Author: सूचनापाना

काठमाडौं । निर्वाचन सम्पन्न भएको पाँच महिना पछि संसदीय समितिका बैठक बसेको छ । सिंहदरवारस्थित संघीय संसदको कार्यालयमा आज एकै पटक १० वटा बिषयगत समितिहरुको बैठक सुरु भएको हो । सभामुखका प्रेस संयोजक शेखर अधिकारीका अनुसार बैठक बिहान ९ बजेवाट एकैपटक सुरु भएको हो । गत मंशिर ४ गते निर्वाचन सम्पन्न भएको पाँच महिना नाघिसक्दा पनि अझैसम्म बिषयगत समितिका बैठक बस्न समेत सकेको थिएन । अघिल्लो अधिवेसनको अन्तिम दिनमा संयुक्त समितिसहित १० वटा बिषयगत समितिमा रहने सदस्यहरु मनोनयन भए पछि आज पहिलो बैठक बसेको हो । आजको पहिलो बैठक भने समितिमा रहेका जेष्ठ सदस्यले सभापतित्व गरिरहेका छन् । जेष्ठ सदस्यले…

Read More

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझीको बयान सकिएको छ। सोमबार लिइएको उनको बयान राति अबेरसम्म गरेर सकिएको सरकारी वकिल कार्यालयले जनाएको छ । आइतबार साँझ काठमाडौँको बुढानीलकण्ठबाट पक्राउ परेका रायमाझीलाई काठमाडौँ जिल्ला अदालतले थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । दिउँसो ४ बजेदेखि सुरु भएको रायमाझीको बयान राति साढे ९ बजेसम्म चलेको थियो ।

Read More

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व सांसद आङटावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन् । उनले टेकु स्थित जिल्ला प्रहरी परिसरमा पुगेर आत्मसमर्पण गरेका हुन् । भुटानी शरणार्थीको कोटामा अमेरिका पठाउने नाममा ठगेको आरोपमा शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । २०७० मा रामेछाप–१ बाट संविधान सभा सदस्यमा निर्वाचित शेर्पा कांग्रेसको महाधिवेशन प्रतिनिधि हुन् । 

Read More

चौतारा । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–३ पाल्चोककी ६५ वर्षीय मैया खड्का आँगनमै पानीको धारा झरेपछि दङ्ग छिन्। एक गाग्रो पानीका लागि घण्टौँ कुरेर पनि कुवाको पानी खानुपर्ने बाध्यताको अन्त्य भएपछि उनी खुसी छिन् । मैयाले भनिन्, “घरमा धारा होला र पानी आउला भन्ने सोचेकै थिएनौँ अहिले हाइसञ्चो भएको छ ।” पाल्चोक खानेपानी आयोजनाले झन्डै १० वर्षभन्दा बढी समय लगाएर पाँच किलोमिटर टाढाको पहरोलाई छिचोल्दै कुँडुले खोलाबाट पानी ल्याएर पाँच सय ९९ धारा बनाउन सफल भएको समितिका अध्यक्ष जिमी तामाङले जानकारी दिए । खानेपानी तथा सरसफाइ विकास कार्यालयको सहयोगमा रू तीन करोड १८ लाख सहयोगमा घर–घरमा खानेपानीको धारा बनेपछि दीपबहादुर खड्का निकै…

Read More

मकवानपुर । बागमती प्रदेश सरकारले दोलखाको जिरीमा पर्यटकीय ताल निर्माणका लागि ७७५ रोपनी जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । जिरी नगरपालिकाको वडा नं. ५ मा प्रदेश गौरवको आयोजनाका रूपमा निर्माण गरिने ताल निर्माणका लागि उक्त निर्णय गरिएको सरकारको प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिए । साथै सरकारी कामकाजको भाषासम्बन्धी विधेयक मस्यौदाको तयारीका लागि सैद्धान्तिक स्वीकृति दिने समेत सरकारले निर्णय गरेको छ ।

Read More

काठमाडौँ । टोपबहादुर रायमाझीलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका रायमाझीलाई तीन दिन हिरासतमा राख्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको हो । अदालतले सोमबार तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको बताइएको छ ।

Read More

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार पूर्वउपप्रधानमन्त्री तथा एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । प्रतिनिधिसभा सदस्य रहेका रायमाझीलाई आइतबार साँझ काठमाडौंको बूढानीलकण्ठस्थित पासीकोटबाट नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ। वैशाख २० मा पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार थिए।

Read More

काठमाडौँ । वैदेशिक रोजगारीमा छ महिनासम्म काम गरेर फर्किएका नेपालीले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने भएका छन् । भन्सार विभागले आज एक सूचना जारी गर्दै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएको छ महिना पूरा भएकाले मात्रै दुई वटा मोबाइल फोन ल्याउन पाउने जनाएको हो । विभागका निर्देशक पुण्यविक्रम खड्काले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले एउटा चलाइरहेको र एउटा ‘सिलप्याक’ वा दुवै चलाइरहेको मोबाइल ल्याउन पाउने बताए । उनका अनुसार अध्ययन तथा अन्य प्रयोजनका लागि विदेशीएका नेपालीले भने एक थान मात्रै फोन ल्याउन पाउनेछन् । “श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई लगातार कम्तीमा छ महिनासम्म काम गरी…

Read More

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई थप चारदिन हिरासतमा राख्न अनुमति दिएको छ । अदालतले उनीसहित यस प्रकरणमा पक्राउ परेका १२ जनालाई थप ४ दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका उनलाई म्याद थपका लागि आइतबार प्रहरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो।

Read More

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले सेवाग्राही ठग्ने लेखापढी व्यवसायीलाई धमाधम पक्राउ गर्न थालेको छ । ठगिएको गुनासोको आधारमा प्रशासनले लेखापढी व्यवसायीलाई पक्राउ गर्दै सर्वसाधारणबाट असलुको रकम फिर्ता गराउन थालको हो । सो क्रममा सेवाग्राही ठग्ने ४ जना लेखापढी व्यवसायीलाई पक्राउ गरी प्रहरीले कारबाहीको सुरु गरेको छ । प्रशासनले पक्राउ परेकाहरूबाट सर्वसाधारणलाई ठगेर लिएको मोटो रकम समेत फिर्ता गराएको छ । प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले ठगिएको गुनासो बढेसँगै छानबिन गरी दोषीउपर कारबाहीको प्रक्रिया अघि बढाएको बताइन् । उनले पासपोर्ट बनाउन आउने सेवाग्राहीलाई लेखापढीको काम गर्नेले ११ देखि ४० हजार सम्म रकम लिएको पाइएको बताइन् । सो रकम समेत सम्बन्धित…

Read More