Author: सूचनापाना

काठमाडौँ । सर्वोच्च अदालतमा उपराष्ट्रपति महिलालाई नै गराउनु पर्ने मागसहित पेस गरिएको रिटमा दरपिठ गरिएको छ । अधिवक्ता राधिका खतिवडाले सोमबार अदालतमा रिट पेस गरेकी हुन् । आइतबार उपराष्ट्रपतिको निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवको उपराष्ट्रपति पदको उम्मेदवारी कायम गरेको थियो । राष्ट्रपतिमा पुरुष निर्वाचित भएपछि उपराष्ट्रपतिमा महिला नै हुनुपर्ने मागसहित सो रिटको अध्ययनपछि रजिस्ट्रारको आदेशबाट मङ्गलवार दरपिठ भएको हो ।

Read More

काठमाडौँ । भ्रष्टाचार अभियोगमा ९ वर्ष ६ महिनाको सजाय सुनाइएका पूर्वमन्त्री बद्री न्यौपानेले विशेष अदालतको फैसला पूर्वाग्रही भएपनि आफू पुनरावेदनमा जान सक्ने अवस्थामा नरहेको बताएका छन् । मङ्गलवार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै न्यौपानेले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाग्रहका साथ मुद्दा लगाएको र त्यस्तै फैसला भएको दाबी गरे । पुनरावेदन गर्न जरिवाना र कैद बराबर दिनको ३०० रुपैयाँ धरौटी राख्नुपर्ने भन्दै उनले आफूसँग जग्गा, बैंक ब्यालेन्स नभएको बताए । साथै भाइको घरमा शरणार्थी बसेको भन्दै आफूसँग धरौटी राख्ने पैसा र सर्वोच्च अदालतमा जाने हैसियतसमेत नरहेको बताए । उनीमाथि भृकुटीमण्डपको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको अभियोग लागेको छ । समाज कल्याण परिषद्ले…

Read More

काठमाडौ । नेपाली बजारमा मंगलबार सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५ हजार ७०० रुपैयाँ कायम भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार २०० रुपैयाँ निर्धारण भएको छ । सोमबार तेजावी सुनको भाउ तोलाको १ लाख ३ हजार ६०० रुपैयाँ निर्धारण भएको थियो । यता, मंगलबार चाँदीको भाउ पनि तोलामा ५५ रुपैयाँले बढेर १३ सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको भाउ १२ सय ५५ रुपैयाँ कायम रहेको थियो ।

Read More

काठमाडौं ।  ‘कतै म हराएँकी’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । जसमा  गायक सुमन केसी र गायिका अनु चौधरीको स्वर रहेको छ ।विष्णु भण्डारीका शब्द, सरोज पोखरेलको संगीत रहेको सार्वजनिक गीतमा टिकटक स्टार मिस पवी र उमेश भट्टको रोमान्टिक अभिनय देख्न सकिन्छ  । भिडियोमा एक प्रेमिल जोडीको रोमान्टिक प्रेम कहानीलाई निर्देशक उमेश भट्टले कलात्मकशैलीमा देखाएका छन् । जसको कोरियोग्राफी राजिव समरले गरेका हुन् । सुप्रिम पराजुलीको सम्पादन, अनिल के मानन्धरको छायांकन रहेको गीतमा दिवेश राईको एरेन्ज, चन्द्र चौधरीको मिक्सिङ र मास्टरिङ रहेको छ । युवा उद्यमीसमेत रहेका मोडल उमेशले सान्बाबु, लुकिछिपी, लगायतका भिडियोमा अभिनय गरिसकेका छन् । उमेशले भोजपुरी…

Read More

काठमाडौं । नायिका वर्षा सिवाकोटीको वैवाहिक सम्बन्ध एक वर्ष नपुग्दै अन्त्य भएको छ । उनका श्रीमान आशिष गेललले अर्को विवाह गरेका छन् । अमेरिका बस्दै आएका आशिषसँग वर्षाले गत वैशाख ९ गते परम्परागत तवरले लगनगाँठो कसेकी थिइन् । छोटो समयको प्रेमपछि उनीहरु श्रीमान–श्रीमती बनेका थिए । तर, आपसी असमझदारीका कारण १० महिनामै उनीहरु अलग भएका हुन् । वर्षा र आशिषको औपचारिक सम्बन्धविच्छेद भइसकेको छ । बिहेपछि वर्षा पनि अमेरिका गएर श्रीमानसँग बस्न थालेकी थिइन् । तर, छोटो समयमै नेपाल फर्किइन् । उनले सामाजिक सञ्जालबाट श्रीमानका तस्वीरहरु हटाएपछि सम्वन्धमा दरार आएको आँकलन गर्न थालिएको थियो । यद्यपि, वर्षाले अहिलेसम्म आफ्नो दाम्पत्य…

