Author: सूचनापाना

बझाङ – बझाङमा यार्सागुम्बा टिप्न एक जनाको ज्यान गएको छ । सुर्मा गाँउपालिका–३ सौनगाँउका कलक बोहराको आइतबार साँझ मृत्यु भएको हो । उनको यार्सागुम्बा टिप्ने ठाँउबाट घर फर्किने क्रममा चिसोले कठ्यांग्रिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार बोहराले मादक पदार्थ समेत सेवन गरेको र चिसोले कठ्यांग्रिएर ज्यान गएको हो । गाउँबाट स्थानीय र प्रहरी घटनास्थलतर्फ जाँदै गरेको सूचना अधिकारी रमेश अवस्थीले बताए ।

Read More

काठमाण्डौं । नेपालका विभिन्न भागमा वसोवास गर्दै आएका गर्गगोत्रीय भट्टहरुको वंशावली सोमबार काठमाण्डौंमा लोकापर्ण गरीएको छ । गर्गगोत्रीय भट्ट समाजका संयोजक भरतमणी भट्ट र सदस्य नारायणप्रसाद भट्टले एक समारोहका विच वंशावलीको लोकार्पण गरेका हुन । नेपालको पूर्व देखि पश्चिम सम्म छरिएर रहेका गर्गगोत्रीय भट्ट हरुको वंशावली सूचिकृत भएको उक्त पुस्तकमा भट्ट वंशको परम्परागत इष्टकुलदेवताको पुजा विधि लगाएतका सामाग्रि संग्रहित गरिएका छन् । कार्यक्रममा पुस्तक प्रकाशक भरतमणी भट्टले गर्ग गोत्रीय भट्टले आफ्नो पूर्खाको बारेमा मोटामोटी जानकारी लिनका लागि वंशावलीले सघाउने वताए । उनले यो शुरुवात भएकाले भावि पुस्ताले यसलाई अझ परिस्कृत गरेर राख्न आग्रह गरे । उनले हरेक थरको वंशावली ईतिहासका…

Read More

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अयोग्य लडाकुहरूलाई दुई लाख दिने निर्णय आफ्नो नभएको बताएका छन् । सोमबार बिहान चितवन पुगेका प्रधानमन्त्री प्रचण्डले २०७१ सालमा कांग्रेस र एमालेकै पहलमा अयोग्य लडाकुलाई पैसा दिने निर्णय भएको जिकिर गरे। उनले भने, ‘‘लडाकुलाई २ लाख दिने निर्णय २०७१ सालमा त्यतिबेलाको कांग्रेस नेतृत्वको सरकारले गरेको हो। कांग्रेस र एमालेको नेतृत्व भएको बेलामा टुंगिएको हो। विष्णु पौडेल अर्थमन्त्री भएको बेलामा निर्णय भएको हो। मैले मेरो निर्णयले पैसा दिन लागेको होइन।’ ०७१ सालको निर्णयलाई कार्यान्वयन गर्न खोज्दा दुई लाखले अर्थतन्त्र संकटमा पर्छ भनेर प्रचार गरिएको उनको भनाइ छ। अयोग्य भनिएका ४८ सय लडाकुलाई किस्ताबन्दीमा रकम दिने…

Read More

तातोपानी । सिन्धुपाल्चोकको तातोपानी नाका सोमबार (आज) देखि दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । आठ वर्षपछि तातोपानी नाका सञ्चालनमा आएको हो । पूर्ण रुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप सोमबारदेखि दुईतर्फी आयात निर्यात सुरु भएको हो । सोमबार बिहान नेपालबाट २९ लाख २९ हजार ८ सय ११ रुपैयाँ बराबरको तीन ट्रक मुडा र म्याट्रेस चीनतर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले जानकारी दिए । गत महिना नेपाली र चिनियाँ अधिकारीहरूबीच ल्हासामा भएको बैठकपछि नाका भूकम्पअघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भएअनुसार सोमबारदेखि नेपाल र चीन दुवैतर्फबाट आयात निर्यात खुला भएको हो । यसैबीच भूकम्पपछि बन्द भएको उत्तरी चीनसंग जाेडिएका अन्य…

Read More

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षमा भौतिक मन्त्रालयको बजेट सबैभन्दा धेरै कटौती भएको बताएका छन् । आइतबार काठमाडौँमा पेसागत महासङ्घ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आगामी आर्थिक वर्षमा मन्त्रालयको बजेट ५४ अर्ब कटौती भएको बताएका हुन् । उनले भने, ‘हामी बजेट निर्माणको चटारोमा छौँ । बजेटमा कटौती पनि छ । कटौती भएको कन्फर्टेबल बजेट सिलिङ हुन्थ्यो भने यति धेरै प्रेसर हुँदैन थियो होला । यता ताने उता मिल्दैन, उता ताने यता मिल्दैन । गरिबी जस्तो भएको छ । बिहान खाँदा साँझ नपुग्ने साँझ खाँदा बिहान नपुग्ने जस्तो भएको छ । ओभरल आर्थिक सङ्कट…

