Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: सूचनापाना
काबुल । अफगानिस्तानको वार्दक प्रान्तमा विद्युतीय धरापमा परेर तीन जना तथा छिमेकी मुलुक पाकिस्तानको सिन्ध प्रान्तमा पोखरीमा डुबेर छ जना बालबालिकाको मृत्यु भएको छ । विगतको द्वन्द्वमा बिछ्याइएका विद्युतीय धरापमा परेर ती बालबालिकाको ज्यान गएको तालिवान नेतृत्वको सरकारका एक जना अधिकारीलाई उद्धृत गर्दै खामा प्रेसले जनाएको छ । एक जना बालक घाइते भएका छन् । अफगानिस्तानमा युद्ध कालमा बिछ्याइएका विद्युतीय धराप पहिचान गरी तिनलाई निष्क्रिय तुल्याउन गत नोभेम्बरदेखि अस्ट्रेलिया, डेनमार्क, जर्मनी, जापान, स्विडेन, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, राष्ट्रसङ्घीय मानवीय सहायता समन्वय कार्यालय, राष्ट्रसङ्घीय आपत्कालीन प्रतिकार्य कोष लागेका छन् । यसअघि अफगानिस्तानको नान्गाहार क्षेत्रमा पनि यस्तै घटनामा दुई दिदीबहिनीको मृत्यु…
काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा तीन आरोपितको बयान सुरु भएको छ । काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आरोपितहरू सन्देश शर्मा, इन्द्रजित राई र नरेन्द्र केसीको बयान सुरु भएको हो । यसअघि केशवप्रसाद दुलाल, सागर राई, सन्दीप रायमाझी, लक्ष्मी महर्जन र टङ्ककुमार गुरुङको बयान लिइएको थियो ।
काठमाडौँ । सरकारले मुग्लिन–पोखरा सडक विस्तारका लागि आगामी आर्थिक वर्षमा पाँच अर्ब ४२ करोड विनियोजन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सोमबार सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सडक विस्तारका लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिए । मुग्लिनबाट पोखरासम्म सडक चार लेनमा विस्तार गर्नका लागि काम भइरहेकामा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरिएको अर्थमन्त्री महतले बताए । मुग्लिन–पोखरा सडक विस्तार आयोजनाले दुई खण्डमा सम्झौता गरेर काम गरिरहेको छ । आँबुखैरेनीबाट जामुनेसम्मको पूर्वी खण्डमा २५ र जामुनेबाट कोत्रेसम्मको पश्चिम खण्डमा छ दशमलव शून्य पाँच प्रतिशत प्रगति हाँसिल भएको छ । पूर्वी खण्डअन्तर्गत तनहुँको आँबुखैरेनी…
काठमाडौँ । सरकारले क्यासिनोलाई डेढ करोड रोयल्टी तोकेको छ । आगामी आर्थिक वर्षदेखि लागू हुने गरेर सरकारले उक्त रकम तोकेको हो । आगामी आर्थिक वर्षको बजेटमार्फत इजाजत पत्र प्राप्त व्यक्ती वा संस्थाले क्यासिनो सञ्चालनबापत डेढ करोड रुपैयाँ रोयल्टी बुझाउनुपर्ने व्यवस्था भएको छ । सरकारले चालू आर्थिक वर्ष २०७९/८० को बजेटमार्फत समेत क्यासिनोलाई यही दरको रोयल्टी ल्याएको थियो । जुन, आगामी आर्थिक वर्षलाई समेत कायम रहेको हो । रोयल्टी रकम सम्बन्धित क्यासिनो सञ्चालन गर्न इजाजतपत्रप्राप्त व्यक्ती वा संस्थाले पुस मसान्तभित्र ४० प्रतिशत, चैत मसान्त भित्र ७० प्रतिशत र बाँकी रकम असार मसान्तभित्र दाखिल गर्नुपर्ने छ । आधुनिक मेशिन वा उपकरणको माध्यमबाट…
काठमाडौं । अमेरिकाको न्यूयोर्क राज्यको क्विन्स बोरोको ७५ स्ट्रिटको ब्रोड वे र उड साइडको सडकलाई पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा नामकरण गरिएको छ । उक्त सडकलाई नामकरणका लागि विगत छ वर्षदेखि स्थानीयरूपमा सक्रिय रहेका युनाइटेड शेर्पा किदुङ्ग र युएसएनेपाल क्लाइम्वर्स एशोसिएसनले सिटीसँग पहल गर्दै आएकामा गत अप्रिलमा न्यूयोर्कको क्विन्सको डिष्ट्रिक २५ को सिटी काउन्सिलले अनुमति दिएको थियो । क्लाइम्वर्स एशोसिएसनका अध्यक्ष पासाङनिमा शेर्पाले भने “सिटीको अनुमति पाएपछि हामीहरूले सगरमाथा दिवसकै दिन पारेर उक्त सडकमा तेन्जिङ शेर्पाको नाम राखेका हौँ । हामी सगरमाथाको देशबाट आएर पहिलो सगरमाथा आरोहीकै नाममा न्यूयोर्कजस्तो विशाल सिटीमा सडकको नामकरण हुनु साह्रै गर्वको विषय हो ।…
