Author: सूचनापाना

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि जग्गाको कित्ताकाट फुकुवा गर्ने भएको छ । सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले जग्गाको कित्ताकाट फुकुवा गरिने जानकारी दिए । उनका अनुसार जग्गाको कित्ताकाट फुकुवा भएपछि घरजग्गाको कारोबार विस्तार हुने अपेक्षा गरिएको छ ।

Read More

काठमाडौं । नेपाल बार एशोशिएशनले टीकापुर घटनामा दोषी ठहर भई कैद भुक्तान गरिरहेका रेशम चौधरीलाई आममाफी दिनु संवैधानिक सर्वाेच्चता र विधिको शासनविपरीत भएको प्रतिक्रिया दिएको छ । सरकारको सिफारिसमा आइतबार राष्ट्रपतिबाट आममाफी पाएका चौधरी सोमबार कारागारमुक्त भएका छन् । तर, टीकापुर घटनासँग सम्बन्धित् सर्वाेच्च अदालतबाट भएको फैसलाको पूर्णपाठ नआउँदै सरकारको सिफारिसमा आममाफी दिइनु संवैधानिक सर्वोच्चता, विधिको शासन एवं आममाफी सम्बन्धि अवधारणाविपरीत भएको र यसले दण्डहिनतालाई प्रशय दिने नेपाल बारले भनेको छ । पीडितको न्यायप्रति गम्भीर हुने आग्रह गर्दै बार महासचिव अधिवक्ता अन्जिता खनालले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विभिन्न अदालतबाट भएको सजायलाई माफी दिन सिफारिस हुँदा २०७२ सालको टीकापुर…

Read More

सिधुपाल्चोक । लिसंखु पाखर गाउँपालिकाले जनप्रतिनिधिहरुको पहिलो १ वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गरेको छ । आइतबार गाउँपालिका कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पालिका अध्यक्ष राजु लामाले ३४ पृष्ठ लामो प्रगति विवरण सार्वजनिक गरेका हुन् । सार्वजनिक भएको पहिलो बर्षको प्रगति विवरणअनुसार भौतिक पूर्वाधारमा ७२ प्रतिशत वित्तिय प्रगति हासिल भएको उल्लेख गरिएको छ । यस्तै प्रक्षेपण गरिएभन्दा करिब तीन लाख बढी राजश्व संकलन भएको अध्यक्ष लामाले जानकारी दिए । यस आर्थिक बर्षमा ४० लाखको लक्ष्य राखएकोमा ४२ लाख ९७ हजार संकलन भएको अध्यक्ष लामाले बताए । उनका अनुसार पालिकाले म्याद नाघेको ठेक्का रद्ध गरी धरौटी जफत गरी ३८ लाख राजश्व थप…

Read More

हेटौंडा । पत्रकार एवम साहित्यकार सुरेश कसजू अग्रज पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । १६ औं गणतन्त्र दिवसको अवसरमा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश राजधानी हेटौंडामा एक समारोहकाबीच पत्रकार कसजुलाई रु २० हजार नगदसहित अग्रज पत्रकारिता पुरस्कार प्रदान गरेका हुन् । पुरस्कृत कसजू सिन्धुपाल्चोकका एक जुझारु पत्रकार हुन् । २०४६ सालदेखि निरन्तरता पत्रकारितामा समर्पित कसजू अहिले पनि पत्रकारितामा उत्तिकै सक्रिय र कृयाशिल छन्। अहिले कसजू सर्वपक्ष राष्ट्रिय दैनिक, जुगलखबर डटकम र सिन्धु सन्देश साप्ताहिकका सम्पादकर प्रकाशक हुन् ।

Read More

गोरखाको भीमसेन थापा गाउँपालिकामा गणतन्त्र प्राप्तीका लागि योगदान पुर्‍याउनेहरुको सम्झनामा ढुङ्गामा अक्षर लेखी आइतबार राति दीप प्रज्वलन गरिँदै । तस्बिर : दीपक श्रेष्ठ/रासस

Read More

राष्ट्रिय विभूति अरनिकोको सम्झनामा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका–५, मार्मिङ ट्याङ्थलीमा निर्माण गरिएको ‘अरनिको गाउँ’ । भूकम्पमा भत्किएका घर पुनर्निर्माणका क्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अरनिको गाउँ निर्माण गरेको हो ।  । तस्बिर : रुपक पुरी

