Author: सूचनापाना

झापा । यहाँ घरेलु हतियारको प्रयोग गरी विगत १० महिनामा १२ जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७९ साउनदेखि २०८० वैशाखसम्ममा अधिकांशको आफन्तबाट हत्या भएको सो तथ्याङ्कले देखाएको हो । हत्या गरिएका १२ मध्ये सबैभन्दा बढी अर्थात् पाँचजना आफ्नै श्रीमान्बाट मारिएका छन् । सामान्य घरायसी विवादमा श्रीमान्ले श्रीमतीको हत्या गरेको अनुसन्धानका क्रममा देखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले बताए । उनले हत्याका क्रममा अभियुक्तले चिर्पट, खुकुरी, हसिया, बामफोक लगायतका घरेलु हतियार प्रयोग गरेको पाइएको बताउनुभयो । उनले भने, “आफ्नैबाट बढीको हत्या भएको देखिन्छ, हत्यामा संलग्न सबैलाई तत्काल पक्राउ गरिएको छ, उनीहरु कानुन अनुसारको…

Read More

काठमाडौं । जिम्बाबेमा हुने एक दिवसीय क्रिकेट विश्वकपको ग्लोबल क्वालिफायरका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षण सुरु भएको छ । प्रशिक्षणमा नेपालका प्रमुख स्पिनर सन्दीप लामिछाने अनुपस्थित छन् । त्रिवि क्रिकेट मैदानमा दुई दिनदेखि प्रशिक्षण चलिरहँदा सन्दीप अनुपस्थित बनेका हुन् । अदालतमा जारी मुद्दाका कारण दक्षिण अफ्रिका जिम्बाबे भ्रमणमा जाने/नजाने तय नभएकाले बन्द प्रशिक्षणमा नगएको निकट स्रोतले बतायो । विश्वकप छनोटका लागि घोषित २२ सदस्यीय प्रारम्भिक टिममा सन्दीपलाई समावेश गरिएको छ ।

Read More

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमण तालिका सार्वजनिक भएको छ । परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री प्रचण्ड जेठ १७ गते भारत भ्रमणमा जाने जानकारी दिएको हो । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री भ्रमणका क्रममा (१७ गतेदेखि २० गते) चार दिन भारतमा रहनेछन् । भ्रमणका क्रममा प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तथा राष्ट्रपति द्रोपदी मुर्मु र उपराष्ट्रपति हामिद अंसारीसँग भेटवार्ता गर्नेछन् । भारतीय समकक्षी मोदीसँग द्विदेशीय साझेदारीका विविध क्षेत्रमा छलफल गर्ने कार्यतालिका रहेको छ । त्यस्तै प्रधानमन्त्री प्रचण्डले नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई)र भारतीय उद्योग परिसंघ (सीआईआई) ले संयुक्त रूपमा आयोजना गरेको नेपाल–भारत व्यापार शिखर सम्मेलनलाई पनि…

Read More

काठमाडौँ । भारतले नेपालमा पेट्रोलियम पाइपलाइन र इन्धन भण्डारण डिपोका तीन वटा परियोजना अनुदानमा निर्माण गरिदिने भएको छ । १७ जेठदेखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा सिलुगडीदेखि झापाको चारआलीसम्म दोस्रो अन्तर्देशीय पाइपलाइन, भण्डारण डिपो निर्माणको समझदारी हुँदैछ । त्यस्तै भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्मको पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्न समझदारी हुने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बताए । प्रधानमन्त्रीको भारत भ्रमण र समझदारीको एजेन्डाबारे तयारी गरिरहेको नेपालस्थित भारतीय दूतावास र नेपाली अधिकारी बीच पेट्रोलियम पाइपलाइन परियोजनासहित दुई पक्षीय वाणिज्य व्यापारका एजेण्डामा सहमति जुटिसकेको छ । गत २७ र २८ पुस २०७६ मा भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल–भारत…

Read More

काठमाडौँ । बिनु यादव र प्रदीप कठायतबीच रामेछाप जिल्ला अदालतले गराएको सम्बन्धबिच्छेद उच्च अदालत पाटनले उल्टाइदिएको छ । न्यायाधीशद्वय सुभाष पौडेल र सुदर्शन पाण्डेको संयुक्त इजलासले उनीहरूबीच सम्बन्धबिच्छेद हुने जिल्ला अदालतको फैसला मङ्गलवार उल्टाएको हो । उच्च अदालतका प्रवक्ता मन्दिरा शाहीका अनुसार मुद्दाको फैसलाको पूर्णपाठ आएको छैन । जिल्लाबाट अंशसम्बन्धी र सम्बन्ध विच्छेद हुने फैसला भएको भने इजलासबाट उल्टाइएको शाहीले जानकारी दिइन् । जिल्ला अदालतले यादवलाई भराउन लगाएको मानाचामल भने सदर गरेको छ । ०७९ असार १३ गते दर्ता भएको पुनरावेदन उच्च अदालतले पेसीका लागि नतोकेको भन्दै यादव दुई हप्तादेखि अनशनमा छिन् ।

