Author: सूचनापाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ । बिहीबार महानगरको टोलीले सो पेट्रोल पम्प सिल गरेको हो । मापदण्डविपरीत सञ्चालन भइरहेको कोतःधुकु पेट्रोल पम्पले असुरक्षा बढेको उजुरीपछि महानगरले सिल गरेको हो । सिल गर्नुअघि सो पेट्रोल पम्पको कानुनी हैसियत, मापदण्ड पालना र त्यसबाट सडक र मानिसलाई हुने असुरक्षालगायतका विषयमा महानगरले आयल निगमलाई सोधेको थियो ।

Read More

काठमाडौँ – बारा निर्वाचन क्षेत्र नं-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलको जमानत जफत भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि आइतबार सम्पन्न भएको उपनिर्वाचनमा १० प्रतिशत मत नकटाउने उम्मेदवारको जमानत जफत गरेको हो । निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ। आइतबार भएको उपनिर्वाचनको बुधबार बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार खरेलले २ हजार ८२९ मत पाएका छन्। बारा–२ का मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको छ। जसअनुसार रास्वपाका उम्मेदवार खरेलले पाएको मत ४.१४ प्रतिशत रहेकाले उनको जमानत जफत…

Read More

काठमाडौँ । विसं २०७२ को भूकम्प र कोरोना महामारीले सबै संरचनामा क्षति पुगेर खस्किएको हेलम्बुको पर्यटन व्यवसाय अहिले भने पहिलाकै लयमा फर्किएको छ । भूकम्पले क्षति पुर्‍याएका व्यक्तिको घर, गुम्बा, होटल र होमस्टे (घरबास) को पुनः निर्माणपछि हेलम्बु आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको हो । बाटैभरि बौद्ध धर्मावलम्बीको सेता आकर्षक माने, रङ्गिन ध्वजापताकाले सिँगारिएको सिङ्गो गाउँ, आँखै अगाडि मनै लोभ्याउने सेता हिमाल । गर्मी महिनामा सिरसिर हावा चल्ने मनमोहक डाँडाकाँडा र हिमाली वनस्पति तथा वन्यजन्तु हेलम्बुका आकर्षण हुन् । हेलम्बु आएका ललितपुरको जाउलाखेलका विपुल शाक्य यहाँको मनमोहक दृश्य देखेर मोहित भएका छन् । काठमाडौँ उपत्यकाको प्यास मेटाउने मेलम्ची…

Read More

काठमाडौं । चितवन क्षेत्र नं–२ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने फराकिलो मतान्तरले विजयी भएका छन् । निकटतम प्रतिस्पर्धीभन्दा ४२ हजार नौ सय ६२ बढी मत ल्याएर उनी विजयी भएका हुन् । विजयी लामिछानेले ५४ हजार एक सय ७६ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार दुई सय १४ मत प्राप्त गरे । यस्तै नेकपा ९एमाले० का रामप्रसाद न्यौपानेले १० हजार नौ सय ३६ मत प्राप्त गरे । राप्रपाका जीवलाल पुरीले तीन सय ७५ मत प्राप्त गरे । चितवन क्षेत्र नं–२ मा ७८ हजार छ सय ६४ मत खसेको थियो । जसमध्ये एक हजार…

Read More

काठमाडौँ । धितोपत्र बजारमा नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि सात कम्पनीको आवेदन परेको छ । नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटका लागि आवदेन दिने यही वैशाख १० गतेसम्मका लागि समयसीमा तोकिएकामा सात कम्पनीको आवेदन दर्ता भएको नेपाल धितोपत्र बोर्डले जनाएको छ । “धितोपत्र बजार सञ्चालनका लागि सङ्गठित संस्था स्थापना गर्न सिफारिसका लागि तथा वस्तु विनिमय बजार सञ्चालन गर्न कम्पनी स्थापना गर्नु पूर्व स्वीकृतिका लागि निवेदन माग गरिएको थियो,” बोर्डद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । बोर्डकाअनुसार कमोडिटिज एक्सचेञ्जतर्फ मल्टी डेरिभेटिभ एक्सचेञ्ज लिमिटेड, मल्टी एसेट्स एन्ड डेरिभेटिभ एक्सचेञ्ज लिमिटेड, हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेञ्ज लिमिटेड र…