Read More

काठमाडौँ । नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ लिएका छन्। दिउँसो १ बजे शीतलनिवासमा आयोजित विशेष समारोहबीच पौडेलले शपथ लिएका हुन्। कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका हरिकृष्ण कार्कीले राष्ट्रपति पौडेललाई शपथ ग्रहण गराएका हुन्। नेपाली काँग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख पौडेल यही फागुन २५ गते राष्ट्रपति पदमा निर्वाचित भएका थिए।

Read More

सर्लाही । सर्लाहीको हरिवनमा आइतबार नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) को नीति तथा विधान सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले १३ बुँदे सर्लाही घोषणापत्र जारी गरेको छ । शनिबारदेखि सुरु भएको सम्मेलन हरिवन घोषणापत्र जारी गर्दै आइतबार साँझ अबेर सम्पन्न भएको हो । फोनिजका केन्द्रीय अध्यक्ष गजुर्धन राईको अध्यक्षता तथा सँस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री सुदन किँरातीको प्रमुख आतिथ्यतामा विधान सम्मेलन समापन भएको हो। सम्मेलनलाई सम्वोधन गर्दै पर्यटनमन्त्री किराँतीले स्थानीय परिकार तथा सँस्कृतिको जगेर्ना गर्दै देशको पर्यटन क्षेत्रलाई विकास गर्नुपर्नेमा जोड दिनुभयो । मन्त्री किराँतीले कोशी प्रदेशमा पहिचानको आधारमा प्रदेशको नामकरण नगरिएकोमा आफ्नो व्यक्तिगत असन्तुष्टी रहेको उल्लेख गर्नुभयो ।…

Read More

रामेछाप । स्ववियु सभापतिको विषयमा नेविसंघले अनेरास्ववियुको सभापतिका उमेद्वार विरुद्ध आधिकारीक रुपमा कुरा उठाएपछि क्याम्पस प्रशासनले निर्धारित समयमा आधिकारीक जवाफ दिन नसकेका कारण मन्थली क्याम्पसले आइतबार ५ बजे सम्मका लागि तय गरेको दावी विरोध लगाएतका कामहरु अघि बढ्न सकेका छैनन् ।निर्वाचन कार्यतालिका अनुसार अनेरास्ववियुले मन्थली नगरपालिकामा युवा परिषदको उपाध्यक्षका रुपमा तलवि कर्मचारीको रुपमा काम गर्दे आएका आफना सभापति पदका उमेद्वार पुष्कर भट्राइलाई उमेद्वार बनाएको भन्दै नेविसंघले भट्टराईका नाममा दावि विरोध पेश गरेको थियो । दावि विरोध पछि नेपाली काँग्रेस जिल्ला कार्यसमितिका सचिब दीपक खड्काको नेतृत्वमा नेविसंघको टोली भटराईको उमेद्वारी खारेज गर्नु पर्ने माग राख्दै मन्थली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत र…

Read More

काठमाडौँ । उपराष्ट्रपति पदका लागि उम्मेदवारी दिएका चारजनाकै उम्मेदवारी कायम भएको छ । उम्मेदवारी फिर्ताको समयमा कुनै पनि उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता नलिएपछि चारैजनाको उम्मेदवारी कायम रहेको हो । उपराष्ट्रपतिमा जसपाबाट नेतृ प्रमीला यादव र नेता राम सहायप्रसाद यादवको उम्मेदवारी परेको छ । यस्तै, नेकपा ९एमाले०बाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएकी छन् भने जनमत पार्टीबाट ममता झाले उम्मेदवारी दर्ता गरेकी छन् । राष्ट्रपति चुनावमा एकमत देखिएको आठदलीय गठबन्धन उपराष्ट्रपति चुनावमा भने एक भएन । निर्वाचन आयोगको निर्णय र प्रमुख निर्वाचन आयुक्तको अभिव्यक्तिले गठबन्धन सशङ्कित देखिएको छ ।

Read More

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवको उम्मेदवारी खारेज नहुने निर्वाचन आयोगको निर्णयको स्वागत गरेको छ । पार्टीका नेता एवं सांसद प्रदीप यादवले आयोगले संविधानसम्मत निर्णय गरेको भन्दै निर्णय स्वागतयोग्य भएको बताए । जसपाले उपराष्ट्रपतिका लागि दिइएको प्रमीला यादवको उम्मेदवारी फिर्ता गरिनेसमेत जानकारी दिए । “निर्वाचन आयोगले संविधानसम्मत निर्णय गरेको छ र यो स्वागतयोग्य छ,” उनले भने, “अर्को उम्मेदवारी फिर्ताबारे निर्णय गर्छौँ ।” यादवको उम्मेदवारीविरुद्ध निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो ।

Read More