Author: सूचनापाना

काठमाडौं । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार रिजाललाई बिहीबार झापाबाट काठमाडौं ल्याइएको हो ।

Read More

 काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा हज कमिटीका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन् । उनलाई सिंहदरबारबाट प्रहरीले पक्राउ गरेको हो । हज कमिटीको गाडी प्रयोग गरेर पैसा ओसार्न कार्य गरेको हिरासतमा रहेका आरोपीको बयानका आधारमा उनलाई पक्राउ गरिएइको हो ।

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चालु आर्थिक वर्षको नौ महिनामा अध्ययनका लागि देशबाट ६७ अर्ब १८ करोड रुपैयाँ बाहिरिएको जानकारी दिएका छन् ।  बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले अध्ययनका लागि देशबाट चालु आर्थिक वर्षको ९ महिनामा ६७ अर्ब १९ करोड रुपैयाँ बाहिरिएको जानकारी गराएका हुन् । साथै सोहीअवधिमा ९ खर्ब ३ अर्ब ३९ करोड रेमिट्यान्स भित्रिएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए ।

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले तत्कालLन माओवादी शिविरमा कुनै अनियमिमिता भएको र त्यसको छानबिनबाट दोषी ठहरिए जेल जान तयार रहेको बताएका छन् । उनले यो विषय राजनीतिक पूर्वाग्रहका आधारमा उठाउने गरिएको उल्लेख गर्दै उनले २०४८ सालपछिका सबै भ्रष्टाचार छानबिन गर्न तयार रहेको बताए । प्रतिनिधिसभाको बिहीबारको बैठकमा राप्रपाका सांसद ज्ञानबहादुर शाहीले सोधेको लडाकु शिविरमा भएको भ्रष्टाचारबारेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले भने, ‘क्यान्टोनमेन्टको कुरा कपोल्कल्पित छ । फेरि पनि छानबिन गरेर दोषी ठहरिए म जेल जान तयार छु ।’ उनले लडाकुलाई दिएको पैसामा भ्रष्टाचार भयो भन्ने आरोप मात्र भएको बताए । ‘पूर्व माओवादी लडाकुलाई वितरण गरिएकै पैसामा भ्रष्टाचार भयो भन्ने आरोप…

Read More

नुवाकोट । बागमती प्रदेशको पर्यटन क्षेत्रको प्रचारका लागि पत्रकारहरूको भ्रमण सुरु भएको छ । पर्यटन उद्योग तथा सहकारी मन्त्रालय बागमती प्रदेशले पत्रकार महासंघ बागमती प्रदेश सँगको समन्वयमा उक्त कार्यक्रमको आयोजना गरेको हो । “घुमफिर वर्ष २०७९/८० सफल पारौँ” भन्ने मूल नाराका साथ भ्रमण कार्यक्रम आयोजना गरेको मन्त्रालयले जनाएको छ । भ्रमणको पहिलो दिनको अवसरमा टोलीले चित्लाङको पर्यटन व्यवसायीहरू सँग भेटघाट गरेको छ । कार्यक्रमका अवसरमा मकवानपुर जिल्लाको थाहा नगरपालिका स्थित चित्लाङमा पर्यटन प्रवर्द्धनका लागि भए गरेका प्रयासहरूको बारेमा र आगामी दिनमा गर्नु पर्ने कार्यक्रमका बारेमा अन्तरक्रिया गरिएको थियो । नेपालमै पहिलो पटक बाख्राको दूध बाट चिज उत्पादन चित्लाङमै गरिएको भए…

Read More

सिन्धुपाल्चोक । खानेपानीमन्त्री महिन्द्र राय यादवले मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गरेका छन् । मेलम्ची खानेपानी अयोजनाले राखेको परिचयात्मक तथा आयोजनाको विस्तृत जानकारी दिने कार्यक्रमका क्रममा मन्त्री यादव मेलम्ची पुगेका हुन् । उनले आफू भर्खरै मन्त्रालयमा आएकाले योजनाको विषयमा बुझ्न र जानकारी लिन स्थलगत अवलोकन गर्नुपरेको बताए । कार्यक्रममा मन्त्री यादवले मन्त्रालयबाट आयोजनाका लागि आवश्यक पर्ने सहयोगमा कुनै कमी नहुने र छिट्टै प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय जनप्रतिनिधिसँग बैठक बसी खानेपानी बोर्ड गठनको विषय टुङ्ग्याउने जानकारी दिए । यसैबीच उनले अबको दुई हप्ताभित्रमा समय मिलाएर प्रधानमन्त्रीले पनि आयोजनाको मुहानस्थल हेलम्बु अम्बाथानको भ्रमण गर्ने बताए । सोही क्रममा बागमती प्रदेशसभा सदस्य कृष्णकुमार…

