Author: सूचनापाना

भक्तपुर । राष्टपति निर्वाचनमा नेपाल मजदुर किसान पार्टीबाट मतदानमा सहभागी नहुने भएको छ । पार्टी केन्द्रिय कार्यालय भक्तपुरमा विहीबार विहान बसेको केन्द्रिय समितिको बैठकले यो निर्णय गरेको हाे । पार्टी अध्यक्ष नारायणमान विजुक्छेंको अध्यक्षतामा बसेको बैठकले कांग्रेस र एमालेकोतर्फबाट उम्मेदबार बनेका दुवै उम्मेदबार तात्विक भिन्नता नभएको भन्दै निर्वाचनमा पार्टीका मतदाताहरुले मतदान गर्न नजाने पार्टी सचिव प्रेम सुवालद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । एमसीसी खारेजीको विषयलगायतका देशको हितका लागि पार्टीले राखेको प्रस्तावमा दुवै पार्टीतर्फका उम्मेदबारहरुले प्रतिवद्धता नजनाएकाले दुवै पार्टीको पक्षमा मत नदिई मतदान बहिष्कार गरेको पार्टीले जनाएको छ । पार्टीबाट एक जना प्रतिनिधि सभा र तीन जना बागमति प्रदेशसभा सदस्य छन् ।    

Read More

काठमाडौं । राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङले आफु आशावादी र सकारात्मक भएका जनाएका छन ।  जारी मतदान प्रक्रियामा सहभागी हुन अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेका नेकपा एमालेका उम्मेदवार नेम्वाङले निर्चाननमा सकारात्मक रहेको जनाएका हुन । ‘मैले दलका माननीय सदस्य र दलका नेताहरु सबैसँग भेटेको छु, सबैसँग भेटदा म आशावादी र सकारात्मक छु’ नेम्वाङले सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिदै भने । उनले मत खसालेका छन ।

Read More

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा दायर रिट न्यायाधीश विश्वम्भर श्रेष्ठको एकल इजलासमा परेको छ । अधिवक्ता ज्ञानेन्द्रराज आरण र द्वन्द्वपीडित कल्याण बुढाथोकीले गत मंगलबार दायर गरेको रिटमा आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो । प्रधानमन्त्री प्रचण्डले २०७६ माघ १ गते टुँडीखेलमा आयोजित थारु माघी महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै आफूले दश वर्षे युद्धकालमा भएको पाँच हजार जनाको हत्याको जिम्मा लिने बताएका थिए । सोही अभिव्यक्तिलाई मुख्य विषय बनाएर पीडितले मुद्दा सर्वोच्च अदालतमा रिट दायर गरेका हुन । रिट निवेदनको पक्षमा कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका रामेछापका ज्ञानेन्द्रराज आरणसहित रहेका छन् ।

Read More

रामेछाप । फागुन २७ गते हुन गईरहेको रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्ष पदको उम्मेद्वार नविन थापा मगरले आफुलाई कालो सूचिमा परेको प्रमाणित गरेर देखाउन चुनौती दिएका छन ।निर्वाचनको मुखमा आफु विरुद्ध हल्ला फैलाएको भन्दै उक्त हल्लाको पछि नलाग्न उनले आफ्ना मतदाताहरुलाई आग्रह समेत गरेका छन ।थापा मगरले बुधबार एक विज्ञप्ती प्रकाशित गरि फागुन २७ गते सम्पन्न हुन गईरहेको रामेछाप उद्योग वाणिज्य संघको निर्वाचनमा आफु र आफनो टीमले जित्ने माहोल निर्माण भईरहेको बेला फागुन २४ गते प्रकाशित एक अनलाईन खबरले मेरा विरुद्ध हुँदै नभएको कुराको हवाला दिंदै संप्रेषण गरेको समाचार प्रति आफनो गम्भिर ध्यानाकर्षण भएको बताए ।निर्वाचनको तयारी संगै आम…

