Author: सूचनापाना

एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वव्यापी शासन व्यवस्था पूर्ण रूपमा फेल भएको बताएका छन् । नयाँ दिल्लीमा जारी जी–२० देशका विदेशमन्त्रीहरूको बैठकलाई सम्बोधन गर्दै मोदीले अहिले विश्वभर नै गहिरो मतभेद रहेको तर्क गरे । देशहरू विभाजनभन्दा पनि एकतामा केन्द्रित हुनुपर्नेमा उनको जोड छ । पछिल्ला केही वर्षदेखि विश्वले अर्थतन्त्रको संकट, जलवायु परिवर्तन, महामारी, आतंकवाद र युद्धजस्ता चुनौतीको सामना गरिरहेको भन्दै उनले यसबाट स्पष्ट रूपमा विश्वाव्यापी रूपमा सुशासन असफल भएको देखाउँने टिप्पणी गरे । उनले विश्वका विभिन्न मुद्दामा फरकफरक दृष्टिकोण र मदभेद भएपनि अग्रणी अर्थव्यवस्था भएका जी–२० का मुलुकले अन्य देशको अवस्थाबारे पनि चासो राख्नुपर्ने बताए । जारी बैठकमा युक्रेन…

Read More

काठमाण्डौ । जिल्ला प्रहरी परिसर काठमाण्डौले सभ्य एवम् सुरक्षितरूपमा होली पर्व मनाउन सर्वसाधारणलाई अनुरोध गरेको छ । प्रहरी परिसर काठमाण्डौले बिहीवार एक सन्देश निकालेर होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादितरूपले मनाउन सबैलाई अनुरोध गरेको हो । प्रहरीले आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न, होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न आग्रह गरेको छ । जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एवम् प्रहरी उपरीक्षक सीताराम रिजालले कसैको इच्छाविपरीत रङ, लोला, मोबिल, मोसो, केमिकल र फोहरपानी प्रयोग गरेमा कानुनबमोजिम कारबाही गरिने बताए। प्रहरीले महँगा गरगहना लगाई होली नखेल्न, ट्राफिक नियमको पूर्ण पालना गर्न, जाँड–रक्सी खाएर गाडी नचलाउन, अशक्त, महिला, बालबालिका,…

Read More

काठमाण्डौं। महोत्तरीस्थित जलेश्वर मालपोत कार्यालयका नायव सुब्बा रामकृष्ण पण्डितलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित पक्राउ गरेको छ । बिहीबार जलेश्वरस्थित मालपोत कार्यालयमा एक जना सेवाग्राहीसँग ९ हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियारको टोलीले पण्डितलाई पक्राउ गरेको हो । साँधको जग्गा अर्कालाई बेचिदिएकोमा सँधियारले थैली जम्मा गरेर लिन खोज्दा पैसा लिने क्रममा पण्डित पक्राउ परेका हुन् । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिवासले जनाएको छ ।

Read More

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाइ दिएका छन् । सभापति देउवालेले आज सामाजिक सञ्जालमार्फत बधाई तथा शुभकामना दिएका हुन् । उनले भनेका छन्, “श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएकामा नेपाली टिमलाई बधाई तथा शुभकामना ।” दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा युएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलङ्कामा हुने यु–१९ विश्वकपका लागि छनोट भएको हो । सन् २०१६ यता नेपालले पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकप खेल्न लागेको हो ।

Read More

काठमाडौं । आइसिसी यू–१९ विश्वकप एसिया छनोट प्रतियोगितामा घरेलु टोली यूएईलाई हराउँदै नेपाल यू–१९ विश्वकपका लागि छनोट भएको छ । नेपालसामू युएई सात रनले पराजित भएको हो । जितको लागि १ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको १ सय १ सय ८५ रनमा अल आउट भयो । नेपालका लागि हेमन्त धामिले ४२ ओभर २ बलमा युएईका इथान कार्ल डिसुजालाई आउट गरे । दिपेस कडेलले ३४ ओभर ३ बलमा युएईका ध्रुव पराशरलाई आउट गरे । सुबास भण्डारीले २१ ओभर ६ बलमा युएईका आयान अफजल खानलाई आउट गर्दा २० ओभरमा यूएईका आरेन सक्सेनालाई दिपेस कडेलले आउट गरेका हुन् । सुबास भण्डारीले १८…