Read More

काठमाडौँ । जापानमा पढ्न गएका दुई जना नेपाली विद्यार्थीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। मियागी प्रान्तको कुरीहारास्थित तोहोकु एक्सप्रेस वेमा मङ्गलवार राति रोकिराखेको बसलाई ट्रकले ठक्कर दिँदा उनीहरूको मृत्यु भएको जापान टाइम्सले जनाएको छ । दुर्घटनामा बसकी चालकसमेत मृत्यु भएको छ। तर मृत्यु हुने नेपाली विद्यार्थीको परिचय भने खुलिसकेको छैन। स्थानीय समयअनुसार दुर्घटना गए राति ८ः३० बजे भएको हो। बसमा ३९ जना नेपाली विद्यार्थी र एक जना बङ्गलादेशी विद्यार्थी सवार थिए। उनीहरू पार्ट टाइम कामका लागि लागि इवातेको इचिनोसेकी जाँदै गर्दा बसको इन्जिन बिग्रेपछि ड्राइभरले सडकमै रोकेर राखेको गाडिलाई ट्रकले पछाडिबाट ठक्कर दिएको जापान टाइम्सले उल्लेख गरेको छ ।

Read More

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिइएको छ। बुधबार काठमाडौँ जिल्ला अदालतले १४ जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न थप तीन दिनको म्याद दिएको हो । यस प्रकरणमा पक्राउ परेकामध्ये आङटावा शेर्पाको बयान लिन बाँकी छ। अन्यको बयान लिइसकिएको छ। समय कम भएको भन्दै सरकारी वकिलको कार्यालयले प्रहरीलाई छिटो अनुसन्धान सकाउन निर्देशन दिएको थियो। तर प्रमाण सङ्कलन तथा थप व्यक्तिहरू पक्राउ पर्दा अनुसन्धान लम्बिएको हो। केशव दुलाल, सानु भण्डारी, टङ्ककुमार गुरुङ, सन्देश शर्मा, सागर राई, इन्द्रजित राई, टेकनारायण पाण्डे, बालकृष्ण खाँण, उनका पिए नरेन्द्र केसी, टोपबहादुर रायमाझी, सन्दीप रायमाझी, आङटावा शेर्पा,…

Read More

काठमाडौं । सगरमाथा आरोहण गर्ने प्रथम नेपाली महिला पासाङ ल्हामु शेर्पाका श्रीमान् ल्हाक्पा सोनाम शेर्पाले सगरमाथा आरोहण गरेका छन् । शेर्पाले बुधबार बिहान ७ बजे ३४ मिनेटमा सगरमाथाको सफल आरोहण गरेका हुन् । यती समूहका अध्यक्षसमेत रहेका शेर्पाले करिब ३ दशकअघि श्रीमती पासाङ ल्हामुसँगै सगरमाथा आरोहण गर्ने प्रयास गरे पनि सफल भएका थिएनन् । उनी क्याम्प–२ बाटै फर्केका थिए । पहिलो नेपाली महिला आरोहीको कीर्तिमान बनाएकी पासाङ ल्हामु शेर्पाले २०५० वैशाख १० गते सगरमाथाको सफल आरोहण गरेकी थिइन् ।

Read More

काठमाडौं । गृह मन्त्रालयले एक दर्जन जिल्लाका प्रमुख जिल्ला अधिकारी(सिडिओ)को सरुवा गरेको छ । ललितपुर, कास्की लगायत जिल्लाका सिडिओको सरुवा भएको छ । गृह मन्त्रालयका अधिकारी ललितपुरमा रुद्रप्रसाद पण्डितको सरुवा भएको छ । उनी यसअघि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको महानिर्देशक थिए । ललितपुरका सिडिओ रहेका जय नारायण आचार्यलाई गृहमा तानिएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागको महानिर्देशकमा सहसचिव झक्क प्रसाद आचार्यलाई लगिएको छ । त्यस्तै, कास्कीमा वासुदेव घिमिरेको सरुवा भएको छ । विमानस्थल अध्यागमनमा हुँदा बदनाम उनलाई मन्त्रालय तानिएको थियो । सहसचिव बद्रि नाथ गैरैलाई धादिङ, शिवराराम न्यौपानेलाई अछाम, कमलराज ढकाललाई अर्घाखाँची, टेकबहादुर केसीलाई गुल्मीको सिडिओमा सरुवा गरिएको…

Read More