Author: सूचनापाना

काठमाडौँ । नेपाल प्रहरीले प्रहरी महानिरीक्षक वसन्त कुँवरमा नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएको भन्दै आपत्ति जनाएको छ। बुधबार नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हुन् । नक्कली शरणार्थी प्रकरणमा आईजीपीकै भूमिका शङ्कास्पद रहेको विषयमा कुनै सत्यता नभएको भन्दै उनले आपत्ति जनाएका छन्। ‘कुनै आधार, तथ्य र प्रमाण विना अपराध अनुसन्धान जस्तो संवेदनशील विषयमा सम्प्रेषण गरिएको समाचारले जनमानसमा भ्रम सिर्जना हुन जाने र नेपाल प्रहरी सङ्गठनकै विश्वसनीयता, छवि तथा चेन अफ कमाण्डमा समेत आँच आउने हुँदा उक्त समाचारहरू प्रति नेपाल प्रहरी प्रधान कार्यालय पूर्ण असहमति प्रकट गर्दछ । कुनै दुई…

Read More

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा २२४ पृष्ठको अभियोग पत्र अदालतमा दर्ता भएको छ । काठमाडौँ जिल्ला सरकारी वकिलको कार्यालयले नेपाल प्रहरीले अनुसन्धान गरेर बुझाएको अनुसन्धान प्रतिवेदन आधारमा जिल्ला अदालत काठमाडौँमा ३० जनालाई आरोपी बनाउँदै २२४ पृष्ठ लामो अभियोग पत्र दायर गरेको छ । भुटानी शरणार्थी बनाउने प्रपञ्चमा सिंहदरवारदेखि मन्त्री क्वार्टर र प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगेर पैसा बुझाएको मुख्य आरोपीहरूले दाबी गरेका छन् । यस्तो छ अभियोगको पूर्ण पाठ : Bhutani_Abhiyog_PatraDownload

Read More

काठमाडौं । तामाङ जातिको कला संस्कृति भेषभूषा, रिति-रिवाज एबम रहन-सहनलाई उजागर गर्दै विवाहित तथा अविवाहित तामाङनी, गृहिणीरव्यवसायिक महिला दिदि-बहिनि मार्फत अन्य जन जाति, समाज, राष्ट्र तथा अन्तराष्ट्रिय स्तरमा समेत प्रवर्धन र सामाजिकीकरण गर्ने उदेश्यले बिगत ४बर्ष देखि आयोजना गरिदै आएको मिसेस एण्ड मिस तामाङ-२०२३ सिजन-४ समग्र जनजातिहरुको प्रतिनिधित्वमुलक सौन्दर्य प्रतियोगिता हो। बिगत ९ बर्ष देखि यस प्रतियोगिता आयोजना गर्दै आएको एस.के. इन्टरटेनमेन्ट प्रा.लिले “मिसेस एण्ड मिस तामाङ-२०२३” को अडिसन यहि आउदो जेठ १३ गते शनिबार हुने आयोजक संस्थाकि प्रबन्ध निर्देशक शान्ता तामाङले बताइन। उक्त प्रतियोगिताको बिजेताले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा…

Read More

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित नर्थ अन्नपूर्ण हिमालको आधार शिविर जाने पदमार्गमा पर्ने फुतफुते झरनामा पुगेका आन्तरिक पर्यटक । पहाडभित्रबाट निस्कने यो झरना पर्यटकहरुका लागि आकर्षण बनेको छ । तस्बिरः कमल खत्री

Read More

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको खेतमा लगाएको आलु खन्दै किसान । रत्नेचौर खाद्यान्न उत्पादन र तरकारी खेतीका लागि पकेट क्षेत्र मानिन्छ ।

Read More

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेको छ । बुधबार बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेको टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेको हो । सो क्रममा मुख्यमन्त्री शाहले आगामी आर्थिक वर्षको बजेटमा सुदूरपश्चिमलाई प्राथमिकतामा राखेर सो क्षेत्रको विकास र समृद्धिमा सहयोग गर्न आग्रह गरेका छन् । आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथिको छलफल अन्तिम चरणमा रहेको र आगामी आर्थिक वर्षको बजेट आउन पाँच दिन बाँकी रहेका बेला मुख्यमन्त्री शाहको टोलीले प्रधानमन्त्री प्रचण्डलाई भेटेर सुदूरपश्चिम प्रदेशका लागि बजेट सुनिश्चित गर्न आग्रह गरेका हुन् । यसअघि मंगलबार सो टोलीले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई पनि भेटेको थियो।

