Author: सूचनापाना

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पुरुष राष्ट्रपति भइसकेपछि उपराष्ट्रपतिमा महिला नै हुनुपर्छ भन्ने नरहेको बताएका छन् । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपराष्ट्रपतिको उम्मेदवार महिला नै हुनुपर्छ भनेको खबर आफूले पढेको भन्दै उनले त्यो भनाइ संविधान अनुकुल नरहेको बताए । शुक्रबार १० दलीय गठबन्धन कार्यदलको बैठकपछि सिंहदरबारमा पत्रकारसित कुरा गर्दै खड्काले प्रमुख निर्वाचन आयुक्त थपलियाले संविधानको व्यवस्था विपरीत अभिव्यक्ति दिएको बताए । नेपालको संविधानले राष्ट्रपति र उपराष्ट्रपतिमा फरक लिङ्ग वा फरक समुदाय हुनुपर्छ भनेको उल्लेख गर्दै खड्काले एउटै समुदायको पुरुष राष्ट्रपति उपराष्ट्रपति दुवै हुन सक्दैन भनेर मात्रै संविधानले व्यवस्था गरेको बताए । उपसभापति खड्काले राष्ट्रपति निर्वाचन भइसकेपछिको समीक्षाका…

Read More

काठमाडौं । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)ले आयोजना गरेको व्यवस्थापन प्रमुखहरुको राष्ट्रिय गोष्ठी (सिईओ वर्कशप) ११ बुँदे साझा संकल्प जारी गर्दै बिहीबार सम्पन्न भएको छ । दुई दिनसम्म सञ्चालन भएको गोष्ठीले जिम्मेवार व्यवस्थापन निर्माणमार्फत सुरक्षित बचत तथा ऋण अभियान निर्माणका लागि प्रतिबद्धता व्यक्त गरेको छ । गोष्ठीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषय विज्ञ तथा स्रोत व्यक्तीहरुको प्रस्तुतीकरण थियो । कार्यक्रममा देशभरका करिब ४ सय ५० बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापन प्रमुख (सिईओ)हरुको उपस्थिती रहेको थियो । गोष्ठीमा सहभागी सिईओहरुले सहकारी संस्थाले प्रविधियुक्त सेवा प्रवाह गर्ने, सुशासन कायम गर्ने र संस्थाको छवि निर्माणमा व्यवस्थापन जिम्मेवार बन्ने संकल्प प्रस्ताव…

Read More

काठमाडौं । कार्यकाल सकिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले शीतलनिवास छाड्ने तयारी गरेकी छन् । नयाँ राष्ट्रपतिमा रामचन्द्र पौडेलले शपथ खाने दिन (२९ फागुन) मा नै उनी शीतलनिवासबाट बाहिरिने सम्भावना छ । २०७४ साल फागुन २९ गते भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएकी थिइन् । उनको पाँच वर्षीय कार्यकाल पनि २९ गते नै पूरा हुन्छ । सोही दिन नयाँ राष्ट्रपतिको शपथग्रहण तय भइसकेको छ । कामु प्रधानन्यायधीस दिपक कार्कीले पौडेललाई सपथग्रहण गराउनेछन्, जुन कार्यक्रममा निवर्तमान राष्ट्रपति भण्डारीका पनि सहभागिता रहन्छ । राष्ट्रपति चुनावको मतपरिणाम आएकै दिनदेखि कार्यकालको गणना हुने संवैधानिक व्यवस्था छ । त्यसैले पौडेलको राष्ट्रपतीय कार्यकाल हिजैबाट सुरू भइसकेको छ…

Read More

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा सिन्धुपाल्चोकमा निर्माणाधीन १०२ मेगावाटको मध्य भोटेकोसी जलविद्युत आयोजनाको समग्र निर्माण प्रगति ९५ प्रतिशत पुगेको छ । अन्तिम चरणका कामहरु भइरहेको आयोजनाको निर्माण आगामी असारभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाको बाँध, बालुवा थिग्य्राउने पोखरीलगायतका मुख्य संरचना (हेडवक्र्स)को निर्माण सम्पन्न भएको छ । हाल हेडवक्र्स क्षेत्रको प्रोटेक्सन कार्य भइरहेको छ । ७.२ किलोमिटर मुख्य सुरुङ खन्ने कार्य सम्पन्न गरी कंक्रिट लाइनिङको काम भइरहेको छ । विद्युतगृहको मुख्य सिभिल कार्य सम्पन्न गरी टर्वान, जेनेरेटर, नियन्त्रण कक्षका उपकरणहरु जडान भइरहेको छ । विद्युतगृहबाट बाह्रबिसे सबस्टेसनसम्मको करिब चार किलोमिटर २२० केभी प्रसारण लाइनका टावरहरु निर्माण…

