Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काठमाडौँ । नेपालले तिर्न बाँकी सार्वजनिक ऋणको दायित्व साढे २१ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार वैशाख मसान्तसम्ममा नेपालले १० खर्ब ८३ अर्ब ४७ करोड ४९ लाख आन्तरिक र १० खर्ब ७० अर्ब ६४ करोड ९० लाख बाह्य गरी कुल २१ खर्ब ५४ अर्ब १२ करोड ३९ लाख बराबर ऋण तिर्न बाँकी रहेको देखिएको हो । चालु आर्थिक वर्ष २०७९/८० शुरु हुँदा अर्थात् गत वर्ष असार मसान्तसम्ममा नेपालको सार्वजनिक ऋण २० खर्ब १३ अर्ब २९ करोड ६४ लाख बराबर थियो । चालु आर्थिक वर्षको पछिल्लो १० महिना अवधिमा मात्र एक खर्ब ४० अर्ब ८२ करोड ७५ लाख…
काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको न्यायिक हिरासतमा रहेका पति बालकृष्ण खाणलाई भेट्न उनकी पत्नी मञ्जु खाँण जिल्ला प्रहरी परिसर काठमाडौं पुगेकी छन् । सोमबार बिहान उनले टेकुस्थित परिसरमा श्रीमान बालकृष्णलाई भेटेकी हुन् । गत २७ वैशाखमा पक्राउ परेका बालकृष्णलाई भेट्न मञ्जु सोमबार पहिलोपटक पुगेकी हुन् ।
सिन्धुपाल्चोक । मेलम्ची नगरपालिकाले एक वर्षे उपलब्धि सार्वजनिक गरेको छ । नगरपालिकाले कार्यकालको एक वर्ष पुरा भएको अवसरमा पत्रकार सम्मेलन मार्फत उपलब्धि र आगामी योजनाहरूको सार्वजनिकीकरण गरेको हो । मेलम्ची नगरपालिकाले पहिलो प्राथामिकतामा भौतिक पूर्वाधारको निर्माणलाई राखेको छ । नगरप्रमुख आइतमान तामाङले आय आर्जन र रोजगारी सिर्जना, शिक्षा ,स्वास्थ्य जस्ता स्थानीयको आधारभूत आवश्यकता पुरा गर्न पनि विभिन्न कार्यक्रमहरू सञ्चालन गरेको जानकारी दिए । १७ किलोमिटर सडक ग्राभेल, ५ किलोमिटर नयाँ सडकको ट्र्याक, ३ किलोमिटर सडक सोलिङ लगायतका कामहरू एक वर्षको अवधिमा गरिएको नगरप्रमुख तमाङले बताए । आगामी वर्ष देखि सबै वडा कार्यालयसम्म पुग्ने सडकलाई स्तोन्नती गरिने नगरप्रमुख तामाङले बताए ।…
कैलाली । नागरिक अभिनन्दनका लागि पूर्व राजा ज्ञानेन्द्र शाह परिवार धनगढी पुगेका छन् । पूर्व राजाले अभिनन्दनपछि सुदूरपश्चिम भ्रमण गर्ने भएका छन् । भ्रमणको दौरान धनगढीमा भोलि (साेमबार) पूर्व राजाको नागरिक अभिनन्दन हुने भएको छ । पूर्व राजाको नागरिक अभिनन्दनका लागि १ हजार १ सदस्यीय नागरिक अभिनन्दन मूल समारोह समिति गठन भएको छ । पूर्व मन्त्री जयन्त चन्दको संयोजकत्वमा मूल समारोह समिति गठन भएको नागरिक अभिनन्दन समारोहका सञ्चार संयोजक ललित जोशीले बताए । धनगढीस्थित रंगशालामा विशाल समारोका बीच नागरिक अभिनन्दन गरिने जोशीले बताए । नागरिक अभिनन्दनका लागि आज पूर्व राजपरिवार धनगढी आइपुगेका हुन् । उनी सपरिवार होटल रुबसमा बस्ने छन्…
बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर ३ दिनदेखि सम्पर्कविहीन, खोजीका लागि प्रदेशदेखि गृह सम्म पत्राचार
काठमाडौं । बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । तीन दिनअघि मेयर नेपालीसँग भेट भएको र त्यसपछि उनीसँग सम्पर्क नभएको उपमेयर धनबहादुर कायतले बताए । नेपालीले प्रयोग गर्ने मोबाइल फोन अफ रहेको छ । आइतवार बिहान कार्यालय जाँदा आफ्नो टेबुलमा कार्यवाहक चलाउनु भन्ने पत्र प्राप्त भएको उपमेयर कायतले बताए। पत्रमा आफू उपस्थित नहुन्जेल कार्यवाहक चलाउनु भन्ने उल्लेख भए पनि मेयर उपस्थित हुन नसक्नुको कारण तथा कहाँ जाने भन्ने केही नखुलाएको कायतले बताए । मेयर नेपाली शुक्रवारदेखि सम्पर्कविहीन भएको निवेदन प्राप्त भएपछि खोजीका लागि प्रहरी परिचालन गरेको बाग्लुङका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताईन् । नेपालीको…
