Author: सूचनापाना

काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बाग्मती प्रदेश पाचौँ प्रादेशिक भेला चितवनको राप्तीमा सम्पन्न भएको छ । राप्ति नगरपालिका क्षेत्रसहित परेवाकोट, कमिनचुली, राष्टिय निकुञ्ज, भासमणि ताललाई संरक्षणगरि पर्यटन प्रवद्र्धन गर्न स्थानीय सरकारलाई माग गर्नेसहितका १३ बुँदे घोषणापत्र जारी गर्दै प्रादेशिक भेला राप्तीमा मंगलबार सम्पन्न भएको हो । भेलाद्वारा जारी घोषणापत्रमा राप्ती नगरपालिकासंग जोडिएको पर्यटकीय स्थल खगेन्द्रमल्ली सामुदायिक बन कुचकुचे हुँदै लोथर ड्याग सम्म जीप सफारी संचालन गरी ब्यवस्थापन गर्ने सकेको खण्डमा पर्यटन प्रवद्र्धन हुने भएकोले सो स्थानबाट जीप सफारी संचालनको लागि पनि स्थानिय नगरपालिका र स्थानिय सरकारसंग माग गरको छ । त्यस्तै चितवन जिल्लामा बसोवास गर्दै आइरहेका अल्पसंख्यक…

Read More

काठमाडौं । माओवादी धाराका पार्टीहरुको बैठक सम्पन्न भएको छ । बैठकले विभिन्न ३ बुँदा पास गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकमा बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपालस समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, सिपी गजुरेल, कृष्णबहादुर महरा, देव गुरूङ, नेकपाका खड्गबहादुर विक प्रकाण्ड, आहुति, कर्णजीत बुढाथोकी, हेमन्तप्रकाश ओलीलगायत उपस्थित थिए । माओवादी आन्दोलनका विभिन्न दलहरूको बैठकका निर्णयः १) विस्तृत शान्ति सम्झौताको मर्म र भावना विपरीत हुने कुनै पनि गतिविधिको विरोध र प्रतिवाद गरिने। २) संक्रमणकालिन न्यायसंग सम्बन्धित सबै विषयहरु सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगमार्फत अगाडि बढाउनु पर्छ…

Read More

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रपति निर्वाचनबारे निर्णय लिन बैठक बोलाएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार बुधबार दिउँसो १ बजे बस्ने गरी केन्द्रिय कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । उक्त बैठकमा राष्ट्रपति निर्वाचनका सन्दर्भमा बिभिन्न विकल्पमा छलफल हुनेछ । ‘खुला छलफल गर्छौं । जे गर्न पर्ने हो त्यही निर्णय गर्छौं’ प्रवक्ता मोहन श्रेष्ठले अनलाइनखबरसँग भने । राष्ट्रपतिमा नेपाली कांग्रेसका रामचन्द्र पौडेल र एमालेका सुवास नेम्वाङ उम्मेदवार छन् ।

Read More

काठमाडौँ । नेकपा (एमाले) ले आफ्ना सांसदहरुलाई राष्ट्रपति निर्वाचनबारे आफ्ना अभिमुखीकरण गराएको छ । ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा एमालेले प्रतिनिधि सभा, राष्ट्रिय सभा र प्रदेश सभाका सांसदलाई अभिमुखीकरण गराएको हो । अभिमुखीकरण कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङलाई जिताउन पार्टीले लिएको रणनीति, विपक्षी पार्टीका मतदाता तान्ने रणनीति र वर्तमान राजनीतिक अवस्थाका बारेमा जानकारी गराएका थिए। उनले राष्ट्रपतिको निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेका नेम्वाङको जित सुनिश्चित भएको बताए। उनले लोकतन्त्रको रक्षा गर्नका लागि सबै राजनीतिक दलसँग एमालेले सहकार्य गर्ने बताए। राष्ट्रपतिका उम्मेदवार नेम्वाङले राष्ट्रपतिमा निर्वाचित भएपछिको आफ्नो पहिलो दायित्व संविधानको रक्षा गर्ने हुने बताए।…

Read More

काठमाडौं । मध्यक्रमका ब्याट्सम्यान भीम सार्कीको उत्कृष्ट ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग २ त्रिकोणात्मक ओडिआई सिरिजमा घरेलु टोली युएईलाई मध्यम लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ थालेको नेपालले ५० ओभरमा ८ विकेट गुमाउँदै २२९ रन बनाएको छ। नेपालका लागि भीम सार्कीले उत्कृष्ट अर्धशतकिय पारी खेले । उनले ९९ बलमा ७ चौकाको मद्दतमा ७० रनको योगदान गरे । उनको यो सिनियर टोलीमा करिअरको पहिलो अर्धशतक हो । उनलाई राम्रो साथ दिएका सन्दीप लामिछानेले २७ रन जोडे । ओपनरद्वय सस्तैमा आउट हुँदा नेपालको इनिङ सम्हालेका कुशल मल्लले ३२ रन बनाए । ज्ञानेन्द्र मल्लले ११ रन, आसिफ शेखले…

