Author: सूचनापाना

भैरहवा । प्रहरीमा गलत काम गर्नेलाई कारवाही र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने गरिन्छ । प्रहरी संगठनको उद्देश्य र लक्ष्य विपरीत काम गर्ने प्रहरी कर्मचारीलाई कारवाही हुने गर्छ । रुपन्देहीमा चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा १४ जना प्रहरी कारवाहीमा परेका छन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले दिएको तथ्याङक अनुसार आर्थिक वर्ष ०७८÷७९ मा २९ जना गलत काम गर्नेलाई कारवाही र राम्रो काम गर्ने ६५ जना प्रहरी पुरस्कृत भएका छन । भ्रष्टाचार, संगठनको आचारसंहिता उल्लंघन, कामकारबाहीमा लापरबाही, गैर व्यावसायिक कार्य र अनुसाशनहिन लगायतका काम गरेका प्रहरी कर्मचारीलाई कारवाही हुने गर्छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार चालु…

Read More

काठमाडौं । आज बोलाईएको प्रतिनिधिसभाको बैठक सुचना टाँस गरी स्थगित गरिएको छ । सभामुख देवराज घिमिरेले आगमी बैठक चैत ५ गतेका लागि बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ । ‘मिति २०७९ फागुन १७गते बुधवारको दिनको १ बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभा बैठक बिशेष कारण उक्तदिन र समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम ६ र उपनियम (३) बमोजिम सम्मानीय सभामुखज्युले बैठक मिति २०७९ चैत ५ गते आइतवार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नु भएको माननीय सदस्यहरुलाई जानकारीका लागि यो सुचना प्रकाशित गरिएको छ,’ जारी सुचनामा भनिएको छ ।

Read More

काठमाण्डौ । प्रदेश एकको संसद बैठकमा आज नामाकरणको प्रस्ताव पेश हुने भएको छ । सरकारको नेतृत्व गरिरहेको नेकपा एमाले र प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखेर संसदमा नामाकरण प्रस्ताव पेश हुन लागेको हो । यसअघि नामबारे जातीय पहिचानका आधारमा राख्ने कि नदी, भूगोलका आधारमा राख्ने भन्ने विषयमा दलहरू विभाजित थिए । अहिले पनि केही दल कोशी नाममा सहमत छैनन् । प्रदेश १ को पहिलो संसद्ले स्थायी राजधानी विराटनगर टुंगो लगाएको भए पनि नामाकरण हुन सकेको थिएन । पहिलो कार्यकालमा प्रदेशको नाम टुङ्ग्याउन नसकेको प्रदेश १ को संसद्ले दोस्रो कार्यकालको पहिलो अधिवेशनबाटै नामाकरणको विषयको टुंगो लगाउने प्रयास गरेको…

Read More

काठमाण्डौं । ग्रीसमा दुईवटा रेल ठोक्किँदा कम्तिमा २६ जनाको ज्यान गएको छ । ८५ जना यात्रु घाइते भएका छन् । मध्य ग्रीसको टेम्पे सहर नजिक यात्रुबाहक र मालबाहक दुईवटा रेल एकआपसमा ठोक्किएका हुन् । यात्रुबाहक रेल एथेन्सबाट उत्तरी सहर थेस्सालोनिकी जाँदै गरेको तथा मालबाहक रेल थेस्सालोनिकीबाट लारिसाका लागि छुटेको थियो । दुर्घटनामा रेलका डिब्बाहरु उछुट्टिएका थिए र तीनवटा डब्बामा आगो लागेको थियो । आगो निभाउन १७ वटा दमकलसहित अग्नि नियन्त्रक र स्वास्थ्यकर्मीहरुको टोली खटिएका थिए । दुई वटा रेल आपसमा ठोक्किनुको कारण खुल्न नसकेको थेसाली क्षेत्रका गभर्नर कोन्स्टान्टिनोस अगोरास्टोसलाई उद्धृत गरी समाचार संस्था द गार्जियनले जनाएको छ ।

Read More

बिराटनगर । प्रदेश १ को नामाकरण सबन्धमा बस्न लागेको बैठकमा १२ बजेबजे भित्र सांसदहरुले नामाकरण प्रस्ताव गरिसक्नु पर्ने भएको छ । प्रदेश १ को संसद सचिवालयले एक सुचना जारी गर्दै नामाकरण पेश गर्नका लागि समयसिमा तोकेकाे हाे । पहिलो कार्यकालमा नामाकरण हुन नसकेको प्रदेश १ को नामाकरण आज गर्ने उदेश्यसहित प्रदेश १ ले सुचना जारी गरेको हो । प्रदेशसभा सचिवाल गोपाल प्रसाद पराजुलीका अनुसार १२ बजेसम्म प्रदेशको नाम प्रस्ताव पेश गर्नका लागि सुचना जारी गरिएको छ । ‘नेपालको संविधानको धारा २९५ को उपधारा (२) बमोजिम प्रदेश नम्बर १ को नामाकरणका लागि प्रदेश सभा नियमावली–२०७४ (पहिलो संसोधनसहित)को नियम ५८ (ख) बमोजिम सोही…

