Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाण्डौ । चीन र बेलारुसले युक्रेनमा शान्ति स्थापनाका लागि संयुक्त रुपमा आह्वान गरेका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङ र बेलारुसी राष्ट्रपति अलेक्ज्याण्डर लुकासेन्कोबीच बेइजिङमा भएको भेटवार्तापछि युक्रेनमा शान्ति पुर्नस्थापनाका लागि संयुक्त आह्वान गरिएको हो । रुस–युक्रेन युद्ध अन्त्यका लागि चीनले अघि सारेको १२ बुँदे प्रस्तावमा पनि बेलारुसले समर्थन जनाएको छ । तर चीनको पछिल्लो प्रस्ताव अहिलेसम्म सार्वजनिक गरिएको छैन । चीनका पूर्वविदेशमन्त्री वाङ यिको मस्को भ्रमण लगत्तै बेलारुसी राष्ट्रपति बेइजिङ पुग्नुभएको हो । रुसले युक्रेनमा थालेको आक्रमण गएको फेब्रुअरी २४ मा एक वर्ष पुरा भएको छ । तर अहिलेसम्म युद्धको अन्त्य गर्ने र शान्ति स्थापनाका लागि ठोस पहल भने…
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृंखलाको दोस्रो खेलमा नेपालले दोस्रो सफलता पाएको छ । दुबही अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी खेलमा घरेलु टिम यूएईविरुद्ध स्पिनर सन्दीप लामिछानेले यूएईका रित्य अरविन्दलाई १८ रनमा क्याच आउट गराएका हुन् ।
काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु तीन सयले बढेको छ । अधिल्लो दिन प्रतितोला रु एक लाख दुई हजार तीन सयमा कारोबार भएको सुनको मूल्य आज रु एक लाख दुई हजार छ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख दुई हजार एक सय छ । यसको मूल्य अघिल्लो दिन रू एक लाख एक हजार आठ सय थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा स्थिर रही प्रतितोला रु एक हजार दुई सय ७० कायम रहेको महासङ्घले जनाएको छ…
काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले कर्णाली सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बिहीबार राप्रपा कर्णाली प्रदेशसभा सदस्य सन्तोषी शाहीले मुख्यमन्त्री राजकुमार शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी हुन् । प्रदेशसभा सदस्य शाहीले प्रदेश प्रमुख तिलक परियारसामु माओवादीबाट मुख्यमन्त्री बनेका शर्मालाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराएकी छन् ।
काठमाडौँ । नेकपा (एमाले)का नेताहरू पहिलो पटक (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, आलोकनगर पुगेका छन् । एमाले उपाध्यक्ष द्वय सुवासचन्द्र नेम्वाङ र विष्णुप्रसाद पौडेल र उपमहासचिव तथा प्रवक्ता पृथ्वी सुब्बा गुरुङ एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न आलोकनगरस्थित कार्यालय पुगेका हुन् । यसअघि कुनै एमाले नेताहरू आधिकारिक भेटका लागि एकीकृत समाजवादीको कार्यालय पुगेका थिएनन् । एमालेबाटै चोइटिएको एकीकृत समाजवादीलाई सुरूमा एमाले नेताहरूले पार्टी नै नभएको बताउँथे । एमाले नेताहरू एकीकृत समाजवादी कार्यालयमै पुगेको यो पहिलो पटक हो । तीन नेताहरूले अध्यक्ष नेपाललाई भेटेर राष्ट्रपतिको निर्वाचनमा एमालेलाई सघाउन आह्वान गरेका छन् ।