काठमाडौँ । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीविरुद्ध उजुरीको आह्वान गरिएको छ । मङ्गलवार बिहान बसेको संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीश पदमा सिफारिस कार्कीविरुद्ध उजुरी वा सूचना दिन आह्वान गरेको हो । समिति सभापति ज्येष्ठ सदस्य पशुपति शम्शेर जबराले उजुरी आह्वानको सूचना प्रकाशित गर्न संसद् सचिवालयलाई निर्देशन दिए । समितिले १० दिनको समय दिएर उजुरी आह्वान गर्ने निर्णय गरेको छ । समितिको कार्यविधिअनुसार संवैधानिक परिषद्बाट प्रस्तावित व्यक्तिको सिफारिसबारे सर्वसाधारणलाई जानकारी दिने र कुनै सूचना वा उजुरी दिन आह्वान गरिएको हो । १० दिनको समय दिएर उजुरी आह्वान भएसँगै प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको छ । कार्कीविरूद्व लिखित वा इमेलमार्फत…
काठमाडौँ । बाराका पत्रकार महेश्वर अधिकारी सम्पर्कविहीन भएपछि परिवारले खोजीका लागि आग्रह गरेको छ । काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिकामा बसेबास गदै आएका पत्रकार अधिकारी काठमाडौँ महानगरपालिका थापागाउँ, नयाँ बानेश्वरबाट गत शुक्रबार दिउँसो २ बजेदेखि सम्पर्कविहीन भएका हुन् । शुक्रबार बिहान घरबाट कार्यलय निस्केका उनी अहिलेसम्म सम्पर्कमा नआएपछि परिवारले खोजीका लागि आग्रह गरेको हो । उनले प्रयोग गर्ने मोबाइलसमेत अफ रहेको छ । सम्पर्कविहीन भएको सूचना प्रहरीसम्म पुगेको छ । प्रहरी र आफन्तले शुक्रबारबाट नै खोजबिन गरेको थियो । तर, उनी कतै फेला परेका छैनन् ।
दमौली । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ भोर्लेटारचोकमा रहेको सहिद गेट भत्काइएको छ । पृथ्वी राजमार्ग विस्तार गर्न लागि आज बिहान उक्त सहिद गेट भत्काइएको हो । मुग्लिन–पोखरा सडक योजना (पूर्वी खण्ड)ले दमौली प्रवेश गर्ने विन्दुमा रहेको उक्त सहिद गेट भत्काएको इञ्जीनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । नेकपा (माओवादी) केन्द्रले उक्त सहिद गेटको निर्माण गरेको थियो । सहिद गेटमा तनहुँ जिल्लामा विभिन्न समयमा सहादत प्राप्त गरेका सहिदको विवरण समेटिएको थियो । मुग्लिन–पोखरा सडक खण्डलाई चार लेनमा विस्तार गर्न काम भइरहेको छ । मुग्लिनबाट पोखरासम्मको खण्डलाई दुई भागमा ठेक्का सम्झौता गरी काम भइरहेको छ ।
रामेछाप । मुलुकमा गणतन्त्र ल्याउन एक जुट भएका जनता तथा राजनीतिक दलहरू गणतन्त्रको विरुद्धमा देखिन थालेको नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले बताएका छन् । यो चुनौतीलाई परास्त गर्न र गणतन्त्रलाई थप संस्थागत गर्न गणतन्त्रवादी दलहरू एक जुट हुनु पर्ने नेपालले बताएका हुन् । नेपालले गणतन्त्रको विकल्पमा अन्य कुनै पनि विकल्प नहुने भएकाले अहिलेकै व्यवस्थालाई थप मजबुद बनाएर जानु पर्नेमा जोड दिए । त्यस्तै नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका आम नागरिकले समान रूपमा शासन गर्न पाउने पद्धति नै गणतन्त्रको सुन्दर पक्ष भएकाले यही पद्धतिको सबै अधिकार आम नागरिकले सहज रूपमा अनुभूति गर्न…
काठमाडौं । सरकारले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको लागि १ खर्ब ३१ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले खुद्रे आयोजनामा बजेट नदिएर सम्पन्न भएर नतिजा देखिने खालका रणनीतिक आयोजनामा मात्रै बजेट व्यवस्था गरेपछि भौतिक पूर्वाधार मन्त्रालयको बजेट ३० अर्बले घटेको हो। चालु आवमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ६१ अर्ब ५६ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो। सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए।