Author: सूचनापाना

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो पटक विश्वासको मत पाएका छन्। सोमबारको प्रतिनिधिसभा बैठकमा २६२ जना सांसद उपस्थित रहेकोमा १७२ जनाले प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिएका हुन्। उनको विपक्षमा ८९ मत खसेको छ। एक जना तटस्थ रहे। दाहालले प्रधानमन्त्री भएपछि संसदमा दोस्रो पटक विश्वासको मत लिएका हुन्। राष्ट्रपति र उपराष्ट्रपति चयनका सन्दर्भमा अघिल्लो गठबन्धनबीच मतैक्यता हुन नसकेपछि नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्रीलाई विश्वासको मत लिनुपर्ने परिस्थिति सिर्जना भएपछि उनले दोस्रो पटक विश्वासको मत लिएका छन्। सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ।

Read More

दाङ। दाङमा आइतबार बेलुकी ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ज्यान गुमाउनेमा मोटरसाइकल चालक प्युठानको नौबहीनी गाउँपालिका–६ का ३२ वर्षीय राजन केसी रहेका दाङका प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिए । दुर्घटनामा उनकी श्रीमती सन्ध्या र दुई वर्षीया छोरी राष्ट्रियता गम्भीर रहेको प्रहरीको भनाइ छ । दुर्घटनामा घाइते भएका तीनै जनालाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएकोमा राजनको केहीबेरअघि ज्यान गएको प्रहरीले जनाएको छ । घोराहीदेखि लमही जाँदै गरेको प्रदेश ०३–००१ क ०१६९ नम्बरको मिनी ट्रकले विपरीत दिशाबाट आउँदै गरेको बाग्मती प्रदेश ०२–०१६…

Read More

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसहरुमा आइतबार भएको निर्वाचनको मतपरिणाम आउन थालेको छ । विशेषगरी कम विद्यार्थी संख्या भएका सम्बन्धन प्राप्त कलेजहरुको नतिजा आएको हो । आइतबार साँझ ८ बजेसम्म प्राप्त मतपरिणाम अनुसार ३० वटा क्याम्पसमा सभापति जितेर एमालेनिकट अनेरास्ववियु पहिलो स्थानमा छ । त्यस्तै, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीले १२ वटा क्याम्पसमा सभापति जितेको छ भने नेपाली कांग्रेसनिकट नेविसंघले १३ र नेकपा एसनिकट अनेरास्ववियूले ३ क्याम्पसमा सभापति जितेका छन् । ज्नमोर्चा निकट अखिल छैटौंले एउटा क्याम्पसमा सभापति जितेको छ भने विप्लव नेकपानिकट अखिल क्रान्तिकारीले एउटा क्याम्पसमा सभापति जितेको छ । अनेरास्ववियु (एमाले) १ः जिरी क्याम्पस दोलखा,ज्योती…

Read More

काठमाडौ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको छ । राजदूत श्रीवास्तव राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न केही बेरअघि राष्ट्रपति भवन शीतल निवास पुग्नुभएको बताइएको छ ।उहाँहरुबीच साँझ ६ बजेदेखि भेटवार्ता भइरहेको छ । राष्ट्रपति पौडेलले गत सोमबार पद तथा गोपनीयताको शपथ र पदभार ग्रहण गरेपछि आज भारतीय राजदूतसँग गर्नुभएको कुराकानी विदेशी कूटनीतिज्ञसँगको पहिलो भेटवार्ता हो ।

Read More

काठमाडौं । जनस्तरबाट जुरे पहिरो पीडितको नाममा संकलन गरेको रकम पीडितहरुलाई नगदै वितरण गर्न प्रतिनिधिसभा सदस्य माधव सापकोटा सुवोधले सरकारसँग माग गरेका छन् । आज आइतबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै साँसद सापकोटाले २०७१ साल साउन १७ गते जुरेमा गएको पहिरो पीडितको नाममा सरकारले जनस्तरबाट संकलित २ करोड ४४ लाख ६४ हजार ६ सय ५७ रुपैयाँ फुकुवा गर्दै पीडितलाई नगद नै वितरण गर्न प्रवन्ध मिलाउन सरकारसँग माग गरेका हुन् । पहिरो गएर स्थानीय जनताको उठिबास भएका ८ वर्ष विति सक्दा पनि सरकारले उक्त रकम वितरण गर्न नसक्नु दुर्भाग्य भएको बताउँदै साँसद सापकोटाले सरकारलाई यस विषयमा गम्भीर भएर पहलकदमी लिन समेत…