Read More

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं विज्ञान तथा प्रविधि विभाग प्रमुख सरोज उपाध्यायको पार्थिव शरीरलाई काठमाडौँको मीनभवन, आलोकनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा राखिने भएको छ। सोमबार दिउँसो १ देखि ३ बजेसम्म पार्टी कार्यालयमा उनीप्रति पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकका साथै अन्य राजनीतिक दलका नेतागणले श्रद्धाञ्जली दिने कार्यक्रम रहेको छ। गत शनिबार शङ्खमूलस्थित एक रेष्टुरेन्टको छतबाट लडेर घाइते भएका उपाध्यायको अस्पतालमा उपचारका क्रममा निधन भएको थियो। उनको आजै साँझ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ। दिवङ्गत उपाध्याय पूर्व प्रधानमन्त्री माधवकुमार नेपालका कान्छा भाइ हुन्

Read More

काठमाडौँ । होली पर्वलाई मध्यनजर गरी आज काठमाडौँ उपत्यकाको ट्राफिक जाँचमा कडाइ गरिएको छ । आज उपत्यकामा युवायुवतीले होली पर्व मनाउने क्रममा मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लङ्घन गरेर सवारी हाँक्नसक्ने भएकाले ट्राफिक प्रहरीले जाँचमा कडाइ गरेको हो । काठमाडौँका विभिन्न ६८ ठाउँमा ‘चेक पोइन्ट’ राखिएको प्रहरीले जनाएको छ । यसैगरी विभिन्न १९ ठाउँमा मोबाइल भ्यानले नियमित गस्ती पनि गरिरहेको जनाइएको छ । होली पर्वलाई दुर्घटनारहित, सुरक्षित र मर्यादित बनाउने उद्देश्यले उपत्यकाका सबै नाकासहित विभिन्न ठाउँमा ‘चेक पोइन्ट’ राखिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । मादक पदार्थ सेवन गरेर तथा ट्राफिक नियम उल्लङ्घन गरी तीव्र गतिमा सवारी…

Read More

धनगढी । कञ्चपुरमा एक प्रहरी अधिकारी मृत फेला परेका छन्। आइतबार राति भीमदत्त नगरपालिका–१५ शारदा टोलका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सई) लक्ष्मण चन्द मृत फेला परेका हुन्। चन्द महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयमा कार्यरत थिए। उनी कार्यरत कार्यालय स्रोतका अनुसार राति घरमै झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो। अहिले घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ । निर्वाचन आयोगले आजदेखि राष्ट्रपतिको निर्वाचन प्रचार प्रसार गर्न निषेध गरेको छ । आज फागुन २२ गते राति १२ बजेदेखि मतदानको दिन फागुन २५ गते मतदान केन्द्र बन्द नभएसम्मका लागि प्रचारप्रसार निषेध गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले जानकारी दिए । यो अवधिमा निर्वाचन प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न निषेध गरिएको छ । यसैगरी उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न, मत माग्न, एसएमएस, फेसबुक, भाइवरजस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालबाट मत माग्न पनि पाइँदैन । आचारसंहिता विपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न,…

Read More

लमजुङ – लमजुङमा रहेको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रबाट २१ दिन विद्युत उत्पादन बन्द भएको छ । आयोजनाको नियमित मर्मतका लागि मंगलबारदेखि ६ चैतसम्मका लागि विद्युत उत्पादन बन्द भएको हो । आयोजनाको बाँध क्षेत्रअन्तर्गत बाँयातर्फको सिभिल संरचना मर्मत गर्नुपर्ने भएकाले विद्युत उत्पादन बन्द गरिएको केन्द्रले जनाएको छ । दुई वर्षअघि मर्स्याङ्दी नदिमा आएको बाढीले क्षति पुर्‍याएको संरचना गत वर्षनै मर्मत गर्नुपर्ने भए पनि तत्कालीन समयमा देशभर विद्युत अभावका कारण उत्पादन बन्द गर्न नसकिएको मध्यमर्स्याङ्दी जलविद्युत केन्द्रका प्रमुख पवन बस्नेतले बताए । दुई वर्षअघिको १ असारमा आएको बाढीले आयोजनाको बाँध क्षेत्र बाँयातर्फ बेसीसहर–११ अन्तर्गत किनारमा लगाइएका ग्याबिन जालीमा क्षति पुर्‍याएको थियो । सोही…

Read More