Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
रौतहट । रौतहटको एक नगरप्रमुखले आफ्नो परीक्षा अर्कै ब्यक्तिलाई दिन लगाएको तथ्य खुलेको छ । जारी एसईई परीक्षा दिँदै गरेका एक नक्कली परीक्षार्थी पक्राउ परेपछि मेयरको अपराध कर्मको भण्डाफोर भएको हो । देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानुको ठाउँमा परीक्षा दिइरहेका कमल साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । मौलापुर नगरपालिकाको लक्ष्मिनियाँ मावि केन्द्रबाट कमललाई नियन्त्रणमा लिइएको हो । उकमल गरुडा नगरपालिका–६ का बासिन्दा हुन । मेयर कानुको सिम्बल नम्बर ३५०३७२८ रहेको छ । गणित विषयको परीक्षा दिइरहेका बेला प्रवेशपत्रसहित साह पक्राउ परेका हुन । साह जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । रौतहट प्रहरीले पक्राउ परेका नक्कली परीक्षार्थी साहमाथि…
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना उपसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उपसचिव वासुदेव तिमल्सिनासहित तीन जनाविरुद्ध अख्तियारले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। सर्लाहीको हरिपूर्वा-५ स्थित केश्वर गरिब जनता माविमा अध्यापनरत पाँचु रायलाई डिम जनता मावि परवानीपुरमा अनुदान कोटामा नियुक्त गराउने क्रममा भ्रष्टाचार गरेको आरोपसहित अख्तियार विशेष अदालत पुगेको हो। अख्तियारका सहसचिव भोला दाहालका अनुसार सर्लाहीका तत्कालीन उपजिल्ला शिक्षा अधिकारी वासुदेव तिमल्सिना, शिक्षकको रूपमा नियुक्ति पाएका पाँचु राय र प्रधानाध्यापक नारायण प्रसाद बरालले अख्तियार दुरुपयोग गरी भ्रष्टाचारजन्य गतिविधि गरेको आरोपपत्र सहित विशेषमा मुद्दा दायर गरिएको छ। भ्रष्टाचार मुद्धामा डामिएका उपसचिव तिमल्सिना हाल लालबन्दी नगरपालिका,नगरकार्यपालिकाको कार्यालय सर्लाहीको…
काठमाडौं । युवराज पौडेल सफलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध रिट निवेदन सर्वाेच्च अदालतमा दिएका छन् । लामिछानेले राहदानी दुरुपयोग गरेको र यसविरुद्ध मुद्दा चलाउनुनपर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध आइतबार रिट निवेदन दिएको पौडेलले जानकारी दिए । उनले राहदानी दुरुपयोगको विषयमा लामिछानेमाथि मुद्दा दायर गर्न माग गर्दै रिट निवेदन दिएको बताए । ‘रवि लामिछानेले राहदानी दुरुपयोग गरेको सम्बन्धमा मुद्दा चलाउन र लामिछानेविरुद्ध मुद्दा चलाउनुनपर्ने महान्यायाधिवक्ताको निर्णयविरुद्ध आइतबार सर्वाेच्च अदालतमा रिट निवेदन दिएको छु,’ पौडेलले भने, ‘भोलि या पर्सीसम्ममा रिट दर्ता होला ।’
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा कार्यरत अध्यागमन अधिकृत भुपती पाण्डेको निधन भएको छ। कार्यालय समय सकिएपछि घर फर्किने क्रममा बल्खु चोकको जेब्राक्रसिङमा उनले चलाएको स्कुटरलाई ट्रकले ठक्कर दिएको थियो। घाइते पाण्डेलाई तत्काल बल्खुस्थित बयोधा अस्पताल लगिएको थियो। अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको अध्यागमन विभागले जनाएको छ। पाण्डे अर्घाखाँची छत्रदेव गाउँपालिका-७ निवासी हुन्।
काठमाडौं । नेपाली कांग्रेसले बारा–२ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेको छ । आगामी १० वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा जसपा अध्यक्ष यादवको उम्मेदवारीलाई समर्थन गर्दै पार्टीले आफ्नो उम्मेदवार नउठाउने कांग्रेसले निर्णय गरेको छ । आइतबार बसेको कार्यसम्पादन समितिको बैठकले बारा–२ मा यादवलाई समर्थन गर्दै चितवन–२ र तनहुँ–१ मा पनि गठबन्धनबाट साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसले चितवन २ मा पूर्व जिल्ला सभापति जितनारायण श्रेष्ठ र तनहुँ १ मा गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । गठबन्धनमा श्रेष्ठ र भट्टराईलाई समर्थन जुटाउने कांग्रेसले निर्णय गरेको छ ।
