Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले श्री एयरलाइन्सका सबै विमानको उडानमा रोक लगाएको छ । बिहीबार काठमाडौँबाट भैरहवाका लागि उडेको श्री एयरको नाइन एन-एएनआर विमानको इन्जिनमा आगो देखिएपछि काठमाडौँ फर्काएर आकस्मिक अवतरण गराइएको थियो । उक्त घटनापछि प्राधिकरणले सबै जहाजको प्राविधिक परीक्षण गर्न उडानमा रोक लगाएको हो । सन्तोषजनक निरीक्षणपछि मात्र नियमित उडान हुनसक्ने प्राधिकरणले जनाएको छ । आज श्री एयरलाइन्सका कुनै पनि उडान भएका छैनन् ।
सर्वोच्चले द्वन्द्वकालीन मुद्धालाई नियमित प्रक्रियावाट हेरे पछि माओवादी घटकले अन्तर्क्रिया गर्ने
काठमाडौं । माओवादी घटकहरुको बैठकले द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा नियमित अदालतबाट नभई सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगबाट टुंगो लगाउर्नमा जोड गर्ने भएको छ । प्रधानमन्त्री निवास वालुवाटरमा बसेको माओवादी घटकहरुको बैठकले द्वन्द्वकालीन घटनासँग सम्बन्धित मुद्दा नियमित अदालतवाट निरुपण गर्न खोजेमा शान्ति प्रक्रिया भंग हुन जाने निष्कर्ष निकालेका छन । क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलका अनुसार त्यसका लागि फागुन २८ गते पत्रकार सम्मेलन र ३० गते बृहत अन्तर्क्रिया कार्यक्रम गर्ने निष्कर्ष बैठकले गरेको छ । सर्वोच्चले द्वन्द्वकालीन मुद्धालाई नियमित प्रक्रियावाट हेरे पछि माओवादीले अन्तर्क्रिया गर्न लागेको हो ।
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा स्वागत गरेका छन् । बिहीबार साँझ प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेललाई आफ्नो निवासमा स्वागत गरेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । पौडेलले आज भएको निर्वाचनमा राष्ट्रपति चुनिएका थिए । उनले एमालेका सुवास नेम्वाङलाई पराजित गरेका हुन् ।
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपराष्ट्रपतिको निर्वाचनलगत्तै सरकार विस्तार हुने बताएका छन्। बिहीवार राष्ट्रपति निर्वाचनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले स्थानीय तह, प्रदेश र संघसँगै राष्ट्रपतिको निर्वाचन पनि सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै समग्रमा निर्वाचन प्रक्रिया शान्तिपूर्ण ढंगले सकिएको बताए। उनले अबको ध्यान सरकारलाई पूर्णता दिने हुने जानकारी दिए। प्रचण्डले भने, ‘स्थानीय तहको निर्वाचनदेखि प्रदेश र संघको निर्वाचन अब राष्ट्रपतिको निर्वाचन सम्पन्न भइसकेपछि उपराष्ट्रपतिको निर्वाचन एउटा बाँकी छ। अब हाम्रो ध्यान सरकारलाई पूर्णता दिने हुन्छ। उपराष्ट्रपतिको निर्वाचनपछि सरकार विस्तार हुन्छ।’ राष्ट्रपति निर्वाचनबाट आज नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन्।
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दा बिहीबार हेर्न नभ्याइनेमा परेको छ । माओवादी युद्धकालीन विषयलाई लिएर मंगलबार परेको रिटको सुनुवाइका लागि बिहीबार न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नभ्याइनेमा परेको सर्वाेच्च अदालत प्रशासनले जनाएको छ । माओवादी युद्धकालमा मारिएका भनिएका १७ हजार व्यक्तिमध्ये आफूले पाँच हजारको जिम्मा लिने १ माघ २०७६मा दिएको प्रचण्डको सार्वजनिक अभिव्यक्तिलाई साबिती बयानको रुपमा लिँदै गत मंगलबार सर्वाेच्च अदालतमा दुईवटा छुट्टाछुटै रिट दर्ता भएको थियो ।
