Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौँ । नेपाली कांग्रेसकी सांसद डा आरजु राणा देउवाले नक्कली भूटानी शरणार्थी प्रकरणमा आफूलाई नियतबस र जबर्जस्ती तान्न खोजिएको भन्दै तर त्यसमा आफूले नबिराएकाले नडराउने बताएकी छन् । प्रतितिधिसभको आजको बैठकमा आफूमाथि लक्षित गर्दै उठेका प्रश्नको जवाफमा उनले आफूले त्यस प्रकरणका बारेमा थाहा नपाएको स्पष्ट पारिन् । उनले आफू नभएको दिनमा आफ्नो नाम जोडेर अनेक थरी प्रश्नहरु उठाइएको र नक्कली मान्छेहरु खडा गरेर अडियो बनाइएको देख्दा र सुन्दै आफूलाई निकै दुःख लागेको बताइन् । उनले आफूले कसैका बारेमा कुनै टिकाटिप्पणी नगरी आफ्नै हिसाबले समाजसेवा र राजनीतिक गरेको तर आफ्ना विरुद्धमा भने नियोजित रुपमै दुष्प्रचार गरिएको बताइन् । उनले भनिन्, “एउटा…
काठमाडौँ । नेपाल सरकारका १६ जना राजपत्राङ्कित द्वितीय श्रेणी(उपसचिव)को पदस्थापन तथा सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार(आज) अपराह्न अतिरिक्त समूहमा रहेका उपसचिवहरूलाई विभिन्न स्थानीय तहमा खटाएको हो । 2080.01.24U.SDownload
रामेछाप। नेपाल रेडक्रस सोसाईटी रामेछापले ३ सय पर्ने अक्सिजनलाई १ हजार लिएको पाईएको छ । सेवामूलक सँस्थाबाट नै आफू ठगिएको नाम नबताउने सर्तमा एक बिरामीका आफन्तले बताएका छन् । रेडक्रस रामेछापका महामन्त्री दुर्गाबहादुर श्रेष्ठ अक्सिजन अन्तै बाट किनेकोले १ हजार परेको बताउँछन् । उनि भन्छन्- हामीले अक्सिजन दिने होईन, हामीले त एम्बुलेन्स मात्र दिने हो । अक्सिजन बिरामीकै आफन्तले उपलब्ध गराउनु पर्छ । हामीले अन्तैबाट अक्सिजन किनेको हौँ । जतिमा किन्यौँ उति लियौँ । बिरामीका आफन्त आफैले अक्सिजन खरिद गर्दा पनि सेवाग्राही निकै ठगिएको पाईएको छ । सानो प्रोटेबल अक्सिजन भर्दा साधारणतया २ सय पचास देखि ३ सय सम्म लिने…
काठमाडाैं । ललितपुर महानगरपालिका-१५ र महालक्ष्मी नगरपालिका-४ को सिमाना भएर बग्ने कर्मनासा खोलामा फोहोर बढेपछि सरसफाई गरिँदै । तस्बिरः रासस
रामेछाप । नेपाली काँग्रेस निकट नेपाल ट्रेड युनियन रामेछापको अध्यक्षमा अर्जुनबहादुर श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । गत शुक्रवार जिल्ला सदरमुकाम मन्थलीमा भएको टेड्र युनियनको नौ औँ जिल्ला अधिवेशनबाट श्रेष्ठ निर्विरोध अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन् । ट्रेड युनियनको अध्यक्ष बनेका श्रेष्ठ पेसाले शिक्षक हुन् । त्यस्तै उपाध्यक्षमा डोरबहादुर श्रेष्ठ, उपाध्यक्ष (खुल्ला) मा रमिता राई (उपाध्यक्ष (महिला) मा मेनुका महत, उपाध्यक्ष (स्वरोजगार)मा कविता थापा चयन भएका छन् । त्यस्तै ट्रेड युनियनको सचिवमा मोतीलाल लामा चयन भएका छन् । कोषाध्यक्षमा भने प्रतिभा बोहोरा (बि क) चयन भएकी छन् भने सह–सचिवमा सजल घिसिङ, सविना पौड्याल चुनिँदा महिला सदस्यमा अनिता थापामगर, नरदेवी थापा…
रामेछाप । जिल्ला प्रशासन कार्यालयले सार्वजनिक बिदाका दिनसमेत कार्यालय खोलेर नागरिकलाई सेवा दिइरहेको छ । उक्त व्यवस्था यही वैशाख १ गतेदेखि लागू गरिएको कार्यालयले बिहीबार सूचनामार्फत जानकारी गराएको हो । शनिबार र दसैं तिहारजस्ता सार्वजनिक बिदाबाहेक सार्वजनिक बिदाका दिनमा कार्यालय संचालन हुने सूचनामा जनाइएको छ । प्रमुख जिल्ला अधिकारी अनिता निरौलाका अनुसार नागरिकको सुविधाका लागि वैशाख पूर्णिमा, श्रीकृष्ण जन्माष्टम, रक्षाबन्धन, घटस्थापना, क्रिसमस, उभौली, धान्यपूर्णिमा, तमु ल्होसार, माघी, सोनाम ल्होसार, महाशिवरात्री र ग्याल्पो ल्होसारका दिन कार्यालयबाट सेवा संचालन हुनेछ । त्यसैगरी ईद, बकरईद, गणतन्त्र दिवस, जनयुद्ध दिवस, प्रजातन्त्र दिवस, महिला दिवस, बुद्ध जयन्ती र पृथ्वी जयन्तीका दिनमा पनि कार्यालय खुल्ने जनाइएको…
