Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौं । जनकपुरबाट काठमाडौँ उडान भर्ने तयारीमा रहेको बुद्ध एयरको जहाजमा मुसा देखिएपछि उडान स्थगित गरिएको छ । उक्त जहाज काठमाडौँ उड्नै लाग्दा यात्रुले मुसा देखेपछि उडान रोकेर अहिले इन्जिनियरहरुले प्राविधिक मर्मत गरिरहेका छन् । बिहान ९ः१५ बजे जनकपुरबाट काठमाडौँ उडान तालिका रहेको जहाजमा यात्रुले मुसा देखिपछि उडान रोकेर जहाजको प्राविधिक चेकजाँच भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उक्त जहाज काठमाडौँबाट उडान भरेर बिहान साढे ८ बजे जनकपुर पुगेको थियो । जहाजमा ४९ यात्रु रहेका थिए । प्रवक्ता निरौलाले जहाजमा मुसा देखिएको खबर पाएपछि काठमाडौँबाट इन्जिनियरको टोलीले जनकपुर गएर जहाजको परीक्षण गरेपछि मात्रै उडान गरिने…
काठमाडौं । प्रहरीले नेपाली काँग्रेस महासमिति सदस्य कृष्ण मुरारी गुरुङलाई करिब साढे ९ करोड रुपैयाँ ठगी गरेको भन्दै पक्राउ गरेको छ । काठमाडौँ जिल्ला प्रहरी परिसर टेकुले सिन्धुली गोलन्जोर गाउँपालिका वडा नं. ४ घर भएका वर्ष ४३ वर्षीय गुरुङलाई विभिन्न व्यक्तिको नगद तथा सुनसहित करिब ९ करोड ६० लाख रुपैयाँ विभिन्न प्रलोभन देखाई ठगी गरेका आरोपमा पक्राउ गरेको एसएसपी दान बहादुर कार्कीले बताए । कार्कीका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौँले पक्राउ गरी ठगी, अपराधिक लाभ तथा आपराधिक विश्वासघात सम्बन्धी कसूरमा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । सरकारको आर्थिक वर्ष ०८०/०८१ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा केही पुराना र केही नयाँ कार्यक्रम समेटिएका छन् । नीति-तथा-कार्यक्रम-२०८०-फाइनलDownload
काठमाडौं । सरकारले वर्षातमा ५० युनिट र हिउँदमा ३० युनिट विद्युत निस्शुल्क उपलब्ध गराउने भएको छ। आगामी वर्षको नीति तथा कार्यक्रममा खाना पकाउने ग्यासलाई विद्युतीय चुलोबाट विस्थापन गर्ने नीति लिएको हो। नेपालमा उत्पादन भएको विद्युत खपतकालागि प्रसारण लाइन विस्तारमा जोड दिने भएको छ। नदीको उपल्लो तहमा जलशाय युक्त आयोजना बनाउने कार्यक्रम लिएको छ।
प्रेमचन्द्र झा,रौतहट । जिल्लामा खोज र खोप अभियानले तिब्रता पाएका छन । अषाढ मसान्तसम्म रौतहटलाई पुर्ण खोप जिल्लाको रुपमा घोषणा गराउने उदेश्यका साथ खोजौ र खौपौ अभियान चलिरहेको हो । नेपाल सरकार को पहिलो प्राथमिकतामा रहेका खोप कार्यक्रम स्चालन गर्ने जिम्मेवारी स्थानीय सरकारलाई छ । स्थानीयको व्यवस्थापनमा प्रत्येक वडाको ४ देखि ५ स्थानमा गाउँ घर खोप क्लिनिक स्चान भई रहेका छन ।स्थानीयको कार्यक्रम हो । सो खोप केन्द्रमा वेलैमा खोप नलिएका छुटेकालाई खोज र खोप दिने अभियान संचालनमा रहेका छन । खोप लिन छटेका १६ महिना देखि ५९ महिना उमेर समुहको वालवालिकालाई खोप दिदैछ । स्वास्थ्यकर्मीले लगाउनु पर्ने सबै खोप…
