Author: सूचनापाना

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकको ब्याज तिर्ने अवधि जरिवाना नलाग्ने गरी तीन महिना थप गर्ने जनाएको छ । शुक्रबार आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले नियमित ब्याज भुक्तानी गरिरहेका ऋणीले उक्त सुविधान पाउने जनाएको हो । ‘वास्तविक क्षेत्रमा देखापरेको शिथिलताका कारणले कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी अल्पकालीन तथा चालु पुँजी प्रकृतिका कर्जाहरुलाई ब्याज नियमित रहेको अवस्थामा आवश्यकता र औचित्यको आधारमा कुनै किसिमको हर्जाना÷शुल्क नलिने गरी ३ महिनासम्मका लागि २०८० असार मसान्तभित्र म्याद थप गर्न सक्ने व्यवस्था गरिनेछ,’ सार्वजनिक समीक्षामा उल्लेख छ ।

Read More

काठमाडौँ । एकीकृत मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना तयार गरिने भएको छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा शुक्रबार बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७ औँ बैठकले यस वर्षको मनसुनजन्य विपदबाट हुनसक्ने जनधनको क्षति कम गर्न सम्बन्धित निकायले गर्नुपर्ने कार्य उल्लेख गरी कार्ययोजना तयार गर्ने निर्णय गरेका हो । बैठकले त्यस सम्बन्धी तयारीका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई जिम्मेवारी दिएको छ । बैठकले देशका विभिन्न स्थानमा हुनसक्ने जोखिमलाई मध्यनजर गरेर सम्बन्धित निकाय, प्रदेश तथा स्थानीय सरकारहरूले गर्नुपर्ने पूर्वतयारी, उद्धार लगायतका कार्यका लागि उपलब्ध एवम् आवश्यक साधन स्रोतको विवरण सहितको कार्ययोजना तयार गरी आगामी…

Read More

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा लिवियामा शान्ति स्थापना कार्यका खटिने क्रममा एक सय १५ जनाको नेपाली शान्ति सैनिक टोली त्यसतर्फ प्रस्थान गरेको छ । स्पेशल गार्ड युनिट शान्ति सेना चौथो डफ्फालाई बदली गर्न पाँचौँ डफ्फाका शान्ति सैनिकको पहिलो टोली प्रमुख सेनानी भाइकाजी थापाको नेतृत्वमा मिशन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । त्यहाँ तैनाथ चौथो डफ्फाका एक सय १३ शान्ति सैनिक सेनानी गेलङ लामाको नेतृत्वमा आजै स्वदेश आइपुग्ने जानकारी दिइएको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ विश्वका विभिन्न मुलुकमा हाल छ हजार ५९ नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति सैनिक धेरै खटाउने मुलुकको सूचीमा…

Read More

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणले राजनीतिक वृतमै तरंग पैदा भईरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन् । भुटानी शरणार्थी बनाउने प्रकरणमा ठूला पार्टीकै हाइप्रोफाइल नेताहरु मुछिएपछि आज लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन् । प्रधानमन्त्रीसंगको भेटमा लामिछानेले प्रचण्डलाई भ्रष्टाचारविरूद्धको लडाइँमा जो भए पनि दह्रोसँग खुट्टा टेक्न आग्रह गरेका छन्। सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको अनुसन्धानप्रति खुसी व्यक्त गरे। सभापति लामिछानेले भ्रष्टाचारविरूद्धको अभियान सबै पार्टीको साझा दायित्व भएको बताए । लामिछानेले दलको तर्फबाट पूर्ण साथ, सहयोग र समर्थन रहने समेत बताए । प्रधानमन्त्रीमाथि दबाब परेको छ कि, अनुसन्धान प्रभावित भएर निष्कर्षमा पुग्दैन…

Read More

काठमाडौं । नेपाल – मे ६, २०२३ – NYEF काठमाडौंले पहिलो पटक मल्ल होटलमा NYEF उद्यमशीलता सम्मेलन २०२३ को आयोजना सफलतापूर्वक सम्पन्न भएकाे छ । नेपालमा युवा तथा महिला उद्यमीहरूलाई प्रवर्द्धन र सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकाे हाे । कार्यक्रमको प्रमुख अतिथि माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माननीय श्री रमेश रिजाल र विशेष अतिथि माननीय सुश्री शोविता गौतम थिइन् । कार्यक्रमको उद्घाटन माननीय रमेश रिजाल, माननीय शोविता गौतम, NYEF NGC अध्यक्ष श्री रितेश लामिछाने र NYEF काठमाडौं अध्यक्ष श्री चिराग गोयलले गरेका थिए। NYEF काठमाडौंका अध्यक्ष श्री चिराग गोयलले आफ्नो मन्तव्यमा मुख्यतया देशको आर्थिक…

