Author: सूचनापाना

काठमाडौं । सिन्धुपाल्चोकका वरिष्ठ पत्रकार तथा साहित्यकार सुरेश कसजू सम्मानित भएका छन् । काभ्रेस्थित जनमत वाङमय प्रतिष्ठानको ३९ औं वार्षिकोत्सवको अवसरमा ‘जनमत जनक प्रधान सेवा सम्मान’बाट कसजूलाई सम्मान गरिएको हो । जनमत वाङ्मय प्रतिष्ठान, नेपालको आयोजनामा शनिबार बनेपामा भएको कार्यक्रममा कसजुलाई साहित्यकार तथा प्राध्यापक अभि सुवेदीले दोसल्ला ओढाएर सम्मान गरे । कसजू ४० को दसकदेखि साहित्य र पत्रकारितामा क्रियाशील छन् । सिन्धु साहित्यको विकास, संरक्षण र उत्थानमा महत्वपूर्ण भूमिका निर्वाह गरेबापत उनी सम्मानित भएका हुन् । उनले जुगल साहित्य मासिक, विप्लव मासिक लगायत पत्रपत्रिकामा सम्पादकको भूमिका निर्वाह गरेका थिए । दुःखी प्रकाशनमार्फत सर्जकहरुको साहित्यिक कृति प्रकाशन, नव सर्जकहरुका लागि प्रोत्साहन…

Read More

काभ्रेपलाञ्चोक । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० ले काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिकालाई नेपालको पहिलो स्वस्थ सहरका रूपमा सूचीकृत गर्ने भएको छ । काठमाडौँबाट ३० किलोमिटर पूर्वमा अवस्थित पर्यटकीय नगर धुलिखेललाई डब्लुएचओले करिब एक महिनाभित्र पहिलो स्वस्थ सहरको मान्यता दिई सदस्यता प्रदान गर्ने जनाइएको छ । दिगो विकास लक्ष्यका चार लक्ष्यअन्तर्गत शिक्षा, स्वास्थ्य, खानेपानी र गरिबी निवारणको क्षेत्रमा काम गरिरहेका विश्वका आठ देशमा धुलिखेलको अनुकरण भइरहेको धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जूले जानकारी दिए । “डब्लुएचओले करिब एक महिनाभित्र सूचीकृत गरी नेपालको पहिलो स्वस्थ सहरको सदस्यता प्रदान गर्ने तयारी गरेको जानकारी आएको छ”, उनले भने । प्रमुख ब्याञ्जूका अनुसार नगरले स्वस्थ सहरका मान्यता प्राप्त…

Read More

धनगढी । कैलालीमा लागुऔषध खैरो हेरोईनसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको भजनी नगरपालिका–५ कौवाखेडामा भारतबाट नेपालतर्फ आइरहेको अवस्थामा लागुऔषधसहित बर्दगोरिया गाउँपालिका–४ बस्ने १८ वर्षीय आनन्द ठकुरी र २३ वर्षीय दिपेन्द्र बोहरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कुलदीप चन्दले ठकुरीले चलाएको ना ४१ प ८४६० नंम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा १८ ग्राम लागुऔषध खैरो हेरोईनसहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । दुबै जनालाई इलाका प्रहरी कार्यालय भजनीको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको छ ।

Read More

रामेछाप । रामेछापको कारागारमा एक कैदबन्दीको मृत्यु भएको छ । शुक्रबार लिखु तामाकोशी गाउँपालिका(५ का ५२ बर्षिय बिरे दर्जीको मृत्यु भएको हो । कर्तव्य ज्यान मुद्धामा पुर्पक्षको लागि कारागारमा रहेका दर्जिको उपचारको क्रममा मृत्युु भएको कारागार कार्यालय रामेछापका प्रमुख रुपलाल तामाङले जानकारी दिए । प्रमुख तामाङका अनुसार शुक्रबार दर्जिलाइ अचानक पेट दुखेपछि उपचारका लागि जिल्ला अस्पताल रामेछाप लगिएको थियो । मृतक दर्जीलाई कर्तव्य ज्यान मुद्धामा रामेछाप जिल्ला अदालतले २०७९ फागुन ४ गते पुर्पक्षको लागि कारागार पठाउने आदेश दिएको थियो । दर्जि १ महिना १९ दिन देखि कैदी जीवन बिताइरहेका थिए ।

