Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
रामेछाप । मन्थली सामुदायिक खानेपानी तथा सरसफाई उपभोक्ता समितिले खानेपानीको न्यूनतम मूल्य घटाएको छ । हाल मासिक धारा महसुल न्यूनतम ६ सय लिदै आएको उक्त समितिले आउदो श्रावण देखि लागू हुने गरी मासिक शूल्कमा १ सय घटाएर ५ सय कायम गर्ने निर्णय गरेको हो । शनिबार मन्थलीमा सम्पन्न समितिको २१ औं बार्षिक साधारण सभाले न्यूनतम महशुल दर घटाउने निर्णय गरेको अध्यक्ष पूर्णवहादुर सुवेदीले वताए । बार्षिक साधारणसभा कार्यक्रममा प्रतिनिधिसभा सदस्य पूर्णवहादुर तामाङ (कान्छाराम) ले जिल्ला सदरमुकाममा रहेको खानेपानी प्रणालीलाई अझ व्यवस्थित वनाउनुका साथै संकटका बेला संचालन गर्न बैकल्पिक योजनाको कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । खानेपानी योजनाको कार्यान्वयनका लागि आफुले सकेको…
रामेछाप । सरोकारहरूको बैठकले जेठको पहिलो हप्ता देखि मन्थली-काठमाडौं उडान गर्न माग गरेका छन । प्रतिनिधि सभा सदस्य पूर्णबहादुर तामाङ (कान्छाराम) को समन्वयमा बसेको सरोकारवालाहरूको बैठकले उक्त माग गर्ने निर्णय गरेको हो । मन्थली विमानस्थल बैकल्पिक रुपमा मात्र प्रयोग गरिएको व्यापक जनगुनासो आए पछि मन्थली काठमाडौं उडान नियमित गर्न पहल सुरु गरिएको प्रतिनिधि सभा सदस्य कान्छारामले बताए । मन्थली काठमाडौ उडान सुरु गर्नका लागि स्थानीय सरकारको तर्फबाट आफू जुनसुकै सहयोग गर्न आफू तयार भएको मन्थली नगरपालिकाका नगरप्रमुख लव श्रेष्ठले बताए । स्थानीयको मागलाई पूरा गर्न आफू सकारात्मक रहेको हवाई सेवा निर्देशनालयका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले बताएका छन् । मन्थली-लुक्ला उडान गरिरहेका…
काठमाडौँ । चन्द्रागिरि नगरपालिकाका स्थानीयहरूले पानि नपाएपछि रित्तो गाग्रीसहित नगरपालिकाको कार्यालयमा नै प्रदर्शन गरेका छन् । उनीहरूले कार्यालय परिसरदेखि मेयरको कार्यकक्षसम्म रित्ता गाग्रीको लाइन राखेर खानेपानीको व्यवस्थापन गर्न माग गर्दै प्रदर्शन गरेको हुन् । पानीको हाहाकार भएपछि स्थानीयहरू रित्तो गाग्रीसहित आइतबार (आज) प्रदर्शनमा उत्रिएका छन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद खड्गीले वडामा खनिएका २ वटा बोरिङबाट पानी नआएपछि समस्या बढेको जानकारी दिए । सुख्खा याम लागेसँगै काठमाडौँ उपत्यकामा खानेपानीको अभाव बढेको छ ।
जलेश्वर । महोत्तरी जिल्लाको सम्सी गाउँपालिकाका एक पूर्व वडा अध्यक्ष र वडा सचिवले नेपाली नागरिकताको प्रमाणपत्र किर्ते गरी सामाजिक सुरक्षा वितरण गरेको रहस्य खुलेको छ । सम्सी गाउँपालिका-२ पर्सादेवाडका वि.सं २०७४ मा निर्वाचित वडाध्यक्ष मोहम्म्द मकसुद र तत्कालीन वडा सचिव मनोहर मण्डलले नेपाली नागरिकताको प्रमाणपत्रमा केरमेट गरी २२ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको तथ्य बाहिर आएको छ । उनीहरूको मिलेमतोमा सरकारी कागज र छाप किर्ते गरी एउटै व्यक्तिको नाममा दुई वटा नागरिकता नम्बर प्रचलनमा ल्याएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । साथै एउटै व्यक्तिको नागरिकता नम्बरलाई केरमेट गरी फरक फरक नाम र जन्म मिति राखी सामाजिक सुरक्षा…
काठमाडौं । विवाह गर्न अस्वीकार गरेको भन्दै एक युवतीले युवककै घरमा पुगेर आत्महत्या गरेकी छिन् । केटा पक्षको परिवारले विवाह गर्न अस्वीकार गरेको भन्दै ३४ वर्षीय अनुमा श्रेष्ठले शनिवार केटाकै घरमा गएर आत्महत्या गरेकी छिन् । प्रहरी वृत्त बालाजुका अनुसार नर्स समेत रहेकी ३४ वर्षीय श्रेष्ठको शव प्रेमी सुजन ढकाल बोहोराटारस्थित घरमा भेटिएको हो । शनिवार अपराह्न ३ः५२ बजे अनुमाले आत्महत्या गरेको अवस्थामा सुजनका परिवारले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । नारायणगढमा रहेका मृतक अनुमाको परिवार काठमाडौँ आएपछि शनिवार राती मुचुल्का तयार पारी शव उठाइएको छ । मृतक अनुमा श्रेष्ठकी काकी सिर्जना श्रेष्ठका अनुसार प्रेमी सुजन ढकाल र…
