Author: सूचनापाना

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनका विभिन्न भङ्गालाहरू फेरि एकैठाउँमा उभिने परिस्थिति आएको बताए । आइतबार दिउँसो सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले काठमाडौंको कमलादीमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले माओवादी आन्दोलन विभाजित हुँदा विजातीय वर्गले फाइदा उठाएको भन्दै एकताका निम्ति अपील गरेका हुन् । कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘माओवादी आन्दोलन एउटा ठूलो प्रवाहको रूपमा अगाडि आयो, शान्ति प्रक्रियापछि विभिन्न भङ्गालातिर विभाजितजस्तो भयो। अब ती सबै भङ्गालाहरू एकै ठाउँमा मिसिएर एउटा विशाल सागर बन्ने दिशातिर जाने समय आयो। हामी सबैले हामी सबैका अनुभवहरूलाई हाम्रा अनुभव भनौँ । त्यसमा भएका तीता–मीठा, राम्रा–नराम्रा सबै कुरा…

Read More

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैंक तथा वित्तीय क्षेत्रका समस्यालाई सरकारले गम्भीरतापूर्वक लिएको बताएका छन् । आइतबार दिउँसो सिंहदरबारमा बैंक तथा वित्तीय क्षेत्रका समस्याको पहिचान र समाधानसम्बन्धि बैठकमा प्रधानमन्त्री प्रचण्डले बैंकको ब्याज, लघुवित्तका समस्या, व्यवसायीहरूको चासो र वित्तीय अराजकता निम्त्याउन खोज्ने प्रवृत्ति लगायतका विषयलाई सरकारले गम्भीर रूपमा लिएको बताएका हुन् । ‘बैंकको ब्याजदरलाई लिएर व्यवसायीका गुनासो देखिएको छ। लघुवित्तका समस्याबारे दिनदिनैजसो समाचार प्रकाशित भइरहेका छन् । व्यवसायीहरूले विभिन्न ढंगले चासो र चिन्ता राखेका छन्। यही मौकामा अराजक तत्वले वित्तीय अराजकता निम्त्याउने कोशिस गरिरहेका छन्। यी सबै परिघटनालाई मैले गम्भीर रूपमा लिएको छु।,’ प्रधानमन्त्रीले भने, ‘अर्थतन्त्र अप्ठ्यारो परिस्थितिमै छ। म प्रधानमन्त्रीमा…

Read More

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आइतबार बसेको प्रदेशसभाको बैठकबाट मुख्यमन्त्री शाहले एमाले र राप्रपाबाहेकका दलहरूबाट दुईतिहाइ मत पाएका हुन् । शाहको पक्षमा ४१ र विपक्षमा ११ मत परेको छ । सभामुख भीमबहादुर भण्डारीले शाहले पेश गरेको प्रस्तावको पक्षमा बहुमत सदस्यले मतदान गरेको भन्दै प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गरेका हुन् । शाहलाई नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र प्रदेशसभा सदस्यले मत दिएका छन् ।

Read More

ईस्लामबाद । तोशखाना काण्डमा पाकिस्तानी पुर्ब प्रधानमन्त्री इमरान खानलाई पक्राउ गर्न पुगेका पाकिस्तानी प्रहरी निराश भएर फर्केका छन् । आईतबार बिहानै पाकिस्तानी प्रहरी उनको घर पुगेको थियो तर पुर्व प्रधानमन्त्री इमरान खान नभेटिए पछि प्रहरी टोली रित्तै फर्केको छ । अदालतमा हाजिर हुनु तीन दिन अघि इस्लामबाद प्रहरी खानको घरमा पुगेको हो । पाकिस्तानी सञ्चारमाध्यमहरुले इमरान खान माथी मनौबैज्ञानिक त्रासको दबाब दिन पाकिस्तानी सरकारले खानको घरमा प्रहरी पठाएको बताएका छन् । इस्लामाबाद प्रहरीले ट्वीट गर्दै उनको कोठामा पुग्दा इमरान त्यहाँ नभएका बताएको छ । त्यसपछि उनको घरमा सुचना दिएर पाकिस्तानी प्रहरी फर्किएको छ । ट्विटमा भनिएको छ, ‘पक्राउ गर्ने नै…

Read More

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र १२) सानोठिमी भक्तपुरले कक्षा १२ को परीक्षा वैशाखमा गर्ने निर्णय गरेको छ । जसअनुसार बोर्डले परीक्षा तालिकासमेत प्रकाशित गरेको छ । वैशाख २६ गते मंगलबारदेखि परीक्षा सुरू हुनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ। परीक्षा जेठ ५ गते शुक्रबारसम्म चल्नेछ ।