काठमाडौँ । जिल्ला अदालत काठमाडौँले पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । प्रहरीले सन्दीपलाई बिहीबार अदालतमा उपस्थित गराएर ३ दिनको म्याद दिएको हो । नेपालीलाई भुटानी नागरिक बनाएर अमेरिका पठाउने कार्यमा संलग्नताको आरोपमा प्रहरीले सन्दीपलाई बुधबार बुटवलबाट पक्राउ गरेको थियो । बिहीबार बिहान हवाई जहाजबाट काठमाडौँ ल्याइएसँगै प्रहरीले उनलाई म्याद लिनका लागि अदालतमा उपस्थित गराएको थियो ।
काठमाडौं । समयले मानिलाई कता डोर्याउँछ र कहाँ पुर्याउँछ कसैलाई पत्तो नै हुँदैन । प्रसंग हो, पूर्व गृह सचिव टेकनारायण पाण्डेको । कुनै बेला प्रहरीलाई नै निर्देशन दिने अझ भनौं नेपाल प्रहरीको नेतृत्वकर्ता रहेका सचिव पाण्डे अहिले प्रहरीकै हिरासतमा छन् । उपराष्ट्रपति कार्यालयमा कार्यरत नेपाल सरकारका सचिव पाण्डेलाई यतिबेला काठमाडौं जिल्ला प्रहरी परिसरमा राखिएको छ । नेपाल प्रहरीको सबैभन्दा ठूलो पद प्रहरी महानिरीक्षक (आईजीपी) लाई फूली फूली लगाइदिने तत्कालिन गृहसचिव पाण्डेलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । कुनै दिन आइजीपीलाई फूली लगाउने हैसियतमा बसेका व्यक्तिले पदको मर्यादा कायम नराख्दा प्रहरीले नै यतीबेला उनको हातमा हत्डकी लगाएको छ । भुटानी शरणार्थीको…
चाैतारा । सिन्धुपाल्चोकको सदरमुकाम चौतारामा निर्माण गर्न लागिएको मिनि रङ्गशाला पाँच वर्ष पुग्दा पनि पूरा हुनसकेको छैन । विसं २०७६ मा निर्माण थालिएको मिनि रङ्गशाला निर्माण व्यवसायीले ढिलासुस्ती गर्दा पूर्णताः पाउन नसकेको हो । रङ्गशाला निर्माण भए सिन्धुपाल्चोक मात्रै नभएर आसपासका जिल्लाको फुटबल प्रतियोगिता गर्न आउँदा आम्दानीको स्रोतमा समेत वृद्धि हुने उद्देश्यले रु ४१ करोड ६२ लाखमा गिरी कन्सट्रक्सनलाई तीन वर्षमा सम्पन्न गर्ने गरी निर्माणको ठेक्का दिएको हो । सिन्धुपाल्चोकको गौरवको आयोजना पाँच वर्ष पुगी सक्दासमेत ५० प्रतिशतभन्दा माथि पुग्न सकेको छैन । डिपिआरमा उल्लेख गरिएअनुसार रङ्गशालामा छ हजार दर्शक अटाउन मिल्ने प्यारापिट निर्माण हुनेछ । रङ्गशालाभित्र करिब पाँच सय…
काठमाडौं । पूर्वउपप्रधानमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई काठमाडौं ल्याइएको छ। नक्कली भूटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा बुधबार बुटवलबाट पक्राउ परेका सन्दीपलाई आज काठमाडौं ल्याइएको हो। उनलाई रूपन्देही प्रहरीले भैरहवा विमानस्थलबाट बुद्ध एयरको विमानमार्फत काठमाडौं पठाएको हो। रूपन्देहीका प्रहरी नायब उपरीक्षक श्याम अर्यालका अनुसार रायमाझीलाई बिहान ७ बजे अघि नै भैरहवा विमानस्थल पुर्याइएको भएपनि मौसमका कारण फ्लाइट डिले भएको थियो। काठमाडौं ल्याइएपछि आजै जिल्ला अदालतबाट म्याद थप गराई सन्दीपविरूद्ध थप अनुसन्धान सुरू गरिने जनाईएको छ । सन्दीपविरूद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो। पक्राउ पुर्जी जारी भएपछि उनी हिजो बुटवलबाट पक्राउ परेका थिए।