Read More

काठमाडौं। भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेल आइतबार स्वदेश फर्किने भएका छन् । आइतबार दिउँसो राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेल आइतबार अस्पतालबाट डिस्चार्ज भई आइतबार राति स्वदेश फर्किन लागेको जनाएको हो । ‘राष्ट्रपतिको विभिन्न परीक्षण र उपचारपश्चात हाल स्वास्थ्यमा उल्लेखनीय सुधार भएको हुँदा उहाँ अस्पतालबाट डिस्चार्ज भई आजै रातिको नेपाल एरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने कार्यक्रम रहेको छ,’ राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पेट र छातीमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार गराएका पौडेल ६ वैशाखमा एयर एम्बुलेन्समार्फत गएर दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स)मा भर्ना भई थप उपचार गराइरहेका छन्…

Read More

काठमाडौं । वीर अस्पतालको पुरानो भवनको छतको वाल भत्किँदा चार जना घाईते भएका छन् । घाईते हुनेहरू बिरामीका कुरुवा हुन् । आइतबार दिँउसो २ बजे वीरको बीचमा रहेको रातो भवनको छत भत्किएको हो । लगातार बर्षाको कारण पुरानो इट्टाको पर्खाल भत्किएको अस्पतालका कार्यकारी निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए । सो भवन २०३६ सालमा निर्माण भएको थियो । पर्खाल भत्किएसँगै तल करिडोरमा भएका चार जना बिरामीको कुरुवा सामान्य घाइते भएका छन् । ‘पर्खालबाट केही इँट्टा जस्ताको छतमा खसेको थियो । जहाँ हामीले बिरामी कुर्ने कुरुवाको लागि बस्ने ठाउँ पनि बनाएका थियौं’, डा. पौडेलले अनलाइनखबरसँग भने, ‘केही इँटा छिरेर तल करिडोर…

Read More

एजेन्सी। गत बिहीबार भारतकाे मध्यप्रदेशस्थित इन्दोरकी ३४ वर्षीया एक महिलाले आत्महत्या गरेकी छन् । आफूलाई श्रीमान्ले ब्युटिपार्लर जाने अनुमति नदिएपछि उनले आत्महत्या गरेकी प्रहरीले जनाएको छ । पन्ध्र वर्षअघि बलराम यादवसँग विवाह बन्धनमा बाँधिएकी रीनालाई बलरामले ब्युटिपार्लर नजानू भनेका थिए । रीनाले ब्युटिपार्लर जान अनुमति माग्दा बलरामले त्यसलाई अस्वीकार गरेका अनुसन्धान अधिकृत उमाशङ्कर यादवले बताएका छन् । बिहीबार साँझ कामबाट घर फर्केका बलरामले रीनालाई कोठामा झुन्डिएको अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

Read More

किमाथाङ्का । सङ्खुवासभामा निर्माणाधीन नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको ‘ड्याम साइट’को टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको छ । मकालु गाउँपालिका–३ नयाँ बस्तीबाट सुक्खा पहिरो खसेपछि टनेल थुनिएको हो । अरुण तेस्रो आयोजनाको ड्याम साइटको टनेलमा पहिरो खसेपछि अरुण नदी थुनिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । अहिले आयोजनाको अस्थायी बाँधमा पानी भरिएको छ । टनेलबाट पानी २५ प्रतिशत मात्र बाहिर निस्किएको उनले बताए । “टनेलको पानी निस्कासन हुने ठाउँमा पहिरो खसेपछि नदी थुनिएको भएको हो”, गोदारले भने। अरुण नदीको वहाब परिवर्तन गरी चार सय २९ मिटर लामो टनेल निर्माण गरिएको छ । अस्थायी बाँध…

Read More

सिन्धुली । कुमारी बैकमा बचत खाता संचालन गर्ने प्रत्येक व्यक्तिले शुभजिवन अस्पताल खुर्कोटमा उपचार गर्दा १५ प्रतिसत र फार्मेसी तर्फ ५ प्रतिसत छुट दिने भएको छ । कुमारी बैक लिं खुर्कोट शाखा कार्यालय र शुभजिवन अस्पताल खुर्कोटको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रमको अवसरमा सयुक्त हस्ताक्षर गरि छुट दिने सम्झौता गरिएको कुमारी बैक खुर्कोट शाखाका प्रमुख सुवास थापाले बताए ।ग्रामिण भेगमा बैकिंङ सेवा अझै विस्तार नभैसकेको र कुमारी बैक लिं.ले ग्रामिण भेगमा बैकिंङ जनचेतना कार्यक्रम हरु संचालन गर्नुका साथै सहज सेवा प्रदान गर्ने कुमारी बैकले जनाएको छ ।सो अवसरमा कुमारी बैक र शुभजिवन अस्पताल खुर्कोट विच व्यवसायिक हस्ताक्षर भएको हो ।…

Read More