Read More

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ब्याजदर घटाएको छ । बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत ब्याजदर घटाएको हो । राष्ट्र बैंकका अनुसार मौद्रिक नीतिको कार्यदिशालाई मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको वर्तमान अवस्था र सम्भावित परिदृश्यको आधारमा समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आन्तरिक आर्थिक गतिविधिहरू चलायमान बनाउन सहयोग पुर्‍याउने गरी केही लचिलो बनाइएको हो । मौद्रिक नीतिको अङ्कुशको रूपमा रहेको नेपाली र भारतीय मुद्राबीचको स्थिर विनिमय दर र बाह्य क्षेत्रतर्फको चालु खाता पूर्णरुपमा परिवत्र्य रहेको सन्दर्भमा विदेशी विनिमय सञ्चितिले आयात धान्न सक्ने क्षमता, मौद्रिक नीतिका उद्देश्यहरूको सम्भावित परिदृश्य, छिमेकी देशको नीतिगत दर र दुवै मुलुकबीच कायम रहेको मुद्रास्फीतिबीचको अन्तरलाई मध्यनजर गरी…

Read More

अर्घाखाँची । आगोले जलेर ज्यान गुमाएका अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाको ढाकाबांगका चार जनाको सामूहिक दाहसंस्कार गरिएको छ । खाकाबेसीको बघमारे घाटमा चार जनाको सामूहिक दाहसंस्कार गरिएको भूमिकास्थान–१ का वडाध्यक्ष गोपाल खनालले बताए । ढाकाबांगमा आगो निभाउने क्रममा घाइते भएका चार जनाको उपचारका क्रममा ज्यान गएपछि गाउँ नै शोकमा छ । गएको मङ्गलवार दिउँसो भूमिकास्थान–२ तिरतिरे गाउँमा सल्किएको आगो निभाउने क्रममा घाइते भएका वेल्वासे टोलका चारै जनाको उपचारका क्रममा ज्यान गएको हो । आगलागीका घाइतेहरूलाई जिल्ला अस्पताल सन्धिखर्कमा उपचारपछि थप उपचारका लागि मिसन अस्पताल पाल्पा रिफर गरिएको थियो । पाल्पामा उपचार हुन नसकेपछि काठमाण्डौ रिफर गरिएकोमा उपचारका क्रममा काठमाडौं ज्यान गएको थियो…

Read More

काठमाडौँ । नेपाली काँग्रेसले शरणार्थी प्रकरणमा पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई तत्काल कारबाही नगर्ने भएको छ । आज बसेको पदाधिकारी बैठकमा उनको विषयमा सामान्य छलफल भए पनि तत्काल कारबाही आवश्यक नभएको ठहर भएको हो । बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै सहमहामन्त्री जीवन परियारले खाँणले अनुसन्धानलाई सघाइरहेको बताए । पक्राउ पर्ने बित्तिकै दोषी भन्न नमिल्ने उनको भनाइ थियो । ‘उहाँ बुटवल जानुभएको थियो । त्यतैबाट भाग्न पनि सक्नुहुन्थ्यो । तर निवासबाटै पक्राउ पर्नुभयो । उहाँले अनुसन्धानमा सघाइरहनुभएको छ । हामीले अदालतको निर्णय पर्खिनुपर्छ’, उनले भने । काँग्रेस दोषीलाई उम्काउने पक्षमा नभएको उनले बताए । अनुसन्धानलाई पार्टीले सघाउनुपर्नेमा सबै सहमत रहेको…

Read More

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र पोर्चुगलका समकक्षी जओँ गोमेस क्राभिन्होबीच टेलिफोन वार्ता भएको छ। बिहीबार साँझ उनीहरूबीच टेलिफोन वार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ। उनीहरूले द्विपक्षीय तथा बहुपक्षीय मुद्दामा विचार आदानप्रदान गरेका थिए।

Read More

रामेछाप । शिक्षा हासिल गर्ने इच्छालाई कसैले पनि रोक्न सक्दैन। लिखुतामाकोशी गाउँपालिका बिजुलिकोटका ६६ वर्षीय मोहनबहादुर महतको इच्छालाई पनि न उनको उमेरले रोक्न सक्यो न परिस्थितिले । वृद्धावस्थामा पनि कक्षा ७ मा भर्ना भएर महतले शिक्षा हासिल गर्ने इच्छालाई जोशिलो बनाए । अचेल मोहनबहादुर महत र उनकी श्रीमती रामकुमारी कार्की महत पुस्तक बोकेर सँगसँगै विद्यालय जान्छन् । महत जोडी सँगै उनिहरूका २ छोरी अनिषा र मनिषा पनि विद्यालय जान्छन् । सामान्य किराना पसल तथा कृषि पेशाले जीवनको गुजारा गर्दै आएका मोहनबहादुरलाई यतिबेला पढ्न जाने जोश बढेको छ ।ईसिडिमा पढ्ने र कक्षा २ मा पढ्ने सानी छोरीहरूलाई डोहोर्याउँदै लिखुतामाकोशी गाउँपालिका वडा…

Read More