काठमाडौं । नेकपा एमालेका सांसद दयालबहादुर शाहीले बोलेको शब्द संसद्को रेकर्डबाट हटाइएको छ । आइतबारको प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रमाथि टिप्पणी गर्ने क्रममा उनले बोलेका शब्द संसदीय मर्यादा प्रतिकूल भएको भन्दै सभामुखको आसनमा बसेकी उपसभामुख इन्दिरा रानामगरले रेकर्डबाट हटाउन निर्देशन दिएकी थिइन् । एमाले सांसद शाहीले संसद्मा कांग्रेस महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री बद्रि पाण्डेको नामै लिएर टिप्पणी गरेका थिए । बूढा महामन्त्रीहरू पद खाँदाखाँदा बुद्धि धमिल्लिनु स्वाभाविकै भएको तर तेज करार महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री बद्रि पाण्डेको नाम लिएर उनले सत्ता स्वार्थको निम्ति बीपीको सिद्धान्त छोड्न अलिकता पनि संकोच लागेन रु भन्दै प्रश्न…
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जना थप ३ दिन हिरासतमा राखिने भएको छ । यो प्रकरणमा विभिन्न मितिमा पक्राउ परेका १६ जनालाई प्रहरीले म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराएको थियो । त्यस क्रममा अदालतले थप ३ दिन हिरासतमा राख्न अनुमति दिएको प्रहरी स्रोतले बताएको छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै रकम असुली गरेको प्रकरणमा प्रतिनिधिसभा सदस्य तथा एमाले नेता टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री तथा काँग्रेस नेता बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत १६ जना पक्राउ परेका छन् । सङ्गठित अपराध, ठगी, राज्यविरुद्धको…
काठमाडौं । न्यूनतम पारिश्रमिक निर्धारण समितिले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रामिक ३४ हजार एक सय २५ रुपैयाँ बनाउन सरकारलाई सिफारिस गरेको छ। सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासमक्ष न्यूनतम पारिश्रामिक निर्धारण समिति अध्यक्ष सङ्गीता खड्कासहितको टोलीले सो प्रतिवेदन बुझाउँदै पारिश्रामिक बढाउन प्रस्ताव गरेको हो। मन्त्री शर्माले वर्तमान अवस्थामा आर्थिक अवस्था कमजोर भए पनि श्रमजीवी पत्रकारले जीवन निर्वाह गर्नसक्ने गरी तलब पाउनुपर्ने र यदि सम्बद्ध मिडिया हाउसले तोकिए बमोजिम पारिश्रमिक उपलब्ध नगराए सरकारले लोककल्याणकारी विज्ञापन दिने बेलामा मापदण्ड बनाउने बताइन्। ‘न्यूनतम पारिश्रामिक पनि नदिने मिडिया हाउसलाई सरकारले लोककल्याणकारी विज्ञापन दिने बेलामा मापदण्ड बनाउँछ,’ उनले भनिन्, ‘समितिले सिफारिस गरेको न्यूनतम पारिश्रामिक लागू गर्न…
रसुवा । नेपालको उत्तरी सीमा नाका तातोपानीबाट यस वर्ष पनि रासायनिक मल भित्रिन सुरु भएको छ । तातोपानी नाकाबाट पछिल्लो सातादेखि करिब ३५ हजार टन रासायनिक मल भित्रिएको हो । साल्ट ट्रेडिङ र कृषि सामग्री कम्पनी लिमिटेडका लागि सिल्क ट्रान्सपोर्ट कम्पनीले चीनबाट रासायनिक मल ल्याएको छ । सिल्क ट्रान्सपोर्ट कम्पनीका प्रमुख सञ्चालन अधिकारी दामोदर सत्यालले ७ हजार १ सय टन रासायनिक मल ल्याउने तयारी रहेको बताए । उनले यसअघि नै ट्रान्सपोर्टले ३५ सय टन कृषि सामग्री र ४ हजार टन साल्ट टेनिङलाई तातोपानी नाकाबाट रासायनिक मल ल्याएर बुझाई सकिएको बताए । सत्यालले केही समय अघि नै आउनुपर्ने मल कोभिडको कारणले…
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माले ओम्नी, बालुवाटार जग्गासहितका काण्डको छानबिन गर्न सरकारलाई कसले रोक्यो भनेर प्रश्न गरेका छन् । शुक्रबार संसदमा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा सहभागी हुँदै उनले तथाकथित ओम्नी खरिद काण्डको छानबिन गर्न कसले रोक्यो भन्दै प्रश्न गरेका हुन् । सरकारले भ्रष्टाचारमा शून्य सहनशीलता लिने बताएको भन्दै उनले बालुवाटारको ललिता निवास जग्गा, मातातीर्थको जग्गा, सर्दु जलाधार क्षेत्रको सट्टा भर्ना, धोबी खोला जग्गा काण्ड, तथाकथित ओम्नी खरिद् काण्ड, वाइडबबडी काण्ड, क्यान्टोनमेन्ट प्रकरण लगायतका विषयमा अनुसन्धान गर्न सरकारलाई कसले रोकेको भन्दै प्रश्न गररेका हुन् । एमाले सबै कालखखण्डमा भएका भ्रष्टाचारका…