Read More

सिन्धुपाल्चोक । जिल्लाको जुगल गाउपालिकाले आकर्षक प्रवेशद्वार बनाउने भएको छ । आईतबार गाउँपालिकाले प्रवेश द्वार निमार्णको लागी एक टेण्डर आव्हान गरेको हो । ५७ लाख ७ हजार पाँचसय उनानब्बे बराबर लागतको टेण्डर आव्हान भएको जुगल गाउँपालिकाको अध्यक्ष रेशम स्याङबोले जानकारी दिए । बलेफी र जुगलको सीमाना ढाडेको पुल छिचोलिसकेपछि वडा न ५ को सीमानामा उक्त प्रवेशद्धार बनाईन लागेको हो ।

Read More

काठमाडौं । नेपाली बजारमा सुनको भाउ आइतबार तोलामा ३०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ । यसअघि, शुक्रबार छापावाल सुन तोलाको १ लाख २ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार रुपैयाँ निर्धारण भएको थियो । यता, आइतबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १२ सय ७५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ १२ सय ६५…

Read More

काठमाडौँ । राष्ट्रपति निर्वाचनलाई लक्षित गरेर आठ दलले आयोजना गर्न लागेको संयुक्त भेला स्थगित भएको छ। बिहीबार हुने राष्ट्रपति चुनावका लागि बुधबार सत्ता पक्षीय आठ दलले संघीय संसद र प्रदेशसभा सदस्यको संयुक्त भेला आयोजना गरेको थियो। राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलको सचिवालयका अनुसार निर्वाचनको मौन अवधि लागू हुने भएपछि स्थगित गर्नुपरेको हो। औपचारिक भेला स्थगित भए पनि दलहरूले आफ्ना सांसदलाई अनौपचारिक रूपमा प्रशिक्षित भने गर्नेछन्। राष्ट्रपति चुनावका लागि संघीय संसद र प्रदेशसभा सदस्य रहेको निर्वाचक मण्डल रहने संवैधानिक व्यवस्था छ। बिहीबार हुने चुनावका लागि काँग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमतलगायत आठ दलको तर्फबाट पौडेललाई अघि सारेको छ।…

Read More

सुर्खेत ।  कर्णालीका ७९ पालिकामध्ये ७२ वटा पालिकामा ४८१ वटा उजुरी परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । अनियमितता बढी हुने गरेको प्रदेशका रुपमा लिइए पनि पछिल्लो समय रिसईवीका कारण दुःख दिन उजूरी अख्तियारमा पठाउने गरेको पनि पाइएको छ । उपभोक्ता समितिमा भागबण्डा नमिल्दा, ठेक्का भएका योजनाहरुमा काम नपाउँदा लगायतका कारणले दुःख दिने नियतले प्रायः उजुरी आउने भए पनि कर्णालीका विकट ठाउँमा कामठग प्रवृत्ति मौलाउँदो छ । ९ स्थानीय तह रहेको सुर्खेतमा ५९ वटा उजुरी रहेको छ । सबैभन्दा बढी गुर्भाकोटबाट २२ उजुरी परेको छ । दैलेखका ११ स्थानीय तहमा ९६ वटा उजुरी अख्तियारमा दर्ता…

Read More

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले लघुवित्त र मिटरव्याजीको मनपरिविरुद्ध सङ्घर्षरत नागरिकमाथि राज्यले दमनको नीति लिएको भन्दै सरकारी कदमको विरोध गरेका छन् । महासचिव चन्दले आइतबार विज्ञप्ति जारी गर्दै देशमा लघुवित्त, मिटर ब्याज र चर्को बैङ्क व्याजले लाखौँ जनताको जीवन प्रताडित बनेको उल्लेख गरेका छन् । साथै उनले बैङ्क तथा वित्तीय संस्थाहरूको आतङ्क र दमन झेल्न नसकेर सयौँ नागरिकहरूले ज्यान गुमाइसकेको र हजारौँ नागरिक सडकमा पुगेर छटपटाइरहेको बताएका छन् । ‘कुनै उपाय नभएपछि केही समयदेखि ऋण पीडित नागरिकहरू सङ्घर्षमा उत्रिएका छन् । उनीहरूले आफ्नो जीवन रक्षाको आवाज उठाइरहेका छन् । विडम्बना लोकतान्त्रिक भनिने संसदीय व्यवस्थाले जनताको…

Read More