Read More

काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाको जङ्गी अड्डाको निरीक्षण भ्रमण गरेका छन् । जङ्गी अड्‌डामा आयोजित विशेष कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको सङ्गठनात्मक स्वरूप, तैनाथी, स्वदेश र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली सेनाले सञ्चालन गरिरहेका अपरेशनल तथा विविध गतिविधिबारे जानकारी गराएका थिए । रक्षामन्त्री खड्काले नेपाली सेना सधैँ नेपाली जनताको शिर उँचो राख्न सफल, जनताले अत्यन्त विश्वास गरेको संस्था भएको प्रशंसा गर्दै देशको सामरिक अवस्थिति र विद्यमान विश्व परिवेश अनुरूपको सन्तुलित व्यवहार गर्न जरुरी रहेको बताए । वर्षौँदेखि नेपाली सेनाले विकास निर्माणका कार्यहरूमा संलग्न रही देशका दुर्गमस्थलहरुलाई सडक सञ्जालमा जोड्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको, विभिन्न विपद् प्रतिकार्य…

Read More

काठमाडौं । नयाँवर्षको अवसर पारेर रामेछापका कलाकारहरूले साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएका छन् । आज काठमाडौंको अनामनगरस्थित किम्ची क्याफेमा पत्रकार सम्मेलन गरि कार्यक्रमको आयोजनाबारे सार्वजनिक गरेको हो । रामेछाप साँस्कृतिक कलाकार समाजले सो साँस्कृतिक कार्यक्रमको विषयमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गरेर उक्त कार्यक्रमको जानकारी दिएको रामेछाप सॅास्कृतिक कलाकार समाजका अध्यक्ष कुमार कार्कीले बताए । सो साँस्कृतिक कार्यक्रमबाट उठेको रकमले कल्याणकारी कोष स्थापना गरिने समाजको उदेश्य रहेको छ । वैशाख ९ गते आयोजना गरिने सो साँस्कृतिक कार्यक्रमा रामेछापबाट निर्वाचित साँसदलाई सम्मान गरिने, रामेछापका विशिष्ठ स्रष्टालाई सम्मान गरिने र संस्थागत कलाकारलाई सम्मान गरिनेसमेत कार्यक्रम रहेको जनाइएको छ ।

Read More

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको निजी चिकित्सकमा डा. निरज बम नियुक्त भएका छन् । छाती रोग विशेषज्ञ बमलाई राष्ट्रपति पौडेलले आफ्नो निजी चिकित्सकमा नियुक्त गरेका हुन् । बम चिकित्सा अध्ययन संस्थानअन्तर्गत महाराजगन्ज चिकित्सा क्याम्पसमा सहप्राध्यापकका रूपमा कार्यरत छन् ।

Read More

सिन्धुपाल्चोक । चल्दै गरेको एसईई परिक्षाका परिक्षार्थीहरुलाई उत्साहित बनाउने गरी सुनकोशी गाउँपालिका वडा नं. ३ ले आकर्षक योजना ल्याएको छ । यस वर्षको एसईई परिक्षामा सहभागी भएका वडाभित्रका परिक्षार्थीहरुको पढाईमा थप सहयोग र उत्साह पुग्ने उद्देश्यले वडाले उक्त योजना अगाडी सारेको वडाध्यक्ष ईश्वर तामाङले जनाए । तामाङका अनुसार वडा नं. ३ का दुई विद्यालयबाट एसईई दिएका विद्यार्थीहरुले ३.६ जिपिए ल्याएमा जनही १५ हजारका दरले पुरस्कार दिने घोषणासमेत गरे । चालु एसइइ परीक्षामा उतीर्ण गरि औसत ३.६ माथिको जिपिए ल्याउन सफल विद्यार्थीलाई वडा कार्यालय, शिक्षा समितिले जनही पन्ध्र हजार प्रदान गर्ने घोषणा गरेको हो । वडाभित्र महेन्द्र कान्ति माध्यमिक विद्यालय र…

Read More

काठमाडौँ – सरकारले कोशी नामकरणविरुद्ध आन्दोलनको क्रममा मृत्यु भएका पदम लिम्बू (लाजिहाङ) लाई शहीद घोषणा गरेको छ । शुक्रबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले लिम्बूलाई शहीद घोषणा गर्दै परिवारलाई राज्यबाट सहयोग गर्ने निर्णय गरेको हाे । कोशी प्रदेश नामकरणविरुद्धमा चैत ५ गते विराटनगरमा भएको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट घाइते भएका पदम लिम्बूको चैत १० मा उपचारका क्रममा मृत्यु भएको थियो । प्रदेश–१ सरकारले कोशी प्रदेश नामाकरण गरेपछि पहिचान पक्षधर दल र विभिन्न जातीय संस्थाले विराटनगरमा आन्दोलन गर्दै आएका छन् ।

Read More

काठमाडौँ । मन्त्रिपरिषद् बैठक बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा केही बेर अघि मन्त्रिपरिषद् नियमित बैठक सुरु भएको हो । सरकारले साझा न्यूनतम नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

Read More