Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
लमजुङ । लमजुङको राइनास नगरपालिका(८ तार्कुघाटबाट मर्स्याङ्दी नदीले बगाउँदा एक जना कामदार बेपत्ता भएका छन् । नुहाउने क्रममा ती युवकलाई बगाएको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश श्रीमलले बताए । तनहुँको नेपालडाँडातर्फ खानेपानी लिफ्टिङ योजनामा कार्यरत बैतडीको पाटन नगरपालिका ८, सिद्धेश्वर खोडपेका २१ वर्षीय करणसिंह थलाललाई मर्स्याङ्दीले बगाएको प्रहरीले जनाएको छ । काम गरेर मंगलबार साँझपख घर फर्किने क्रममा मर्स्याङ्दीमा नुहाउने क्रममा बगाएको जानकारी आएको डीएसपी श्रीमलले बताए । उनका अनुसार बेपत्ता युवकको खोजीकार्य भइरहेको छ । बुधबार साँझसम्म थलाललाई भेटिएको छैन ।
काठमाण्डौं। पर्साको पोखरियाबाट जन्ती बोकेर हिँडेको बस भारतको लौरियामा अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन् । भारत विहारको बेतिया जिल्ला साठी थाना परसोना गाउँबाट बिहे गरी फर्किँदै गरेको ना५ख ११९८ नम्बरको बस आज बिहान अनियन्त्रित भई पल्टिँदा बसमा सवार पोखरिया नगरपालिका–२ झाख्रा टोल निवासी १८ वर्षीय ओमप्रकाश साहको मृत्यु भएको प्रहरीले जनाएको छ । सोही दुर्घटनामा परी करिब ४० जना यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । मृतको शव घर ल्याइएको र केही घाइतेको बेतिया अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको…
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले यही फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनमा आठ दलका साझा उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने भएको छ । पार्टीको आज बसेको सचिवालय बैठकले राष्ट्रपति पदका उम्मेदवार पौडेलको पक्षमा मतदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । पछिल्लोपटक विकसित राजनीतिक परिस्थिति एवं अन्तर्राष्ट्रिय घटनाक्रमका सन्दर्भमा छलफल गरिएको बैठकमा वामपन्थी आन्दोलनलाई एकजुट बनाउन पहलकदमी गर्ने, मुलुकमा शान्ति, स्थिरता र विकासका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने निर्णय गरिएको छ । वडा, क्षेत्र, प्रदेशका साथै सबै जनवर्गीय संगठनको अधिवेशन आगामी जेठभित्र सम्पन्न गरी निर्धारित समयमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको बैठकले संगठनको पुनर्गठन, पार्टीको भूमिका…
डडेल्धुरा । डडेल्धुराबाट भरुवा बन्दुक बरामद भएको छ । जिल्लाको परशुराम नगरपालिका–१० धनुके टोलको जंगलमा भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको प्रहरीको भनाइ छ । मंगलबार साँझ भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ । अस्थायी प्रहरी पोष्ट कुरमुलेबाट गस्तीमा खटिएको प्रहरी टोलीले भरुवा बन्दुक बरामद गरेको हो ।
काठमाडौँ । केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिपको उपाधि मछिन्द्र फुटबल क्लबले जितेको छ । राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा सातदोबाटो युथ क्लबलाई पेनाल्टी शुट आउटमा पराजित गर्दै मछिन्द्रले उपाधि उचालेको हो । निर्धारित समयसम्म १–१ को बराबरीमा सकिएसँगै खेल पेनाल्टी शुट आउटमा धकेलिएको थियो । पेनाल्टी शुट आउटमा मछिन्द्रले सातदोबाटोलाई ४–३ गोलअन्तरले पराजित गर्यो । यसअघि केपी एफसीलाई १–० ले पराजित गर्दै मछिन्द्र क्लबले फाइनलको यात्रा तय गरेको थियो । यता त्रिभुवन आर्मीलाई सडन डेथमा ६–५ ले पराजित गर्दै सातदोबाटो फाइनलमा प्रवेश गरेको थियो । नेकपा एमाले निकट युवा संघको आयोजनामा भएको प्रतियोगिताको विजेता मछिन्द्रले उपाधिसहित १० लाख…