Read More

काठमाडौं । सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाले विश्व तेक्वान्दो प्रतियोगितामा भाग लिन जाने खेलाडीलाई दुई लाख नगद सहयोग गरेको छ । बुधबार नेपाल तेक्वान्दो संघको केन्द्रीय कार्यालय सातदोबाटोमा आयोजित एक कार्यक्रममा लिसंखु पाखर गाउँपालिकाका अध्यक्ष राजु लामाले सहयोग रकमको चेक खेलाडी काजल श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । उनले स्थानीय सरकारले युवा प्रतिभाहरुलाई सहयोग गर्ने नीति रहेको बताउँदै सार्ककी स्वर्ण विजेता काजललाई हौसला र मनोबलका लागि सहयोग गरेको बताए । खेलकुदलगायत गाउँपालिका भित्रका सबैखाले प्रतिभालाई प्रोत्साहित गर्ने आफुहरुको नीति रहेको पनि अध्यक्ष लामाले बताए । सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल तेक्वान्दो संघका महासचिव दिपराज गुरुङले संघीयता कार्यान्वयनको यस अबधिमा स्थानीय सरकारले…

Read More

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिकाले स्थानीय किसानलाई आधुनिक कृषि सामग्री वितरण गरेको छ । मेयर कृष्णप्रसाद सापकोटाले नगरपालिकामा आयोजित एक कार्यक्रममा किसानलाई सामग्री हस्तान्तरण गरेका हुन् । नगरपालिकाको ५० प्रतिशत अनुदानमा कृषि सामग्री वितरण गरिएको हो । कृषि उत्पादन बढाउने उद्देश्य राखेर ७ सय ५५ थान फरक फरक कृषि सामग्री वितरण गरिएको नगरपालिकाको कृषि शाखाले जनाएको छ । शाखाबाट अनुदान कार्यक्रम अन्तर्गत मिनी ट्रिलर ६६ थान, प्लास्टिक टनेल ५ सय ६० थान, ब्याट्री स्प्रेयर १ सय ११ र प्लास्टिक पोखरी १८ गरी जम्मा ७ सय ५५ थान सामग्री वितरण गरिएको हो । कृषि सामग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख सापकोटाले…

Read More

काठमाडौँ । रुकुमपश्चिको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा सुत्केरी आमा र बच्चासहित पाँच जनाको मृत्यु भएको छ। सानी भेरी गाउँपालिकादेखि रुकुम पश्चिमको खलङ्गाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप दुर्घटनामा परेको हो। बिहीबार बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरी धारामा जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय बाँफिकोटले जनाएको छ। मृत्यु हुनेमा मृतकको सानो भेरीका ७० वर्षीय कर्णबहादुर बाठा मगर, सुत्केरी महिला २२ वर्षीय रेखा खनाल केसी र उनको बच्चा रोशन केसी छन्। यस्तै वर्ष ५० को देउचन खत्री र २३ वर्षीया शीतला कुसारीको पनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते १० जनामध्ये ५ जनालाई थप उपचारका लागि…

Read More

काठमाडौँ । पूर्वगृहमन्त्री बालकृष्ण खाँणविरुद्ध पाँच अभियोगमा मुद्दा दर्ता गरिएको छ । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालय काठमाडौँले पाँच अभियोगमा मुद्दा दर्ता गरेको हो । खाँणले मन्त्री रहँदा नै ठगी गरेको, सरकारी लिखत किर्ते गराएको, नक्कली भुटानी शरणार्थी प्रकरणमा टिम बनाएर परिचालन गरी सङ्गठित ठगीमा संलग्न भएको, राज्यविरुद्धको अपराध गरेको र एकभन्दा बढी अपराधमा एकसाथ संलग्न भई एकीकृत कसुर गरेको अभियोगमा उल्लेख छ ।

Read More

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियोजन दर्ता गरिएका ३० प्रतिवादीमध्ये १४ जना अझै फरार रहेका छन् । जिल्ला सरकारी वकिल कार्यालयले प्रहरीले गरेको तहकिकातबाट प्राप्त प्रमाणहरूको आधारमा बुधबार अपराह्न काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । अभियोजन दर्ता गरिएकामध्ये काठमाडौँ महानगरपालिका–३० का केशव तुलाधर, ललितपुर बुङमतीका लक्ष्मी महर्जन, ललितपुर–१९ का हरिभक्त महर्जन, इटहरी उपमहानगरपालिका-४ घर भई अमेरिका बस्ने अशोक पोखरेल, मोरङ कानेपोखरी ५ का धिरेन राई, दीपाञ्जली हुमागाईँ रहेका छन् । हुमागाईँ प्रहरीले प्रमुख अभियुक्त भनी किटानी गरेका केशव दुलालकी पत्नी हुन् । ललितपुर ठेचोका निरज राई, काठमाडौँ जीतपुरफेदीका राजेश अर्याल, मोरङ मिक्लाजुङ-६ का मोहनराज राई, बुढानीलकण्ठ १०का…

Read More