Author: सूचनापाना

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले सांसद सहनाज रहमानको निधनमा दुख व्यक्त गरेको छ। शनिबार केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले शोक विज्ञप्ति जारी गर्दै सांसद सहनाज रहमानको निधनप्रति दुख व्यक्त गरेका हुन्। सङ्घीयता, गणतन्त्र, पहिचान र अधिकार प्राप्तिको आन्दोलनमा अनवरत लाग्नु भएकी मधेस आन्दोलनकी अग्रणी रहमानको मृत्युले संघीय लोकतान्त्रिक गणतन्त्रको आन्दोलन र जनता समाजवादी पार्टी, नेपाललाई अपूरणीय क्षति पुग्न गएको सो पार्टीले बताएको छ। शोकमा जसपाले पार्टीको झण्डा आधा झुकाउने र शनिवारदेखि तीन दिनसम्म कार्यालय बन्द रहने जनाएको छ।

Read More

लमजुङ । लमजुङका अलैंची किसानले अलैंची दाना बिक्रीबाट २० करोड आम्दानी गरेका छन् । जिल्लामा यस बर्ष  तीन सय ८० मेट्रिक टन अलैँची बिक्री भएको थियो । २०४१ सालदेखि अलैँची खेती विस्तार भएपछि यसवर्ष हालसम्मकै बढी अलैँची बिक्रीबाट सो रकम आम्दानी भएको हो । यस वर्ष किसानले प्रतिकिलो अलैँची कम्तीमा पाँच सय ५० देखि सात सयसम्ममा र गत वर्ष नौ सय ५० देखि एक हजार पाँच सय बढी मूल्यमा बिक्री गरेका थिए । यसअघि उनीहरुले सबैभन्दा बढी ०७७ मा तीन हजार पाँच सय क्विन्टल अलैँची दाना बिक्रीबाट १८ करोड २० लाख आम्दानी गरेका थिए । अलैंची ब्यवसायी महासघ गण्डकी प्रदेशका अध्यक्ष…

Read More

बुटवल । रुपन्देहीको कोटहीमाई गाउँपालिकास्थित मर्चवार आदर्श माध्यमिक विद्यालयका शिक्षक कर्मचारीको टोली विद्यालय बन्द गरेर भारत भ्रमणमा निस्केको छ। वार्षिक परीक्षा २०७९ मुखैमा पुगेको बेला शिक्षकहरू विद्यालयमा पढाउनुभन्दा आन्तरिक समझदारीमा भारतको उत्तराखण्ड भ्रमण तिर लागेका हुन्। कक्षा १ देखि १२ सम्मका पठनपाठन पूर्ण रूपले ठप्प पारेर शुक्रबार १२ गतेदेखि १७ गतेसम्मका लागि भ्रमणमा निस्केको कोटहीमाई गाउँपालिकास्थित सो विद्यालयको भ्रमण टोली शनिबार भारतको हरिद्वार पुगेको सामाजिक सञ्जाल फेसबुकमार्फत देखिएको छ। आगामी चैत ५ गतेदेखि कक्षा १ देखि कक्षा ७ र कक्षा ९ को परीक्षा सञ्चालन हुने सूचना छ। कक्षा ८ को परीक्षा चैत ६ गतेदेखि सञ्चालन हुने निश्चित छ। राष्ट्रिय परीक्षा…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदमा प्रतिनिधित्व गर्ने आठ दलबिच भएको सहमति राष्ट्रिय सहमतिकै प्रारूप भएको बताएका छन ।  शनिबार दिउँसो बालुवाटारमा महेन्द्रनारायण निधिको १०१ औँ जन्मजयन्तीको अवसरमा आयोजित ‘समसामयिक नेपाली राजनीति र निधिजीको विचार’ विषयक विचार गोष्ठीमा बोल्दै प्रधानमन्त्री दाहालले उक्त कुरा बताएका हुन । विचार गोष्ठीलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘हिजो संसदका आठ दलबिच जुन सहमति भएको छ, त्यो ऐतिहासिक छ। त्यो राष्ट्रिय सहमतिकै प्रारूप हो। संसदको सबैभन्दा ठूलो दलबाट राष्ट्रपति निर्वाचित हुन्छ। दोस्रो ठूलो दलको सभामुख र राष्ट्रिय सभाको अध्यक्ष छ। तेस्रो दलको प्रधानमन्त्री छ। संसदका अरू दलहरूबिच पनि समझदारीका साथ अगाडि बढेका छौँ।…

