Author: सूचनापाना

दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका वडानम्बर ४ लामिडाँडाको हिलेपानीमा एउटा टोल छ ‘घिमिरे टोल’ । उत्तरी बजार सिंगटी छिचोल्ने सडकको दायाँबायाँ भूकम्पपछि बनेका दुईतले जस्ताको छाना भएका चिटिक्कको यो टोलका अधिकांश घरहरू भने खाली छन् । झन्डै ३६ घरधुरी रहेको घिमिरे टोलका २२ घर खाली रहेको स्थानीय सीता सुवेदीले बताइन् । भूकम्पले क्षतिग्रस्त यो टोलका सबै घरहरू पुनर्निर्माण भएका छन् तर जम्मा १४ घरमा मात्र मानिसको बसोबास रहने गरेको सीताको भनाइ छ । खाली घरका अधिकांश छिमेकीको अहिले काठमाडौंमै स्थायी रूपमा बसोबास रहेको र देवालीमा भने गाउँमा फर्कने गरेको स्थानीयको भनाइ छ । कोहीकोही छिमेकी भने दशैंतिहारमा समेत गाउँ फर्कने…

Read More

तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले भारी मतान्तरसहित विजयी भएका छन् । वाग्लेले ३४ हजार ९ सय १८ मत ल्याउँदा नेपाली कांग्रेसका गोविन्द भट्टराईले २० हजार १ सय २२ मत प्राप्त गरे । त्यस्तै तेस्रो स्थानमा रहेका एमाले उम्मेदवार सर्वेन्द्र खनालले ८ हजार ४ सय ८८ मत प्राप्त गरेका छन् । त्यसैगरी राप्रपाकी शोभा गुरुङले २१८, नागरिक उन्मुक्ति पार्टीका भीम बहादुर सुनारले ९९, नेमकिपाका राम प्रसाद प्रजापतिले ३१, मङ्गोल नेशनल अर्गनाइजेसनका प्रेम बहादुर थापाले १६६, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्ण बहादुर रानाले ८७ र नेकपा समाजवादीका गणेश श्रेष्ठले ५ मत पाएका छन् । मुख्य…

Read More

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको फ्लाई दुबईको जहाज दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सकुशल अवतरण गरेको छ । सोमबार राति दुबईका लागि उडेको फ्लाई दुबईको जहाजमा काठमाडौँबाट उड्ने बित्तिकै समस्या आएको थियो। फ्लाई दुबईको एफजेड ५७६ जहाज स्थानीय समय १२:१० मा अवतरण गरेको हो। काठमाडौँको समयअनुसार ९:२० मिनेटमा उडेको जहाजमा आगोको झिल्का देखिएर पड्केको आवाज आएको थियो। तर समस्या समाधान भएपछि उक्त जहाज धार्केबाट पाइलटले गन्तव्यतर्फ फर्काएका थिए। चरा ठोक्किएका कारण आगोको झिल्का देखिएको र ठूलो आवाज आएको बताइएको छ ।

Read More

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा उपनिर्वाचनमा ठूला राजनीतिक दलप्रति जनताले चासो नदेखाएको बताएका छन् । सोमबार संसद् भवनमा बसेको संसदीय दलको बैठकमा सभापति देउवाले उपनिर्वाचनमा ठूला पार्टीप्रति जनतामा त्यति चासो नभएको देखिएको भन्दै पार्टीलाई सुधारेर जानुपर्ने आवश्यकता रहेको बताएको सांसद रामहरि खतिवडाले बताए । कांग्रेसले आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल गर्नका लागि बोलाएको संसदीय दलको बैठकमा सभापति देउवाले उपनिर्वाचनबारे धारणा राखेका थिए । चितवन २, तनहुँ २ र बारा २ मा आइतबार निर्वाचन भएको थियो । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता लिइरहेका छन् । मुलुकको वर्तमान राजनीतिक परिस्थितिबारे आफ्ना धारणा राख्ने क्रममा…

Read More

सिन्धुली । सिन्धुलीमा आज सोमवार बिहान भएको आगलागीबाट चार वटा घर जलेका छन् । कमलामाई नगरपालिका २ को चियाबारीमा राजकुमार श्रेष्ठको घरबाट सुरु भएको आगोले कौशल थापा, योगबहादुर थापा र गंगाबहादुर थापाको घर जलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । राजकुमार श्रेष्ठको घर भाडामा लिएर व्यापार चलाउँदै आएकी अम्बिका बुढाथोकीले पूजापाठ गर्न दियो बालेर छाडेका बेला त्यहीँबाट आगो सल्किएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । आगलागीमा परि नगद, गरगहना, पसलका समान, खाद्यान्न, लत्ताकपडालगायत जलेर नष्ट हुँदा एक करोड १६ लाख रुपैयाँभन्दा बढी धनमालको क्षति भएको प्रहरी नायब उपरीक्षक ९डीएसपी० चिरञ्जीवी दाहालले जानकारी दिए ।