Read More

काठमाडौं । नेपाल प्रहरीका २१ जना निरीक्षक (इन्स्पेक्टर) हरूको काज सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभागले फागुन १६ गते आवश्यकताअनुसार उनीहरूको काज सरुवा गरेको हो। सूची :

Read More

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले रञ्जिता श्रेष्ठ चौधरीलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले पार्टी अध्यक्ष एवं संसदीय दलकी नेता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो । सत्ता गठबन्धनको तर्फबाट भने जसपाका नेता रामशहाय यादवलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने तयारी छ । तर निर्वाचन आयोगले राष्ट्रपतिभन्दा फरक लिंग र समूदायको व्यक्तिलाई उपराष्ट्रपति उम्मेदवार बनाउनुपर्ने भन्दै सूचना प्रकाशित गरेपछि रञ्जीताको सम्भावना बढी देखिएको छ ।

Read More

काठमाडौं । निर्वाचन आयोगले उपराष्ट्रपतिको निर्वाचनका अनिवार्य महिला उम्मेदवारी मात्र दर्ता गर्न निर्वाचन आधिकृतलाई निर्देशन दिएको छ । उपराष्ट्रपतिको निर्वाचनका लागि यही फागुन २७ गते हुने उम्मेदवारको मनोनयनपत्र दर्ताका क्रममा पुरुष उम्मेदवारको उम्मेदवारी दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिईएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए ।

Read More

काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । कार्यतालिका अनुसार शनिबार बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी मनोनयन दर्ताको समय तोकिएको छ । भोलि नै उम्मेदवारविरुद्ध उजुरी दिन सकिनेछ । यसका लागि २ देखि ३ बजेसम्मको समय तोकिएको छ । २८ गते उजुरीउपर जाँचबुझ गरी निर्णय लिइने निर्वाचन आयोगले जनाएको छ । चैत ३ गते मतदान हुनेछ । आयोगका अनुसार मतदान बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ ।

Read More

काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख देवराज घिमिरेले भेटवार्ता भएको छ । राष्ट्रपतिको निजी निवास बोहोराटारमा शुक्रबार बिहान भएको भेटमा सभामुखले नवनिर्वाचित राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन । सभामुख घिमिरेले आफू शुक्रबार साँझ नै अन्तरव्यवस्थापिका संघ (आईपीयु) को १४६ औं सम्मेलनमा भाग लिन बहराइनको राजधानी मनामा जान लागेको जानकारी गराएका थिए । राष्ट्रपति पौडेलले भ्रमणको सफलताको शुभकामना दिँदै आफू सभामुख रहँदा सन् १९९९ मा नेपाल–जापान मैत्री संसदीय लिग स्थापना गरेको स्मरण गरेका छन । सभामुख घिमिरेले आईपीयु सम्मेलनका कारण आफू २९ गते हुने राष्ट्रपतिको शपथमा उपस्थित हुन नसक्ने समेत जानकारी गराएका छन ।

Read More

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दाको सुनुवाइ आज हुँदैछ । बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा उक्त रिटको पेसी तोकिएकोमा हेर्न नभ्याइनेमा परेकाले आज सुनुवाइ हुने भएको हो । ३ वर्षअघि माघीका दिन काठमाडौंको टुँडिखेलमा जनयुद्धमा मारिएकामध्ये ५ हजारको जिम्मा लिने अभिव्यक्ति दिएकाले फौजदारी अभियोगमा कारबाही गरिनुपर्ने मागसहित द्वन्द्वमा मारिएकाका आफन्तले उनीविरुद्ध दुईवटा रिट दर्ता गराएका छन् । प्रचण्डविरुद्ध रामेछापका कल्याण बुढाथोकी, सुवास गिरीलगायत ८ जना र रामेछापकै ज्ञानेन्द्रराज आरणसहित १४ जनाले रिट दायर गरेका छन् ।

Read More