Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
झापा । नेकपा एमाले प्रदेश १ कमिटीले पार्टीका केन्द्रीय सदस्य दुर्गा प्रसाईंलाई पार्टीबाट निष्काशन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको छ। एमाले प्रदेश कमिटी बैठकले मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले पार्टीको नीति, सिद्धान्तविपरीत गतिविधि गरेको भन्दै उनलाई पार्टीबाट निकालेर कारबाही गर्न केन्द्रीय कमिटीलाई सिफारिस गरेको हाे । एमाले केन्द्रीय सदस्य प्रसाईंले यही फागुन १ गते पूर्वराजा ज्ञानेन्द्र शाह तथा उनका छोरा पारसलाई सहभागी गराई मेचीनगर–६ मा ‘नागरिक बचाउ महाअभियान’को उद्घाटन गराएका थिए । कार्यक्रममा पूर्वराजासँगै पूर्वरानी कोमल शाह, पूर्वराजकुमार पारस, पूर्वराजकुमारी शिताष्म शाह सहभागी भएका थिए। पार्टीलाई कुनै खबर नै नगरी राजाबादी तथा हिन्दु अतिबादीहरुसँग मिलेर कार्यक्रम गरेको भन्दै उनको आलोचना हुदैँ आएको…
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी खेलमा स्कटल्याण्डले नेपाललाई २७५ रनको चुनाती दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टर हारेर ब्याटिङको निम्तो पाएको स्कटल्याण्डले पूरा ओभरको समाप्तिमा ९ विकेट खर्चिएर २७४ रन जोडेको हो । स्कटल्याण्डका लागि माइकल लिस्कले ८५ बलमा ३ चौका र ९ छक्कासहित १०७ रनमा नट आउट रहे । नेपालका लागि सन्दीप लामिछानेले ३, कुशल मल्लले २, सोमपाल कामी, कुशल भुर्तेल र दीपेन्द्र सिंह ऐरीले समान १÷१ विकेट लिए ।
काठमाडौं । नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला ५०० रुपैयाँ घटेको हो। अघिल्लो कारोबार दिन अर्थात् बिहीबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँ घटेको थियो । शुक्रबार छापावाल सुन प्रतितोला १ लाख २ हजार ५०० रुपैयाँ कायम भएको छ। बिहीबार छापावाल सुन प्रतितोला एक लाख तीन हजार रुपैयाँमा कारोबार भएको थियो। यसैगरी शुक्रबार तेजाबी सुन प्रतितोला १ लाख २ हजार रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार तेजाबी सुन प्रतितोला एक लाख दुई हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला १०…
काठमाडौं । भारतीय सेनाका चारजना पूर्वप्रमुखहरु काठमाडौं आइपुगेका छन् । नेपाली सेनाले आफ्नो दिवसको अवसरमा गर्न लागेको विशेष समारोहमा गरेको निमन्त्रणाअनुसार उनीहरु काठमाडौं आएको हो । हरेक वर्ष महाशिवरात्रीको दिन नेपाली सेनाले आफ्नो स्थापना दिवस मनाउने गरेको छ । यसवर्ष शनिबार महाशिवरात्री परेको छ । जसअनुसार नेपाली सेनाले शनिबार आफ्नो २६०औँ स्थापना दिवस मनाउँदै छ । शनिबार नेपाली सेनाले राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह गर्दै छ । नेपाली सेनाको निमन्त्रणमा भारतीय सेनाका पूर्वप्रमुखहरु दीपक कपुर, जोगिन्दर जसवन्त सिंह, विश्वनाथ शर्मा र दलवीरसिंह सुहाग काठमाडौं आइसकेका छन् भने मनोजमुकुन्द नरवाने भने शनिबार मात्र काठमाडौं आइपुग्ने भएका छन्…
काठमाडौं । ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका नेता डा.चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारको क्रममा आमा हरिकलाको बिहान १० बजेर ५७ मिनेट जाँदा निधन भएको पारिवारिक स्रोतले बतायो । हरिकला ८९ वर्षकी थिइन् । आमासँगै घाइते भएका नेता भण्डारीको भने उपचार भइरहेको छ । कीर्तिपुर क्लिफ्ड एण्ड बर्न सेन्टरमा उपचार गराइरहेका भण्डारीको अवस्था जटिल बन्दै गएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न सेन्टरमा लैजाने तयारी गरिएको छ । गएराति बुद्धनगरस्थित घरमा ग्यास लिक भएर आगलागी हुँदा आमा घाइते भएको र बचाउन जाँदा सांसद भण्डारी…
