।

Read More

काठमाडौं । नेकपा एमालेले जसपाबाट उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवविरुद्ध उजुरी दिएको छ । यादवविरुद्ध निर्वाचन अधिकृतको कार्यालय बानेश्वरमा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यको प्रतिनिधि बनेर महेश बर्तोलाले उजुरी दर्ता गराएका हुन् । संविधानको व्याख्याअनुसार उम्मेदवार महिला हुनुपर्नेमा पुरुष रहेकाले उजुरी दिएको एमालेले जनाएको छ । जसपाले यादवविरुद्ध विरोध आउन सक्ने आशङ्कामा प्रमीला यादवलाई पनि उम्मेदवार उठाएको छ ।

Read More

काठमाडौँ । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा नेपालको सार्वजनिक ऋण २० खर्ब ७० अर्ब ५३ करोड ६३ लाख पुगेको छ । गत पुस मसान्तसम्म नेपालले ११ खर्ब दुई अर्ब ५१ करोड बाह्य ऋण र नौ खर्ब ६८ अर्ब एक करोड आन्तरिक ऋण तिर्न बाँकी रहेको देखिएको हो । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको दोस्रो त्रैमासिक अवधिको सार्वजनिक ऋण प्रतिवेदनअनुसार चालु आवको छ महिनाको अवधिमा ५७ अर्ब २४ करोड ऋण थपिएको छ । गत असार मसान्तसम्म कूल सार्वजनिक ऋण २० खर्ब १३ अर्ब थियो । जसमध्ये बाह्य ऋण १० खर्ब ५० अर्ब २३ करोड र आन्तरिक ऋण…

Read More

काठमाडौं । आगामी चैत ३ गते हुने शुक्रबार हुने उपराष्ट्रपति पदको निर्वाचनका लागि चार जनाको उम्मेदवारी दर्ता भएको छ । उम्मेदवारी दर्ता गराउनेमा सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका रामसहाय प्रसाद यादव र प्रमिला यादवले उम्मेदवारी दिएका छन् भने नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्य र जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दर्ता गराएकी छन्। दर्ता भएका उम्मेदवारको सूची प्रकाशन आजै दिउँसो २ बजेदेखि ३ बजेसम्म हुनेछ । उम्मेदवारको विरोधमा उजुरी दिने दिउँसो ३ बजेदेखि साँझ ६ बजेसम्म रहने गरी निर्वाचन कार्यक्रम स्वीकृत भएको छ । यस्तै मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्न यही फागुन २८ गते १२ बजे, उम्मेदवारको नामावली…

Read More

काठमाडौँ । नेकपा एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यले राष्ट्रपतिको पदमा आफ्नो उम्मेदवारी दर्ता गराएकी छिन् । पार्टीको शनिबार बसेको सचिवालय बैठकको निर्णय अनुसार शाक्यले उम्मेदवारी गराएकी हुन् । शाक्यको प्रस्तावमा पार्टी अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छवि लाल विश्वकर्मा गोकर्ण विष्ट र रघुवीर महासेठ रहेका छन् । त्यस्तै, समर्थकमा महेश बर्तौला, कृष्णगोपाल श्रेष्ठ, यशोदा रिमाल, तुलसा दाहाल र भगवती न्यौपाने रहेका छन् । उपराष्ट्रपतिको निर्वाचन ३ चैतमा हुँदैछ ।

Read More

अर्घाखाँची । जङ्गली जनावरले खेतबारीमा लगाएको अन्नबाली, तरकारी तथा फलफूल खाएर दुःख दिन थालेपछि अर्घाखाँचीको धातिवाङमा जङ्गली जन्तुको नियन्त्रण गर्न तारजाली वितरण गरिएको छ । बाँदर, बँदेल, दुम्सी, खरायोलगायत चराचुरुङ्गीले खेतबारीमा लगाएको अन्नबाली खाँदा कृषक हैरान भएकाले पाणिनी(६ धातिवाङमा ९८ कृषकलाई तारजाली वितरण गरिएको वडाध्यक्ष कृष्णप्रसाद पौडेलले बताए । रैथाने बालीका रूपमा रहेको मकै, गहुँलगायतका सबै अन्नबालीमा बाँदरले बदमासी गर्दा कृषक हैरान छन् । ‘बिहानै उठेर साँझ रातिसम्म बारीमा नै चौकीदारी गर्ने बाध्यता कृषकमा छ’, चालु आर्थिक वर्षमा वडा कार्यालयले रु चार लाख विनियोजन गरेर जङ्गली जन्तु तथा बादर नियन्त्रण गर्न तारजाली वितरण गरेको हो । निर्वाचनको समयमा सबैभन्दा समस्या…

