Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौँ । पूर्ण रूपमा सञ्चालनको तयारीका लागि भन्दै तातोपानी नाका एक साताका लागि बन्द हुने भएको छ । नेपालस्थित चिनियाँ दूतावासका अनुसार तातोपानी नाका पूर्ण रूपमा खुलाउने तयारीका लागि चैत २८ देखि वैशाख २ गतेसम्म बन्द हुने भएको हो । ‘दुईतर्फी कार्गो स्थानान्तरणलाई फेरि सुरु गर्ने तयारी थालिएको छ, नेपालस्थित चिनियाँ दूतावासले जानकारी दिँदै भनेको छ, ‘त्यही तयारीका लागि सिया स्वायत्त क्षेत्र जनसरकार र नेपालको स्थानीय सरकारबीच सम्झौता भएको छ।’ यससँगै कार्गो आदानप्रदान तयारीका लागि जाङ्मु र तातोपानी बन्दरगाह चैत २८ देखी देखि वैशाख २ सम्म अस्थायी रूप बन्द रहने पनि दूतावासले जनाएको हो ।
नवलपरासी । पश्चिम नवलपरासी जिल्लाको बर्दघाटबाट प्रज्ञापन पत्रमा उल्लेख भएको भन्दा बढी करिब ४२ टन चिनीसहित दुई वटा ट्रक सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बलले जनाएको छ । विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाट नवलपरासीले उक्त चिनीसहित ट्रक नियन्त्रणमा लिएको हो । नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको ना ६ ख ३८४१ नम्बरको ट्रकलाई बर्दघाटको दाउन्ने स्थित एसमोडबाट र लु २ ख ९० नम्बरको ट्रकलाई बर्दघाट चिसापानी स्थित गाडी ग्यारेजमा रोकी राखेको अवस्थामा नियन्त्रणमा लिइएको हो । नियन्त्रणमा लिइएको चिनी र ट्रक आवश्यक अनुसन्धान कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा बुझाइएको छ ।
कालीकोट । ‘चिल गाडी चड्न त हाम्मा लागि गाडै कुडा हो । तैपुनि आम्मै खुन पसिनाले बुनाएको चौड (मैदान) माथि घँगाडी (चिल गाडी) उड्न लाग्याको हेन्ने खाँती (धोको) थियो, खै कैले पूरा हुन्याओ ?’’ नरहरिनाथ गाउँपालिका–२ का काले दमै (७९ वर्ष) को धोको अझै पूरा भएको छैन । तीस वर्षअघि गाउँमा चिल गाडी (जहाज) आउने सपना बोकेर घरमा भएको कुटो कोदालो बोकी दिनहुँ सुनथरालीमा विमानस्थल निर्माण गर्न पसिना बगाएका उनलाई नजिकबाट जहाज हेर्ने ठूलो चाहना छ । अहिलेसम्म जहाज नदेखेका सोही ठाउँमा ठुमा विष्टलाई एकपटक हेरेर मर्न पाए आफूले बगाएको पसिनाको फल पाएको अनुभूति हुने थियो । आकासमा उडेको देख्दा…
लमजुङ । लमजुङको पर्यटकीय गाउँ सिउरुङमा बैशाखको दोस्रो साता १२औं सिउरुङ महोत्सव हुने भएको छ । मर्स्याङ्दी गाउँपालिका ३ मा रहेको सिउरुङमा प्रत्येक वर्ष महोत्सव गरिँदै आएकोमा कोरोना संक्रमण जोखिमसँगै महोत्सवका कार्यक्रम हुन सकेको थिएन । २०७५ साल जेठमा ११औं महोत्सव आयोजना गरिएकोमा त्यसयता महोत्सव हुन सकेको थिएन । कोरोना संक्रमण जोखिम कम भएपछि यही वैशाख ७ गतेदेखि ९ गतेसम्म विविध कार्यक्रमको आयोजना गरी सिउरुङ महोत्सवको आयोजना गरिने १२औंं सिउरुङ महोत्सव मूल आयोजक समितिका संयोजक नन्दबहादुर घलेले बताए । उनका अनुसार ग्रामीण होमस्टे प्रवद्र्धन, स्थानीय कला संस्कृतिको संरक्षण र सम्वद्र्धन साथै स्थानीयस्तरमा उत्पादित घरेलु उत्पादनको प्रबद्र्धनका लागि महोत्सव आयोजना गर्न लागिएको हो ।…
काठमाडौं । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहको निर्देशनपछि देशकै मुख्य प्रशासनिक थलो सिंहदरबारको फोहोर उठाउने काम बन्द भएको छ । मेयर शाहले हिजो शनिवार फेसबुकमा स्टाटस लेखेर सङ्घीय सरकारले सहयोग नगरेको भन्दै अब सिंहदरबारकै फोहोर नउठाउने घोषणा गरेका थिए । हिजोदेखि सिंहदरबारको फोहोर नउठ्दा ठाउँ–ठाउँमा फोहोरका थुप्रा देखिन थालेका छन् । सिंहदरबारको फोहोर उठाउँदै आएको परिवर्तन नेपाल नामक संस्थाले मेयर शाहको निर्देशनका कारण फोहोर उठाउन बन्द गरिएको जानकारी दिएको छ । सिंहदरबारबाट दैनिक पाँच टन फोहोर उठाउने गरे पनि हिजो र आज उठाउने काम बन्द भएको कम्पनीले जनाएको छ । सिंहदरबार रहेको काठमाण्डौ महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष हिरालाल…