Read More

काठमाडौँ । जनयुद्धमा सहिद भएकाहरूको लिस्टको अद्यावधिक गरिने भएको छ । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको जनयुद्धमा सहिद भएकाहरूको लिस्टको अद्यावधिक गरिने भएको हो । सरकारले ८ हजार ३ सय ७१ जनाको नाम राजपत्रमा प्रकाशित गरे पनि कतिपय नाम छुटेपछि पुनः अद्यावधिक गर्न लागिएको हो । जनयुद्धमा सहिद भएका कतिपय जीवित भेटिएका र कतिपयको नाम छुटेकाले अद्यावधिक गर्न निर्देशन दिएको प्रधानमन्त्री सचिवालय स्रोतले बताएको छ । गृह मन्त्रालयमार्फत जिल्ला प्रशासन कार्यालयबाट सहिदका नामहरू सङ्कलन हुने जनाइएको छ भने नाम आएपछि राजपत्रमा पुनः प्रकाशित गरेर पुस्तकको रूपमा तयार गरिने स्रोतको भनाई छ । जनयुद्धमा सहिदको सम्मानका लागि राजपत्रमा प्रकाशित गरेर व्यवस्थित…

Read More

काठमाडौं । नेपाली कांग्रेस वर्तमान सरकारमा सहभागी हुने भएको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको बैठकपछि प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । आइतबार बस्ने प्रतिनिधिसभा बैठकमा कांग्रेसले प्रतिपक्षी बेन्च एमालेलाई छाड्ने पनि निर्णय गरेको उनले जानकारी दिए । प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत लिइसकेपछि हुने मन्त्रिपरिषद् विस्तारमा कांग्रेस पनि सहभागी हुने भएको हो ।

Read More

डडेलधुराकी पवित्रा साकीले गत वर्ष वैशाखमा घटालथान मन्दिरमा लागेको मेला हेर्न जाँदा आउँदा महसुस गरेको थकान सामाजिक सञ्जाल टिकटकमार्फत् सेअर गरिन्। टिकटकमा उनले पोस्ट गरेको पहिलो भिडिओ जम्मा २० सेकेन्ड लामो थियो। तर दुई दिनमै उक्त भिडिओ झन्डै तीन लाख मानिसले हेरे। कारण थियो सुदूरपश्चिम प्रदेशमा प्रयोग हुने बोलीचालीको डोटेली भाषाको प्रयोग। हिँड्दा हिँड्दा मेरा खट्टा थागिगास् भिडिओमा उनले भनेकी थिइन्। ख्याल ख्यालमै डोटेली भाषामा बनाइएको टिकटक भिडिओ एकाएक भाइरल हुन पुगेपछि उनले झन् धेरै टिकटक भिडिओ बनाउन थालिन्। बिस्तारै उनको चर्चा अनि ख्याति पनि बढ्दै गयो र डडेलधुराकी पवित्रा साकी मिस पबी भनेर चिनिन थालिन्। बिस्तारै उनको चर्चा चुलिन…

Read More

काठमाडौं – नेपाली बजारमा आज (आइतबार) सुनको मूल्यले नयाँ रेकर्ड कायम गर्न सफल भएको छ। लगातार बढिरहेको सुनको मूल्य आज हाल सम्मकै उच्च बिन्दुमा पुगेको हो। यसअघि गत माघ १९ गते हालसम्मकै उच्च मूल्यमा सुनको कारोबार भएको थियो। उक्त दिन सुन प्रतितोला एक लाख सात हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। आज सुन प्रतितोला एक लाख १० हजार रुपैयाँ पुगेको छ। यो मूल्य पछिल्लो रेकर्डभन्दा दुई हजार पाँच सय रुपैयाँ बढी हो। अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार तोलामा चार सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला…

Read More

काठमाडौं । इङवा हाइड्रोपावरको आईपीओमा बैदेशिक रोजगारीमा रहेका नेपालीले आवेदन दिने आज अन्तिम दिन रहेको छ । यता आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि भने आईपीओमा २० चैतसम्मका लागि आवेदन दिने म्याद थप गरिएको छ । उक्त आईपीओमा मागभन्दा बढी आवेदन परेमा समयअगावै निष्काशन तथा बिक्री बन्द गरिने कम्पनीले जनाएको छ। उक्त हाइड्रोपावरले २९ फागुनमा दुई चरण गरेर आईपीओ निष्काशा गरेको थियो । पहिलो चरणमा हाइड्रोपावरले स्थानीय बासिन्दाका लागि आफ्नो जारी पुँजीको ६० करोड रुपैयाँको १० प्रतिशत अर्थात ६ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्न लागेको हो । कम्पनीले १०० रुपैयाँअंकित मूल्यमा ६ लाख कित्ता सेयर निष्कासन गरेको हो । स्थानीय बासिन्दाले नेपाल एसबिआई…

Read More