Read More

काठमाडौं । नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतो र शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शितल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट वनमन्त्री महतोले र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाट शिक्षा राज्यमन्त्री कुमारीले पद तथा गोपनीयताको शपथ लिएका हुन् । मंगलबार प्रधानमन्त्री प्रचण्डले जनता समाजवादी पार्टी जसपाका महतोलाई मन्त्री र कुमारीलाई राज्यमन्त्री नियुक्त गरेका थिए । योसँगै पाँच महिनामा प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्ले पूर्णता पाएको छ ।

Read More

बलेवा । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दीपेन्द्र थापाले वन क्षेत्रमा कुहिने काठहरूलाई प्रयोगमा ल्याउनुपर्ने बताएका छन। वनको उपयोगमार्फत आयआर्जनमा वृद्धि गर्नुपर्ने भन्दै मन्त्री थापाले गण्डकी प्रदेश सरकार छिट्टै वन ऐन ल्याउने तयारीमा रहेको बताए । “म मन्त्री भएपछि २१ दिनभित्र वन ऐन तयार गर्न कार्यदल बनेको छ, ऐन ल्याउने र वनको संरक्षण र उपयोग दुवै गर्नुपर्ने पक्षमा छौँ”, थापाले भने, “ऐन आएपछि नियम बन्छ र तत्काल कार्यान्वयनमा जान्छ ।” मन्त्री थापाले विद्यमान कानुनहरूका कारण वनमा काठहरू कुहिने र खेर जाने तर निर्माण कार्यमा आवश्यक काठको साटो विदेशी सामग्री आयात गरेर ल्याउनुपर्ने बाध्यता रहेको बताए। उनले अब बन्ने…

Read More

काठमाडौं । गृह मन्त्रालयले नेपाल एपिएफ अस्पतालमा कार्यरत सशस्त्र प्रहरीको प्राविधिकतर्फका इन्स्पेक्टर डा। समिर केसीलाई स्पष्टीकरण सोधेको छ । कसैलाई जानकारी नगराई लामो समयदेखि गैरहाजिर रहेका उनलाई मन्त्रालयले सात दिनभित्र स्पष्टीकरणसहित उपस्थित हुन सार्वजनिक निर्देशन दिएको हो । चैत १३ गतेदेखि बेपत्ता भएका केसीको घरमा सूचना टाँस गर्दा पनि सम्पर्कमा नआएपछि सेवाबाट हटाउने तयारीका साथ् स्पष्टिकरण मागिएको हो । उनलाई सशस्त्र प्रहरी नियमावली, २०७२ को परिच्छेद–१३ को नियम ११३ को उपनियम (१) को खण्ड (ज) अनुसारको कसूरमा सोही नियमावलीको नियम ११० को खण्ड (ख) को (१) बमोजिम सशस्त्र प्रहरी सेवाबाट हटाउन आवश्यक कारबाहीको लागि सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयको…

Read More

काठमाडौँ । सङ्खुवासभा सदरमुकाम खाँदवारिमा लघुवित्तका एक कर्मचारीमाथि कुटपिट भएको छ। एनएमबी लघुवित्त बैंक तुम्लिङटार शाखामा कार्यरत दिलबहादुर तिवारीलाई कुटपिट गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । लघुवित्तका कर्मचारी तिवारीमाथि मङ्गलवार दिउँसो खाँदबारी नगरपालिका-१ स्थित टुँडिखेलमा कुटपिट भएको हो। लघुवित्तका कर्मचारी कुटपिट गरेको आरोपमा खाँदबारी-१ पाठकधाराका रामकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएको छ । स्थानीय श्रेष्ठले लघुवित्तका कर्मचारी तिवारीलाई किस्ता लिन बोलाएर हेलमेटले कुटेको जनाएको छ । कुटपिटबाट गम्भीर घाइते भएका तिवारीको जिल्ला अस्पताल सङ्खुवासभामा उपचार भइरहेको छ।

Read More