विराटनगर । नेकपा एमालेका निवर्तमान प्रदेश सभा सदस्य गुलफेन खातुन जेल चलान भएकी छिन् । सरकारी सहिछाप किर्ते मुद्दामा दोषी ठहर भएकी कोशी प्रदेशकी पूर्वसांसद गुलेफुन खातुन कारागार चलान भएकी हुन् । उनी आफै आत्मसमर्पण गर्न शुक्रवार जिल्ला अदालत मोरङमा पुगेकी थिइन् । आत्मसमर्पण गरेसँगै कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । उनलाई ‘सरकारी सहीछाप र दस्तखत किर्ते’ मुद्दामा जिल्ला अदालत मोरङले एक वर्ष कैदको फैसला गरेको थियो । सरकारी सहिछाप किर्ते मुद्दामा २०७४ वैशाख ३१ गते तत्कालीन जिल्ला अदालत मोरङका जिल्ला न्यायाधीश अम्बिकाप्रसाद निरौलाको इजलासले सांसद खातुन सहित उनका श्रीमान् शेख सिलवर मियाँ, तत्कालीन गाविसका कर्मचारी…
दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको बताएकी छन् । नेकपा (माओवादी केन्द्र) दाङ क्षेत्र नं ३ समन्वय कमिटीको आयोजनामा शुक्रबार भएको प्रशिक्षण कार्यक्रममा मन्त्री शर्माले पहिला गरिएको निर्णयलाई अहिले कार्यान्वयनमा ल्याउन लागको स्पष्ट पारिन् । यस वर्ष विद्यालयको पठनपाठन सुरु हुनुभन्दा पहिले नै हात हातमा पुस्तक पुगेको उल्लेख गर्दै यो ऐतिहासिक काम भएको बताइन् । विगतमा परीक्षा हुँदाका बेलासम्म पनि पुस्तक नपुगेको र यस पटक भने समयमै पाठ्यपुस्तक पुग्नु सरकारको ठूलो उपलब्धि भएको उनको भनाइ थियो । फरक प्रसङ्गमा मन्त्री शर्माले दाङमा विमानस्थलका नाममा राजनीति नगर्न आग्रह गरिन् । ‘यसो…
कुमार श्रेष्ठ,रामेछाप । घरको पेटीमा गालामा हात लगाएर बसेका भेटिन्छन लालबहादुर ।घरि जुनारको बगानमा पुग्छन। घरि सदरमुकामका संघ संस्था तथा कार्यालयहरूमा चहार्छन ।जुनारको बोट सँग लुकामारी खेल्दै रमाउँदै आएका उनको दिनचर्या अहिले आगलागिले खरानी बनाएको जुनार, घरको पेटीमा र सहयोग माग्दै सदरमुकामका संघ संस्था तथा कार्यालयहरूमै बितेको छ । उनि जुनार कृषक मात्रै होईनन । व्यवसायी पनि हुन । दिविनी कृषि तथा उन्नत पशुपालन फार्म मार्फत जुनार खेतिमा आफूलाई हिरो बनाउने कोसिस गर्दै आएका लालबहादुर तामाङलाई आगलागिले ’जिरो’ मा ल्याई पुर्याएको छ ।जुनार खेतिबाट नै जिविकोपार्जन गर्दै आएका लालबहादुर आफू सडकमा आएको बताउँछन । लालबहादुर भन्छन– लाखौँ आम्दानी दिने बंगैचा…
काठमाडौं – प्रतिनिधिसभाको हिउँदे अधिवेशन आज(शुक्रबार) राति १२ बजेदेखि अन्त्य हुने भएको छ । कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवले संसदको हिउँदे अधिवेशन अन्त्य गरेका हुन् । राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि विदेशमा रहेका कारण यादवले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएका थिए । कार्यवाहक राष्ट्रपति यादवले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८०/०१/१२ को सिफारिसमा संघीय संसद्को दुवै सदनको चालु अधिवेशन संवत् २०८० साल वैशाख १५ गते शुक्रबार राती १२:०० बजेदेखि अन्त्य गरेको छु ।’
काठमाडौं । नेपाल प्रहरीका १८ उपरीक्षक (एसपी)को वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवाका लागि सिफारिस गरिएको छ। शुक्रबार बसेको बढुवा समितिको बैठकले उनीहरूलाई बढुवा सिफारिस गरेको हो । जनपद प्रहरी समूहका एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरिएको बढुवा समिति सदस्य सचिव तथा प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारीले जनाकारी दिएका छन् ।