काठमाडौँ । आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि यही चैत २० गते सोमबार उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ । निर्वाचन आयोगले तय गरेको कार्यक्रम अनुसार निर्वाचनमा भाग लिन दर्ता भएका राजनीतिक दलका तर्फबाट र स्वतन्त्र उम्मेदवारले सम्बन्धित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने छन् । गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवि लामिछाने नागरिकतासम्बन्धी मुद्धामा सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएपछि चितवन क्षेत्र नं. २, राष्ट्रपतिमा रामचन्द्र पौडेल निर्वाचित भएपछि तनहुँ निर्वाचन क्षेत्र नंं. १ र उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव निर्वाचित भएपछि बारा निर्वाचन क्षेत्र नं. २ का लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि शनिबार मुख्य…
काठमाडौँ । संसदीय नियमावलीमा प्रतिनिधि सभाका सभामुखको विशेष अधिकार कटौतीबारे सहमति खोज्न सांसदहरुबीच समझदारी भएको छ । शनिवार सभामुख र दलका सचेतकहरुबीच भएको छलफलमा सभामुखको अधिकार कटौती गर्ने गरी दर्ता गरिएका संशोधन प्रस्ताव फिर्ता लिनेभन्दा पनि सुधार गर्ने समझदारी बनेको नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । सो समझदारी भएपछि संसद्को कार्य व्यवस्था परामर्श समितिको बैठक निरन्तर राख्ने पनि सहमति बनेको छ । कांग्रेस, माओवादी, रास्वपा, जसपा, एकीकृत समाजवादीलगायत सत्तारूढ दलका सांसदले ‘यस नियमावलीमा सभामुखले गर्ने भनेर उल्लेख गरिएका कार्य सभामुखले कार्य व्यवस्था समितिको बैठकबाट निर्णय गरी गर्नुपर्नेछ’ भन्ने संशोधन प्रस्ताव दर्ता गराएका थिए ।
बागलुङ । घर्कँदो उमेर । सेताम्य दारी–जुँगा र कपाल फुलेको भए पनि अझै हट्टाकट्टा छन् टीकाराम सापकोटा । बागलुङ नगरपालिका–४ कुँडुलेका सापकोटा बिहान उठेदेखि राति नसुतुन्जेलसम्म बारीकै धन्दामा व्यस्त छन्। कहिले आफ्नै त कहिले अरुका तरकारी फार्ममा देखिने सापकोटा उमेरले ६७ वर्ष नाघिसकेका छन् । उमेरले सात दशक लाग्न थालेका उनमा जोश र जाँगर भने २० वर्षे युवाको भन्दा कम देखिँदैन । उनी यसरी बारीमै दिन बिताउन थालेको ३५ वर्षभन्दा बढी भयो । साढे तीन दशकदेखि निरन्तर कृषि कर्ममा क्रियाशील सापकोटा अहिले पनि माटोप्रतिको माया र तरकारी उब्जाउ गर्ने काममा कमी कत्ति पनि आएको छैन । व्यावसायिकरूपमा गोलभेँडा, काउली बन्दा,…
काठमाडौं । मञ्जु शर्मा अन्सारीले प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ लिएकी छन् । सिंहदरवारस्थित कानुन समितिको हलमा आइतबार सभामुख देवराज घिमिरेसक्षम अन्सारीले प्रतिनिधिसभा सदस्य पदको शपथ लिएकी हुन् । सांसद सहनाज रहमानको निधनपछि रिक्त रहेको पदमा उनलाई जसपाले सांसद बनाएको हो । अन्सारी पार्टीको मुस्लिम समुदायबाट समानुपातिकतर्फको सूचीको दोस्रो वरीयतामा थिइन् ।
सिन्धुपाल्चोक । सुनकोसी गाउँपालिकाले मधुमेह, उच्च रक्तचाप, दम र मानसिक रोगीलाई नि:शुल्क औषधि वितरण गर्न थालेको छ । गाउँपालिकाले सुनकोसी–५ सुनखानीबाट सो कार्यको औपचारिक सुरुआत गरेको हो । गाउँपालिकाका अध्यक्ष टपिन्द्रप्रसाद तिमिल्सिना, उपाध्यक्ष कान्छी लामा र प्रमुख प्रशासकीय अधिकृत पूर्णप्रसाद दुलालले औषधि वितरणको शुभारम्भ गरे । गाउँपालिकाले औषधि वितरणसँगै एक दिनको बृहत् स्वास्थ्य शिविर पनि आयोजना गरेको छ । काठमाडौँको ह्याम्स अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य सेवाको पहुँच नपुगेका ग्रामीण समुदायलाई लक्षित गरी वडा कार्यालयको भवनमा शिविर आयोजना गरिएको थियो । गाउँपालिकाले सार्वजनिक सूचना जारी गरेर दीर्घरोगीलाई वडामा निवेदन दिन आग्रह गरेको थियो । सोही आधारमा गाउँपालिकाभरका चार सय बढीलाई अब…