Read More

काठमाडाैं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सरकारमा सामेल भएका मन्त्रीहरुले राजीनामा बुझाएका छन् । शनिबार दिउँसो बालुवाटारमा प्रधानमन्त्रीसमक्ष राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सरकारमा सहभागी उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिचाइमन्त्री राजेन्द्र लिङ्देन, सहरी विकासमन्त्री विक्रम पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान र उर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्री दीपकबहादुर सिंहले मन्त्री पदबाट राजीनामा बुझाएका हुन् ।

Read More

काठमाडौं । राष्ट्रपतिका लागि उम्मेदवार तय भए पछि नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र्र पौडेलले संविधानको रक्षा गर्ने चुनौती पाएको बताएका छन । कांग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठकको निर्णय भए लगत्तै राष्ट्रपतिका उम्मेदवार पौडेलले सो प्रतिक्रिया दिएका हुन । ‘अहिलेको परिस्थितिमा नेपालको संविधानले नेपाली जनतामा अभूतपुर्व अधिकार दिएको छ । त्यसको रक्षा गर्ने चुनौति मलाई आउन लागेको छ,’ उनले बैठक पछि भने, ‘सबै पार्टीका सबै साथीहरुको अपार स्नेह र माया पाएको छु,’ उनले संक्षिप्त प्रतिक्रिया दिदै भने । उनी आफनो उम्मेदवार दर्ता गराउनका लागि सानेपावाट निस्केका छन ।

Read More

काठमाडौँ । मुलुककोे सर्वाेच्च पद राष्ट्रपतिको यही फागुन २५ गते हुने निर्वाचनका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवन परिसरमा स्थापना भएको निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम रहेको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् । राष्ट्रपतिको उम्मेदवार बन्न पाँच-पाँच जना प्रस्तावक र समर्थक हुनुपर्ने कानुनी व्यवस्था छ । मुलुकको राष्ट्राध्यक्षका रुपमा रहने राष्ट्रपति पदको निर्वाचनका लागि यही फागुन २५ गते बिहान १० देखि ३ बजेसम्म मतदानको समय तोकिएको छ । संविधानमा नेपालमा एक राष्ट्रपति रहने र राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने उल्लेख छ ।…

Read More

तेह्रथुम । तेह्रथुमको आठराई–६ चुहानडाँडामा शुक्रबार भएको आगलागीबाट हात्ती खर्कमा रहेका १४ घर जलेर पूर्णरूपमा क्षति भएको छ । आगलागीबाट स्थानीय ५० वर्षीया याङ्डोल्मा तामाङ घाइते भएकी छन् । घाइतेको थप उपचारका लागि पाँचथर सदरमुकाम फिदिम लगिएको छ । तामाङ समुदायको बसोबास रहेको हात्ती खर्कमा १४ घरमध्ये नौ घरमा मानिस बस्दै आएको र पाँच घर खाली रहेको वडाध्यक्ष कृष्ण बास्कोटाले जानकारी दिए । आगलागीबाट नौ परिवारको ४१ जना विस्थापित भएका छन् । घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ । आगलागीबाट सोमबहादुर तामाङ, वीरधन घिसिङ, आशबहादुर घिसिङ, भीमबहादुर वाइबा, सूर्यबहादुर योञ्जन र सुरेन्द्र वाइबाको घर जलेर नष्ट भएको…

Read More

काठमाडौं । नेकपा एमालेका काठमाडौंका जिल्ला सदस्य पुण्यप्रसाद चौलागाई मृत फेला परेका छन् । शुक्रवार काठमाडौँको साँखुमा रहेको सलम्बुटारको जङ्गलमा झुन्डिएको अवस्थामा फेला परेको साँखु प्रहरीले जनाएको छ । उनी २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा एमालेका तर्फबाट गोकर्णेश्वर नगर प्रमुखको उम्मेदवार बनेका थिए । सिन्धुपाल्चोकको भोटेचौर घर भएका उनी पछिल्लो समय काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा बस्दै आएका थिए । घटनास्थलमा भर्खरै प्रहरी पुगेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र नेकपा (एकीकृत समाजवादी) बैठकले माधव नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने सहमति भएको छ । सिंहदरवारमा बसेको तीन दलको बैठकले नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको बैठकमा सहभागी एक नेताले बताएका छन्। यद्यपि माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपतिको उम्मेदवारबारे अन्तिम निर्णय गर्न शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग संवाद गर्ने भएका छन्। तीन दलीय बैठक पनि बुधबार फेरि बस्ने भएको छ। सकेसम्म अन्य दलहरूसँग पनि बैठक बस्ने तीन दलका नेताहरुले बताएका छन्। काँग्रेस भने राष्ट्रपतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलामध्ये एक नाममा…

Read More