Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौँ । काठमाडौँको बालाजुमा भएको यातायात मजदुरको आन्दोलनको घटनामा दुई जना डिएसपीलाई कारबाही गर्न सिफारिस गरिएको छ। बालाजुको आन्दोलनमा ठूलो क्षति भएपछि काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीले डिआइजी मसाउद आलम खाँको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो। उक्त समितिले दुई जना डिएसपीलाई कारबाही गर्न सिफारिस गरेको एक सदस्यले बताए। प्रहरी वृत्त बालाजुका तत्कालीन डिएसपी रविन विष्ट र थप मद्दतका लागि पुगेका प्रहरी वृत्त सोह्रखुट्टेका डिएसपी गणेशबहादुर बमलाई कारबाही गर्न सिफारिस गरेको हो। फागुन १ गते भएको आन्दोलनमा प्रहरी वृत्त बालाजुका डिएसपी चढ्ने बा २ झ १४४ नम्बरको गाडी र बा १ झ ७२२४ नम्बरको अर्को गाडीमा तोडफोड गरी…
काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने जिम्मा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ । सोमबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने सबै जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको हो । आइतबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरुसँग प्रचण्डले राष्ट्रपतिबारे पार्टीको पदाधिकारी बैठकबाट निर्णय गर्ने बताएका थिए । तर बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने अधिकार प्रचण्डलाई दिएको छ । यस्तै बैठकले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी, संविधानको रक्षा र शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन पनि राष्ट्रिय सहमति खोज्ने निर्णय गरेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बताए । उपाध्यक्ष महराले फागुन १२…
विराटनगर । नेकपा एमालेले आफ्नो तर्फबाट १३ फागुनमा राष्ट्रपति पदको उम्मेदवार सार्वजनिक गर्ने भएको छ । २५ फागुनमा राष्ट्रपति चयनका लागि हुने निर्वाचनको १३ फागुनमा मनोनयन दर्ताको समय तोकिएको छ । सोही दिन नै एमालेले आफ्नोतर्फबाट उम्मेदवार सार्वजनिक गर्ने अध्यक्ष केपी शर्मा ओलीले जानकारी दिए । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमालेले राष्ट्रपतिको उम्मेदवार १३ फागुनमा सार्वजनिक गर्ने बताएका हुन् । एमालेले उठाएको राष्ट्रपति उम्मेदवारलाई भोट माओवादी केन्द्रले मत दिने विश्वास व्यक्त गरेका उनले राष्ट्रपतिको निर्वाचनले सत्ता समीकरण नबदलिने दाबी गरे ।
काठमाडाैं । नेपाल र भारतका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जोइन्ट स्टेयरिङ कमिटी)को बैठक सकिएको छ। भारतको राजस्थानस्थित माउन्ट आबुमा शनिबार साँझ सम्पन्न संयुक्त निर्देशक समितिको १०औँ बैठकले अन्तरदेशीय विद्युत् व्यापार, विद्यमान प्रसारण लाइन तथा निर्माणाधीन र प्रस्तावित प्रसारण लाइनबारे केही महत्वपूर्ण सहमति जनाएको छ। हाल सञ्चालनमा रहेको पहिलो अन्तरदेशीय ढल्केबर–मुजफ्फरपुर चार सय केभी प्रसारण लाइनबाट आयात–निर्यात भइरहेको विद्युत् क्षमतालाई छ सयबाट बढाएर आठ सय पुर्याउने सहमति भएको बैठकमा सहभागी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले जानकारी दिए। त्यस्तै टनकपुर–महेन्द्रनगर एक सय ३२ केभी विद्युत् प्रसारणबाट ७० देखि ८० मेगावाटसम्म विद्युत् आयात–निर्यात गर्ने सहमति दुई पक्षबीच भएको छ।…
काठमाडौँ । प्रधानमन्त्री तथा ७३ औँ प्रजातन्त्र मूल समारोह समितिका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बृहत्तर राष्ट्रिय सहमति आजको ऐतिहासिक आवश्यकता भएको बताएका छन्। आइतबार बिहान टुँडिखेलमा आयोजित प्रजातन्त्र दिवस समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न सरकार क्रियाशील रहेको बताए। यस्तो छ प्रधानमन्त्रीले गरेको सम्बोधनको पूर्ण पाठ :फागुन ७ गते नेपाल र नेपाली जनताका निम्ति ऐतिहासिक महत्त्वको दिन हो। आजभन्दा ठिक ७३ वर्षअगाडि हाम्रा अग्रज पुर्खाहरूले प्रजातान्त्रिक अधिकारका निम्ति जीवन मरणको संघर्षमार्फत् जहानियाँ निरङ्कुश व्यवस्थामाथि विजय हासिल गरेका थिए। यस महत्त्वपूर्ण दिनमा प्रजातान्त्रिक अधिकार, गणतान्त्रिक व्यवस्था र राष्ट्रियताको रक्षाका निम्ति आफ्नो जीवनको बलिदान गर्नुहुने महान् सहिदहरूप्रति…
