Author: सूचनापाना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालयहरूले कुनै पनि शुल्क उठाउन नपाउने भएका छन् । महानगरले एक सूचना जारी गर्दै महानगरभित्रका कुनै पनि सामुदायिक विद्यालयलाई शुल्क नउठाउन निर्देशन दिएको हो । महानगरले सहयोगका नाममा निजको इच्छा विपरीत रकम लिएको पाइएमा कडा कारबाही गरिने चेतावनी दिएको छ ।

Read More

काठमाडौँ । प्रधानन्यायाधीश नियुक्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले ध्यानाकर्षण गराएका छन् ।   बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा नेपाल बार एसोसिएसनका पदाधिकारीहरू, पूर्व पदाधिकारीहरू र उपत्यकाका विभिन्न बार अध्यक्ष र पदाधिकारीहरूले प्रधानन्यायाधीश नियुक्त गर्न प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका हुन्। छलफलमा बारका पदाधिकारीहरूले १४ महिनादेखि सर्वोच्च अदालतमा कायममुकायम प्रधानन्यायाधीश कायम रहेकाले तत्काल संवैधानिक परिषदको बैठक राखी प्रधानन्यायाधीश नियुक्ति गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । जवाफमा प्रधानमन्त्रीले संवैधानिक परिषदका पदाधिकारीहरूसँग समेत परामर्श गरी तत्काल बैठक बोलाई आवश्यक निर्णयमा पुग्न आफ्नो तर्फबाट पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । सोहीक्रममा प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र र संविधानको रक्षा एवं न्याय…

Read More

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ पान्तले स्थित बुद्ध माबिमा भएको पाँचौ संस्करणको उपमेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिताको उपाधि क्रमशः वडा नम्बर १९ र ११ ले जितेका छन् । प्रतियोगिता केशवलाल श्रेष्ठ स्मृति प्रतिष्ठान, मकवानपुर जिल्ला भलिबल संघ र हेटौंडा उपमहानगरपालिका भलिबल संघको आयोजनामा सम्पन्न भएको हो । बुधबार भएको फाइनलमा महिलतर्फ वडा नम्बर १९ ले वडा नम्बर ९ र पुरुषतर्फ पुरुषतर्फ ११ ले वडा नम्बर १९ लाई हराउँदै उपाधि जितेका हुन् । महिलातर्फको उपाधि वडा नम्बर १९ ले ३–२ को सेटमा जितेको हो । वडा नम्बर १९ ले खेल २०–२५, २५–२१, १६–२५, २५–२२ र १५–१३ ले…

Read More

काठमाडौँ । सरकारका प्रतिनिधि, नागरिक समाज र संविधानविद्ले मुलुकका तीन तहका सरकारबीच समन्वय र सहकार्यका लागि सङ्घीयतामैत्री सोच र कार्यशैलीमा सुधारको खाँचो औँल्याएका छन् । नेपाल कानुन समाजद्वारा आयोजित सङ्घ, प्रदेश र स्थानीय तहको प्रभावकारी समन्वय र सहकार्यको वर्तमान अवस्था तथा भावी रणनीति विषयक कार्यक्रममा सहभागी वक्ताले सङ्घीयता कार्यान्वयनमा राजनीतिक इच्छाशक्ति नभए अन्य पहल र प्रयास निरर्थक हुने प्रतिक्रिया दिए । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सङ्घीयतालाई जीवन्त तुल्याउन संविधान संशोधन, पुनरावलोकन र सुधार गर्ने साहस एवं पहल कदमको खाँचो औँल्याए । उनले भने, ‘भाषणमा समन्वय र सहकार्य भनिए पनि व्यवहारमा तल्लो तहलाई थिचोमिचो गरिएको छ, अधिकार केन्द्रिकृत गर्ने सोच र अभ्यासले…

Read More

काठमाडौं – मकवानपुरको थाहा नगरपालिकामा बुधबार राति दुईवटा घरमा आगलागी भएको छ । साँढे एक बजे तीर भएको आगलागीबाट थाहा नगरपालिका वडा नम्बर ६ चल्तीस्थित थाक्लेका कृष्ण बहादुर खत्री र राजकुमार खत्रीको घर पूर्णरुपमा जलेर नष्ट हुँदा ३५ लाख बबराबरको क्षति भएको अनुमान गरिएको छ । आगलागीबाट घर र घरभित्र रहेका सम्पूर्ण सामाग्री जलेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार कृष्णको घरमा रहेको नगद ४ लाख र राजकुमारको घरमा रहेको नगद एकलाख ५० हजार सहित कुल ३५ लाख पचासहजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आगलागीबाट कुनै मानवीय र चौपायको क्षति भने नभएको जिल्ला प्रहरी कार्यलय मकवानपुरको प्रवक्ता…