Read More

काठमाडौँ । उदयपुरको रौतामाई गाउँपालिकामा भएको आगलागीमा परी एकै घरका दुई बालबालिकाको मृत्यु भएको छ । शुक्रबार साँझ भएको आगलागीमा परी रौतामाई गाउँपालिका–८ पाँबुका रामबहादुर मगरको छ वर्षीया छोरी जस्मिन र दुई वर्षीय छोरा रोजन मगरको मृत्यु भएको हो । रामबहादुरको माटो र ढुङ्गाले बनेको दुईतले घरमा आगलागी हुँदा दुई छोराछोरीको मृत्यु भएको स्थानीय टेकराज रिखाम मगरले जानकारी दिए । “हामी दुवै जना सडक निर्माणका लागि गएका थियौँ, घरमा अभिभावक कोही नभएको बेला आगलागी भएको हो”, मृतकका बुबा रामबहादुर मगरले भने । स्थानीय शिक्षक गौरवबहादुर मगरका अनुसार घटना भएलगत्तै दुवै जनाको बेहोस भएका थिए । उनीहरूको उद्धार गरी उपचारका लागि…

Read More

काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनका लागि जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दर्ता गराएकी छन्। आज दिउँसो अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँ बानेश्वरमा स्थापना गरेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले मनोनयन दर्ता गराएकी हुन्। बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ता गर्ने व्यवस्था मिलाएको छ। दर्ता भएका उम्मेदवारको सूची प्रकाशन दिउँसो २ बजेदेखि अपराह्न ३ बजेसम्ममा हुनेछ। यस्तै ३ बजेदेखि साँझ ६ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ। यस्तै, मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्न यही फागुन २८ गते १२ बजे तोकिएको छ। त्यही दिन १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गर्ने, दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारी…

Read More

रामेछाप । किसानहरुले उत्पादन गरेको बस्तु बजारसम्म पुर्याउने उद्धेश्यले रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स संचालन गर्ने भएको छ । किसानहरुले उत्पादन गरेको सबै उत्पादीत बस्तु वजारसम्म लैजान किसानहरुलाई समस्या परेको गुनासो किसानहरुले गरेपछि रामेछाप नगरपालिकाले कृषि एम्बुलेन्स खरिद गरी किसानले उत्पादन गरेका बस्तु घरघरमा पुगेर संकलन गरेर बजारसम्म पुरयाएर बिक्री गरी किसानलाई रकम उपलव्ध गराइने रामेछाप नगरपालिकाका कृषि शाखा प्रमुख कृष्ण भुजेलले जानकारी दिए । पालिका भित्र किसानले उत्पादन गरेको बस्तु सडक भएता पनि नियमित यातायातका साधनहरु संचालन नहुँदा किसानहरुले डोकोमा बोकेर वजारसम्म पुर्याउनु पर्ने वाध्यता थियो । उक्त वाध्यतावाट किसानहरुलाई छुटकारा दिलाउन नगरपालिकाले यस चालु आर्थिक वर्षमा कृषि एम्बुलेन्स खरिद…

Read More

रामेछाप । बाल बालिकाहरुको पढाई संगै खेल विधामा पनि अघि बढाउन मन्थली माविले विद्यालय हाता भित्र संचालन गरेको ११औ अदिति घिमिरे कप प्रतियोगिता सम्पन्न भएको छ । शुक्रबार एक औपचारीक कर्याक्रमका विच विभिन्न खेलमा विजयी भएका र खेल विधामा उत्कृष्ठ स्थान ल्याउन सफल छात्र छात्राहरुलाई पुरस्कृत गर्दे कार्यक्रम सम्पन्न भएको हो । विद्यालयले आफनो शैक्षिक क्यालेण्डर अनुसार गत बसन्त पन्चमिको दिनबाट तीन दिन सम्म अदिति घिमिरे कप संचालन गरेको थियो । जस अन्र्तगत भलिबल,कपडी,एथेलेटिक्स,हाईजम ,त्रीपलजम लगायत १ दर्जन विधाका खेल खेलाईएको थियो । खेलको समापन संगै सहयोगी दातृ अदिति घिमिरेको अनुरोधमा रोकिएको खेलको समापन र पुरस्कार वितरणको काम शुक्रबार संचालन…

Read More