Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेस आठ दलीय गठबन्धनमा भएको सहमति अनुसार नै अघि बढ्ने बताएका छन् । राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा आज यहाँ संयुक्त गठबन्धन दलहरुले आयोजना गरेको अभिमुखिकरणमा उनले गठबन्धनमा भएको सहमतिबाट कांग्रेस दायाँबायाँ नलाग्ने स्पष्ट गरे । “आठ दलले पाँच वर्षका लागि गरेको सहमतिबाट कांग्रेस पछि हट्दैन, गठबन्धनलाई विश्वासका साथ अघि बढाउनु आजको आवश्यकता हो”, उनले भने । कांग्रेस संविधान कार्यान्वयन र जनतामा परिवर्तनको आभाष दिन प्रतिबद्ध रहेको भन्दै उनले गठबन्धनलाई पाँच वर्ष काम नगर्ने छुट नभएको बताए ।
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुविरूद्ध हुने गलत गतिविधि रोक्न गृह मन्त्रालयले निर्देशन दिएको छ । देशभरका जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुविरूद्ध हुने गलत गतिविधि रोक्न गृह मन्त्रालयले निर्देशन दिएको हो । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरुविरुद्ध भइरहेको संगठित आक्रमणको प्रयास भइरहेको छ । बैंक तथा वित्तीय संस्थाको सुरक्षाका लागि चनाखो भएर सुरक्षा प्रबन्ध गर्न र त्यस्तो गतिविधिहरुमाथि निगरानी बढाउन समेत निर्देशन भएको गृह सचिव विनोदप्रसाद सिंहले जानकारी दिए ।
काठमाडौँ । बागमती प्रदेशका प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश सरकारले ल्याएको दुई विधेयकलाई प्रमाणिकरण गरेका छन् । बागमती प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा बनेको विधेयक र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई उनले प्रमाणिकरण गरेका हुन् । प्रदेश प्रमुखले प्रमाणिकरण गरेपछि यी दुई विधेयकले ऐनको रुपमा लिएको छ । बागमती प्रदेशको प्रदेशसभाबाट सो दुवै विधेयक फागुन १४ गते सर्वसम्मतले पारित गरिएको थियो । उक्त दुवै विधेयकसभाबाट पारित भएपछि बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले प्रमाणित गरी प्रदेश प्रमुख शर्मा समक्ष प्रमाणिकरणका लागि पेश गरेका थिए । शर्माले नेपालको संविधानको धारा २०१ को…
काठमाडौं । ओपनर तथा विकेटकिपर आसिफ शेखको जिम्मेवार ब्याटिङमा नेपालले आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडिआई सिरिज अन्तर्गत पपुवा न्युगिनीमाथि रोमाञ्चक जित निकालेको छ । शुक्रबार दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ३ विकेटले पराजित गरेको हो । पपुवा न्युगिनीले दिएको १८० रनको मध्यम लक्ष्य नेपालले ४८ ओभरमा ७ विकेट गुमाउँदै पुरा गर्यो । नेपालका लागि आसिफ शेख जिम्मेवारीपूर्वक ब्याटिङ गरे । नेपालले २८ ओभरसम्म ६ विकेट गुमाएर ८६ रन बनाएको नाजुक अवस्थामा उनले १३० बलमा ३ चौका र १ छक्कको मद्धतमा ८६ रनको योगदान गरे । उनलाई सन्दीप लामिछानेले गज्जकको साथ दिए । अविजित रहँदै सन्दीपले ३५…
धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले फागुन २१ गते विश्वासको मत लिने भएका छन् । प्रदेश सभा सचिवालयका अनुसार मुख्यमन्त्री शाहले फागुन २१ गतेका लागि प्रदेश सभा बैठक आह्वान गर्न पत्र पठाएका छन् । उनले पठाएको पत्र अनुसार आइतबार दिउसो १ बजेका लागि प्रदेश सभा बैठक आह्वान गर्ने तयारी भइरहेको प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले बताए । ‘मुख्यमन्त्री ज्यूले २१ गते विश्वासको मत प्रयोजनका लागि आवश्यक व्यवस्थापन गरिदिन भनेर सचिवालयलाई पत्राचार गर्नुभएको छ,’ प्रदेश सभामुख भीमबहादुर भण्डारीले भने, ‘त्यसै अनुसार तयारी गर्न सचिवालयलाई निर्देशन दिएको छु ।’ सुदूरपश्चिममा मुख्यमन्त्रीलाई नेपाली काग्रेस, नेकपा माओबादी केन्द्र, नेकपा एकिकृत समाजबादी…