Read More

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि बुधबारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । उक्त निर्वाचनका लागि निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी आयोगले आचारसंहिता जारी गरेको हो । आयोगले बुधबार देखि चैत ५ गतेसम्म जारी रहने गरी आचारसंहिता जारी गरेको हो । आचारसंहिता नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संघ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी एवं सरकारी, अर्धसरकारी तथा सार्वजनिक संस्था तथा त्यसका कर्मचारी, राजनीतिक दल तथा राजनीतिक दलका भातृ संगठनलाई लागू हुने छ । त्यस्तै, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि, राजनीतिक…

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाले कर्जाको ब्याज १५ प्रतिशत बढी लिएमा कारबाही गर्ने जनाएको छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै लघुवित्त संस्थालाई कर्जाको ब्याजदर १५ प्रतिशत बढी लिए कारबाही गर्ने जनाएको हो। पछिल्लो समय लघुवित्त वित्तीय संस्थाले ऋणीबाट आफूखुसी ब्याज लिएको र पीडितहरुले आत्महत्यासमेत गरेको गुनासो आएपछि राष्ट्र बैंकले मंगलवार सूचना जारी गरेको हो। ‘लघुवित्तले वित्तीय संस्थाले प्रदान गर्ने कर्जाको ब्याजदर १५ प्रतिशत बढी लिन नहुने व्यवस्था छ। संस्थाले १५ प्रतिशत बढी ब्याज लिएको भए नेपाल राष्ट्र बैंकका रहेको वित्तीय ग्राहक संरक्षण इकाइमा गुनासो दर्ता गर्न सक्नुहुन्छ,’ जारी सूचनामा भनिएको छ । राष्ट्र बैंकले सहकारी…

Read More

काठमाण्डौ । प्रथम मुस्ताङ भद्रपुर झापा गोल्ड कपको उपाधि त्रिभुवन आर्मी फुटबल क्लबले जितेको छ । मङ्गलवार भएको फाइनल खेलमा मच्छिन्द्र फुटबल क्लबलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हराउँदै आर्मीले उपाधि जितेको हो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि थप १४ मिनेट अतिरिक्त समय खेल खेलाइएको थियो । अतिरिक्त समयमा पनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । जितसँगै आर्मीले १३ लाख र उपविजेता बनेको मच्छिन्द्रले ७ लाख रुपैयाँ प्राप्त गरेको छ । प्रतियोगितामा उत्कृष्ट गोलरक्षकमा आर्मीका समित श्रेष्ठ, उच्च गोलकर्तामा मच्छिन्द्रका सुजल श्रेष्ठ र चर्च ब्वाइजका आशिस चौधरी, उदीयमान खेलाडीमा मच्छिन्द्रका सौरव राई, उत्कृष्ट प्रशिक्षकमा आर्मीका राजु…

Read More

काठमाडौंं। त्रिभुवन विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचनका लागि देशभरका क्याम्पसमा निर्वाचन समिति गठन भएको छ । आगामी चैत ५ गते हुने निर्वाचनका लागि उपत्यकासहित देशभरका त्रिविका आङ्गिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु निर्वाचन समिति गठन गरिएको हो । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले सबै क्याम्पसले स्ववियु निर्वाचन गर्नका लागि निर्वाचन समिति गठन गरेको जानकारी दिए । प्रत्येक क्याम्पसमा क्याम्पस प्रमुख संरक्षक हुने गरी निर्वाचन समिति गठन गरिएको उनले बताए । उक्त समितिले नै क्याम्पसमा स्ववियु निर्वाचन गराउने छ । त्रिविका सबै आङ्गिक क्याम्पसमा विद्यार्थी कल्याण प्रमुख रहने व्यवस्था रहेको छ । यसअघि त्रिविका शिक्षाध्यक्ष प्रा…

Read More

काठमाण्डौं । तोशाखाना मुद्दामा पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानविरुद्ध गैर जमानती वारेन्ट जारी गरिएको छ । इस्लामाबादको जिल्ला तथा सत्र अदालतका न्यायाधीश जफर इकबालले उनीविरुद्ध गैर जमानती वारेन्ट जारी गर्ने आदेश दिएका छन् । वास्तवमा, इमरान तोशाखाना मुद्दामासुनुवाइको क्रममा उपस्थित हुन असफल भएका थिए। त्यसपछि उनीविरुद्ध गैर जमानती वारेन्ट जारी भएको थियो । खानले प्रधानमन्त्री हुँदा आफूले पाएका उपहारबारे गलत जानकारी दिएको आरोप छ । तोशाखाना पाकिस्तानको मन्त्रिपरिषद्को एक भाग हो जहाँ सरकार, राष्ट्र प्रमुख र अन्य देशका विदेशी पाहुनाहरूले दिएका बहुमूल्य उपहारहरू राखिन्छन्। नियम अनुसार अन्य देशका राष्ट्रप्रमुख वा प्रतिष्ठित व्यक्तिबाट प्राप्त उपहार तोशाखानामा राख्नुपर्ने हुन्छ । इमरान खान सन्…

Read More