काठमाडौं । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बधाई ज्ञापन गरेका छन्। एक समारोहबीच प्रधानमन्त्रीले राष्ट्रपतिलाई बधाई दिएका हुन् । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई पराजित गर्दै कांग्रेसका वरिष्ठ नेता पौडेल मुलुकको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएका हुन्। निर्वाचन आयोगका अनुसार पौडेलले ३३ हजार ८०२ मतभार पाउँदा नेम्वाङले १५ हजार ५१८ मतभार ल्याएका छन्। राष्ट्रपति निर्वाचनका लागि कांग्रेसले सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रसहितका ७ दलसँग गठबन्धन गरेको थियो।
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचन पछि कांग्रेस र एमालेको सरकार बन्ने सभ्भावना सकियो भन्न नसकिने बताएका छन् । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा राष्ट्रपति निर्वाचनका लागि मतदान गर्न पुगेका अध्यक्ष ओलीले कांग्रेस–एमाले एकै ठाउँमा नहुने भन्ने कसम नखाएको बताएका हुन् । ‘एमाले र कांग्रेस एक ठाउँमा नहुने भनेर कसम खाएका छैनौँ’ ओलीले भने । राष्ट्रपतिका आलोचना गर्नेहरु संकिर्ण मानशिकता भएको जनाउँदै ओलीले यसअघि राष्ट्रपति दुवैले मुलुकको हितका लागि काम गरेको बताएका छन।
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तामाकोसी–काठमाडौं २२०/४०० केभी प्रसारण लाइन आयोजनाको निर्माण आगामी असारभित्रमा सम्पन्न गर्न ठेकेदारहरुलाई समयसीमा दिएको छ । आयोजनाअन्तर्गत रामेछापस्थित नयाँ खिम्ती सबस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्म ४४ किलोमिटर र बाह्रबिसेबाट काठमाडौंको लप्सीफेदीसम्मको ४६ किलोमिटर ४०० केभी डबल सर्किट तथा लप्सीफेदीबाट भक्तपुरको चाँगुनारायणसम्मको १४ किलोमिटर १३२ केभी प्रसारण लाइन र बाह्रबिसेमा २२०/१३२/११ केभी सबस्टेसन निर्माणाधीन छन् । साथै, लप्सीफेदीमा ४००/२२०/१३२/११, बाह्रबिसेमा ४०० केभी र नयाँ खिम्तीमा ४०० केभी सबस्टेसन निर्माण भइरहेको छ । तामाकोसी तथा सुनकोसी नदी र ती नदीहरुका सहायक खोलानालाको जलविद्युत् आयोजनाको विद्युत् काठमाडौं उपत्यकामा ल्याउन तथा राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न तामाकोसी–काठमाडौ प्रसारण लाइन र सबस्टेसन…
काठमाडौं । राष्ट्रपति निर्वाचनको मतदान प्रक्रियामा राजनीतिक दलका शिर्ष नेताहरुले मतदान गरेका छन । नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल र नेकपा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ बिचको प्रतिस्पर्धामा राजनीतिक दलका शिर्ष नेताहरुले मतदान गरेका हुन । यसरी मतदान गर्नेहरुमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलगायतले मतदान गरेका हुन । अहिले पनि राजनीतिक दलका बरिष्ठ नेता देखी सांसदहरुले मतदान गरिरहेका छन । संघीय सांसदका लागि अलग मतदान केन्द्र छ भने प्रदेश सांसदका लागि अलग मतदान केन्द्र तय गरिएको छ ।…
काठमाडौं । मोदी इनर्जी लिमिटेडले आजदेखि आईपिओ निष्काशन गरेको छ । कम्पनीले दुईचरण गरी उक्त आईपिओ बिक्री खुला गरेको छ । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि मोदी इनर्जीले आइपीओ बिक्री खुला गरेको छ । पहिलो चरणमा कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आफ्नो जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको १० प्रतिशत अर्थात २९ करोड रुपैयाँ बराबरको २९ लाख कित्ता सेयर बिक्री खुला गरेको हो । यसमा पर्वत जिल्ला अन्तर्गत कुश्मा न.पा– ३, मोदी गा.पा वडा नं–५, २, ६ र कुश्मा न.पा–८ का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । दोश्रो चरणमा कम्पनीले आफ्नो जारी पुँजीको १५ प्रतिशत अर्थात…