काठमाडौं । नेपाली क्रिकेट सन्दीप लामिछानेलाई टर्किस एयरलाइन्सले सम्मान गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा टर्किस एयरलाइन्सका जनरल म्यानेजर सेरकन बसरले सन्दीपलाई सम्मान गरेका हुन् । पछिल्लो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका सन्दीप आईसीसी एक दिवसीय क्रिकेटमा सर्वाधिक कम खेलबाट १०० विकेट लिने रेकर्ड कायम गरेकोमा एयरलाइन्सले सम्मान गरेको बताईएको छ । सम्मानित भएका सन्दीपले टर्किस एयरलाइन्सबाट सन्दीपले युरोप टूरका लागि टिकट प्राप्त गर्ने छन् ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेताहरू आज (शुक्रबार)चीन भ्रमणमा गएका छन् । आज बिहान माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा नेतृत्वको २० सदस्य टोली १० दिने भ्रमणका लागि चीनको छेन्दु प्रस्थान गरेका हुन् । भ्रमण टोलीमा माओवादी केन्द्रका उपाध्यक्ष सापकोटासहित पार्टी सचिवहरू हितमान शाक्य, गणेश शाह र डिलाराम आचार्य छन् । यसैगरी प्रदेश अध्यक्षहरू र केन्द्रीय नेताहरू पनि भ्रमण टोलीमा रहेका छन् ।
कैलाली । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीका रुपमा पठाउने प्रदेशसभा सदस्यको नाम टुंग्याएको छ । संसदीय दलका नेता खगराज भट्टले सरकार पठाइने मन्त्रीको नाम टुंगिएको हो । उनकाअनुसार कैलालीबाट निर्वाचित रमेश धामी र अछामबाट निर्वाचित झपट साउदलाई मन्त्री तथा समानुपातिक सांसद गितादेवी माललाई राज्यमन्त्री बनाउने गरी नाम टुुंग्याइएको छ । धामी र साउदबीच समन्वय गरेर सामाजिक र पर्यटन मन्त्रालयमा पठाइने बताइएको छ । शपथ ग्रहण आजै गर्ने तयारी भइरहेको पनि उनले बताए । यसअघि कञ्चनपुरका ओमविक्रम भाट, अछामका अक्कल रावल र दार्चुलाकी लक्ष्मी विक सरकारमा जाने सहमती भएको नेताहरुले बताउने गरेका थिए । सरकार गठन भएको लामो समयपछि…
एजेन्सी । आकाशा एयरलाइन्समा यात्रा गरिरहेका एक यात्रुले बिंडी सल्काएर पिउन थालेपछि उनी प्रहरीको फन्दामा परेका छन् । भारतीय वायुसेवा कम्पनीको आकाशा एयरलाइन्समा यात्रा गरिरहेका राजस्थानका स्थानीय प्रवीण कुमारलाई बैंग्लौर प्रहरीले नियन्त्रणमा लिएको हो । मंगलबार उनी अहमदाबादबाट बैंग्लौरका लागि उडेका थिए । जहाजमा बिंडी पिएर यात्रुको ज्यान जोखिममा पारेको अभियोग उनीमाथि लागेको छ । सोधपुछका क्रममा उनले रेलको जस्तै यात्रा सम्झिएर आफूले बिंडी पिएको प्रतिक्रिया दिएका छन् । आफूले पहिलो पटक हवाई यात्रा गरेको र प्लेनमा बिंडी पिउने नियमबारे जानकारी नभएको बताएका छन् ।
रामेछाप । रामेछापको मन्थलीमा पुलबाट नदीमा हामफालेका एक जनालाई सशस्त्र प्रहरीले जीवितै उद्धार गरेको छ । मन्थली नगरपालिका १ आकाशेस्थित तामाकोशी नदीको पक्की पुलबाट हामफालेका वडा नम्बर ७ बडारेका २५ वर्षीय हर्कमान माझीलाई उद्धार गरिएको हो । माझीले नदीमा पुलबाट हाम फालेको देख्ना साथै सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म रामेछापबाट सशस्त्र प्रहरी नायव निरीक्षक केदारराज खड्काको कमाण्डको टोलीले नदीबाट बाहिर निकाली जीवितै उद्धार गरेको हो ।