तनहुँ । चितुवाको आक्रमणबाट यहाँ १४ बालबालिकाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् । विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म पाँच वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी १० बालक र चार बालिकाको मृत्यु भएको हो । यसरी मृत्यु हुनेमा बन्दीपुर गाउँपालिका–५ की सुप्रीति थापा, बन्दीपुर–१ का सुप्रिम थापा, बन्दीपुर–३ की डिना चेपाङ, व्यास नगरपालिका–१२ छिर्कनका अभिनव कुँवर र भानु नगरपालिका–३ का विशाल श्रेष्ठको मृत्यु भएको छ । त्यसैगरी भानु–४ की रञ्जिता लम्साल, भानु–२ की पुष्पा अधिकारी, सोही वडाका अमृत गुरुङ, ऋतिक रोका, भानु–१ का कुशल बानियाँ, शुक्लागण्डकी नगरपालिका–३ का रविन नेपाली, आँबुखैरेनी नगरपालिका–१ का…
काठमाडौं । बारामा लघुवित्त संस्थाबाट पिडित भएकाहरुले लघुवित्त संस्थाको ज्यादती बिरुद्ध संगठित हुन थालेका छन् । लघुवित्तको चर्को व्याजका कारण घरबार नै बिग्रन थालेपछि बाराका बिभिन्न स्थानका पिडितहरु लघुवित्त संस्थाको बिरुद्धमा नाराबाजी समेत गर्न थालेका हुन । बारामा एकै व्यतिलाई समुह बनाएर १५ वटासम्म लघुवित्तले लगानी गरेका कारण पैसा तिर्न नसकेपछि घर मै आएर धाकधम्की दिन थालेपछि पिडितहरु संगठित बाध्य भएर लघुवित्त संस्था खारेज गर ऋणाी मार्ने काम बन्द गरजस्ता नारा लगाएर बिरुद्ध प्रदर्शनमा जम्मा हुन थालेका छन् । जीतपुरसिमरा उपमहानगरपालिका वडा न २ सिमराकी कमला पौडेलले अहिलेसम्म ९ वटा लघुवित्त संस्थाबाट ऋण लिएकी छिन । उनले आफुले १ लाखको ऋण लिदा…
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनको निम्ति नमूना मतपत्र निर्माण गरेको छ । जसअनुसार संघीय र प्रदेश सांसदका लागि रातो र हरियो गरी दुईथरी मतपत्र प्रयोग हुनेछ । रातो मतपत्र संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यलाई दिइने छ भने हरियो मतपत्र प्रदेश सभाका सदस्यहरुको निम्ति प्रयोग गर्नका लागि तयार पारिएको छ । राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसदअन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद तथा सात वटै प्रदेश सभाका सांसद मतदाता हुन्छन् । तर संघीय सांसदहरुको मतभार ७९ अंक र प्रदेश सभाका सांसदको मतभार ४८ तोकिएको छ । राष्ट्रपतिमा नेपाली कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल र…
काठमाडौ । भ्रष्टाचार आरोपमा सैनिक हिरासतमा रहेका नेपाली सेनाका उपरथी प्रेम शाही बर्खास्त भएका छन्। आर्थिक अनियमितता गरेकोमा दोषी पाइएपछि शाहीलाई हटाउने निर्णय गरेको सेनाका प्रवक्ता तथा सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए । आर्थिक अनुशासनको विषयमा कोर्ट अफ इन्क्वायरीको सिफारिस अनुसार शाहीको मुद्दा सैनिक अदालतमा पठाइएको थियो । उपरथी ताराध्वज पाण्डे अध्यक्षतामा गठन भएको कोर्ट मार्सलले कोर्ट अफ इन्क्वायरीले पेस गरेको प्रमाणको आधारमा सेवाबाट हटाउने निर्णय गरेको हो ।
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले विमानस्थल (एयरपोर्ट) सुविधा र यात्रुमैत्री हुनुपर्ने बताएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज हवाई क्षेत्रका विभागीय प्रमुख तथा विमानस्थलसँग सम्बन्धित अधिकारीसँगको संयुक्त बैठकलाई सम्बोधनका क्रममा उनले विमानस्थल अझै पनि नागरिकको पहुँचमा नरहनुले गम्भीर प्रश्न उब्जाएको उल्लेख गरे । ‘हामी सबै नेपालीलाई देश बनाउने हुटहुटी छ, राज्यले तोकेको परिभाषित जिम्मेवारीमा बसेर, शपथ खाएर देशको सेवा गर्ने वाचा गरेका छौँ’, पर्यटनमन्त्री किरातीले भने , ‘मन्त्रलयको कार्यक्षेत्रभित्र रहेको विमानस्थल देशको अनुहार हो, यो सुविधा र यात्रुमैत्री हुनुपर्छ । संसारको उदाहरणमा नेपालको विमानस्थल व्यवस्थापनको एउटा मोडल बन्नुपर्छ तर, अहिलेसम्म किन नागरिकको पहुँचमा विमानस्थल भएन यो गम्भीर…