Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने यात्रा प्रतिबन्ध लगाउने उच्च अदालत पाटनको आदेशविरुद्ध सर्वोच्च अदालत पुगेका छन् । यसअघि, बलात्कार मुद्दामाथि सुनुवाइ गर्दै उच्च अदालतले सन्दीपमाथि यात्रा प्रतिबन्ध लगाएको थियो । यस्तै, २० लाख रुपैयाँ धरौटी सुनाएको थियो । यही आदेश पुनरावलोकन गर्न भन्दै लामिछाने आज सर्वोच्च पुगेका हुन् । उनको निवेदनमाथि शुक्रबार सुनुवाइ हुने छ । नेपालमा भर्खरै सम्पन्न भएको त्रिदेशीय क्रिकेट सिरिजमा नेपाली टोलीबाट खेलेका उनी संयुक्त अरब इमिरेट्स (युएई) भ्रमणमा जान पाउने छैनन् । यही प्रतिबन्ध फुकुवा गर्न माग गर्दै लामिछाने अदालत पुगेका हुन् । गत पुस २७ गते उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।…
काठमाडौँ । इम्बोस्ड नम्बर प्लेटलाई नेपाली भाषामा बदल्न फेरि छलफल सुरु भएको छ । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले सकेसम्म इम्बोस्ड प्लेटमा नेपाली भाषा कायम गर्ने प्रयास गर्न निर्देशन दिएका छन् । यसअघिका यातायात मन्त्रीहरूले पनि यस्तो प्रयास गरेका थिए । यातायात मन्त्री श्रेष्ठले भाषा बदल्न तयारी गरे पनि इम्बोस्ड जडानमा भइरहेको काम र कार्यान्वयनलाई भने नरोक्न भनेका छन् । मन्त्रालय स्रोतका अनुसार उपप्रधानमन्त्री श्रेष्ठले अहिलेको ठेक्का सम्झौतामा रकम नबढ्ने गरी इम्बोस्ड प्लेटमा सकेसम्म नेपाली भाषा कायम गर्नु पर्ने पक्षमा देखिएपछि यसबारे ठेकदार कम्पनीसँग पनि छलफल भएको छ । ठेकेदार कम्पनी टाइगर डेकाटुर आईटीले इम्बोस्ड नम्बर…
काठमाडौं । खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएपछि उपचाररत कांग्रेस सांसद चन्द्र भण्डारीलाई मुखबाट खाना खुवाउन थालिएको छ । गत बुधबार ग्यास सिलिन्डर विस्फोट भएपछि उनको कीर्तिपुरस्थित क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गरिएको थियो । बिहीबार थप उपचारका लागि भारतको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा लगिएको थियो । अहिले उनको मुम्बईस्थित नेशनल बर्नस् सेन्टरमा उपचार भइरहेको छ । बुधबार बिहान १०ः५० बजेको अपडेटअनुुसार उनलाई मुखबाटै खाना खुवाउन थालिएको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले जानकारी दिएका छन् । सिवाकोटीका अनुसार सांसद भण्डारीले दोहोरो संवाद गरिरहेका र उपचारबारे आफैंले जानकारी लिइरहेका छन् । उनलाई भेन्टिलेटर हटाएर नर्मल मास्कबाट न्यून रुपमा अक्सिजन दिइएको नेता सिवाकोटीले…
काठमाडौँ । राष्ट्रपति निर्वाचनको लागि निर्वाचन आयोगले ८८१ जनाको नामावली सार्वजनिक गरेको छ । राष्ट्रपति तथा उपराष्ट्रपति निर्वाचन अधिकृतको कार्यालयले ८८१ जनाको मतदाताको नामावली सार्वजनिक गरेको हो । संघीय संसद्का ३३१ र प्रदेश सभाका ५५० जना मतदाताको नाम रहेको छ । राष्ट्रपतिको निर्वाचनमा संघीय सांसद र प्रदेश सभा सदस्यहरूले भाग लिन पाउँछन् । मतदाता नामावलीको दाबी विरोधको उजुरी बुधवार बिहान ११ बजेदेखि बिहीबार १२ बजेसम्म तोकिएको छ । उक्त समयमा आएका निवेदन तथा उजुरी उपर फागुन १२ गते ३ बजेसम्म छानबिन गरी ४ बजे अन्तिम नामावली प्रकाशन गरिने छ । राष्ट्रपति पदको लागि फागुन १३ गते शनिवार मनोनयन दर्ता गर्ने…
चितवन । चितवन राष्ट्रिय निकुञ्ज र वन क्षेत्रमा गरी चालु आर्थिक वर्ष २०७९/८० को फागुन ९ गतेसम्ममा १४ गैँडा मरेका छन्। निकुञ्ज क्षेत्रमा १२ तथा वन क्षेत्रमा दुई गैँडा मरेका हुन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आवमा चोरी सिकारीले तीन गैँडा मरेका छन्। जसमध्ये दुई निकुञ्ज क्षेत्रमा र एउटा वन क्षेत्रमा चोरी सिकारीले गैँडा मारेका उनले बताए । निकुञ्ज क्षेत्रमा चोरी सिकारीले मारेका दुई गैँडामध्ये एउटाको खाग लगेका थिए भने एउटा बच्चा थियो। अन्य कालगतिले मरेका हुन्। सन् २०२१ मा गरिएको गणनाअनुसार नेपालभर सात सय ५२ गैँडा रहेका छन्। चितवन राष्ट्रिय निकुञ्जमा मात्र छ सय ९४ गैँडा छन्।…