Read More

तनहुँ । प्रतिनिधि सभा सदस्यकाे उपचुनावअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा मतगणना चलिरहेकाे छ । पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा. स्वर्णिम वाग्लेको अग्रता कायमै छ । २१ वडाको २९ हजार आठ सय दुई मतको गणना गर्दा वाग्लेले १५ हजार एक सय ३५ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले आठ हजार सात सय ३१ मत प्राप्त गरेका छन् । यस्तै नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले पाँच हजार मत पाएका छन् । वाग्ले भट्टराईभन्दा छ हजार चार सय चार मतले अगाडि छन्। यस क्षेत्रमा एक लाख २३ हजार तीन सय पाँच मतदाता रहेकामा ६५ हजार…

Read More

सिन्धुपाल्चोक । चौतारा सागाँचोकगढी नगरपालिका ५ नम्बर वडा महिला सञ्जालले महिलालाई सशक्तिकरण गराउन सवारी चालक तालिम सञ्चालन गरेको छ । नगरपालिकाको आर्थिक सहयोग र महिला वडा सञ्जालको आयोजनामा सञ्चालन गरिएको यस कार्यक्रमको आईतबार चौतारामा नगर प्रमुख कृष्ण प्रसाद सापकोटाले उद्घाटन गरेका हुन् । नगर प्रमुख सापकोटाले तालिम उद्घाटन गर्दै प्रशिक्षार्थीहरूलाई समयसापेक्ष सवारी साधनमा हुने नयाँ प्रविधिको ज्ञानको बारेमा अभ्यास तथा जानकारी दिई अझ योग्य र दक्ष चालकको रुपमा विकास गर्ने लक्ष्य रहेको बताए । तालिम लिएर प्रयोगमा आउदैन भने त्यसको औचित्य नहुने बताउदै तालिम लिएपछी रोजगार सगँ जोडिनु आवश्यक रहेको समेत सापकोटाले बताए । यो तालिम संवेदनशिल भएको हुदा ईच्छाशक्तिका…

Read More

चौतारा । चौतारा साँगाचोकगढी नगरपालिकाको आयोजनामा सहिद परिवार भेटघाट तथा इडक्सन चुलो बितरण कार्यक्रम नगरपालिकाको वडा न ४ बाट शुरु भएको छ । नगरपालिका भित्रका नेपाल सरकारले घोषणा गरेका सहिदहरुलाइ राहत स्वरुप विद्युतिय चुलो र त्यसमा प्रयोग हुने अन्य ६ थरी भाडाकुडा ( कुकर , कराइ, पानी तताउने भाडो, चिया पकाउने भाडो , चपिङ बोर्ड , चक्कु ) बितरण गरिएको हो । सामाग्री वितरण गर्दै चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर कृष्णप्रसाद सापकोटाले ब्यबस्था परिवर्तनको आन्दोलनमा आफ्नो प्राण उत्सर्ग गरे , उहाँहरुको परिवारलाई सम्झना र भेटघाटको लागि यो कार्यक्रम शुरु गरिएको बताए । कार्यक्रमको प्रमुख अतिथी सापकोटाले आन्दोलनमा सबैभन्दा बढी ज्यान उत्सर्ग…

Read More

काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनको मतगणना आजैबाट सुरु हुने बताएका छन् । उनले आजैबाट मतगणना सुरु गर्न निर्देशन दिइएको समेत बताएका छन् । थपलियाले आज गणना नभए भोलि बिहानबाटै सुरु हुने बताए । आज बारा-२, चितवन-२ र तनहुँ-१ मा उपनिर्वाचन भएको हो । चितवनमा ६१ प्रतिशत र तनहुँमा ५२ प्रतिशत मत खसेको छ । बाराको भने विवरण आउन बाँकी रहेको उनले बताए ।

Read More

महोत्तरी । मटिहानी नगरपालिकामा आगलागी हुँदा १० घर जलेर नष्ट भएका छन् । आइतबार मटिहानी नगरपालिका वडा नं ६ स्थित जरलहवा गाछी बस्तीमा आगलागी हुँदा १० घर जलेर नष्ट भएका हुन्। दिउँसो १२ बजेतिर स्थानीय राजकिशोर मुखियाको घरमा लागेको आगो अनियन्त्रित हुँदा बेचनी खातुन,सदरे आलम शेष,गफार शेष,गफार शेषलगायतका घरहरू पूर्णरुपमा जलेर नष्ट भएका हुन्। आगलागीबाट करिब २५ लाख मूल्य बराबरको सर-सामान जलेर नष्ट भएको मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले बताएका छन्। आगलागी नियन्त्रणका लागि जलेश्वर नगरपालिका र रामगोपालपुर नगरपालिकाको बारुण यन्त्र, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरीको टोलीलगायत स्थानीयको सहयोगमा दुई घण्टापछि नियन्त्रणमा आएको हो। यसैबीच आगलागी पीडितलाई…

Read More