सुर्खेत । कर्णाली प्रदेश सरकारबाट नेकपा एमाले बाहिरिएको छ । नेकपा माओवादी र एमालेबीचको सहमति अनुसार गठन भएको सरकारबाट आज नेकपा एमाले बाहिरिएपछि अब नेपाली कांग्रेस सरकारमा सहभागि हुने निश्चित भएको हो । मुख्यमन्त्री राजकुमार शर्मासामू नेकपा एमालेका तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री विनोद कुमार शाह, उद्योग, पयटन वन तथा वातावरण मन्त्री जीतबहादुर मल्ल र सामाजिक विकास मन्त्री टेकराज पछाईले राजीनामा दिएका छन् ।
२ करोड घुसको अडियो काण्ड : रास्वपा सांसद श्रेष्ठ निलम्बनमा, पार्टीले सोध्यो २४ घण्टे स्पष्टीकरण
काठमाण्डौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ घुस माग्ने राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद ढाकाराम श्रेष्ठ निलम्बनमा परेका छन् । आफूलाई स्वास्थ्यमन्त्री बन्ने अफर आएको र त्यसका लागि साढे दुई करोड रुपैयाँ चाहिएको भन्दै सांसद श्रेष्ठले दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो आज सार्वजनिक भएपछि उनलाई पार्टीले तत्कालका लागि निलम्बन गरेको हो । रास्वपाले पार्टीको साधारण सदस्य र सांसदको रूपमा कुनै पनि काम र क्रियाकलाप गर्न नपाउने गरी श्रेष्ठलाई तत्कालका लागि निलम्बन गरेको महामन्त्री डाक्टर मुकुल ढकालले निकालेको विज्ञप्तिमा उल्लेख छ । रास्वपाले सांसद श्रेष्ठसँग २४ घण्टे स्पष्टीकरणसमेत माग गरेको छ । ‘छानबिन पूरा नभएसम्मका लागि…
काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको तयारी थालेको छ । अर्थ मन्त्रालयले बजेटसँग सम्बन्धित विषयमा सरकारसँग खुला सुझाव माग मागेको हो । मन्त्रालयले सरोकारवालाबाट १५ वैशाखसम्म आइपुग्ने गरी सुझाव माग गरेको छ । सङ्घसंस्था, बुद्धिजीवी, विज्ञ, राजनीतिक दल, व्यवसायी, समाजसेवी, पेसाकर्मी, कर्मचारी, सञ्चारकर्मी तथा आम सर्वसाधारणले अर्थमा बजेटसँग सम्बन्धित सुझावहरू पठाउन सक्ने भएका छन् । अर्थ मन्त्रालयले यति बेला विभागीय मन्त्रालयहरूबाट बजेट तथा कार्यक्रम माग गरेको छ । सोही अनुसार मन्त्रालयहरू नयाँ बजेटको निर्माणमा जुटेका छन् । मन्त्रालयले समेत बजेट लेखनका लागि समिति गठन गरेर काम गरिरहेको छ ।
काठमाडौं । आफ्नै भिनाजुलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा अदालतबाट पक्राउ पुर्जी जारी भएका नेपाल इन्भेष्ट्मेन्ट बैंक कञ्चनपुर शाखाका सुरक्षागार्ड उदिप नेपाली भारत फरार भएका छन् । सोमबार कैलाली जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकोमा शनिबार उनी भागेर भारतको नयाँ दिल्ली पुगेका हुन् । आतबार बिहानै उनले सामाजिक सञ्जालमार्फत आफू भारतको नयाँ दिल्लीमा रहेको जानकारी साझा गरेका छन् । सशस्त्र प्रहरीका पूर्व हवल्दारसमेत रहेका नेपाली पक्राउ पर्ने डरले भारत भागेका हुन् । गत चैत्र ३ गते उनका भिनाजु कैलालीस्थित आफ्नै निवासमा झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । मृत भिनाजुले आफूलाई मर्न बाध्य पारेको भन्दै उदिपसहित उदिपकी श्रीमती सीमा नेपाली,…
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको प्रेस सल्लाहकारमा किरण पोखरेल नियुक्त भएका छन् । राष्ट्रपति पौडेलले आइतबार पोखरेल आफ्नो प्रेस सल्लाहकारमा नियुक्त गरेका हुन् । राष्ट्रिय सूचना आयोगका पूर्वआयुक्त पोखरेल कांग्रेसनिकट नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष हुन् ।