Author: सूचनापाना

काठमाण्डौ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आउँदो फागुन २१ गते विश्वासको मत लिने तयारी गरेका छन् । एमाले र राप्रपाबाहेकका चार दल र स्वतन्त्र सांसदको धनगढीमा आज मङ्गलवार भएको छलफलपछि २१ गते विश्वासको मत लिने तयारी भएको मुख्यमन्त्री शाहको सचिवालयले जनाएको छ । कांग्रेस नेतृत्वमा रहेको सुदूरपश्चिम सरकारलाई माओवादी, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदले विश्वासको मत दिने वचन दिएका छन् । यसअघि एमालेका राजेन्द्रसिंह रावललाई विश्वासको मत नदिएको नागरिक उन्मुक्तिले कांग्रेसलाई भने समर्थन गर्ने बताएको छ । विश्वासको मत लिएपछि सरकार विस्तार गर्ने शाहले बताएका छन् ।

Read More

काठमाण्डौ। बाग्मती प्रदेशले हात्तिको आक्रमणबाट मृत्यु भएका तीन परिवारलाई १–१ लाख राहात दिन भएको छ । आन्तरिम तथा कानुन मन्त्री गंगा श्रेष्ठका अनुसार आज बिहान बसेको बागमती प्रदेश सरकार मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । उनका अनुसार जंगली हात्तीको आक्रमणमा परि ज्यान गुमाएका मकवानपुर मनहरी– ४ का ६४ वर्षीय राधा अधिकारी, मकवानपुर बकैया–५ का सन्तलाल माझी र सिन्धुली कनपा–१३ रानीबासका ४१ वर्षीय डण्डपाणि पौडेलको परिवारलाई १–१ लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

Read More

काठमाण्डौ । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा पपुवा न्युगिनी ९पीएनजी० ले यूएईलाई हराएको छ । पीएनजीले घरेलु टोली यूएईलाई १ सय ३१ रनले हरायो । पीएनजीले दिएको २ सय ६३ रनको लक्ष्य पछ्याएको यूएई ३४ ओभर २ बलमा १ सय ३१ रन बनाउँदा अलआउट भयो । यूएईका लागि मुहम्मद वसीले सर्वाधिक २४ रन बनाए । बलिङतर्फ पीएनजीका चाद सोपरले ५ विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको पीएनजी ४९ ओभर १ बलमा २ सय ६२ रन बनाउँदा अलआउट भयो । पीएनजीका लागि सेसे बाउले ७४ र टोनी उराले ५१ रन बनाए । बलिङतर्फ यूएईका कार्तिक…

Read More

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसँग सभामुख देवराज घिमिरेले भेटवार्ता गरेका छन् ।  राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार भएको भेटमा सभामुख घिमिरेले अन्तर व्यवस्थापिका संघ (आईपीयु) बैठकबारे जानकारी गराएका छन् । आईपीयुको १४६ औं बैठकका लागि ९ सदस्यीय टोलीको नेतृत्व गर्दै सभामुख घिमिरे २६ फागुनमा बहराइन प्रस्थान गर्ने कार्यक्रम छ । आईपीयु बैठक २७ फागुनदेखि १ चैतसम्म बहराइनको मनामा हुँदै छ ।

Read More

फागुन १६, लमजुङ – लमजुङमा आगलागीमा परेर एक वृद्धको ज्यान गएको छ । गएराति दोर्दी गाउँपालिका–८ बन्सार खिन्चोकबेसीका ९१ वर्षीय हाङ्गी कामीको जलेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक जगदीश रेग्मीले जानकारी दिनुभयो । कामी छाप्रोमा बस्दै आउनुभएको थियो । चुलोमा बालेको आगो निभाउन बिर्सिँदा आगलागी भएको र अशक्तता कारण बाहिर निस्किन नसक्दा उहाँको ज्यान गएको प्रहरीले जनाएको छ । दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले आगलागीका घटना हुन नदिन सचेत बन्न आग्रह गर्नुभयो ।

Read More

काठमाडौँ । नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाएका छन् । एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरे लगत्तै एमालेका मन्त्रीहरू प्रधानमन्त्रीलाई राजीनामा बुझाउन बालुवाटार पुगेका हुन् । नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री सहित ८ मन्त्री सहभागी थिए । पौडेल पुस ११ मा नियुक्त भएका थिए भने अन्य मन्त्रीहरूले माघ पहिलो साता शपथ लिएका थिए ।

Read More

काठमाडौँ । प्रधानमन्त्री प्रचण्डको काँधमा १६ मन्त्रालय परेका छन् । नेकपा एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि प्रधानमन्त्री प्रचण्डको काँधमा १६ मन्त्रालयको जिम्मेवारी परेको हो । एमाले र राप्रपाले सरकारबाट बाहिरिनुका साथै समर्थन समेत फिर्ता लिइसकेका छन् भने रास्वपाले समर्थन फिर्ता लिएको छैन । राप्रपा र रास्वपा सरकारबाट बाहिरिएपछि प्रचण्डको काँधमा आठ मन्त्रालय थिए । जसमा वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, गृह मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, सहरी विकास मन्त्रालय र कानून न्याय तथा संसदीय मामिला मन्त्रालय थिए । एमाले…

Read More

काठमाडौं । काठमाडौँ उपत्यका निर्माण व्यवसायी संघको अध्यक्षमा कृष्णप्रसाद गाैतम निर्वाचित भएका छन् । संघको नवौँ महाधिवेशनले अध्यक्षमा गाैतमलाई चयन गरेको हो ।  यसैगरी वरिष्ठ उपाध्यक्ष कविन्द्र महर्जन, प्रथम उपाध्यक्ष वासु खड्का, द्वितीय उपाध्यक्ष तिलक लामा, महासचिव पञ्चबहादुर तामाङ (विजय), उपमहासचिव (नीतिगत) कृष्ण केसी, उपमहासचिव (आन्तरिक) मा राजन गौतम, कोषाध्यक्षमा मनोज श्रेष्ठ र सह–कोषाध्यक्षमा सन्जिव शाक्य चयन भएका छन् ।

Read More

काठमाडौँ । नेकपा एमालेका मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् । एमाले सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिने निर्णय गरेलगत्तै एमालेका मन्त्रीहरु प्रधानमन्त्रीलाई राजीनामा बुझाउन बालुवाटार जान लागेका हुन् । ‘हामी पार्टीबाट मन्त्री भएकाहरु सबै जना दलको कार्यालयमा जम्मा भएर केहीबेरमा बालुवाटार जाँदै छौ’कृषिमन्त्री ज्वाला साहले भनिन्, ‘हरि उप्रेती बिरामी हुनुहुन्छ, बाँकी सातै जना बालुवाटार पुगेर राजीनामा दिन्छौ ।’ नेकपा एमालेबाट उपाध्यक्ष विष्णु पौडेल उपप्रधान तथा अर्थमन्त्री सहित ८ मन्त्री सहभागी थिए ।

Read More

काठमाडौं । एमाले सरकारबाट बाहिरिने भएको छ । सोमबार बसेको एमाले सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको केन्द्रीय प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिए। उनका अनुसार प्रधानमन्त्रीले सहमति पालना  नगरेकाले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

Read More