काठमाडौँ । राष्ट्रपति चुनावको प्रचारप्रसार र प्रदेश सभा सदस्यहरूसँग अन्तर्क्रिया गर्न नेपाली काँग्रेसले पदाधिकारीहरूलाई प्रदेशमा खटाएको छ। सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बुधबार बसेको बैठकले पदाधिकारीहरूलाई सातै प्रदेशमा खटाउने निर्णय गरेको थियो। कोशी प्रदेशमा महामन्त्री विश्वप्रकाश शर्मा, मधेस प्रदेशमा सहमहामन्त्री फरमुल्लाह मन्सुर, बागमती प्रदेशमा महामन्त्री गगन थापा, गण्डकी प्रदेशमा उपसभापति धनराज गुरुङ, लुम्बिनी प्रदेशमा सहमहामन्त्री किशोरसिंह राठौर, कर्णाली प्रदेशमा उपसभापति पूर्णबहादुर खड्का र सुदूरपश्चिम प्रदेशमा सहमहामन्त्री बद्री पाण्डेलाई खटाइएको काँग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। यसैबीच काँग्रेसले सातै प्रदेशका पार्टी सभापतिहरूलाई पनि राष्ट्रपति चुनावमा खट्न जिम्मेवारी दिएको छ। काँग्रेसले ८ दलको समर्थनमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपति उम्मेदवार बनाएको छ। राष्ट्रपतिमा…
काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन नेकपा ब्युँताउने प्रयास भए पनि सफल हुन नसकेको दाबी गरेका छन्। राष्ट्रपति चुनावका सन्दर्भमा भएको राजनीतिक घटनाक्रमका क्रममा आफूले नेकपा ब्युत्याएर जान सकिने विकल्प अघि सारे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले मन गरेको बताएका हुन्। अध्यक्ष नेपालले एमाले माओवादी केन्द्रबीचको गठबन्धन भत्किन लागेको बेला नेकपा ब्युत्याएर राष्ट्रपति र प्रधानमन्त्री कम्युनिस्ट गठबन्धनबाटै बनाउने प्रयास भएको जनाएका हुन्। राष्ट्रपति चुनावको सरगर्मी चलेका बेला फागुन ८ गते नेकपा ब्युँताउने प्रस्ताव गरे पनि अध्यक्ष ओलीले नमानेको जनाए। उनले भने, ‘एमाले माओवादी केन्द्रको गठबन्धनमा समस्या आएपछि ओलीजी मसँग कुरा गर्न आउनुभयो। मैँले नेकपा ब्युत्याएर जाऔँ भनेर…
पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा रात्रिकालीन उडान सफल भएको छ। बुधबार राति विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज अवतरण भएको हो । काठमाडौँबाट ३३ जना यात्रु बोकेर आएको नाईन एन एएमई जेट इन्जिन जहाज राति ८.४५ बजे सफल अवतरण गरेको नागरिक उड्डयन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमले जानकारी दिए। पोखरा आएको जहाज पुनः यात्रु वोकेर काठमाडौँ नै फर्किएको उनले बताए। जहाजले पोखराबाट ४६ जना यात्रु बोकेर पुनः काठमाडौँ नै फिर्ता भएको छ। खराब मौसमका कारण ढिलाइ भए पनि सौर्य एयरलाइन्सले पोखरा विमानस्थलमा पहिलो आईएफआर उडान सफलतापूर्वक सम्पन्न गरेको छ। यसअघि बुद्धले फागुन २५ गते रात्रिकालीन उडानका लागि अनुमति लिएको थियो । त्योभन्दा…
काठमाडौं । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा प्रकाशन भएपछि मात्रै कक्षा ११ मा भर्ना खोल्न अनुरोध गरेको छ । विगतका वर्षहरूमा एसईईको नतिजा प्रकाशन हुनु अगावै कक्षा ११ मा भर्ना खोल्ने गरेका थिए । केन्द्रले आगामी शैक्षिक सत्रमा भने एसईईको नतिजा प्रकाशित भएपछि मात्रै कक्षा ११ मा भर्ना प्रक्रिया अगाडि बढाउन भनेको हो । कतिपय विद्यालयहरूले वैशाख÷जेठदेखि नै कक्षा ११ मा भर्ना खोल्दै आएका छन् । विद्यार्थीहरूलाई विभिन्न अफर अघि सारेर आफ्नो विद्यालयमा भर्ना गराउन उनीहरू सक्रिय देखिएका छन् । यो वर्षको एसईई परीक्षा चैत १७ गतेदेखि सञ्चालन हुँदैछ । चैत…
काठमाडौँ । इण्डियन आयल कर्पोरेशन (आईओसी)ले पेट्रोलियम पदार्थको मूल्य घटाए पनि नेपाल आयल निगमले भने नघटाउने निर्णय गरेको छ । आईओसीले एलपीजी बाहेक सबै पेट्रोलियम पदार्थको मूल्य घटाएर बुधबार नयाँ मूल्यसूची पठाएको थियो । तर नेपाल आयल निगमले भने मूल्य यथावत् रहने जनाएको छ । निगमले उपभोक्ताको हितलाई मध्यनजर गरी हाललाई पेट्रोलियम पदार्थको मूल्य यथावत् राख्ने जनाएको हो । एलपीजी ग्यासबोहक सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा निगमलाई १५ दिनमा करिब ४० करोड रुपैयाँ नाफा हुने देखिएको छ ।