Read More

काठमाडौं । नेपाल नागरिक उड्ययन प्राधिकरणले सोमबार राति काठमाडौंबाट दुबईका लागि उडेको जहाजमा चरा ठोक्किएको दाबी अस्वीकार गरेको छ । सोमबारै राति दुवई मिडिया अफिसले आफ्नो ट्वीटर ह्यान्डलमा काठमाडौंबाट ९ः २० बजे दुबईका लागि उडेको एफजेड ५७६ जहाजमा चरा ठोक्किएको (बर्ड स्ट्राइक) दाबी गरेको थियो । तर प्राधिकरणले उक्त दाबी अस्वीरकार गरेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले आफ्नो प्राविधिक कमजोरी छोप्न बर्ड स्ट्राइकको बहाना बनाईएको हुनसक्ने बताए । ‘सोमबार राति जहाजमा चरा ठोक्किएको भन्ने पुष्टि भएको छैन । हामी एयरपोर्टको मान्छेलाई बर्ड स्ट्राइकबारे थाहा छैन,’ उनले भने, ‘चरा ठोक्किएको भए जहाजमा दुलो पर्थ्यो होला । पाइटले यहाँको टावरलाई किन…

Read More

चितवन । आइतबार सम्पन्न उपनिर्वाचनपछि जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ५० हजार मत कटाएका छन् । जारी मतगणनाको पछिल्लो अपडेटअनुसार रविले अहिलेसम्म ५००२९ मत ल्याएका छन् भने नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ९ हजार १ सय ६६ मत र नेकपा एमालेका रामप्रसाद न्यौपानेले ८८७९ मत ल्याएका छन् । अब मतगणनाको अन्तिम चरणमा पुगेकोले लामिछानेले जित्ने निश्चित भइसकेको छ ।

Read More

बारा । बारा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले मतान्तर फराकिलो बनाउँदै लगेका छन् । पछिल्लो परिणामअनुसार जसपा अध्यक्ष यादवले ९ हजार ९ सय ६९ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहले ६ हजार ७ सय ८७ मत प्राप्त गरेका छन् । यस हिसाबले यादवले शिवचन्द्रसँगको मतान्तर ३ हजार १८२ बनाएका छन् । यसअघि मतान्तर ३ हजार ९९ मत थियो । उपेन्द्र यादव सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् भने शिवचन्द्र माओवादी केन्द्र छाडेर जनमत पार्टीबाट उम्मेदवार बनेका हुन् ।

Read More

हेटौँडा । मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मकवानपुरको मनहरि-३ स्थित कालिदमार भन्ने स्थानमा गए राति मधेस प्रदेश०३-००१त ७१८८ नं.को ट्र्याक्टर अनियन्त्रित भई पल्टिँदा तीन जनाको मृत्यु भएको र अन्य दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । दुर्घटनामा मनहरि-३ का २० वर्षीय प्रवीण प्रजा, सोही स्थानका २४ वर्षीय राजकुमार प्रजा र ट्र्याक्टर चालक ३० वर्षीय वीरमान रुम्बाको मृत्यु भएको प्रवक्ता कार्कीले बताए । उनका अनुसार दुर्घटनामा मनहरी-३ का अमृत प्रजा र जोखलाल प्रजा घाइते भएका छन् । घाइतेको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए…

Read More

काठमाडौँ । सिंहदरवारसहितका क्षेत्रको फोहोर उठाउन थालिएको छ । काठमाडौँ महानगरपालिकाले २६ चैतदेखि नउठाएको फोहोर सोमबार दिउँसोदेखि उठाउन थालेको हो । सिंहदरवार, प्रधानमन्त्री निवास बालुवाटार, राष्ट्रपति कार्यालय, मन्त्री क्वार्टरसहितका ठाउँको फोहोर उठाउने थालिएको हो । उक्त ठाउँको फोहोर मङ्गलवारसम्म उठाइसक्नु पर्ने छ । १६ दिनसम्म फोहोर नउठ्दा २५ टन फोहोर जम्मा भएको छ । २०६४ सालदेखि सिंहदरवार, प्रधानन्यायाधीश, सभामुख, मन्त्री क्वार्टर, राष्ट्रिय सभा अध्यक्ष, राष्ट्रपति भवनलगायत ठाउँको फोहोर निजी कम्पनीले उठाउँदै आएका छन् । २७ वटा निजी कम्पनीले महानगरको फोहोर बन्चरेडाँडा पुर्‍याउँछन् । उपत्यकामा दैनिक उत्पादन हुने फोहोरको १० प्रतिशत फोहोर मात्रै महानगरले उठाउँछ ।

Read More