Read More

काठमाडौँ । मुलुकको आगामी नयाँ राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि मतदान केन्द्र निर्माण गरिएको छ । बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा दुई वटा निर्वाचन केन्द्र निर्माण गरिएको निर्वाचन सहायक अधिकृत अमृता शर्माले जानकारी दिइन्। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र व्यवस्थित तुल्याउन सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि मतदान गर्न बेग्ला–बेग्लै मतदान केन्द्रको व्यवस्था गरिएको हो । राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ र प्रदेशसभा सदस्य पाँच सय ५० मतदाता छन्। निर्वाचनमा सङ्घीय सांसदको एकमत बराबर ७९ र प्रदेशसभा सदस्यको एक मत बराबर ४८ मतभार कायम गरिएको छ । निर्वाचनका लागि सङ्घीय सांसदको मतदान केन्द्रमा उच्च अदालत…

Read More

काठमाडौं । मंगलबार सेयर बजारमा दोहोरो अंकले वृद्धि भएको छ। आज सेयर कारोबार मापक नेप्से परिसूचक १४.४१ अंकले घटेर १९५२.६६ विन्दुमा पुगेको छ। यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५३ अङ्कले घटेर ३७०.२४ मा पुगेको छ। मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६१ कम्पनीको ४० लाख ५९ हजार १४९ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब २० करोड ४४ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ। त्यस्तै, कारोबारको आधारमा साल्ट ट्रेडिङ शीर्ष स्थानमा छ। यसको १२ करोड ७ लाखभन्दा बढीको कारोबार भएको छ। त्यस्तै दोस्रोमा हिमालय डिष्टिलरीको ९ करोड ३९ लाखभन्दा बढीको कारोबार भएको छ। यसैगरी तेश्रो स्थानमा…

Read More

एजेन्सी । न्युयोर्कको रोचेस्टरमा आइतबार राति एक कन्सर्टपछि भएको भागदौडमा परेर दुई जनाको मृत्यु भएको छ । सो स्थानमा कन्सर्ट सकिएपछि भागदौड भएको थियो । सो भागदौडमा परेर अरु आठ जना घाइते भएका यहाँका स्थानीय सञ्चारमाध्यमले सोमबार जनाएका छन् । स्थानीय प्रहरीले भागदौडमा परेका तीन जना महिला गम्भीर रुपमा घाइते भएको अवस्थामा उृद्धार गरेको थियो । ती घाइतेमध्ये दुई जना महिलाको सोमबार अबेर राति मृत्यु भएको घोषणा गरिएको थियो । अर्का एकजना महिला गम्भीर अवस्थामा अस्पतालमा उपचाररत रहेको स्थानीय प्रहरीले जनाएको छ । प्रहरीले थप आठ जना घाइते रहेका जनाएको छ र उनीहरुलाई घटनास्थलबाटै अस्पताल लगिएको समाचारमा जनाइएको छ ।…

Read More

काठमाडौं। गृहमन्त्रालयले बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई सुरक्षा दिन देशभरका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर जारी गरेको छ । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि आक्रमण तथा दुर्व्यवहारका घटना हुन थालेपछि गृहमन्त्रालयले देशभरका ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई उक्त निर्देशन दिएको हो । बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सुरक्षामा अलर्ट रहन मन्त्रालयले निर्देशन दिएको हो ।

Read More

काठमाडौं । नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । लगातार चार दिनदेखि थपिने कोरोना संक्रमितको संख्या शून्यमा झरेको हो । फागुन १९ गतेयता एकजना पनि संक्रमित थपिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या पनि शून्य नै छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या पाँच भएको मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध आज सर्वोच्च अदालतमा रिट दायर भएको छ । प्रचण्डले २०७३ माघ १ गते टुँडिखेलमा आफूले द्वन्द्वकालीन समयमा भएका पाँच हजार हत्याको जिम्मेवारी लिने अभिव्यक्ति दिएका थिए । यस अघि उनीहरूको रिट अदालत प्रशासनबाट दर्पीठ भएको थियो । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले दर्पीठको आदेश शुक्रबार बदर गरेको थियो । दर्पीठ आदेश बदर भएसँगै मङ्गलवार अदालतमा प्रचण्डविरुद्ध रिट दर्ता भएको छ । रिटमा प्रारम्भिक सुनुवाइको लागि बिहीबार पेसी तोकिएको छ ।

Read More