Read More

काठमाडौँ । रास्वपाले डा. ढाकाकुमार श्रेष्ठको ठाउँमा विन्दवासिनी कंसाकारलाई सांसद बनाउने निर्णय गरेको छ । बुधबार (आज) बसेको पार्टीको केन्द्रीय समिति बैठकले श्रेष्ठको साधारण सदस्यता खारेज गरेसँगै श्रेष्ठको सांसद पद पनि रहने छैन । समानुपातिक पद्धतिबाट निर्वाचित भएकाले रास्वपाले श्रेष्ठको ठाउँमा अर्को व्यक्तिलाई संसदमा पठाउन पाउनेछ ।

Read More

चितवन । चितवनमा गैंडाका दुई बच्चा मृत फेला परेका छन् । खाग नै नपलाएका गैंडाका दुईवटा बच्चा मृत फेला परेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । पश्चिम क्षेत्र अमलटारीको मर्दी घोलमा एउटा र माडी बगइ रिउ खोला आडमा गैंडाको अर्को बच्चा मृत फेला परेको हो । सोमबार निकुञ्जको टोलीले गैंडाका ती बच्चा मृत भेटाएको थियो । २७ गते सोमबार मध्याह्न साढे १२ बजेतिर निकुञ्जको पश्चिम क्षेत्र अमलटारी मर्दी घोलको नरायणी नदीको भंगालोमा गस्ती टोलीले गैंडाको सात महिना जतिको केटी (बच्चा) मृत फेला पारेको थियो । खाग पनि नपलाएको सो गैंडाको बच्चालाई भाले गैंडाले आक्रमण गरेर मारेको निकुञ्जका सूचना अधिकारी रहेका…

Read More

कञ्चनपुर । भीमदत्त नगरपालिकाका तत्कालीन प्रशासकीय अधिकृतसहित ९ जनाविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। महाकाली नदीमा नदीजन्य पदार्थको बोलपत्र आह्वान गर्दा ठेकेदारलाई आर्थिक लाभ हुने गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान कार्यालयले ९ जनाविरूद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। आर्थिक वर्ष २०७८/०७९ मा ढुंगा, गिट्टी, बालुवा, ग्राभेलको लागि बोलपत्र आह्वान गर्दा भवानी कन्स्ट्रक्सन प्रालि कञ्चनपुरसँग ठेक्का सम्झौता गरेको थियो। उक्त सम्झौता गर्दा ५ करोड ४३ लाख ३१ हजार ८२७ रुपैयाँ बराबरको राजस्व रकम हानी/नोक्सानी गरेको अख्तियारको ठहर छ। अख्तियारले प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट, लेखा अधिकृत गोविन्दराज उपाध्याय, इन्जिनियर हिमालय सिंह ऐर, अधिकृत…

Read More

काभ्रे । बल्थलीमा खुर्पाले हानेर छोराले आमाको हत्या गरेका छन्। बुधबार काभ्रेको पनौती नगरपालिका–११ बल्थलीमा बस्दै आएका ५२ वर्षीय राजेन्द्र भनिने बिश्वबन्धु थापाले ९१ वर्षीया आमा कान्छी थापाको खुर्पाले हानेर हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक ढुण्डिराज न्यौपानेले थापाले धारिलो हतियार खुर्पाले टाउकोमा प्रहार गर्दा आमाको घटनास्थलमै ज्यान गएको बताए । आमालाई आफूले मात्रै स्याहार गर्नु परेको थापाको भनाई छ। यद्यपि थापाले मानसिक रोगको औषधी खाइरहेको समेत पाइएको छ। प्रहरीले मानसिक रुपमा स्वस्थ नरहेको उनले कुनै कारणबस आवेगमा आमामाथि खुर्पा प्रहार गरेर हत्या गरेको हुन सक्ने अनुमान गरेको छ । डिएसपी न्यौपानेका…

Read More

सोलुखुम्बु । सगरमाथा आरोहणका क्रममा हिमपहिरोमा परी ३ जनाको मृत्यु भएको छ । खुम्बु आइसफल भत्किएर हिमपहिरो जाँदा क्याम्प–१ भन्दा तल हिउँमा पुरिएर बेपत्ता भएका खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का तीन जना शेर्पा आरोहीको हिउँले पुरिएको अवस्थामा मृत्यु भेटिएको सगरमाथा प्रदूषण नियन्त्रण समितिका अध्यक्ष लामाकाजी शेर्पाले जानकारी दिए । उनका अनुसार सगरमाथाको ५ हजार ७ सय मिटरको उचाइमा हिमपहिरोमा परी मृत्यु हुनेमा तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा रहेका छन् । इम्याजिन ट्रेक प्रा।लि।बाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा रहेका उनीहरुको बुधबार बिहान मृत्यु भएको हो । बुधबार बिहान एक्कासी हिम पहिरो आएपछि उनीहरु पुरिएका थिए । शव निकाल्न…

Read More