काठमाडौं । प्रि ओपन सेसनमा बुधबार सेयर बजारमा ओरालो लागेको छ । नेप्से परिसुचकमा २.८४ अंकले उकालोे लागेर २०४९ विन्दुमा आएको छ । यससँगै १५ कम्पनीको दुई हजार ७१३ कित्ता सेयर खरिदबिक्री हुँदा १० लाख १३ हजार ८१३ रुपैयाको कारोबार भएको छ । यो सेसनमा कुल १० कम्पनीमा उकलो लागेको छ भने ३ कम्पनी घटेको छ । २ कम्पनी स्थिर रहेको छ । यता, १३ उपसुचकहरु मध्ये ३ कम्पनीमा सामान्य वृद्धि भएको छ भने माइक्रो फाइनान्स कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनैपनि कम्पनीमा परिवर्तन आएको छैन ।
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटका लागि बालुवाटार पुगेका छन् । राष्ट्रपति निर्वाचनका लागि उमेदवारी दर्ता गर्न तीन दिन मात्र समय बाँकी रहँदा राजनीतिक सरगर्मी बढेको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री दाहालले राष्ट्रपतिमा राष्ट्रिय सहमति भनेपछि दलहरुबीच राष्ट्रपति बनाउन दौडधुप बढिरहेको हो । दाहाल–ओलीबीच अहिले दाहालको सरकारी निवास बालुवटारमा संवाद भइरहेको छ । उनीहरुबीच राष्ट्रपतिमा कसलाई उमेदवार बनाउने भन्ने विषयमा छलफल भइरहेको छ । नेकपा एमाले पुस १० को सहमति अनुसार एमालेले राष्ट्रपति पाउनुपर्ने अडानमा छ । माओवादी भने राष्ट्रिय सहमतिमा राष्ट्रपति बन्नुपर्ने पक्षमा छ ।
काठमाडौं । मेन्छियाम हाइड्रोपावरले बुधबारदेखि आईपीओ बिक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि उक्त आईपीओ निष्काशन गरेको हो । कम्पनीले स्थानीयलाई जारी पुँजी ५४ करोड २५ लाख ८३ हजार ३ सय रुपैयाँको १० प्रतिशत अर्थात् ५ करोड ४२ लाख ५८ हजार ३ सय रुपैयाँ बराबरको सेयर बिक्री खुला गरेको छ । मेन्छियाम हाइड्रोपावरले १०० रुपैयाँअंकित मूल्यमा ५ लाख ४२ हजार ५८३ कित्ता सेयर निष्कासन गर्नेछ । जसमध्ये आयोजना अति प्रभावित क्षेत्र संखुवासभा जिल्लाका साविकको सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका स्थानीय बासिन्दालाई २ लाख ७१ हजार २९२ कित्ता र योबाहेक संखुवासभा जिल्लाका स्थानीय बासिन्दाका लागि…
काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २५ गते राष्ट्रपति र चैत ३ मा हुने उपराष्ट्रपतिको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । राष्ट्रपतिको निर्वाचनपछि उपराष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुने आयोगका प्रवक्ता एवम् सहसचिव शालिग्राम पौडेलले जानकारी दिए । उनका अनुसार राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन आयोगले सातै प्रदेशमा मतदानको प्रयास गरेपनि मतदान काठमाडौंमै हुने भएको छ । राष्ट्रपतिको निर्वाचनका लागि मतदाता नामावली वुधबार प्रकाशन गर्ने तयारी भइरहेको आयोगले जनाएको छ । त्यसपछि दाबी, विरोध, उजुरी लगायतका काम १० र ११ गते, निवेदन तथा उजुरी उपर छानबिन गर्ने ११ र १२ गते गर्ने कार्यतालिका छ । त्यस्तै, आयोगले १२ गते अन्तिम मतदाता नामावली प्रकाशित…
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालमा नायब महानिरीक्षक (डीआईजी) मा बढुवा भएका ४ जनामध्ये ३ जनाले दर्ज्यानी चिह्न लगाएका छन्। गृह मन्त्रालयको फागुन ४ गतेको निर्णयले बढुवा भएका ४ मध्ये ३ डीआईजीले सोमबार दर्ज्यानी चिह्न लगाएका हुन्। सशस्त्र प्रहरी प्रधान कार्यालय, हल्चोकमा आयोजित एक समारोहका बीच सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। दर्ज्यानी चिह्न प्राप्त गर्ने डीआईजीहरूमा अञ्जनीकुमार पोख्रेल, दीपेन्द्र शाह र पुरुषोत्तम थापा रहेका छन्। बढुवा भएका अर्का डीआईजी सुरेशकुमार श्रेष्ठले भने देशबाहिर रहेकाले दर्ज्यानी चिह्न लगाउन पाएनन्। उनी संयुक्त राष्ट्रसंघको प्रोटेक्सन अफ सिभिलियन साइट (पीओसी)कोअर्डिनेटरको रूपमा दक्षिण सुडानमा छन्। उनले बिदामा आएर दर्ज्यानी…