Read More

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले नेपाललाई यू –१९ विश्वकपमा छनोट गराउने खेलाडीलाई जनही १ लाख रुपैयाँ दिने घोषणा गरेको छ । दीपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि निर्णायक खेलमा यूएईमाथि ७ रनको रोमाञ्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ । सन् २०१६ यता पहिलोपल्ट उमेर समूहको क्रिकेट विश्वकपमा छनोट भएकोमा बधाई दिँदै क्यानले आफ्नो तर्फबाट खेलाडीलाई जनही १ लाख दिने घोषणा गरेको हो । यसबाहेक पुरस्कार तथा सम्मान कार्यविधि अनुसार खेलाडीहरुले नेपाल सरकारबाट जनही ३ लाख रुपैयाँ पुरस्कार पाउने छन् । कार्यविधिमा विश्वकप छनोट नलेखिए पनि उमेर समूहको क्षेत्रीय एशियाली प्रतियोगिता विजेताले…

Read More

काठमाडौं। नेकपा एकीकृत सामाजवादीले देशका विश्वविद्यालयहरुमा हुन गइरहेको स्ववियू निर्वाचनको संयोजन, परिचालन तथा सहयोगका लागि समिति गठन गरेको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालय, त्रिभुवन विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा क्रमशः चैत ३, ५ र ८ गते हुन गइरहेको निर्वाचनलाई ध्यानमा राखेर नेकपा एसेले घनश्याम भुसालको संयोजकत्वमा स्ववियू निर्वाचन, संयोजन तथा वार्ता समिति गठन गरेको हो । त्यस्तै, रामकुमार भट्टराईको संयोजकत्वमा स्ववियू निर्वाचन, परिचालन समिति गठन गरेको छ भने पिताम्बर तिम्सिनाको नेतृत्वमा स्वयमसेवक परिचालन समिति बनाइएको महासचिव वेदुराम भुसालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

Read More

रामेछाप । जिल्लाको उमाकुण्ड गाउँपालिका अध्यक्ष शेर बहादुर सुनुवारले हाईड्रोपावरको दादागिरी स्थानिय सरकारका लागि सह्य नहुने बताएका छन् । जिल्लाको उमाकुण्ड गाउँपालिकाले पालिका भित्र भए गरेका विकास निर्माण लगाएत विभिन्न कामको बारेमा जानकारी दिने क्रममा अध्यक्ष सुनुवारले सम्बृद्ध पालिका र सुःखि नागरिकको लागि पालिका भित्रका हाईड्रोपावरको दादागिरी बाधक रहेको बताउदै उक्त कार्य स्थानिय सरकारको लागी सह्य नहुने बताएका हुन् । अध्यक्ष सुनुवारले पछिल्लो उदाहरणका रुपमा एक हप्ता अघि ‘दुगड् हाइड्रो पावरमा घटेको घटनाले पीडित पक्षको मात्र नभएर सिङ्गो पालिकालाईनै मर्माहत बनाएको बताए । दुगडको लापरबाहिले एक जना मज्दुरको ज्यान जानुका साथै २८ दिने शिशुसहितको परिवार विचल्लीमा परेको भन्दै ‘दुगड् हाइड्रो’…

Read More

रामेछाप । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापको ११ औँ साधारण सभा तथा जिल्ला भेला सम्पन्न भएको छ । विहीबार आयोजना गरेको उक्त जिल्ला भेलामा संघिय सांसद पूर्णबहादुर तामाङ(कान्छाराम) ले पत्रकारहरुलाई सत्य र तथ्यका आधारमा कलम चलाउन आग्रह गरेका छन् । सांसद तामाङले पित पत्रकारीतामा लोकतन्त्र फस्टाउन नसक्ने भन्दै अब्बल पत्रकारीताको विकास विना देशको विकास अधुरो रहने भएकोले त्यस तर्फ पत्रकारहरुलाई सकरात्मक तरिकाले कलम चलाउन पनि आग्रह गरे । कार्यक्रमलाई सम्बोेधन गर्ने क्रममा उनले जिल्लाको विकास र शुसासनका लागि सबै जन प्रतिनिधि र राजनितिक दलहरुलाई ऐक्यबद्धताका आधारमा अघि बढ्न समेत आग्रह गरेका छन् । जिल्लाको विकासका लागि सबै पक्ष…

Read More

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको दमौलीदेखि विमलनगरसम्मको सडकखण्ड बिहीबारदेखि राति चार घण्टा बन्द गरिने भएको छ । मुग्लिङ–पोखरा सडक विस्तार आयोजनाले भित्ता काट्नका लागि राति १२ बजदेखि बिहान ४ बजेसम्म दमौली–विमलनगर सडकखण्ड बन्द गर्न लागेको हो । भित्ता काट्न दश दिन लाग्ने अनुमान गरिएको छ । सो सडकखण्डमा डाइभर्सन बनाउने ठाउँ नभएकाले रातिको समयमा आवागमन रोकेर भित्ता काट्नु परेको आयोजनाले जनाएको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा पोखरा–मुग्लिन सडक विस्तार तथा स्तरोन्नतीका काम भईरहेको छ ।

Read More