पर्वत । राम्रो मूल्य पाइने भएपछि पर्वतको एक कफी उत्पादक सहकारी संस्थाले आफैँ प्रशोधन गरी बजारमा धुलो कफी बिक्री गर्न सुरु गरेका छ । जिल्लामा उत्पादित कफीले राम्रो बजार पाउन नसकेपछि सहकारी आफैँले उत्पादन गरेर बिक्री सुरु गरेपछि किसानले समेत राम्रो मूल्य पाउन थालेका हुन् । पर्वतको अर्गानिक कफी सहकारी संस्था लिमिटेडले पर्वत कफी र धौलागिरि कफी ब्रान्डमा धुलो कफी बिक्री गर्न थालेको हो । कफीका दाना बिक्री गर्दा मूल्य पाउन नसकिने र कहिलेकाहीँ विदेशीले समेत कफीको गुणस्तर नभएको भन्दै फिर्ता पठाउँदा झन्झट हुन थालेपछि स्थानीय अर्गानिक कफीको प्रशोधन गरी धुलो बनाई बजारमा बिक्री गर्न थालेको हो । पर्वत जिल्लाको…
काठमाडौँ । टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गतेको भूकम्पमा परी ४१ हजारभन्दा बढीको मृत्यु भएको छ भने दशौँ हजार घाइते भएका छन् । दुवै देशमा हजारौँ घरबारविहीन भएका छन् । खोज तथा उद्धारमा संलग्न सरकारी अधिकारीहरूका अनुसार टर्कीएमा ३५ हजार चार सय १८ जना तथा सिरियामा पाँच हजार आठ सय जनाको मृत्यु भएको छ । टर्कीएमा आठ हजारभन्दा बढीलाई भग्नावशेषबाट उद्धार गरिएको छ । सिरियामा ५३ लाख मानिस घरबारविहीन भएका छन् । टर्कीएमा दुई सय १५ भन्दा बढी परकम्प महसुस भएको छ । टर्कीएमा ४६ लाख तथा सिरियामा २५ लाख बालबालिका भूकम्पबाट प्रभावित भएका छन् ।…
काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार आज अमेरिकी डलरमा सामान्य वृद्धि भएको छ । अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ १९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७९ पैसा कायम गरिएको छ। बुधबार अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ १२ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७२ पैसामा कारोबार भएको थियो । बिहिबार युरोपियन युरो एकको खरिदमा भने १४१ रूपैयाँ ६८ पैसा र बिक्रीमा १४२ रूपैयाँ ३२ पैसा ताेकिएकाे छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ४१ पैसाले ओरालो लागेको हाे । बुधबार युरो एकको खरिदमा भने १४२ रूपैयाँ ९ पैसा र बिक्रीमा १४२ रूपैयाँ ७३ पैसा कायम…
रुपन्देही । ग्यास सिलिन्डर विस्फोट हुँदा घाइते भएका सांसद डा. चन्द्र भण्डारीलाई थप उपचारका लागि भारत लैजाने तयारी भइरहेको छ। काठमाडौं बुद्धनगरस्थित घरमा बुधवार राति भएको विस्फोटमा परेर जलेका आमाछोराको उपचार अहिले कीर्तिपुर बर्न अस्पतालमा भइरहेको छ । ३० प्रतिशत शरीर जलेका चन्द्रको आइसियुमा उपचार भइरहेको छ । आमाको ७० प्रतिशत शरीर जलेकाले अवस्था गम्भीर रहेको छ । तर चन्द्रको फोक्सोमा नै असर गरेकाले तत्काल भारत लैजाने तयारी भएको छ । चन्द्रको टाउको र दाहिने साइडमा बढी असर गरेको छ । परिवारका सदस्यका अनुसार बुधवार राति भान्साकोठामा ग्यास लिक भएको थाहा पाएपछि ८८ वर्षीय आमा हरिकला भण्डारी पुगेको समयमा विस्फोट…
धनगढी । मुद्दामा आएन निलम्बित प्रतिनिधि सभा सदस्य अरुण कुमार चौधरीको मुद्दामा उच्च अदालत दिपायलले बुधबार पनि फैसला सुनाएको छैन । उच्च अदालत दिपायलले बुधबार अन्तरिम आदेश जारी नगर्ने गरी फैसला गरेको हो । न्यायधिस देशबहादुर सार्की र न्यायधिस गणेश ठाकुरको इजलासमा भएको बहस पछि सो आदेश जारी भएको हो । माघ २१ गते उच्च अदालतले माघ २३ गते बन्दि प्रत्यक्षि अरुण चौधरीको बयान माग गरेको थियो । अरूण कुमार चौधरीको रिटमा उच्च अदालतले फागुन २३ गते कारण देखाउ आदेश जारी गरेको थियो । न्यायधिश अर्जुनप्रसाद कोईरालाको इजलासले कारण देखाउ आदेश जारी गर्दै छलफलमा झिकाउन अन्तरिम आदेश जारी गरेको हो…