काठमाडौँ । कृषि विकास बैङ्कको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा गोविन्द गुरुङ नियुक्त भएका छन् । चार वर्षे कार्यकालको लागि गुरुङको नियुक्ति भएको हो । कृषि विकास बैङ्कको सञ्चालक समितिले खुला प्रतिस्पर्धाबाट गुरुङलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो । हिमालयन बैङ्कबाट बैङ्किङ करिअर सुरु गरेका गुरुङको सिभिल बैङ्कमा सीईओको रूपमा काम गरेको अनुभव छ । उनले ग्लोबल आईएमई तथा मेगा बैङ्कमा समेत काम गरेका छन् । सिभिल बैङ्क छाडेपछि गुरुङ म्यानमारको बैङ्कमा सिइओ भएर काम गरेका थिए ।
काठमाडौं । आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीको मूल्य निरन्तर बढिरहेको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ थियो । तेजाबी सुनको मूल्य १ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ थियो । आइतबार चाँदीको मूल्य पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेको चाँदीको मूल्य १२…
काठमाडौं । कैलाली कारागारमा रहेका सांसद अरूण चौधरी रिहा भएका छन्। आइतबार बिहान उनी कैलाली जिल्ला कारागारबाट रिहा भएका हुन्। कारागारबाट निस्किएपछि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठसहित नेता, कार्यकर्ताले उनलाई फूलमाला लगाएर स्वागत गरेका थिए। प्रजातन्त्र दिवसको उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट सजाय मिनाहा भएपछि चौधरी रिहा भएका हुन्। राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी विभिन्न ३ सय ९५ जनाको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी गरिएको जनाएको थियो। सोही अनुसार सांसद चौधरीसहित कैलाली कारागारमा रहेका अन्य १४ जनाको पनि कैद मिनाह भएको छ। प्रतिनिधि सभा सदस्य तथा नागरिक उन्मुक्तिका सचेतक चौधरीलाई पक्राउ गरी माघ २० गते जिल्ला अदालत कैलालीमा…
काठमाडौं । कैलाली कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरूण चौधरीको सम्पुर्ण कैद मिनाहा गरिए पछि रिहा हुने भएका हुन । आइतबार अर्थात ७ फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपतिको कार्यालयले कैद मिनाहा हुनेहरुको सुचीमा सांसद अरूण चौधरीलाईसमेत समावेश गरे पछि उनलाई जेलबाट छुटाउनका लागि सजाय मिनाह गरेको हो। सजाय मिनाहा भएसगै उनी रिहा हुने भएका छन् । राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी विभिन्न ३ सय ९५ जनाको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी गरिएको जनाएको छ। सोही अनुसार सांसद चौधरीसहित कैलाली कारागारमा रहेका अन्य १४ जनाको पनि कैद मिनाह भएका हुन । नागरिक उन्मुक्तिका सचेतकसमेत रहेका चौधरीलाई…
काठमाडौं । भगवान शिबलाई प्रसन्न पार्न महाशिवरात्रिको दिन उत्तम मानिन्छ। भगवान शंकरको पूजामा केही विशेष नियमको पालना गर्नु आवश्यक छ । आउनुहोस् यसको बारेमा जानौं। महाशिवरात्रि पुजा आज देशभर महाशिवरात्रि पर्व मनाइँदैछ । यस दिन भक्तजनहरूले पूर्ण भक्तिपूर्वक शिवको पूजा गर्छन्। शिवभक्तहरू महाशिवरात्रिको शिव मन्दिरहरुमा पुगिरहेका छन् । मान्यता अनुसार यस दिन भगवान शिवले कैलाश पर्वतमा माता पार्वतीसँग विवाह गरेका थिए । भोलेनाथलाई प्रसन्न पार्नको लागि आजको दिन निकै शुभ मानिन्छ । भगवान शंकरको आराधनामा केही विशेष नियमको ख्याल गर्नुपर्छ, अन्यथा भोलेनाथ क्रोधित हुन्छन् । शिव पूजामा के के कुरामा ध्यान दिनुपर्छ: १) शिवलिंगमा जल चढाउँदा फलाम वा स्टिलका भाँडाहरू…