Read More

काठमाडौँ । सार्वजनिक संस्थानहरूमध्ये आर्थिक वर्ष २०७७/७८ मा राष्ट्रिय वाणिज्य बैङ्कसहित पाँच वटा संस्थानहरू धेरै नाफा कमाउनेमा परेका छन् । आर्थिक सर्वेक्षणका अनुसार वाणिज्य बैङ्कसहित नेपाल विद्युत् प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लि., नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोषले नाफा आर्जन गरेको देखाएको छ। जसमध्ये नेपाल दूरसञ्चार कम्पनीले सात अर्ब १२ करोड ९४ लाख, नेपाल विद्युत् प्राधिकरणले छ अर्ब ९ करोड ९४ लाख, राष्ट्रिय वाणिज्य बैंकले तीन अर्ब ४२ करोड ३६ लाख, नागरिक लगानी कोषले दुई अर्ब २५ करोड दुई लाख र निक्षेप तथा कर्जा सुरक्षण कोषले दुई अर्ब १५ करोड ९ लाख खुद नाफा गरेका छन् ।

Read More

तनहुँ । बन्दीपुर गाउँपालिका–४ झप्रीका राममाया रानामगरले केही वर्ष अगाडि तरकारी खेती गर्थिन् । उनलाई तरकारी खेती जोगाउनै मुस्किल थियो कारण बाँदर आतङ्क । “बाँदरको आतङ्कले दिक्क बनायो, दुःख गरेर खेती गर्यो उत्पादन हुने बेलामा बाँदरले खाइदिने”, उनले गुनासो गरिन्, “जति गरेपनि बाँदरबाट खेती जोगाउनै सकेनौँ ।” तरकारी, मकै लगाएको खेतमा चौबीसै घण्टा निगरानी गर्न नसकिने र निगरानी गर्दा गर्दै पनि बाँदरले खेती खाइदिएर दिक्क बनाएको उनले बताइन् । “दुई रोपनीमा मकैखेती गरेको थिएँ, बाँदरले एक मिनेटमै सबै खेती नष्ट गरिदियो, बाँदर आतङ्कले मैले तरकारी खेती गर्न छाडिदिएँ”, उनले भनिन् । तरकारी खेती छाडेर राना अहिले मौरीपालनतर्फ लागेकी छन् ।…

Read More

काठमाडौँ । चलचित्रबाट देशको संस्कृति, भाषा र साहित्यसँगै पर्यटन क्षेत्र पनि प्रवर्द्धनमा मद्दत पुग्छ । दर्शकलाई सजिलै पात्र र कथावस्तुको वातावरणसँग जोड्न सक्नु निर्देशकको खुबी हो । पात्रसँग दर्शक ‘कनेक्ट’ भएपछि त्यसको प्रभाव बाहिर पनि पर्छ । अर्थात् अभिनेता वा अभिनेत्री विविध पहिरन लगाउने, खानेकुरा खाने र समाजमा आफ्नो विचार प्रस्तुत गर्ने काम पनि चलचित्रमा हुने भएकाले यसलाई समयको दस्तावेजका रूपमा समेत बुझ्ने गरिन्छ । अहिले निर्माण भइरहेका चलचित्रमा परिस्थितिसँगै वेषभूषा र त्यो समयको पनि चित्रण गरिएको हुन्छ । विदेशमा विगतमा भएका घटनाक्रमलाई लिएर चलचित्र निर्माण गर्ने प्रचलन बढ्दो छ । कुनै समय वा घटनालाई लिएर बनाइने ती चलचित्र त्यो…

Read More

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र दिवसको अवसरमा सरकारी निवास बालुवाटार परिसरमा तरकारी खेतीको सुरु गरेका छन् । प्रधानमन्त्री प्रचण्डले निवास परिसरमा रहेको करेसाबारीमा सोमबार बिहान काउली, काँक्रो, घिरौँला, करेला, मकै, फर्सी, खोर्सानी, बोडी, सिमी, भान्टा, धनियाँ लगायतका बिउ र बेर्ना रोपेका हुन् । उनले अर्थतन्त्रको मुख्य मेरुदण्ड कृषि भएको भन्दै यसलाई व्यवस्थित गर्न आफूले जोड दिने बताए । उनले भने, ‘कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएर मात्र समृद्धिको लक्ष्य हासिल गर्न सकिन्छ । कृषि उत्पादनमा सम्पूर्ण तागत केन्द्रित नगरी राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिँदैन।’ तरकारी खेती शुभारम्भ कार्यक्रमका लागि डिक फर नेपालका स्वयंसेवकहरूको सहभागिता रहेको थियो ।

Read More