काठमाण्डौं।कञ्चनपुर जिल्लाबाट फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्लाको भिमदत्त नगरपालिका(१८ का बिरेन्द्र बहादुर चन्द पक्राउ परेका हुन् । उनलाई उच्च अदालत दिपायलले लागूऔषध चरेशको मुद्दामा २०७९ माघ १६ गते १ बर्ष ३ महिना कैद १२ हजार रुपैयाँ जरिवाना तोकेको थियो । उनी सोही दिनबाटै फरार थिए । चन्दलाई कञ्चनपुर जिल्लाको जिल्ला प्रहरी कार्यलयबाट खटेको प्रहरी टोलिले भिमदत्त नगरपालिका–४ बाट पक्राउ गरेको हो ।
काठमाडौं । क्रिकेटर सन्दिप लामिछाने लिग २ क्रिकेट खेल्न युएई प्रस्थान गरेका छन् । टिममा समावेश गर्न आइसीसीले अनुमति दिएसँगै घाइते स्पिनर मौसम ढकालको ठाउँमा सन्दीपलाई लगिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहका साथमा ३ बजेको उडानबाट उनी प्रस्थान गरेका हुन् । क्यानले अभ्यासका क्रममा मौसमलाई काँधमा चोट लागेको बताएको छ । नेपालले यूएई सिरिजको दोस्रो खेल बिहीबार घरेलु टोली यूएईसँग खेल्नेछ । सो म्याचमा सन्दीप सहभागी हुन सक्ने भएका छन् ।
काठमाडौं । प्रत्यक्ष वैदेशिक लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली-१ जलविद्युत आयोजनाको बाँधलगायत संरचना (हेडवक्र्स) निर्माणका लागि नदी फर्काउन डाइभर्सन सुरुङको निर्माण सकिएको छ । रसुवाको आमाछोदिङमो गाउँपालिका-१ हाकूमा बाँध निर्माणका लागि ४२० मिटर लम्बाइ र ५ मिटर व्यास भएको पूर्ण कंक्रिट लाइनिङ डाइभर्सन सुरुङ निर्माण सकिएको हो । सुरुङ निर्माण सम्पन्न भएपछि मंगलबारबाट सोही सुरुङबाट नदी फर्काई बाँध निर्माण सुरु गरिएको आयोजनाको प्रवद्र्धक नेपाल वाटर एण्ड इनर्जी डेभलप्मेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत थाइ हक युनले बताए । ‘आयोजना निर्माणका लागि एउटा माइलस्टोन पूरा भएको छ, मुख्य तथा प्रवेश सुरुङ, टेलरेसहित सुरुङको जम्मा लम्बाइ १३.५ किलोमिटर रहेकोमा अहिलेसम्म ४.५…
काठमाडौं । सर्बोच्च अदालतले बिदेश जान लागेको यसअघिकाे रोक खुल्ला गरिदिए पछि क्रिकेटर सन्दिप लामिछानेले युएईको तयारी गरेका छन । युएईमा जारी जारी त्रिकोणात्मक क्रिकेट लिग खेल्नका लागि लामिछाने युएई जाने तयारीमा लागेका हुन । नेपाल क्रिकेट संघले लामिछानेको नाम खेलाडीको सुचीमा राखिसकेको छ । सो टिमका एक खेलाडी बिरामी भए पछि उनको नाम हटाएर लामिछानेको नाम राखिएको क्यानले जनाएकाे छ । तर, कसको नाम हटाएको हो ? त्यो भने खुलाएको छैन । त्रिकोणात्मक सिरिज लिगमा युएई र पपुना न्युगिनीलाई हराएर अपराजित हुुदै आएको नेपाल लामिछानेको आगमनसँग बलियो हुने अपेक्षा गरिएको छ । जारी खेलमा जीत हासिल गरेमा श्रीलंकामा हुने विश्वकप…
काठमाडौं । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ । मंगलबार स्थिर रहेको सुनको मूल्य आज ५०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि मंगलबार सुन तोलाको १ लाख १ हजार ८०० रुपैयाँमा खरिदबिक्री भएको थियो । यसैगरी, बुधबार तेजाबी सुन प्रतितोला १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार भने तेजाबी सुन प्रतितोला १ लाख १ हजार ३०० रुपैयाँ कायम गरिएको थियो । त्यसैगरी, बुधबार चाँदीको मूल्य १५ रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १२ सय ७० रुपैयाँ तोकिएको महासंघले…